रसुवा, आमाछोदिङमो र गोर्साइकुण्ड गाउँपालिकामा बाढी प्रभावितलाई ड्रोनबाट राहत सामग्री ढुवानी भइरहेको छ ।
खोज तथा उद्धारका लागि ड्रोन प्रभावकारी भएको मानव रहित बिमान संघका महासचिव तथा ड्रोन हव नेपालका सञ्चालक प्रवीण भट्टराइले बताए ।
नेपाली सेनासँगको समन्वयमा मानिस जान नसक्ने ठाउँमा विशेष गरी नदी तीरमा शवको खोजी तथा उद्धारका लागि ड्रोन मार्फत प्राप्त सूचनाका आधारमा शवको खोजी र उद्धारका कार्य भएको महासचिव भट्टराइले बताए ।
ड्रोनका करण पाइप, टायर, तार, ग्यास सिलिण्डर, कपडा, ढलान टुक्रा, हेल्मेट जस्ता चिजदेखिएपछि थप खोज उद्धारमा सहज भएको छ ।
मानिस जान नसक्ने गाउँमा ड्रोनले एक पटकमा ८० किलो र दैनिक १ हजारदेखि १५ सय किलोसम्म राहत सामग्री ढुवानी गर्ने गरिएको थियो । बेत्रावतीदेखि रसुवागढीसम्म सम्पर्कविहीन व्यक्तिको खोजीका लागि समेत ड्रोनको प्रयोग गरिएको थियो । बाढी आएको तेस्रो दिनदेखि सजिना नेपालकाे नेतृत्वमा हाम्रो टिम खटेको छ उनले भने ।


No comments:
Post a Comment