ताजा खबर
Loading...
'यही हो हाम्रो रसुवा' को सूचनामूलक यस साइटमा तपाईको वरपरको महत्वपूर्ण स्थल, सम्पदा आदिको बारेमा प्रचार गरी आन्तरिक पर्यटन विकासमा सहयोग पुर्‌याउन त्यस्ता सामग्रीहरू हामीलाई पठाउनु होला । हामी तपाईका सामग्रीलाई प्रकाशन गर्नेछौं । Email : paudelprem@gmail.com (9843508470 Whatsapp)

Saturday, August 10, 2024

घिमिरेको पहिलो हास्यव्यङ्ग्य निवन्ध संग्रह 'चौध मगज' प्रकाशित


रसुवा, उत्तरगया गाउँपालिका -५ उपल्लोपौवाका दिपक घिमिरेको हास्यव्यङ्ग्य निवन्ध संग्रह 'चौध मगज' बजारमा आएको छ ।  

उनले 'चौध मगज' नामक हास्यव्यङ्ग्य निवन्ध संग्रह प्रकाशन गरी बजारमा ल्याएका हुन् । १४ वटा निवन्धहरू संग्रहित उक्त पुस्तकमा समाज, मानिसको चेतना, आधुनिकताबाद, सम्बन्ध, सरकार र मानिसको भ्रम र सामाजिक अवस्थामाथि व्यङ्ग्यात्मक प्रहार गरिएको छ । 

अक्षरधाम प्रकाशन प्रालिले उक्त निवन्ध संग्रह प्रकाशन गरेको हो । निजामति सेवामा कार्यरत घिमिरेका कविता, कथा, लेख, निवन्धलगायतका रचना विभिन्न पत्रपत्रिका तथा अनलाइमा प्रकाशित भइसकेका छन् । याे उनको  पहिलो प्रकाशित कृति हो ।  

गोसाइँकुण्ड मेलाका लागि होटलहरुमा मूल्य सूचि निर्धारण



रसुवा, रसुवाको पवित्र तीर्थस्थल गोसाइँकुण्डमा लाग्ने जनैपुर्णिमा मेला नजिकिएसँगै पदमार्गमा सञ्चालित होटलका लागि मेला अवधिभर मात्र लागू हुने गरि दररेट निर्धारण गरिएको छ ।

धुञ्चे गोसाइँकुण्ड पदमार्गमा सञ्चालित होटलको मूल्य सूचीमा एकरूपता नभएका कारण यात्रु ठगिएको गुनासो आएसँगै जिल्ला प्रशासन कार्यालय रसुवाले मेला अवधिभर मूल्य सूचि निर्धारण गरेको हो ।


सहायक प्रमुख जिल्ला अधिकारी सरस्वती अधिकारीका अनुसार गोसाईकुण्ड मेला अवधिभरका लागि घट्टेखोलादेखि गोसाईकुण्डसम्मको पदमार्गमा रहेका होटल तथा थर्फु सञ्चालकहरुले चिया, खाना, घोडाचढी र बासको दररेट तोके अनुसार मात्र लिन पाउने गरि मूल्य सूची सार्वजनिक गरिएको बताउनुभयो ।

उहाँका अनुसार पदमार्गमा पर्ने घट्टेखोला, खेन्दी, देउराली, ढिम्सा, चन्दनबारी, चोलाङपाटी, लौरीविना र गोसाइँकुण्डका लागि छुट्टाछुट्टै मूल्य तोकिएको छ ।

अब यात्रुहरुले एक कप तातोपानीको स्थान अनुसार १० रुपैंयादेखि ८० रुपैंयासम्म तिर्नुपर्ने छ भने २७५ रुपैंयाँ देखि ६ सय रुपैंयासम्म सादा खानाको रकम तोकिएको छ ।

यसैगरि स्थान अनुसार घोडा चडिहरुका लागि भने चार हजारदेखि आठ हजार रुपैंया निर्धारण गरिएको छ । नागपञ्चमीदेखि सुरु भई साउन शुक्ल पुर्णिमा अर्थात जनैपूर्णिमाका दिनसम्म गोसाईकुण्डमा हजारौ तीर्थयात्रीहरुले मेला भर्ने गर्दछन् ।



पारिस्थितिक प्रणाली र जीविकोपार्जन कार्यक्रम


 

रसुवा, लाङटाङ क्षेत्र संरक्षण सरोकार समाज (ल्याकोस) ले बुधबार रसुवाको सदरमुकाम धुन्चेमा युसएआइडि जल जङ्गलको आर्थिक सहयोगमा रसुवाको लाङटाङ क्षेत्रमा दिगो पारिस्थितिक प्रणाली र जीविकोपार्जन कार्यक्रम संचालन गरेको छ ।

 

कार्यक्रमको मुख्य लक्ष्य रसुवाको लाङटाङ क्षेत्रका स्थानीय समुदायको जलवायु,उन्मुखता र जिविकोपार्जनमा वृद्वि गर्दै लोपोन्मुख रेड पाण्डा (हाब्रे ) र यसको बासस्थान संरक्षणका साथमा प्रवर्द्धन गर्ने रहेको छ । कार्यक्रमको उत्घाटन गर्दै ल्याकोसका अध्यक्ष सन्तोष घलेले कार्यक्रमद्वारा स्थानिय समुदायको जिवनस्तर सुधारमा योगदान पुराउने उदेश्य रहेको बताउनु भएको छ । 

 

रसुवाको तीन वटा गाउँपालिका गोसाइँकुण्ड,कालिका र नौकुण्डमा युएसएआईडी जैविक विविधता ९जल जङ्गल०ले ल्याकोस संग मिलेर २०२४ जुलाई १८ देखि नोभेम्वर २४ सम्म काम गर्ने भएको छ। उक्त कार्यक्रममा तीन वटै गाउँपालिका अध्यक्ष सँगै विभित्र सरोकारवाला निकायहरू, पत्रकारहराएको उपस्थिति थियो ।

रसुवागढी नाकाबाट रु ६५ अर्ब २२ करोडको चिनियाँ सामग्री आयात


रसुवा, गत आर्थिक वर्षमा रसुवागढी नाकाबाट रु ६५ अर्ब २२ करोड ६३ लाख बराबरको चिनियाँ सामग्री नेपाल आयात गरिएको छ। आयात गरिएका सामग्रीमा इन्धन एवं विद्युतीय सवारीसाधन, तयारी कपडा, रवर, जुत्ता, चप्पल, हाते झोला, होजियारी कपडा, जुत्ता तयार गर्ने सामग्री, स्याउ, लसुन ओखरलगायत रहेको रसुवा भन्सार कार्यालय टिमुरेका प्रमुख भन्सार अधिकृत रामप्रसाद पाठकले जानकारी दिए।

       

निर्याततर्फ भने रु एक अर्ब ९६ करोड १८ लाख बराबरको तामाका भाँडाकुँडा, गलैँचा, चाउचाउ, नुड्लर्स, पास्ता, जडीबुटी, आल्मोनियमका भाँडाकुँडा, पछ्यौरा, सल, दोसल्ला, बुक व्यान्डिङका कपडा, तयारी कपडासमेत रू एक अर्ब ९६ करोड १८ लाख बराबरका सामग्री रहेको राससले जनाएको छ। आयात भएका सामानको परिमाण घटाई विवरण बुझाउने व्यापारीलाई कानुनबमोजिम जरिवाना गर्ने गरिएको उनको भनाई छ। 


गत आवमा कम परिमाण देखाउने व्यापारीबाट रु ६१ करोड ६० लाख जरिवाना गरिएको प्रमुख भन्सार अधिकृत पाठकले जानकारी दिए। बस, कार, ट्रक, टाइसाइकल, भ्यानसमेतका सवारीसाधन आयात भएका थिए। गत आवमा  सात हजार तीन सय ७७ चिनियाँ सवारीसाधन आयात भएका थिए। सोमध्ये तीन सय ४५ इन्धनबाट चल्ने र सात हजार ३२ वटा भने विद्युतीय सवारीसाधन रहेको अभिलेखकर्ता कम्प्युटर अधिकृत निर्मल कँडेलले बताए।

 

गत वर्ष आयात भएका सवारीसाधनको मूल्य रु १९ अर्ब ५७ करोड ४५ लाख रहेको भन्सारको तथ्याङ्कमा उल्लेख छ। आव २०७९र८० मा एक हजार सात सय मात्र सवारीसाधन आयात भएका थिए। आव २०८०र८१ को भन्सार शुल्क, जरिवाना, भ्याटसमेतको रु २० अर्ब ३६ करोड ९७ लाख ८२ हजार असुल भई राज्यकोषमा दाखिला भएको भन्सार कार्यालयले जनाएको छ।



पहिराेले अवरूद्ध धुन्चे - भार्खु सडक खण्ड सञ्चालन



रसुवा, पासाङल्यामु सडक खण्ड अन्तर्गत रसुवाको धुन्चे - भार्खु सडक खण्ड सञ्चालनमा आएको छ। 

बिरल बर्षाका कारण गएराती खोपाङ भिरमा सडक माथिबाट ठुला चट्टान खसेर रसुवाको धुन्चे-भार्खु खण्ड सडक अबरुद्ध भएको थियो।  सडक डिभिजन कार्यालय नुवाकोटको स्काभेटर प्रयोग गरी पहिरो पन्छाउने कार्य गरि सडक सूचारु गरिएको हो।

सडक अवरूद्ध हुँदा केही बेर बस तथा अन्य सवारी साधन राेकिएका थिए ।  

 

Friday, August 9, 2024

अकबरे खुर्सानी खेतीबाट आम्दानी


रसुवा, उत्तरगया गाउँपालिका १, २, ३ का डाँडागाउँ, ठूलोगाउँ, सिरुचेत अहिले अकबरे खुर्सानीको पकेट क्षेत्र बनेका छन् । अकबरे खुर्सानी खेतीबाटै यस भेगका बासिन्दाले मनग्य आम्दानी लिइरहेका छन् ।

उत्तरगया गाउँपालिका र हेफर प्रोजेक्ट नेपालका साझेदारीमा सिड्स रसुवाबाट सञ्चालित उत्तरगया कृषि तथा पशु उद्यमशीलता विकास परियोजना कार्यक्रमअन्तर्गत यस वर्ष  ८७ जना कृषकले ६० रोपनी जग्गामा अकबरे खुर्सानी खेती गरेका छन् । खुर्सानीबाट गत महिनादेखि राम्रै आम्दानी लिन थालेका छन् । 

पिरो खुर्सानीबाट राम्राे आम्दानी हुँदा उनीहरू दङ्ग छन् । उत्तरगयाका तीन वडामा अकबरे खुर्सानी खेती सुरु गरेर उत्पादन भई बिक्री–वितरणको सुरुआत भइसकेको परियोजना संयोजक गौरव सापकोटाले जानकारी दिए । 

गत जेठमा लगाइएको खुर्सानी अहिले बिक्रीका लागि तयारी भएको हो । अकबरेको बजारमूल्य प्रतिकेजी रु। दुई सय ५० देखि तीन सयसम्म रहेको छ । बाहै्र महिना फल्ने सो खुर्सानी एउटा बोटबाट एक वर्षमा चारचोटि बेच्न मिल्ने गरी फल दिने भएकाले एकदमै आयमूलक रहेको गाउँपालिका उपाध्यक्ष चमेली गुरुङ बताउँछिन् । 

अहिले पहिलो सरुवाती चरण भएकाले करिब दुई सय केजी बिक्री भएको छ । अब तिजअगाडि पाँच सय केजी र बडादशैं अगाडि एक हजार पाँच सय केजी फल्ने परियोजना संयोजक सापकोटा बताउँछन् ।

यो खुर्सानी काठमाडौँस्थित दरबारमार्गमा रहेको रैथाने बाली बजारमा समेत बिक्री–वितरण भइरहेको छ । यसको बजार सहजीकरणमा गाउँपालिका अध्यक्ष माधवप्रसाद अर्याल आफैँ लागिपरेका छन् । रैथाने बाली बजार दरबारमार्गको बिक्री केन्द्रमा कृषिमन्त्री रामनाथ अधिकारीले समेत अवलोकन गरेर रसुवामा फलेको अकबरे खुर्सानीको प्रशंसा गरेका थिए । 

खुर्सानी खेतीमा लागिपरेकी कृषक मीनकुमारी पौडेल भन्छिन्, ‘हामीलाई गाउँपालिकालगायत संस्थाले प्रेरित गरी आर्थिक स्थिति सुधारमा मद्दत गरेको छ, कसैसँग हात फैलाउन पर्दैन ।’ अर्का कृषकद्वय लालमाया तामाङ, मनिका राई पनि एकै स्वरमा भन्छन्, ‘यस्तो आम्दानी मूलक अकबरे खुर्सानी खेती गर्न अरूले पनि गरे हुन्छ । हामी घरभित्रको कामसँगै पैसा आउने काम पनि गर्न पाउँदा धेरै खुसी छौँ ।’

सामुदायिक वन दिवसमा वृक्षारोपण तथा उत्कृष्ठ सामुदायिक वन सम्मान





रसुवा, डिभिजन वन कार्यालय रसुवाको आयोजना तथा सामुदायिक वन उपभोक्ता महासंघ रसुवाको सहकार्यमा सामुदायिक वन दिवस मनाइएको छ ।

दिवसको अवसरमा उत्तरगया गाउँपालिका –१ को गुप्तीपाख सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष सुभबहादुर तामाङलाइ सम्मान पत्रद्वारा डिभिजन वन अधिकृत बद्री ढुंगाना तथा सामुदायिक वन उपभोक्ता महासंघ रसुवाका अध्यक्ष हेमनाथ खतिवडाले संयुक्त रुपमा सम्मान गरेका थिए । उनले आफ्नो सामुदायिक वनमा सतुवा खेती तथा लौठ सल्ला रोपण गरी वन व्यवस्थापन तथा वातावरण संरक्षणमा योगदान गरेका छन् ।

कार्यक्रममा सहभागीहरुले वन कार्यालय परिसरमा वृक्षारोपण समेत गरेर सामुदायिक वन दिवस मनाएका थिए ।



Tuesday, August 6, 2024

भाङ्गे झरनामा अस्थायी शौचालय निर्माण


रसुवा, पर्यटकीय स्थल उत्तरगया गाउँपालिका -२ भाङ्गे झरनामा अस्थायी शौचालय निर्माण सम्पन्न भयाे । 

आन्तरिक पर्यटकको राेजाइकाे महत्त्वपूर्ण गन्तब्य बन्दै गरेको उत्तरगया-२ स्थित भाङ्गे झरनामा शौचालयको आवश्यकतालाइ महसुस गर्दै पर्यटकहरूका लागि  अस्थायी शौचालय निर्माण राष्ट्रिय युवा संघ रसुवाका अध्यक्ष कुमार नगरकाेटीले बताए । 

राष्ट्रिय युवा संघ नेपाल प्रदेश निर्वाचन समन्वय कमिटी ख को आयोजनामा  अस्थायी शौचालय निर्माण सम्पन्न गरेको छ । निर्माण  कार्यक्रममा राष्ट्रिय युवा संघ नेपाल बागमती प्रदेश कमिटी सदस्य दावा मिङमार तामाङ, राष्ट्रिय युवा संघ नेपाल जिल्ला कमिटी अध्यक्ष कुमार नगरकोटी, नेकपा एमाले उत्तरगया गाउँपालिका कमिटीका सचिब रमेश सुबेदी , समाजसेवी दिलकृष्ण श्रेष्ठलगायतका राष्ट्रिय युवा संघ रसुवाका नेता कार्यकर्ताहरू उपस्थिति थिए । 



Sunday, August 4, 2024

प्रवर्दनको पर्खाईमा कल्लेरीका भूमे

 परापूर्व कालमा गुरूङ पुर्खाले पत्ता लगाएका र पूजाआजा चलाउँदै आएका भूमेस्थान रसुवा जिल्ला उत्तरगया गाउँपालिका, वडा नं ३, ठूलोगाउँमा अवस्थित छ ।

कल्लेरी (ठूलोगाउँ) का भूमे
तस्वीर : गौेरव सापकोटा

    कल्लेरीका भूमेको परिचय

    परापूर्व कालमा गुरूङ पुर्खाले पत्ता लगाएका र पूजाआजा चलाउँदै आएका भूमेस्थान रसुवा जिल्ला उत्तरगया गाउँपालिका, वडा नं ३, ठूलोगाउँमा अवस्थित छ ।

    किंवदन्ती अनुसार कल्लेरीका भूमे हाल जुन् ठाउँमा छ, त्यसको आधा किमी तल्लो क्षेत्रमा ठूलो तलाउमा रहेको थियो छ । जुन् अहिले  तलाउ लोप भई खेतीयोग्य जमिनको रूपमा परिणत भएको छ । प्राचीन भनाई अनुसार एक महिलाले स्नान गरी कपडासमेत् धोएको कारण भूमेदेवी रिसाएर तलाउ लोप भएको भनिएको छ ।

    रिसाएका भूमेलाई बौसाउन देवीसँगै पूजाआजा गर्न थालिएको भन्ने भनाई रहेको छ । जुन् देवीलाई कल्लेरीका देवी भनिन्छ । रसुवा नुवाकोटका स्थानीयहरू धुपधुँवार गर्दा कल्लेरीका भूमे र देवीलाई पुकार्ने गर्दछन् । भूमे भने अगाडिदेखि मानिँदै आएकोमा यहाँ रहेको  देवी भने परापूर्व कालमा एक महिलाले बारी खन्दा पत्ता लागेको विषयमा सुँनिदै आएको छ । कोदालाले खन्दा अलिकति चोईटिएको र सो भागबाट रगत आएका कारण शक्ति मानी देवीको नामले पुकारिन थालेको हो । जुन् चोइटिएको भाग हाल पनि देख्न सकिन्छ । 

    भूमेस्थानमा पाठी र देवीस्थानमा बोको बली चढाउने परम्परा रहेको यस स्थानमा वर्षैभरि भक्तजनहरू दर्शन गर्न आउने गरेका छन् ।

    एकपटकको दर्शनमा एक वर माग्ने परम्परा रहेको यस मन्दिरमा अहिले पनि विशेष गरी वैदेशिक यात्राको कामना गरिन्छ ।

    विशेष गरी ठूली एकादशी, माघेसंक्रान्तिमा यहाँ विशेष मेला लाग्ने गर्दछ । भौगोलिक दृष्टिकोणले विषम स्थानमा रहेको यस धार्मिक स्थललाई प्रचारप्रसार र संरक्षणका कार्यहरू गर्न सके आन्तरिक पर्यटन विकासका माध्यमबाट आर्थिक विकास गर्न सकिने छ ।

    -----(स्थानीय टिकादत्त पौडेलको कुराकानीमा आधारित )

    रसुवा जिल्लाको पश्चिम दिशातर्फ कल्लेरी वा ठूलोगाउँका भूमेदेवी र पूर्वतर्फ निर्कुभूमे रहेका छन् । 

     कल्लेरीका भूमे र वरपरका आकर्षण र महत्वहरू

    • आन्तरिक पर्यटकको रोजाईको क्षेत्र
    • छाँगा, झरनाहरूको अवलोकन,
    • स्थानीय गुरूङ संस्कृति अध्ययनको क्षेत्र
    • चराचुरूङ्गी तथा बासस्थान अवलोकन

    कसरी पुग्ने कल्लेरीका भूमे 

    पासाङल्हामु राजमार्गको बेत्रावती (रसुवा-नुवाकोटको सिमाना) बाट पश्चिम - उत्तरतिर अवस्थित पैरेबेंसी/शान्तिबजारबाट यस स्थानको लागि यात्रा तय गर्न सकिन्छ । मनोरम झरना 'भाँगे झरना' को अवलोकन गर्दै यस स्थानमा पुग्न सकिन्छ । 

     

    कल्लेरीका भूमेसँग सम्बन्धित भिडियो तथा थप सामग्रीहरू


    Tuesday, July 30, 2024

    घिमिरेलाइ आचार्य स्मृति पत्रकारिता पुरस्कार प्रदान

    घिमिरेलाइ आचार्य स्मृति पत्रकारिता पुरस्कार प्रदान

    रसुवा, रसुवाका पत्रकार बलराम घिमिरेलाइ स्वर्गीय रामकृष्ण आचार्य स्मृति पत्रकारिता पुरस्कार प्रदान गरिएकाे छ ।

    पर्यटन विकास तथा सञ्चार केन्द्र नेपालद्वारा सञ्चालित रेडियो लाङटाङको दशौं वार्षिक साधारणसभाको अवसरमा पुरस्कृत एक कार्यक्रमका बीच नगद ११ हजार एक सय ११ रुपैयाँ पुरस्कार सहित सम्मान-पत्र र दोसल्ला ओढाएर स्वर्गीय रामकृष्ण आचार्य स्मृति पत्रकारिता पुरस्कार प्रदान गरिएकाे हाे ।

    घिमिरेले सामाजिक संजालमा लेखेका छन् पुरस्कार स्थापना गर्ने आचार्य परिवार, पुरस्कार छनौट समिति तथा रेडियो लाङटाङ परिवारलाइ हार्दिक धन्यवाद व्यक्त गर्दछु।

    पत्रकारिता क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै कान्तिपुर संवाददाता घिमिरेलाई पुरस्कृत एवं सम्मान गरिएको रेडियो लाङटाङका अध्यक्ष सोहम सुवेदी बताए ।

    करिब दुइ दशकदेखि पत्रकारितामा क्रियाशील संवाददाता घिमिरे विगत ८ वर्षदेखि कान्तिपुर दैनिकमा आवद्ध रहेका छन् । पर्यटन विकास तथा सञ्चार केन्द्रद्वारा सञ्चालित रेडियो लाङटाङ कालिका गाउँपालिका स्याउबारीबाट र पर्यटन, कृषि, स्वास्थ्यलगायतका सामुदायिक विषयमा उजागर गर्दै आफ्ना नियमित कार्यक्रमहरू प्रसारण गर्दै आईरहेको छ ।

    स्वर्गीय आचार्य रसुवाबाट पञ्चायतकाल समेत गरी ३ पटक प्रतिनिधि सभामा निर्वाचित भएका थिए भने पहिले मन्त्री पनि भएका थिए । कार्यक्रममा कालिका गाउँपालिका अध्यक्ष हरिकृष्ण देवकाेटा, उत्तरगया गाउँपालिका अध्यक्ष माधवप्रसाद अर्याल, प्रमुख जिल्ला अधिकारी वेदनिधी खनाल, रेडियाे लाङटाङकाे टिम तथा अन्य सराेकारवालाहरू सहभागी थिए ।

    Thursday, July 25, 2024

    भूकम्पमा ज्यान गुमाउने नेपाली तथा विदेशी नागरिकको आत्मा शान्तिको लागि भागवत पुराण


    रसुवा । विनाशकारी भुकम्प २०७२ मा ज्यान गुमाउने स्वदेशी तथा विदेशी नागरिकको आत्मा शान्तिको कामना गर्दै भागवत महापुराण (सप्ताह) क्याञ्जेन गोम्बामा सम्पन्न भएको छ ।

    पण्डित नारायण देवकोटाको प्रवचन भएको उक्त सप्ताहमा बौद्द धर्मका लामा गुरूहरूद्वारा बौद्द धर्मका ग्रन्थहरू पनि वाचन गरिएको थियो ।

    श्रावण २ गते हरिशयनी एकादशीदेखि ७ दिनसम्म भागवत गीता पाठ पारायण गरिएको पण्डित देवकोटाले बताउनुभयो ।

    भुकम्प २०७२ मा ज्यान गुमाउने नेपाली तथा विदेशी नागरिकको आत्मा शान्तिको लागि भागवत पुराण

    प्राचीन क्याञ्जेन गोम्बा 


    रसुवा र नुवाकोटका विभिन्न शक्तिपीठहरूमा भागवत महापुराण पारायण गरिदै आएको पनि पण्डित देवकोटाले बताउनु भयो ।

    हिन्दु धर्माम्बलम्बीहरूको मन्दिरमा मात्र महापुराण वाचन गरिदै आइएकोमा देवकोटाले नै बौद्द गुम्बाहरू तथा लामा गुरूहरूको समेत् सहभागितामा महापुराण लगाउन सुरू गर्नुभएको हो ।

    देवकोटाका यी अभियानले धार्मिक सहिष्णुता कायम गर्न सहयोग पुर्‍याएको बौद्द धर्म दर्शन अभियान्ता – लोपेन लाक्पा लामा बताउनु हुन्छ । ‘धार्मिक पर्यटन विकास र स्थान प्रवर्दनका लागि यस्ता अभियान आवश्यक छ ।‘ लामाले भन्नुभयो ।

     

    क्याञ्जेन गोम्बामा भागवत समापन भएलगत्तै मुक्तिक्षेत्र र बागलुङ कालिकामा क्रमश: भागवत आयोजना गरिने पण्डित देवकोटाले बताउनुभयो । 

    परम्परागत संस्कृति प्रवर्दन तथा संरक्षण केन्द्र भवन निर्माण सम्पन्न

     

    परम्परागत संस्कृति प्रवर्दन तथा संरक्षण केन्द्र भवन  निर्माण सम्पन्न

    रसुवा, कालिका गाउँपालिका ५ काे ज्याङलाङमा परम्परागत संस्कृति प्रवर्दन तथा संरक्षण केन्द्रकाे भवन निर्माण समपन्न भएकाे छ ।

    भवन निर्माणका लागि वागमती प्रदेश सरकार, भौतविकास पूर्वाधार मन्त्राालय, शहरी विकास तथा भवन कार्यलय, नुवाकोट र कालिका गाउँपालिकाबाट २७ लाख ५१ हजार तीन सय ११ समुदायको योगदान तीन लाख ६० हजार आठ सय रूपैयाँ गरी कुल ३१ लाख १२ हजार रूपैयाँकाे लागतमा भवन निर्माण सम्पन्न भएकाे हाे ।


    विगत ४ वर्षदेखि निर्माणाधिन भवनको लागत विवरण यस्तो रहेको छ





    रसुवामा रहेको छत्र, बालुन तथा भजन नाँचलाई संरक्षण, प्रवर्दन र उत्थान गर्न, संस्कृति संरक्षणार्थ युवाको सहभागिता बृद्दि गर्नका लागि परम्परागत संस्कृति प्रवर्दन तथा संरक्षण केन्द्र निर्माण गरिएको बताइएको छ ।
    परम्परागत संस्कृति प्रवर्दन तथा संरक्षण केन्द्र भवन  निर्माण सम्पन्न








    Friday, July 12, 2024

    लाङटाङ राष्ट्रिय निकुञ्ज र सराेकारवालाहरू बीच छलफल


    रसुवा, लाङटाङ  राष्ट्रिय निकुञ्जकाे आयोजनामा  सराेकारवालाहरूसँग समन्वय तथा अन्तर्क्रिया कार्यक्रम धुन्चेमा सम्पन्न भयाे । 

    वन तथा वातावरण संरक्षणका र विकासका लागि ध्यान दिनु पर्ने तथा निकुञ्ज क्षेत्रमा हुने चेकजाँच ब्यवस्थित गरी छाेटाे दुरीमा धेरै ठाउँमा गाडीकाे चेक जाँच हुने गरेकाे , हाेटल लजले यात्रीसँग धेरै रकम असुली गरेकाे सराेकारवालाहरूले गुनासाे गरे । 

    गाेसाइँकुण्ड मेलाकाे समयमा यात्रीहरूले बढि महंगाे गर्ने गरेका कारण नकरात्मक असर परेकाे सराृकारवालाहरूले गुनासाे गरे । उठेका सवालहरूमा छलफल गरेर आगामी दिनमा छलफलबाट यस्ता समस्या समाधानका लागि अघि बढाइने निकुञ्जका प्रमुख संरक्षण अधिकेत अणनाथ बरालले बताए । 

    प्रमुख जिल्ला अधिकारी बेदनिधि खनालले  गाेसाइँकुण्ड रूटका हाेटलहरूले यात्रीहरूलाइ बढि असुली गर्ने गरेकाे गुनासाे आउने गरेकोले यसले नकरात्मक सन्देश जाने बताए । 

    जिल्ला समन्वय समिति रसुवाका प्रमुख अशाेक कुमार घिमिरेले सवै पक्षले समन्वयमा काम गर्नु पर्ने बताए । 



    Thursday, July 11, 2024

    लेखा नियन्त्रक कार्यालयबाट ३ अर्ब २६ करोड १८लाख भुक्तानी


    लेखा नियन्त्रक कार्यालय

    रसुवा, आ।ब २०८०/०८१ मा कोष तथा लेखा नियन्त्रक कार्यालय रसुवाले सङ्घ र प्रदेश गरी रु ३ अर्ब २६ करोड १८लाख ८१ हजार ८० रुपैयाँ रकम भुक्तानी गरेको छ ।

    आर्थिक कार्यविधि तथा वित्तीय उत्तर दायित्व ऐन,२०७६ तथा नियमावली, २०७७ बमोजिम आर्थिक वर्ष समाप्त हुनु ७ दिन अगावै सम्पूर्ण सरकारी खाताहरू बन्द हुने व्यवस्था रहेको छ । कोलेनिकाले असार २४ गते मध्ये रातसम्ममा तर्फ कुल विनियोजित २ अर्ब ७० करोड ४२ लाख ४८ हजार ५ सय ४७ रुपैयाँ बजेटमध्ये चालू तर्फ २ अर्ब ४१ करोड ४२ लाख ४६ हजार ३ सय २१ रुपैयाँ र पुँजीगत तर्फ ४ करोड ७२ लाख ७० हजार ४ सय ४ रुपैयाँ भुक्तानी निकासा गरेको छ । 

    यस्तै प्रदेश सरकार तर्फ कुल विनियोजित बजेट रु ५५ करोड ७६ लाख ३२ हजार ५ सय ३३ रुपैयाँ रहेकोमा चालूतर्फ २९ करोड ४५ लाख ८५ हजार ४४ रुपैयाँ र पुँजीगत तर्फ १४ करोड ३५ लाख ६१ हजार ३ सय ८० रुपैयाँ भुक्तानी निकासा भएको प्रमुख कोष नियन्त्रक सुरेश सुवेदीले जानकारी दिए ।


     वित्तीय हस्तान्तरण तर्फ भने सङ्घ र प्रदेश दुवै गरी कुल बजेट २ अर्ब १३ करोड १४ लाख १४ हजार ३ सय ९६ रुपैयाँ रहेकोमा कुल हस्तान्तरण १ अर्ब ९८ करोड ९९ लाख ४२ हजार ४ सय ३८ रुपैयाँ निकासा भएको प्रमुख कोष नियन्त्रक सुवेदीले बताए ।

    Saturday, July 6, 2024

    एसइइकाे नतिजा प्रकाशित नमुना इभरग्रीनका विद्यार्थी शतप्रतिशत पास

    रसुवा, राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले सार्वजनिक गरेको एसईईको नतिजा अनुसार संस्थागत विद्यालय नमुना इभरग्रीन आवाशीय माध्यमिक विद्यालयले २०८० सालको एसईई परीक्षामा शतप्रतिशत नतिजा निकाल्न सफल भई जिल्लामै अब्बल सावित हुन सफल भएको छ । रसुवाको गोसाईकुण्ड गाउँपालिका वडा नम्बर ६ स्थित रहेको नमुना इभरग्रीन आवाशीय माध्यमिक विद्यालयबाट जम्मा ११ जनाले परीक्षा दिएकोमा शतप्रतिशत नतिजा आएको हो । साथै सामुदायिक विद्यालयतर्फ निलकण्ठ नमुना माध्यमिक विद्यालय जिबजिबको अन्य विद्यालयको तुलनामा राम्रो नतिजा आएको शिक्षा समन्वय ईकाईले जनाएको छ। रसुवा जिल्ला शिक्षा समन्वय ईकाईका अनुसार जिल्लाभरमा शैक्षिक वर्ष २०८० मा जम्मा २४ वटा विद्यालय एसईईमा सहभागी भएका थिए । जसमा ५४५ विद्यार्थी सहभागी भएका थिए । कालिका हिमालय माविको छात्रा यमुना पौडेलले ३.९५ जीपीएसहित जिल्लाको उत्कृष्ट हुन सफल भएकी छन् । गएको चैत १५ गतेदेखि शुरु भएको परीक्षाको नतिजा हिजो सार्वजनिक भएको हो । परीक्षामा सहभागीमध्ये ४७ दशमलव ८६ प्रतिशत विद्यार्थीले मात्र ११ कक्षामा भर्ना हुन पाउने भएका छन् । बोर्डका अनुसार परीक्षामा सहभागी चार लाख ६४ हजार सात सय ८५ विद्यार्थीमध्ये दुई लाख २२ हजार चार सय ७२ जना कक्षा ११ मा भर्ना हुन योग्य भएका छन् । ननग्रेडिङ (एनजी) हुने विद्यार्थीको सङ्ख्या दुई लाख ४२ हजार तीन सय १३ रहेको छ । तीमध्ये दुई विषयमा एनजी हुने विद्यार्थी सङ्ख्या एक लाख १५ हजार आठ सय ३४ छ । उनीहरुले साउन १८ र १९ गते हुने ग्रेडवृद्धि परीक्षामा सहभागी हुन पाउने बोर्डले जनाएको छ । यस वर्षको एसईई परीक्षामा रसुवाबाट २५.५ प्रतिशत मात्र विद्यार्थी उत्तीर्ण भएका छन्। शिक्षा विकास तथा समन्वय इकाई रसुवाले दिएका जानकारी अनुसार सामुदायिक विद्यालय तर्फ नीलकण्ठ नमुना माविबाट ३२ जनामध्ये १९ जना पास भएका छन्।

    रसुवाकाे भूमि समस्या समाधान गर्न भूमि व्यवस्था मन्त्रीसँग छलफल

    रसुवा र नुवाकोट जिल्लामा बाँकी रहेको बिर्ता समस्या समाधानको लागि भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीसँग भेटी समस्या समाधान गर्न अनुरोध गरियो । असार १६ गते मन्त्रालयमा जिल्ला भूमि अधिकार मञ्च, रसुवा र नुवाकोटको संयुक्त आयोजनामा भएको डेलिगेसनमा बागमती प्रदेश सभा सदस्य इन्द्र गोतामे ‘जगतजंग’, संविधान सभा सदस्य जनार्दन ढकाल, जिल्ला समन्वय समिति प्रमुख अशोक कुमार घिमिरे, पूर्व प्रमुख कुल प्रसाद भट्ट, उत्तरगया गाउँपालिकाका अध्यक्ष माधव प्रसाद अर्याल,तार्केश्वर गाउँपालिका उपाध्यक्ष हरी प्रसाद रिमाल,कालिका गाउँपालिका वडा नं. ३ का वडा अध्यक्ष फणिन्द्र प्रसाद न्यौपाने,पूर्व वडा अध्यक्ष पुष्पराज न्यौपाने लगायत जिल्लामा क्रियाशील राजनीतिक दलका प्रतिनिधिहरू पनि सहभागी भएका थिए । साथै छलफलको क्रममा मन्त्रालयका सचिव गोकणर्मणि दुवाडी, आत्मनिर्भर केन्द्रका टिम र जिल्ला भूमि अधिकार मञ्चका अगुवाहरू पनि सहभागी भएका थिए । छलफल पछि माननीय मन्त्री अधिकारीलाई बिर्ता समस्या समाधानको लागि विकल्प सहित पत्र पनि पेश गरिएको छ । कानुनत् २०१६ सालमा उन्मुलन भनिएकोे बिर्ताले अझै सम्म किसानहरूलाई दुःख दिइ रहेको छलफलको क्रममा किसानहरूले गुनासो राखे । जिल्ला भूमि अधिकार मञ्च रसुवाका अध्यक्ष भवानीप्रसाद न्यौपानेले कानुनले उन्मुलन गरेको प्रथा व्यवहारमा रहि रहँदा किसानहरूले असाध्यै दुःख पाएको बताउनु भयो । उहाँले भन्नुभयो, हाम्रो पुर्खाको रगत पसिनाले बनेका जमिनको कानुनी स्वामित्व प्राप्तिको लामै सङ्घर्ष गर्दा पनि सुनुवाई नभएको गुनासो पोख्नु भयो । जिल्लामञ्च नुवाकोटकी अध्यक्ष बिन्दा नेपालले वास्तविक किसानले जमिनको अधिकार नपाउँदा यो फेरिएको व्यवस्थाको अनुभुती गर्न नपाएको भन्दै किसानहरू लाई जोत भोगको आधारमा लालपुर्जा दिनमाग गर्नुभएको थियो । कालिका गाउँपालिकावडा नं. ३ का अध्यक्ष फणिन्द्रप्रसाद न्यौपानेले कहिल्यै जमिनमा नटेक्ने र जमिन समेत नचिनेका, काठमाडौं बस्ने विचौलियाहरूको कालो झोला बाट लालपुर्जाका बिटाहरू निकाल्दै दुःख दिनआउने गरेको दुःखेसो पोख्नुभयो । उहाँले भन्नुभयो, हामीले कतिसम्म थेग्ने, किसानको पीडा पनि धेरै छ, अव यो समस्याको समाधान मन्त्रालय बाटै यथासक्य दिन माग पनि राख्नुभयो । बिर्ता पीडित चित्रकुमारी न्यौपानेले भन्नुभयो, जमिनको मालिक हामी हौँ । कसैले गैरकानुनी रुपमा बनाएको कागज बोक्दैमा जमिन उसको हुँदैन । हामी किसानलाई जोत भोगको आधारमा लालपुर्जा दिने वातारण मन्त्रीज्यूले गरिदिनु पर्‍यो । संविधानसभा सदस्यतथा नेकपा एमाले जिल्ला कमिटी अध्यक्ष जनार्दन ढकालले भन्नुभयो, किसानको समस्या समाधानको लागि वर्षौदेखि मन्त्रालय धाउँदाधाउँदा हैरानी खेप्यौँ । हरेक पटक मन्त्री फेरिने वित्तिकै मन्त्रालय आएर ज्ञापनपत्र बुझाउन आउँछ, कामहुँदैन, अव त आउन पनि लाज लागि सक्यो, बिर्ता समस्याको समाधान यथासक्य खोज्न पहल लिइ दिनुपर्‍यो । बागमती प्रदेश सभा सदस्य माननीय इन्द्र गोतामे ‘जगतजंग’भन्नुभयो, बिर्ता समस्या कानुनमा छैन तर व्यवहारमा छ, त्यो व्यवहारमा भएको बिर्ता समस्या समाधानको लागि एकपटक कानुननै बनाएर भएपनि समाधान गरि दिन मन्त्रीज्यूले पहल लिइदिनु पर्‍यो । किसानले साह्रै दुःख पाए । जिल्ला समन्वय समिति रसुका प्रमुख अशोककुमार घिमिरेले रसुवामा मुख्यगरी बिर्तार गुठी साहै्र दुःख दियो, किसानले हैरानी पाए । हामी जिल्लाको तर्फबाट गर्नुपर्ने कार्य गर्छौँ यसलाई कानुनी रुपमा हल गर्नु मन्त्रीज्यूले विशेष पहल लिन अनुरोध गर्दछौँ । तार्केश्वर गाउँपालिका उपाध्यक्ष हरिप्रसाद रिमालले भन्नुभयो, नुवाकोटको तार्केश्वरमा बिर्ता समस्याको डर लाग्दो अवस्था छ । पछिल्लो समयमा भूमाफियाहरूले किसानहरू लाई धेरै दुःख दिन थाले, यसको समाधान कसरी गर्ने हो । हामी चिन्तामा छौँ । उत्तरगया गाउँपालिका अध्यक्ष माधवप्रसाद अर्यालले मुलुकमा यति ठूलो परिवर्तन भइक्दा पनि सामन्तवादको अवशेषको रुपमा रहेको बिर्ता समस्या समाधान हुन सकेन । बिर्ता समस्या समाधानको लागि किसानहरूले स्थानीय सरकारमा धेरै दबाब पनि दिइरहेका छन् । अव कामै गर्न नसकिने अवस्था आउने अवस्था छ, यो समस्याको यथासक्य समाधान खोजौँ । आत्मनिर्भर केन्द्रका अनुसन्धान तथा नीति विश्लेषक जगत बस्नेतले भन्नुभयो, बिर्ता प्रथा सामन्तवादको जडको रुपमा रहेको छ । किसानहरू वर्षौ देखि लालपुर्जा लिन सङ्घर्ष गरिरहेका छन् । किसानहरूले ठूलो रकम तिरेर लालपुर्जा लिन सक्ने अवस्था पनि छैन । त्यसैले अव न्यूनतम् २ प्रतिशत जति मात्रै राजश्य लिने गरी एक पटक ऐन संशोधन गरेरै भए पनि बिर्ता समस्या समाधान गरि दिउँ । मन्त्रालयका सचिव गोकण र्प्रसाद दुवाडीले भन्नुभयो, आफुले पनि बिर्ता उन्मुलन भएको भनेर पढेको तर व्यवहारमा बाँकी रहेछ । आज मैले पहिलो पटक यो समस्या बाँकी छ भन्ने सुनेँ, अव अध्ययन गरी मन्त्रालयबाट गर्न सकिने काममा हामी सहजीकरण गर्नेछौँ ।
    भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री माननीय बलराम अधिकारीले किसानको भन्नुभयो, म आफैं मन्त्री पदमा छु धेरै कानुनी विषयहरू चित्त बुझेको छैन । नयाँ कानुन बनाउन पनि वर्षौ लाग्न सक्छ । यो समस्या गम्भीर रहेछ । हामी यसको समाधानको लागिपहल लिन्छौँ । तर, यस्ता समस्याको समाधानको लागि एकीकृत कानुन आवश्यक छ । अव, बिर्ताकै समस्या कसरी समाधान गर्न सकिन्छ त्यसको अध्ययन गरी आवश्यक प्रक्रिया अघि बढाउँछौँ ।

    Friday, July 5, 2024

    उत्तरगया गाउँपालिकाकाे २० वर्षे गुरू याेजना सार्वजनिक

    रसुवा, उत्तरगया गाउँपालिकाले आफ्नाे २० वर्षे गुरू याेजना सार्वजनिक गरेकाे छ । गाउँपालिकाले तयार गरेकाे रणनीतिक याेजनामा स्थानीय सरकर सञ्चालन ऐनमा भएको प्रदान गरेकाे अधिकार क्षेत्रभित्र रहेर स्थानीय तहले प्रभावकारी सेवा प्रबाहका लागि याेजनावद्ध विकास गर्नुपर्ने मान्यताका आधारमा गुरू याेजना तयार गरेकाे हाे । ०८१ असार १९ गते गाउँपािलका अध्यक्ष माधवप्रसाद अर्याल, उपाध्यक्ष चमेली गुरूङ, प्रमुख प्रशासकीय अधिकृत दिपक प्रसाद अधिकारी तथा कार्यपालिका सदस्यहरूले पुस्तक सार्वजनिक गर्नुभयाे । दाेस्राे आवधकि योजना समेत प्रकाशन गरी सार्वजनिक गरिएको छ ।
    सुसंस्कृत सुखी जनता समाजवाद उन्मुख प्रदेशकाे दीर्घकालिन साेचलाइ पूरा गर्ने दिशामा उन्मुख भइ समृद्ध उत्तरगया, सभ्य र खुशी उत्तरगयावासी दिर्कािलन साेच सहितकाे एकीकृत गुरू याेजना तयार भएकाे गाउँपालिकाले जनाएकाे छ । हाम्रो संविधानले संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गरी स्वाधिन, समुन्नत तथा समाजवाद उन्मुख अर्थ व्यवस्था मार्फत समृद्ध नेपालको निर्माण गर्ने परिकल्पना गरेको छ । यसैगरी संयुक्त राष्ट्र संघद्वारा, सन् २०१६ देखि २०३० सम्मका लागि विश्वव्यापी विकास एजेण्डाको रूपमा विभिन्न १७ वटा दिगो विकासका लक्ष्यहरू निर्धारण गरिएका छन् । यसै सन्दर्भमा संघीय व्यवस्थाको महत्वपूर्ण आधारको रूपमा रहेको स्थानीय सरकारले पनि स्वाभाविक रूपमा माथि उल्लिखित संविधानले निर्देश गरे अनुसारको नीतिसँग समायोजन हुने गरी आफ्नो दिगो विकासका लक्ष्य हाँसिल गर्न आफ्नो योजनावद्ध आवधिक र दिर्घकालीन योजना तर्जुमा गरिएको गाउँपालिका अधयक्ष माधबप्रसाद अर्यालले बताउनुभयो ।
    गुरु योजनाका लक्ष्यहरूलाई सफल पार्न हरेक वर्ष योजना तर्जुमा, कार्यान्वयन र समीक्षा गर्दा विगतमा भए गरेका प्रंशंसंनीय कार्यको आत्मबोध गर्ने, अपनत्व ग्रहण गर्ने र समेटेर सँगसँगै लैजाने कार्यमा सहयोग गर्न सवैमा अनुरोध उपाध्यक्ष चमेली गुरुले बताउनुभयो । रणनीतिमा जैविक विविधताले भरिपूर्ण प्रचुर प्राकृतिक सम्पदा र सांस्कृतिक विशेषताहरू भएको उत्तरगया गाउँपालिकामा जनताको सामाजिक न्याय सहितको समृद्धिको तीव्र चाहनाअनुसार योजनाबद्ध विकास गर्न यो प्रतिवेदन मार्गचित्र हुनेछ । हाम्रो स्रोत र साधनहरूलाई आधारभूत तहमा रहेका जनताहरूको पहुँच र लाभ पुग्ने गरी उपयोग र विस्तार होस । आर्थिक, सामाजिक र वातावरणीय पक्षको नकारात्मक प्रभाव न्यून हुने गरी दिगो विकासको सिद्धान्त अनुसार योजनाहरू तय गर्नको निम्ति तयार गरेकाे दस्तावेज धेरै विषय समेटिएकाे छ ।
    गाउँपालिकाले दिगो विकासका फ्रेमवर्क निर्माण गर्ने र सोही अनुसार प्रभावकारी रुपमा विकास गरी नागरिकको जीवनस्तरमा सुधार ल्याउन याेजन प्रभावकारी हुने प्रमुख प्रशासकीय अधिकृत दिपकप्रसाद अधिकारीले बताउनुभयाे । हेडलाईट प्रा.लि. नेपालको प्राविधिक सहयोगमा गाउँपालिकाको अल्पकालीन, मध्यकालीन र दीर्घकालीन योजना छनौट गरी २० वर्षे आवधिक योजना विसं २०८० देखि विस २१०० सम्म निर्माण भएको पुस्तक १६९ पृष्ठकाे रहेकाे छ ।

    Sunday, June 23, 2024

    निःशुल्क धर्म प्रशिक्षण शिबिर सम्पन्न

    रसुवा, तामाङ बौद्ध महासंघ नेपालको आयोजनामा ३ महिने निःशुल्क धर्म प्रशिक्षण शिबिर धुन्चे स्थित टुल्कु छ्योइलिङ गोन्पा सम्पन्न भयो । ०७६ साल माघ २६ गतेदेखि प्रारम्भ भएको प्रशिक्षण कोरोना महामारीको समयमा पुरा हुन नसकेकोले यसवर्ष पुरा गरेर प्रमाण-पत्र प्रदान गरिएको हो । प्रमुख अतिथी तामाङ बौद्ध महासंघ नेपालका संस्थापक अध्यक्ष एवम् तामाङ लुङ्तोक गुम्बाका खेन-रिन्पोछे धर्म गुरु गेशे निमा तमाङले प्रमाण-पत्र बितरण गरेका थिए । प्रशिक्षक टुल्कु छ्योइलिङ गोन्पा धुन्चेका प्रमुख लामा दावासिदार घलेले सहजिकरण गरेका थिए । तामाङ बौद्ध महासंघ नेपालको आयोजना तथा टुल्कु छ्योइलिङ गोन्पा धुन्चेकाे ब्यबस्थापनमा बौद्ध दर्शन तथा सम्भोटा लिपीबारे बारे आधारभूत जानकारी दिने उद्देश्यले आयोजित कार्यक्रम टुल्कु छ्योइलिङ गोन्पा धुन्चेका लामा प्रतिनिधी लामा सम्देन घलेको अध्यक्षतामा समापन कार्यक्रम भएकाे थियाे । तीन महिनासम्म सहभागी १५ वर्षदेखि ८५ वर्षसम्मका उमेरका सहभागी ५५ जनालाइ प्रमाण-पत्र बितरण गरिएको थियो । बिशिस्ट अतिथी तमाङ मातृभाषा सम्भोटालिपी विकास प्रतिष्ठानका केन्द्रीय अध्यक्ष सिङ्गबहादुर योन्जनले शुभकामना मन्तब्य एवम् तामाङ मातृभाषा बारेमा प्रकाश पारेका थिए । बागमती प्रदेशमा तमाङ र नेवार भाषा सरकारी कामकाजी भाषाको रुपमा केन्द्र सरकारले मान्यता दिइएको बारे पनि उनले चर्चा गरे। आधारभूत सम्भोटा लिपी तथा बौद्ध दर्शन जीवन तथा मृत्यू पर्यान्त बारे तामाङ बौद्ध महासंघ नेपालका रसुवा, नुवाकोट र धादिङ जिल्ला प्रबक्ता तथा बौद्ध दर्शनाचार्य ल्हाक्पा तामाङ प्रवचन प्रवचन दिए । समापन तथा प्रमाण-पत्र बितरण कार्यक्रममा जिल्ला समन्वय समिति उप-प्रमुख विजय लामा, स्थानीय तेम्पासिङ्गी तमाङ,सुकशाङ तमाङ, रिन्जेन तमाङ, माया शेर्पा, लामारेन्जेन घले, लामासिङ्गी घले सितारनुर्बु तामाङ, रसुवा नागरिक समाजका अध्यक्ष बाबुलाल तामाङलगायत सहभागी थिए ।

    Friday, June 21, 2024

    वातावरण संरक्षण र बदलिँदो चुनौती



    हेमनाथ खतिवडा

    नेपाल प्राकृतिक सम्पदाले धनी मानिन्छ तर नेपालको मुख्य सहर काठमाडौँ तथा अन्य सहरदूषित भइरहेका छन्। विदेशी पर्यटक नेपालको हिमाल हेर्ने सपना बुनेर आउँछन् त्रिभुवन अन्तर्र्रािष्ट्रय विमानस्थलमा अवतरण गर्नासाथ नाक खुम्च्याउँछन्। काठमाडौं उपत्यका नछाडेसम्म दुर्गन्धले नाक, कान, घाँटी, आँखा र छालाको समस्याले चाहेर पनि दुई दिन बढी राजधानीमा बस्न सक्तैनन्। 

    चीन सरकारको सहयोगमा बनेको चक्रपथमा कलंकीदेखि ललितपुरहुँदै कोटेश्वरसम्म बाटो फराकिलो गर्ने सिलसिलामा डँढेलो लागेको जंगलको धुवाँको मुस्लो जस्तो वा माघ महिनाको बाक्लो हुस्सु र तुवाँंलोझैँ हिँड्नै नसकिने गरी धुलो उडेको देखिन्छ। अन्यत्र पनि यो समस्या धेरै छ । जसका करण श्वासरप्रस्वासमा पनि समस्या हुन्छ।


    अहिले विकास र वातावरण एक–अर्काका विरोधीजस्तै बनेका छन्। त्यसैले वातावरणमैत्री विकास अगाडि बढाउनुपर्ने देखिन्छ । जसले भावी पुस्ता स्वच्छ वातावरणमा जीवन यापन गर्न पाउने वातावरण बनोस् ।वन जङ्गल विनास हुनेगरी सडकलगायत विकास निर्माण गर्दा कतै अर्को प्रकोप त निम्त्याउँदै छैनौँरुयसबारे पनि गम्भीर भएर सोच्न जरुरी छ । 

    महत्वपूर्ण संरक्षित क्षेत्र लाङटाङ जस्ता प्रमुख पर्यटकीय केन्द्रलगायत १४ जिल्लामै भत्केका मन्दिर, गुम्बालगायत भौतिक संरचनाहरू पुराना काठसमेत प्रयोग गरेर संरक्षणमैत्री पुनर्निर्माण गर्न जरुरी देखिन्छ। अहिले प्लास्टिकजन्य फोहोरमैला व्यापक देखिन्छ। यसको व्यवस्थापनबारे खासै सोचिएको पाइन्न्। थोरै फोहोर फोहोर व्यवस्थापन गर्न सजिलै हुन्छ, दिनदिन बढ्दै जान्छ अनि समस्याको रूप लिन्।


    नेपालको सन्दर्भमा अहिले सरसफाइ तथा वृक्षरोपणका कार्यक्रम त बढिरहेका छन्। तर योमात्र समस्याको समाधान होइन। दीर्घकालीन नीति र योजनाकै खाँचो छ।


    भूकम्पले नेपालको २ हजारभन्दा बढी स्वास्थ्य संस्थामा क्षति पुगेको छ। भित्ता चर्किएका अस्पतालका भवनबाट बिरामीलाई उपचार सेवा दिँदा रेडियो विकिरण चुहिने गर्छ। नेपाल राष्ट्रिय विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान ९नास्ट०का चिकित्सकले त्रिवि शिक्षण अस्पतालमा गरेको अध्ययनले रेडियो विकिरणले मानव स्वास्थ्यमा खतरा पारेको निचोड निकालेका थिए । अस्पतालबाट निस्कने फोहोरको समस्यामाथि थप समस्याका रूपमा अहिले विकिरण थपिएको स्वास्थ्य मन्त्रालयका वरिष्ठ जनस्वास्थ्य प्रशासक रामचन्द्र खनालले जानकारी दिएका छन् ।

     चिकित्सकहरूले रेडियो विकिरणका कारण शरीरका कोषिकाहरू नष्ट हुने, रक्त क्यान्सर र अन्य अङ्गमा प्रभाव बढ्दै गएपछि थाइराइड, फोक्सो र मुटुको क्यान्सरको खतरा हुने बताएका छन्। पुनर्निर्माणमा राज्यले सोच्नुपर्ने कुरापनि धेरै छन् । कसरी प्रकृतिको संरक्षणमैत्री पुनर्निर्माण गर्ने, भूमिहीन सुकुमबासी किसानका समस्या र आर्थिक पुनर्निर्माणको पाटो महŒवपूर्ण कुरा हो।


    वातावरणले जीवनका लागि आवश्यक स्रोतहरू उपलब्ध गराउने हुनाले वातावरण सम्पूर्ण प्राणीको घर हो। प्राकृतिक स्रोत साधनको अत्यधिक प्रयोगले आज मानवलाई नै संकटमा पार्न खोजिरहेको छ । ओजन तहको विनासका कारण सूर्यबाट अत्यधिकरूपमा आउने परावैजनी किरण पृथ्वीमा आउने र पृथ्वीबाट माथि फर्केर जाने वातावरण नभएकै कारण पृथ्वीमा विश्वव्यावी उष्णता, जलवायु परिवर्तन, मरुभूमीकरण जस्ता समस्या अत्यधिक मात्रामा देखापरेका छन् । 

    विकासका नाममा वातावरणलाई असरपार्ने काम पनि अत्यधिक भइरहेका छन् । जस्तै– वायु, जल, ध्वनि प्रदूषण कलकारखाना, गाडीले अत्यधिक गरिरहेका छन् भने विभिन्न कारखाना अव्यवस्थित तरिकाले सञ्चालन गर्दा जलप्रदूषण बढ्न गएको छ ।  

    कलकारखानाकै कारण ध्वनि प्रदूषण पनि भएको छ । जसका कारण मानसिक रोग र क्यान्सर जस्ता डरलाग्दा रोग पनि बढिरहेका विज्ञ बताउँछन् ।प्रदूषणको मात्रा हेरेर त्यसको दोब्बर वातावरण संरक्षणको काम गर्न लगाउने हो भनेमात्र वातावरण संरक्षणमा केही सहयोग पुग्ने देखिन्छ।

    अहिले जलवायु परिवर्तनका अजेन्डा विश्वव्यापीरूपमा उठेको छ। उत्तिकै चासो र चिन्ताको विषय पनि बन्न पुगेको छ । विश्वमा दिनानुदिन औद्योगिक क्रान्ति भइरहेको छ। विकासले भने फड्को मार्दै गइरहेको छ। एकातिर भौतिक विकास गर्न प्रतिस्पर्धा छ भने अर्कोतिर वातावरणीय पक्ष बिग्रँदैछ । वातावरण संरक्षणका नाममा विकास रोक्नुपर्छ भन्ने होइन, विकासको नाममा वातावरणीय विनाश भएकोतर्फ ध्यान दिनैपर्छ । यही ध्यान जान नसक्दा आज वायुमण्डलमा हरितगृह ग्यास उत्सर्जन बढेर पृथ्वीमा जलवायु परिवर्तनको असर देखिँदै गएको छ। भविष्य बिर्सेर हामीले आजका लागिमात्रै सोचेका छौं। 

    यसकारण विश्वका वातावरणविद्हरू वातावरण जोगाउन लागिपरेका छन् । यसै सन्दर्भमा नेपालमा पनि वातावरण संरक्षण तथा जलवायु परिवर्तन न्यूनीकरण र जलवायु परिवर्तन अनुकूलनका कार्यक्रमले प्राथमिकता पाउँदै गइरहेको छ । विकसित राष्ट्रहरूले औद्योगिक क्रान्ति त गरे तर त्यहाँबाट निष्काशित धुवाँ–धुलोका कारण वायुमण्डलमा हरितगृह ग्यास उत्सर्जनको मात्रा बढ्यो । यसले गर्दा पृथ्वीमा जलवायु परिवर्तन हुन थाल्यो। नेपालजस्ता मुलुकले जलवायु परिवर्तन गराउनमा निकै कम भूमिका खेलेको देखिन्छ तर जलवायु परिवर्तनको असर भने खेप्न बाध्य भइरहेका छौँ। 


    जलवायु परिवर्तनको विषयलाई पनि गम्भीररूपमा लिनुपर्छ । जलवायु परिवर्तनका कारण हुने प्राकृतिक प्रकोपका कारण धनजनको क्षति बेहोर्दै आइरहेका छौँ । कालान्तरमा अझै बढ्न सक्छ । यसकारण जलवायु परिवर्तनले निम्त्याएका समस्यासँग जुध्न सक्ने क्षमता अभिवृद्धिका कार्यक्रमलाई प्राथमिकता दिने योजना ल्याउनु आवश्यक छ । कसरी क्षति कम गर्ने भनेर पूर्वतयारी पनि गर्नु आवश्यक छ।


    जलवायु परिवर्तन र दिगो विकासको लक्ष्यबीच निकै नै अन्तरसम्बन्ध छ । जलवायु परिवर्तनका मुद्दालाई छाडेर दिगो विकासको लक्ष्य पूरा हुन सक्दैन । दिगो विकासका हरेक लक्ष्य जलवायु परिवर्तनसँग सम्बन्धित छ । यसले हरेक मुद्दालाई छुन्छ पनि । जब जलवायु परिवर्तन हुन्छ, कृषिमा ह्रास, ऊर्वर भूमिको विनाश, भौतिक पूर्वाधार विनाश हुने र आर्थिक समृद्धिमा बाधा पुग्छ । मानवको स्वास्थ्यमा प्रतिकूल असर पुग्छ । त्यसैले जलवायु परिवर्तनको अजेन्डालाई प्राथमिकता दिन नसके दिगो विकासका लक्ष्य पूरा गर्न सकिँदैन।


    Sunday, June 16, 2024

    जलवायु उत्थानशील क्षमता अभिबृद्दिका लागि आवश्यकता पहिचान कार्यशाला

    जलवायु  उत्थानशील क्षमता अभिबृद्दिका लागि आवश्यकता पहिचान कार्यशाला

     

    रसुवा, राष्ट्रिय प्रकृति संरक्षण काेषकाे आयोजनामा जलवायु  उत्थानशील क्षमता अभिबृद्दिका लागि आवश्यकता पहिचान कार्यशाखा धुन्चेमा सम्पन्न भयाे । 

    डिभिजनल वन अधिकृत प्रेमा थापाकाे अध्यक्षतामा भएकाे कार्यक्रममा प्रमुख अतिथी लाङटाङ राष्ट्रिय निकुञ्जका बरिष्ठ प्रमुख संरक्षण अधिकृत अणनाथ बरालले वन तथा वातावरण संरक्षण तथा  निगरानी पनि समुदायले गर्नु पर्ने बताए । 

    कतै बदमासी भएकाे सूचना भए समयमा गाेप्य रूपमा दिन पनि अनुराेध गरे । राष्ट्रिय प्रकृति संरक्षण काेषका लक्षमण कुँवर, डा अनिता श्रेष्ठ, सुनिल सापकाेटा लगायतले सहजिकरण गर्रका थिए । 

    स्थानीय तह, सामुदायिक वनका  उपभाेक्ता समुहहरू तथा फेकाेफाेनबाट सहभागीहरूले समुदायमा रहेका समस्या समाधानका लागि सामुदायिक वन तथा मध्यवर्ती सामुदायिक वनमा आवश्यकता पहिचान गरी याेजना तयार गरेका थिए ।