रसुवा, स्थानीय तहको असल अभ्यास तथा सिकाई सम्बन्धी अनुभव आदान प्रदान कार्यक्रम गरिएको छ । आईतवार जिल्ला समन्वय समिति रसुवाद्धारा आयोजित कार्यक्रममा जिल्लामा रहेका पाँच गाउँपालिकाको असल अभ्यास तथा सिकाई सम्बन्धी अनुभव आदान प्रदान गरिएको हो ।
संविधान सभा सदस्य छोवाङ तेन्जीन तामाङले कार्यक्रमको उद्धघाटन गर्नुहुँदै विशेष गरी स्थानीय तहले गरेका विविध क्षेत्रका काम र असल अभ्यास तथा सिकाईले जिल्लाको गतिविधिहरुमा जानकारी लिने मौका पाएको र थप जनतालाई प्रत्यक्ष र फाईदा पुग्ने कार्यक्रम गर्न स्थानीय तहका जनप्रतिनिधि र प्रमुख प्रशासकीय अधिकृतहरुलाई अनुरोध गरे ।
संघीयताको मर्मअनुसार स्थानीय तहहरूले नागरिकसँग नजिक रहेर प्रभावकारी सेवा प्रवाह गर्न जरुरी रहेको भन्दै उहाँले असल अभ्यासहरूको साझा प्रयासले समग्र जिल्लाको विकासमा मद्दत पुग्ने बताउनुभयो । तीनै तहका सरकारबीच समन्वयको आवश्यकता छ । योजना निर्माण, श्रोत व्यवस्थापन, जनशक्तिको क्षमता अभिवृद्धि र व्यवस्थापनका विषयमा संघ र प्रदेश सरकारले विशेष ध्यान दिनुपर्ने, उनले बताए ।
यस्तै जिल्ला समन्वय समिति रसुवाका प्रमुख अशोक कुमार घिमिरेले कार्यक्रममा बोल्दै विशेषगरी स्थानीय तहले गरेका विविध काम र असल अभ्यास तथा सिकाईले जुन अनुकरणीय होस् जसलाई आदानप्रदान गर्न सकियोस् भन्ने मुख्य उदेश्य रहेको बताए । स्थानीय तहको असल अभ्यास सम्बन्धी अनुभव आदान प्रदान कार्यक्रमले एक अर्का स्थानीय तहबाट सिक्ने अवसर सिर्जना गर्नुका साथै सेवा प्रवाहलाई प्रभावकारी, उत्तरदायी र नागरिकमुखी बनाउन सहयोग प्रदान गर्ने उनले जोड् दिए ।
जिल्ला समन्वय समितिका प्रमुख घिमिरेले स्थानीय तहको ‘असल अभ्यास तथा सिकाई सम्बन्धी अनुभव आदान प्रदान कार्यक्रमले आगामी दिनमा नयाँ असल काम गर्न प्रेरित गर्ने बताए । सुशासनसँग सम्बन्धित विभिन्न विषयगत क्षेत्रहरूमा स्थानीय तहहरूबाट अनुभवको आदानप्रदान हुने यस अन्तक्रिया कार्यक्रमबाट स्थानीय तहको सेवा प्रवाह सुधारका हुने विश्वास लिइएको उनले बताए ।
कार्यक्रममा सहभागी यस जिल्लाका स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत तथा प्रतिनिधिहरुले पालिकामा भए गरेका विविध कामहरु मध्येको एक उत्कृष्ट कार्यक्रमको असुल अभ्यासको बारेमा जानकारी गराए ।
यस जिल्लाको आमाछोदिङमो गाउँपालिकाले प्राङगारिक खेती प्रवद्र्धन कार्यक्रम अन्तरगत गाउँपालिका भर भएका रैथाने बाली, खाद्यन्न र पशुपालन सम्बन्धी गाउँपालिकाले कृषि बजारीकरण जस्तो महत्त्वपूर्ण अनुकरणीय अभ्यास गरेको गाउँपालिकाका निमित्त प्रमुख प्रशाासकीय अधिकृत ऋषिकेश अधिकारीले जानकारी दिए । यस्तै अर्को कालिका गाउँपालिकाले ब्यवसायीमा आधारित खेती प्रवद्र्धन कार्यक्रम अन्तरगत पािलका भर भएका बाली, खाद्यन्न र पशुपालन सम्बन्धी गाउँपालिकाले कृषि बजारीकरण जस्तो महत्त्वपूर्ण अनुकरणीय अभ्यास गरेको पालिकाका प्रमुख प्रशाासकीय अधिकृत धर्मराज न्यौपानेले जानकारी दबताए ।
त्यस्तै, उत्तरगया गाउँपालिकाले समुहमा आधारित “उत्तरगया कृषि तथा पशु उद्यमशीलता विकास परियोजना” कार्यक्रम गरिएको असल अभ्यासको गाउपालिकाका प्रमुख प्रशाासकीय अधिकृत होमनाथ दाहालले जानकारी दिए । साथै नौकुण्ड गाउँपालिकाका साहयक स्तर पाचौ कृषि प्राविधिक केशब प्रसाद बजगाँईले आफ्नो गाउँपालिकाले कफी खेती प्रवद्र्धन कार्यक्रम अन्तरर्ग पकेट क्षेत्र नै घोषणा गरी १० टन कफी उत्पादन गरी सकेको सुनाए ।
यस्तै गोसाईकुण्ड गाउँपालिकाले भने अन्य गाउँपालिकोका तुलनामा अलि फरक जनतालाई सेवा प्रभाह गरेको अभ्यास प्रस्तुत गरेका थियो । गोसाईकुण्ड गाउँपालिकाले यो पालिका अन्य पालिका भन्दा चिसो भएकोले बृद्ध बद्धा, दिर्घारोगी र असक्तहरुलाई स्वस्थ्य परिक्षण तथा निमोनिय खोप प्रदान कार्यक्रम गरिएको पालिकाका प्रमुख प्रशाासकीय अधिकृत सुरेश भट्टराईले जानकारी दिए ।
कार्यक्रममा प्रदेश सभा सदस्य इन्द्रप्रसाद गोतमे जगतजंग, उत्तरगया गाउँपालिका अध्यक्ष माधब अर्याल , गोसाईकुण्ड गाउँपालिका अध्यक्ष कैसाङनुर्पू तामाङ, जिल्ला प्रशासन कार्यालय, रसुवाका सहायक प्रमुख जिल्ला अधिकारी द्रुव प्रसाद अधिकारी, पालिका उपप्रमुखहरु र विभिन्न कार्यालय प्रमुख, सञ्चारकर्मीहरु कार्यक्रममा सहभागी थिए । सो कार्यक्रमको सहजीकरण जिल्ला समन्वय अधिकारी राजेन्द्र प्रसाद आचार्यले गरेका थिए ।

0 Comments :
Post a Comment