रसुवा, भदौ १० गते लेन्दे खाेलाहुँदै भाेटेकाेसीमा आएको विनाशकारी बाढीले रसुवागढी, चिलिमेलगायत जलविद्युत क्षेत्र, पुल, सडक र बस्तीहरू बगायाे । सबैभन्दा धेरै रसुवाका जलविद्युत आयोजना क्षति पुगेकाे छ ।
आएको बाढीका कारण विभिन्न जलविद्युत् तथा नुवाकाेटका केही सौर्य आयोजनाका गरी ४३१ दशमलव १ मेगावाट विद्युत् उत्पादन अवरूद्ध भएकाे छ । प्रभावित आयोजनामा नेपाल विद्युत् प्राधिकरण, प्राधिकरणका सहायक कम्पनी र निजी क्षेत्रका आयोजना छन् ।
नेपाल विद्युत् प्राधिकरणका अनुसार सबैभन्दा ठूलो क्षमताको १११ मेगावाटको रसुवागढी जलविद्युत् आयोजना प्रणालीबाट बाहिरिएको छ । त्यस्तै ७८ मेगावाटको सालासुङ्गी , ६० मेगावाटको माथिल्लाे त्रिशूली थ्री ए, ४२ दशमलव ५ मेगावाटको साञ्जेन, २५ मेगावाटको प्राधिकरणको सौर्य आयोजना र २४ मेगावाटको त्रिशूली जलविद्युत् आयोज र देवीघाट प्रभावित भएकाे छ ।
त्यसैगरी २२ मेगावाटको चिलिमे, २० मेगावाटको लाङटाङ, १४ दशमलव ८ मेगावाटको माथिल्लो साञ्जेन, १४ दशमलव ८ मेगावाटको माथिल्लो मेलुङ, १४ मेगावाटको देवीघाट र ५ मेगावाटको मेलुङ आयोजना पनि प्रणालीबाट बाहिरिएको सूचीमा छन् ।
यी मध्ये रसुवागढी र चिलिमे नेपाल विद्युत् प्राधिकरणका सहायक कम्पनीअन्तर्गतका आयोजना हुन् । लाङटाङ निजी क्षेत्रको आयोजना हो भने माथिल्लो त्रिशूली ३ ए प्राधिकरणअन्तर्गतको आयोजना हो । त्रिशूली, देवीघाट र प्राधिकरणको सौर्य आयोजना पनि प्राधिकरणअन्तर्गत छन् ।
क्षमताका आधारमा रसुवागढी, सालासुङ्गी र माथिल्लो त्रिशूली ३ ए मात्रै जोड्दा २४९ मेगावाट विद्युत् उत्पादन प्रणालीबाट क्षती भएकाे छ ।
ठूलो क्षमताका आयोजना प्रणालीबाट बाहिरिँदा उपलब्ध विद्युत् उत्पादन घट्नुका साथै विद्युत् आपूर्ति व्यवस्थापनमा समेत असर पर्न सक्ने देखिएको छ । बाहिरिएका आयोजनालाई पुनः सञ्चालनमा ल्याउन सके उक्तविद्युत् क्षमता प्रणालीमा थपिनेछ ।


No comments:
Post a Comment