ताजा खबर
Loading...
'यही हो हाम्रो रसुवा' को सूचनामूलक यस साइटमा तपाईको वरपरको महत्वपूर्ण स्थल, सम्पदा आदिको बारेमा प्रचार गरी आन्तरिक पर्यटन विकासमा सहयोग पुर्‌याउन त्यस्ता सामग्रीहरू हामीलाई पठाउनु होला । हामी तपाईका सामग्रीलाई प्रकाशन गर्नेछौं । Email : paudelprem@gmail.com (9843508470 Whatsapp)

Wednesday, March 25, 2026

वन डढेलो नियन्त्रण तथा व्यवस्थापनको लागि अनुशिक्षण र नमुना अभ्यास सम्पन्न

 


रसुवा,  डिभिजन वन कार्यालयको आयोजनामा ०८२ चैत १० र ११ गते  वन डढेलो नियन्त्रण तथा  व्यवस्थापनको लागि अनुशिक्षण र नमुना अभ्यास सम्पन्न भयाे । 

प्रमुख जिल्ला अधिकारीको राजेश पन्थीकाे  प्रमुख आतिथ्यतामा भएको कार्यक्ममा उनले वन तथा वातावरणको संरक्षण तथा वन डँढेलो नियन्त्रण्का लागि वन तथा सुरक्षाकर्मीले मात्र नभइ स्थानीय तहले पनि ध्यान दिनुपर्ने बताए । 

नेपालमा वन डढेलाेकाे अवस्था र  डिभिजनल वन अधिकृत शम्भु तामाङले प्रस्तुतिकरण गरी सहजिकरण गरेका थिए । धुन्चे नजिकै खाेपाङमा नमुना अभ्यास गरी वनमा डढेलाे लाग्दा वन  तथा निजकै रहेकाे घर बस्तीमा कसरी जाेगाउने, कताबाट निभाउन सुरू गर्ने, पुर्व तयारी तथा घाइते भए उपचार, डँढेलाे  व्यवस्थापन उपकरणकाे प्रयाेग बारे अभ्यास गरिउकाे थियाे । 


अनुशिक्षण तथा नमुना अभ्यासमा नेपाली सेनाकाे श्रीनाथ गण, नेपाल प्रहरी र शसस्त्र प्रहरीकाे टिम तथा स्वास्थ्यकर्मी, पत्रकार, सामुदायिक वन उपभाेक्ताहरू र कर्मचारीहरू सहभागी थिए । 

डिभिजन वन कार्यालयका प्रमुख शम्भु तामाङले वन डँढेलो नियन्त्रणका लागि समुह, वडा, गाउँपालिका तथा सवै सरोकारवालाहरुको हातेमालो गर्नु पर्ने बताए । 


साे अवसरमा प्रमुख जिल्ला अधिकारीको राजेश पन्थीले नेपाली सेना, नेपाल प्रहरी, शसस्त्र प्रहरीलाइ १३ थरीका वन डढेलाे नियन्त्रण सामग्री हस्तान्तरण समेत गरेका  थिए । 

कन्टेनर दुर्घटनामा २ जनाको मृत्यु


रसुवा, कालिका गाउँपालिका - १ मा एक कन्टेनर दुर्घटना हुँदा २ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रसुवाले जनाएको छ।  

पासाङल्हामु सडकको कालिकास्थानबाट धुन्चेतर्फ जाने क्रममा साँझ साँढे सातबजे ना ६ ख ५४९८ नं  नम्बरको खाली कन्टेनर ग्राङजुङ डाडाँको भिरबाट खस्दा २ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रसुवाले जनाएको छ।  

दुर्घटनामा गम्भीर घाइते भएका चालक कालिका -१ राम्चेका ३९ वर्षीय पासाङ तामाङ र कालिका- २ का २६ वर्षीय पेम्बा छोवाङ थोक्राकोत्रिशूली अस्पतालमा मृत घोषणा गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नावय उपरीक्षक अशोक थापाले बताए। 

घटनास्थलमा घाइतेको उद्दार गरी उपचारका लागि एम्बुलेन्समा त्रिशूली अस्पताल पठाएको र कन्टेनर भण्डै ८ सय मिटर तल खसेको थियाे ।  






Tuesday, March 24, 2026

नौकुण्डमा दूध संकलन सुरु

 

रसुवा, नौकुण्ड गाउँपालिकामा दुध संकलन सुरु भएको छ । गाउँपालिकाले संकलन केन्द्र खोलेपछि पहिलो पटक दुध संकलन सुरु भएको हो । 

विपन्न बस्तीका गरिव किसानले आम्दानीका लागि दुध उत्पादन तथा बिक्री गर्नका लागि दुग्ध विकास संस्थानसँग समन्वय गरेर गाउँमा संकलन केन्द्र खोलेको गाउँपालिका उपाध्यक्ष चन्द्रबहादुर तामाङले बताए । 

यस अघि दुध संकलन केन्द्र नजिक नहुँदा घरघरमै खपत हुने गरी मात्र दुध उत्पादन हुने गरेकोमा अब किसानहरु व्यवसायीक रुपमा पशुपालन गरी दुध उत्पादन बढाउन हौसिएका छन् । ‘गाउँमै दुध संकलन खुलेपछि बजारको समस्या नहुने भो’ नौकुण्ड क्षेत्रको लेकमा गाइ फार्म सञ्चालक स्थानीय निमा तामाङले बताए । 




रसुवागढी नाकाबाट १५ दिन ब्यापार प्रभावित हुने


रसुवा,चीनसँगको अन्तर्राष्ट्रिय व्यापारिक नाका रसुवागढीमा तीन महिना व्यापार प्रभावित हुने भएको छ । स्याफ्रु–रसुवागढी सडक खण्डको स्तरोन्नतिका लागि प्रत्येक महिना १५ दिन सडक बन्द हुने भएपछि व्यापार प्रभावित हुने भएको हो । 

निर्माणाधीन गल्छी त्रिशूली मैलुङ स्याफ्रुवेशी रसुवागढी सडक आयोजनाले सूचना प्रकाशित गरेर अप्रिल महिनादेखि तीन महिनासम्म १५÷१५ दिनका दरले सडक बन्द गर्ने जानकारी दिएको हो । 

योजनाका अनुसार अप्रिल १ देखि १५, मे १ देखि १५ र जुन १ देखि १५ सम्म सडक पूर्ण रूपमा बन्द हुने छ। चाइना एड स्याफ्रुबेसी रसुवागढी रिपियर एन्ड इम्प्रुभमेन्ट प्रोजेक्ट अप्रिल १ देखि सुरु हुने छ । 

यस सडक खण्डको स्तरोन्नति चिनियाँ ठेकेदार सिजाङ थियनलुले गर्न लागेको हो । निर्माण पक्षले सडक बन्द गर्नुपर्ने माग गरेकाले उक्त निर्णय गरेको योजनाले जनाएको छ । 

योजनाका अनुसार यस खण्डमा अति अप्ठ्यारो र अति नै जोखिमयुक्त ठाउँहरूमा निर्माण कार्य गर्दा निर्माण सामग्री तथा मेसिनरी राख्नुपर्ने, छिटोभन्दा छिटो प्रगति हासिल गर्न तथा सुरक्षाको दृष्टिकोणले सडक बन्द गरेर निर्माण कार्य गर्नका लागि सडक बन्द गर्नुपर्ने अवस्था आएको हो । 

नागरिकको सामान्य जनजीवन प्रभावित नहुने गरी आपतकालीन र अति आवश्यक सवारीसाधनहरू सञ्चालनमा निर्माण व्यवसायीले सहजीकरण गर्नेछन् । यस अवधिमा अन्य सवारीसाधनहरू भने सञ्चालन गर्न पाइने छैन । 

स्याफ्रु–रसुवागढी सडकको दूरी १७ किलोमिटर रहेको छ। जसमा चिनियाँ पक्षले १५.८ किलोमिटर स्तरोन्नति गर्ने छ। यो अहिले एक लेनको कच्ची सडक हो । चिनियाँ पक्षले कालोपत्रे सहितको दुई लेनको सडक बनाउने छ । 

२०७७ चैतबाट चिनियाँ पक्षले स्तरोन्नति गर्ने योजना अघि सारेको थियो। नेपाली पक्षले गर्नुपर्ने काम समयमा नै नसकिएको र कोभिड–१९ का कारण काम पछि धकेलिएको थियो । 


एम्बुलेन्स प्रयोग गरी अवैध रूपमा चिनियाँ चुरोट ओसार–पसार गर्ने चार जना पक्राउ


रसुवा, एम्बुलेन्स प्रयोग गरी अवैध रूपमा चिनियाँ चुरोट ओसार–पसार गर्ने चार जनालाई जिल्ला प्रहरी कार्यालय रसुवाले पक्राउ गरेको छ।

जिल्लाको उत्तरगया गाउँपालिका –५ स्थित पासाङ ल्हामु राजमार्ग अन्तर्गतको सडक खण्डमा सवारी साधन जाँच गर्ने क्रममा शंकास्पद अवस्थामा रहेको एम्बुलेन्सबाट ठूलो परिमाणमा चुरोट बरामद गरिएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय रसुवाका सूचना अधिकारी राजु शाहका अनुसार बाप्र ०१००२ झ ५४२६ नम्बरको एम्बुलेन्सभित्र अगाडि तथा पछाडिको भागमा लुकाइछिपाइ गरी राखिएको  ‘हर्मोनाइजेशन’ लेखिएको ३ हजार ४ सय ४० बट्टा चिनियाँ चुरोट फेला पारिएको हो। बरामद चुरोटको अनुमानित मूल्य करिब आठ लाख ९० हजार रुपियाँ बराबर रहेको छ।

उक्त एम्बुलेन्समा सवार चालकसहित चार जनालाई नियन्त्रणमा लिइएको छ। पक्राउ पर्नेमा आमाछोदिङमो गाउँपालिका –३ का ४३ वर्षीय दावा तामाङ (चालक), २७ वर्षीय माक्सु तामाङ, ३२ वर्षीय सुसिल तामाङ र ३६ वर्षीया सुनिता तामाङ रहेका छन्। घटनामा प्रयोग गरिएको एम्बुलेन्स तथा चुरोट बरामद गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रसुवाले जनाएको छ।


Thursday, March 19, 2026

जेष्ठ नागरिकलाइ निः शुल्क निमोनिया विरुद्धको खोप


रसुवा, गोसाँईकुण्ड गाउँपालिकाले आफ्नो क्षेत्र भित्र रहेका ज्येष्ठ नागरिकलाई पहिलो पटक निःशुल्क निमोनिया विरुद्धको खोप लगाउने तयारी भएकाे छ । 

जोखिम उमेर समूहका नागरिकलाई हुन सक्ने जोखिमबाट बचाउनको लागि गाउँपालिकाले करिब ४५ लाख रुपैँयामा फाईजर कम्पनीकोे खोप खरिद गरी निःशुल्क लगाउन लागेको हो ।

जेष्ठ नागरिक प्रतिको गोसाँईकुण्ड गाउँपालिकाकोे सम्मान सहित यस वर्ष वडामा दर्ता भएका ७० वर्ष माथिका ज्येष्ठ नागरिकसहित क र ख बर्गका अपाङ्गता भएका नागरिक तथा नेपाल सरकारले तोकको जटिल किसिमका रोगीले यो निःशुल्क निमोनिया विरुद्धको खोप लगाउन पाउने गाउँपालिकाका अध्यक्ष कैसाङनुर्पु तामाङले जानकारी दिए । 

गोसाँईकुण्ड गाउँपालिका स्वास्थ्य शाखाका प्रमुख बिमल घिमिरेका अनुसार छ वटा वडाका सात सय जना ज्येष्ठ नागरिकलाई निःशुल्क निमोनिया विरुद्धको खोप दिन लागिएको हो । निमोनिया विरुद्धको खोपले वृद्ध अवस्थामा चिसोको कारण हुन सक्ने निमोनिया ब्याक्टेरियाको सङ्क्रमणबाट बच्नका लागि साे खोप लगाउन थालिएको हो ।

सबै वडाका स्वास्थ्य संस्थालगायत ४३ स्थानमा केन्द्र निर्धारण गरी खोप अभियान संन्चालन गरिनेछ । आफैँ खरिद गरेर निःशुल्क निमोनिया विरुद्धको खोप दिने सम्भवत गोसाइँकुण्ड देशकै पहिलो गाँउपालिका बनेको छ ।



दुई जेष्ठ नागरिक उद्यमी सम्मानीत


रसुवा , नेपाल कपडा तथा सिलाइ व्यवसायी महासंघले २ जना दलित जेष्ठ नागरिकलाइ सम्मान गरेको छ । 

महासंघको आफ्नो सातौं स्थापना दिवसको अवसर पारेर २ जना दलित जेष्ठ नागरिकलाइ सिलाइ उद्यमी सम्मान कार्यक्रममा सम्मानीत हुनेमा कालिका गाउँपालिका– ५ की उजेली नेपाली र उत्तरगया गाउँपालिका–५ का कृष्णबहादुर दर्जीलाइ सम्मानीत गरेको हो । उनीहरु दुवै जना जेष्ठ नागरिक हुन् । नेपाल कपडा तथा सिलाइ व्यवसायी महासंघ रसुवाकाे सिफारिसमा सम्मानीत गरिएकाे रसुवा शाखाकी अध्यक्ष सुमित्रा सापकोटाले बताइन्  ।

तस्वीर : सुमित्रा सापकोटा 




Wednesday, March 18, 2026

हाकुकाे वनमा लागेको डँढेलो नियन्त्रणमा


रसुवा, आमाछोदिङमो गाउँपालिका १ हाकु स्थित रिलुपाखा सामुदायिक वनमा लागेको डँढेलो नियन्त्रणमा आएको छ । 

ठूलोहाकु गाउँ नजिकै रहेको रिलुपाखा सामुदायिक वनमा लागेको डँढेलो डिभिजन वन कार्यालयको टिम र हाकु प्रहरी चौकीका प्रहरीले रातभर खटेर नियन्त्रणमा लिएको डिभिजन वन कार्यालयका डिभिजनल वन अधिकृत शम्भु तामाङले बताए । 

२ दिन अघिदेखि लागेको आगो वन कर्मचारी र हाकु प्रहरी चौकीका प्रहरी सहित स्थानीय अगुवा वाङटासी लामा समेत भई नियन्त्रण गरेको बताए । डँढेलोले करिब १.५ हे.जति वन क्षेत्र डढेलोले नष्ट भएको छ । 

स्थानीय सामुदायिक वन उपभोक्ता समुहहरु निश्क्रिय रहेको र डँढेलो नियन्त्रण तथा वन संरक्षणमा उपभोक्ताको संक्रियता नदेखिएको स्थानीय सानु तामाङ बताउछन् । 


नाै ९ जना उम्मेदवारको जमानत जफत


रसुवा, प्रतिनिधिसभा सदस्य निर्वाचन २०७२ अन्तर्गत रसुवामा नौ उम्मेदवारको जमानत जफत भएको छ । खसेको सदर मतको १० प्रतिशत मत ल्याउन नसकेका नौजना उम्मेदवारले १० प्रतिशत मत ल्याउन नसक्दा जमानत जफत भएको हो । 

मुख्य निर्वाचन अधिकृत ध्रुवप्रसाद उप्रेतीका अनुसार धरौटी जफत हुनेमा ६ दल र तीन स्वतन्त्र उम्मेदवार रहेका छन् । प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०८२ को दफा ६४ बमोजिम जमानत जोगाउन नसक्नेमा नेकपाका माधवप्रसाद लामिछाने, उज्यालो नेपालका मानबहादुर तामाङ, मंगोल नेसनल अर्गनाइजेसनका विनोद थिङ, राष्ट्रिय प्रजातन्त्र पार्टीका हरिप्रसाद घिमिरे, प्रगतिशील लोकतान्त्रिकका दावामिङ्मार तामाङ र नेकपा (माओवादी) का होमप्रसाद आचार्य छन् । 

यसैगरी, स्वतन्त्र उम्मेदवार बनेका चित्रकुमारी देवकोटा, मिङ्मार तमाङ र सागर लामाले पनि धरौटी जोगाउन सकेनन् । निर्वाचनमा खसेको सदर मतको १० प्रतिशत प्राप्त गर्नुपर्नेमा सो प्रतिशत नपुगेका कारण उहाँहरूको धरौटी जफत भएको र सो रकम राज्यकोषमा सदर स्या गरिने जनाइएको छ । नियमअनुसार उम्मेदवार दर्ता गर्दा पुरुषले १० हजार रुैयाँ र महिलाले पाँच हजार रुपैयाँ राजस्व खातामा शुल्क दाखिला गर्नुपर्नृ नियम रहेको छ । 

नौ वटा दल र तीन स्वतन्त्र गरी कुल १२ जना उम्मेदवारमध्ये विजयी उम्मेदवार काङ्ग्रेसका मोहन आचार्य, रास्वपाका वसन्त भट्ट र नेकपा (एमाले)का प्रेम तामाङले नियमअनुसार धरौटी रकम फिर्ता पाउने बताइएको छ । निर्वाचन कार्यालयले निर्वाचन ऐन नियमअनुसार दल र स्वतन्त्र उम्मेदवार सबैलाई चुनावी खर्च विवरण ३५ दिनभित्र बुझाउन आइतबार पत्राचार गरिएको जिल्ला निर्वाचन अधिकारी राजन रायले बताए । 


Saturday, March 14, 2026

वन डढेलो नियन्त्रण तथा व्यवस्थापनको लागि जनचेतना मुलक र्‍याली



रसुवा , सामुदायिक वनमा हुने डढेलो नियन्त्रणका लागि रसुवामा विशेष अभियान सञ्चालन गरिएको छ। डिभिजन वन कार्यालय रसुवाको आयोजना तथा सामुदायिक वन उपभोक्ता महासंघ रसुवाको सहकार्यमा सचेतना मूलक र्‍याली र कोणसभा गरी डढेलो नियन्त्रण बारे  जनचेतना मुलक र्‍याली गरिएकाे छ । 

वन डढेलो नियन्त्रण तथा व्यवस्थापन सचेतना सप्ताह ९चैत्र १-७ ० र्‍यालीमा प्रहरी तथा सुरक्षाकर्मीहरू, कर्मचारी, नागरिक समाज,सञ्चारकर्मी,उपभोक्ताहरू सहभागी थिए । 

कार्यक्रममा जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी द्रुवप्रसाद अधिकारी, जिल्ल समन्वय समितिका उपप्रमुख विजय लामा,डिभिजन वन कार्यालयका डिभिजनल वन अधिकृत शम्भु तामाङले सामुदायिक वनमा हुने आगलागी नियन्त्रण तथा व्यवस्थापनमा स्थानीय समुदायको महत्वपूर्ण जिम्मेवारी हुने भएकोले सबै सरोकारवालाहरू गम्भीर भएर लाग्नुपर्ने बताए । 

सरोकारवालाहरू सामुदायिक वनमा आगो लगाउने व्यक्ति पत्ता लगाएर कानुनी कारवाहीको दायरामा ल्याउनुपर्नेमा जोड् दिएका छन्। 

वन डढेलो नियन्त्रण तथा व्यवस्थापन सचेतना सप्ताह ९चैत्र १(७, २०८२० वन डढेलो नियन्त्रण तथा व्यवस्थापनको लागि आज धुन्चेबाट जनचेतना र्‍याली सहित प्रभातफेरी गरी शुरुवात गरिएको हो । श्री श्रीनाथ गणका गणपति, नेपाल प्रहरीका प्रनाउ, सशस्त्र प्रहरी वल,नेपाल २० नं गुल्मका गुल्मपति, कार्यालय प्रमुखहरु, नागरिक समाजका अध्यक्ष, सामुदायिक वन उपभोक्ता महासंघकाअध्यक्ष, सञ्चारकर्मीलगायत सम्पूर्ण सुरक्षाकर्मी र कर्मचारीहरु सहभागी थिए । 

अवका कार्यक्रमहरु सामुदायिक वनका उपभोक्ता, स्थानीय गाउँपालिका, विद्यालयका विद्यार्थीहरु, स्थानीय सुरक्षा निकाय समेतको सहभागितामा गाउँ गाउँमा वन डढेलो नियन्त्रण संजाल गठन र परिचालन, तालिम तथा अन्तरकृया कार्यक्रमहरु आयोजना गरिनेछ । साथै सामुदायिक वन उपभोक्ता महासंघ तथा रेडियो रसुवा र रेडियो लाङटाङसँगको सहकार्यमा  विभिन्न गाउँ, टोलमा वन डढेलो नियन्त्रण तथा रोकथाम सम्वन्धी सन्देशमुलक गीत सहित चेतना मूलक अन्तरकृया  कार्यक्रमहरु गरिने डिभिजन वन कार्यालयका डिभिजनल वन अधिकृत शम्भु तामाङले बताए ।



Friday, March 13, 2026

स्याफ्रु-रसुवागढी सडक १५ दिन पूर्ण रूपमा बन्द गरिने



रसुवा, चीनसँगको अन्तर्राष्ट्रिय व्यापारिक नाका रसुवागढी जोड्ने स्याफ्रु-रसुवागढी सडक १५ दिन पूर्ण रूपमा बन्द गरिने भएको छ। सडक स्तरोन्नति गर्नका लागि सडक बन्द गर्न लागिएको हो। 


जिल्लाको गोसाइँकुण्ड गाउँपालिकाले आज सूचना प्रकाशित गरेर आगामी चैत १८ गतेदेखि सडक बन्द हुने जानकारी दिएको हो। सडक स्तरोन्नतिका लागि आगामी चैत १ गतेदेखि नै सडक बन्द गर्ने तयारी थियो। 


तर, चिनियाँ निर्माण पक्षले चैत १८ गतेबाट काम सुरु गर्ने जनाएपछि बन्द गर्ने समय केही समयपछि धकेलिएको हो। प्रत्येक महिना १५ दिन सडक पूर्ण रूपमा बन्द गरि सडक निर्माण गरिने छ। 

Friday, March 6, 2026

मोहन आचार्य तेस्रो पटक प्रतिनिधिसभा सदस्यमा निर्वाचित



रसुवा, एक मात्र निर्वाचन क्षेत्र रहेको रसुवामा नेपाली कांग्रेसका उम्मेदवार इ मोहन आचार्य विजयी भएका छन्। उनी तेस्राे पटक प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन् । 

उनले १० हजार ६ सय ५६ मत ल्याएर विजयी भएका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी रास्वपाका वसन्त भट्टले ५ हजार ५ सय ७१ मत ल्याए। त्यस्तै नेकपा एमालेका प्रेमबहादुर तामाङले ४ हजार ६ सय ८८ हजार मत ल्याएकाे मुख्य निर्वाचन अधिकृतको कार्यालय रसुवाको सहायक निर्वाचन अधिकारी सरिता रिजालका बताइन् । 

उज्यालो नेपाल पार्टीका उम्मेदवार मानबहादुर तामाङले १ हजार ४ सय ५३ मत प्राप्त गर्नुभएको छ भने नेपाल कम्युनिस्ट पार्टीका उम्मेदवार माधवप्रसाद लामिछानेले ९ सय ६३ मत प्राप्त गरे । 

यस्तै मङ्गोल नेशनल अर्गनाइजेसनका उम्मेदवार विनोद थिङले ४ सय ४ मत प्राप्त गरे । अन्य उम्मेदवारहरूमा प्रगतिशील लोकतान्त्रिक पार्टीका दावा साङ्बो तामाङले १० मत, राष्ट्रिय प्रजातन्त्र पार्टीका हरिप्रसाद घिमिरेले ६० मत, नेकपा माओवादी केन्द्रका होमप्रसाद आचार्यले ५० मत प्राप्त गर्नुभएको छ। स्वतन्त्र उम्मेदवारहरू चित्रकुमारी देवकोटाले १२ मत, दावाफिन्जो तामाङले ३ मत र सागर तामाङले ११ मत प्राप्त गरे । जिल्लामा १ हजार १ सय ८१ मत बदर भएकाे छ ।  

Thursday, March 5, 2026

रसुवामा ६१ प्रतिशतले मतदान


 रसुवा , प्रतिनिधि सभा सदस्य निर्बाचन, २०८२ रसुवामा ६१ प्रतिशत मतदाताले मतदान गरेका छन् । 

कुल ४१ हजार ४ सय ७१ जना मतदाता रहेको रसुवामा २५ हजार ४ सय ५८ जना ६१ प्रतिशतले मतदान गरेका छन् । जसमा पुरुष .१३४७३ जना महिला .११९८५जना मतदाताले मतदान गरेका छन । १२ जना उम्मेदवार निर्वाचनमा भिडेका छन् । लाङटाङबाट मतपेटिका हेलिकप्टरबाट ल्याएको र अरु मतदान केन्द्रबाट मतपेटिका ल्याइसकेपछि मतगणना सुरु हुने सहायक प्रमुख जिल्ला अधिकारी दु्ब प्रसाद अधिकारीले बताए । जिल्लामा शान्तिपूर्ण मतदान भएको छ । 


Sunday, March 1, 2026

रसुवाका कपडा तथा सिलाइ व्यवसायीहरू संगठित


रसुवा, लामाे समय प्रयास पछि  सिलाइ उद्यमी महिलाहरूकाे संस्था नेपाल कपडा तथा सिलाइ व्यवसायी संघ रसुवा  दर्ता भएकाे छ । 

रसुवाका कपडा तथा सिलाइ व्यवसायीहरू संगठित भइ संस्था दर्ता गर्न खाेजेकाे लामाे समय भयाे । यस अघि सरकारी ढिलासुस्ती र अटेरीले  विगत ३ वर्षदेखि लगातार संस्था दर्ता प्रक्रियाका लागि दु:ख पाएकाे र यस वर्ष संस्था दर्ता भएपछि धेरै खुसीलागेकाे नेपाल कपडा तथा सिलाइ व्यवसाी संघ रसुवाकी अध्यक्ष  सुमित्रा सापकाेटा  बताइन् ।  यस अघि पटक पटक व्यवसाी संघ नामक संस्था दर्ता गर्न नमिल्ने भन्दै फर्कनु परेकाे थियाे उनले भनीन् याे प्रक्रियामा सहयाेग जिल्ला प्रशासन कार्यालय, स्थानीय तह तथा सहयाेगी  सबैलाइ धन्यवाद दिन चाहन्छु । संस्थाले जिल्लाभरका उद्यमीहरूकाे हक हित संरक्षण तथा एकतावद्ध गरी उद्यम र सीप विकासका लागि काम गर्ने सापकाेटाले बताइन् । 

यस पटक भने दर्ता गर्ने काम सहज रूपमा काम भयाे उनले भनीन् । जिल्ला प्रशासन कार्यालयमा संस्था दर्ता एेन २०३४ काे दफा ४ बमाेजिम दर्ता नं ५२७ रहेकाे संस्था दर्ता गरी सहायक प्रमुख जिल्ला अधिकारी द्रुवप्रसाद अधिकारीले प्रमाणपत्र प्रदान गरेका हुन् । 




Friday, February 27, 2026

प्रतिनिधिसभा सदस्यका लागि २०६४ देखि २०८२ सम्म १० जना महिला उम्मेदवार

 


सरस्वती न्याैपाने

प्रतिनिधिसभा सदस्यका लागि २०६४ देखि २०८२ सम्म १० जना महिला उम्मेदवार  वनेका छन् । 

रसुवा जिल्ला वाट आसन्न प्रतिनिधि सभा सदस्य का लागि २०६४ साल देखि २०८२ साल सम्म आईपुग्दा १० जना महिला उम्मेदवार बनेका छन् ।  जिल्ला निर्वाचन कार्यालय रसुवाका अनुुसार २०६४ सालमा २ जना,२०७० सालमा ४ जना,२०७४ सालमा २ जना,२०७९ सालमा १ जनाले उम्मेदवारी दिएका थिए र छन् ।

 २०६४ साल देखि २०७९ सम्म ९ जना महिलाहरू प्रतिनिधि सभा सदस्य मा भाग लिएतापनि सफल हुन सकेनन र २०८२ काे प्रतिनिधि सभा सदस्य का लागि १ जना स्वतन्त्र उम्मेदवार बन्नुभएकाे छ ।  

रसुवा जिल्ला भरवाट कुल मतदाता संख्या ४१ हजार ४ सय ७१ जना रहेका छन मतदान स्थल ३६ वटा,मतदान केन्द्र ५७ र अस्थायी मतदान केन्द्र २ वटा रहेका छन ।कारागार १ र कर्मचारी १

निर्वाचन प्रचार बारे सन्चारकर्मीसँग अन्तरक्रिया


रसुवा, जिल्ला निर्वाचन कार्यालय रसुवाद्वारा प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ लाई लक्षित निर्वाचन प्रचारप्रसार सम्बन्धि अन्तरक्रिया कार्यक्रम फागुन १३ गते धुन्चे सम्पन्न भएको छ ।

जिल्ला स्थित क्रियाशील सन्चारकर्मीहरूसँग आयोजना गरिएको कार्यक्रम मा निर्वाचन आचारसंहिता,मतदाता सचेतना,निष्पक्ष सुचना प्रवाह तथा सन्चार माध्यम को के के भुमिका हुनुपर्छ ? भन्ने बारेमा कार्यालय प्रमुख राजन रायले प्रस्तुती गरे । प्रस्तुतीपछि सहभागी सन्चारकर्मी वीच विस्तृत छलफल समेत भएको थियो ।

कार्यक्रम मा पत्रकार महासंघ जिल्ला शाखा रसुवाका अध्यक्ष केशव पौडेल,उपाध्यक्ष महेश्वर गजुरेल,राससका ज्ञानेन्द्र न्यौपाने,नेपाल टेलिभिजनका सुशील कोईराला,कान्तिपुर मिडिया ग्रुपका वलराम घिमिरे,रेडियो लाङटाङका गिता न्यौपाने,रेडियो रसुवाका गंगा कुमारी मिजार,नेपाल समाचारपत्र दैनिकका सरस्वती न्यौपाने लगायतको सहभागी रहेको थियो । 

Thursday, February 26, 2026

प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ काे तयारी पुरा

 


रसुवा, आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ लाई शान्तिपूर्ण र भयरहित बनाउन रसुवामा सुरक्षा प्रबन्ध चुस्त पारिएको छ । मतदानको दिन नजिकिँदै गर्दा सुरक्षाका दृष्टिबाट कुनै कमी हुन नदिन एकीकृत निर्वाचन सुरक्षा योजना लागू गरिएको छ । 

निर्वाचन निजकिदै जाँदा सुरक्षाका लागि चारवटै सुरक्षा निकाय परिचालित गरिएको सहायक प्रमुख जिल्ला अधिकारी द्रुव प्रसाद अधिकारी ले जानकारी दिनुभयो । जिल्ला सुरक्षा समितिले मतदानस्थललाई अतिसंवेदनशील, संवेदनशील र सामान्यमा वर्गीकरण गरी सुरक्षा विश्लेषण सहित आवश्यक रणनीति तयार गरेको छ । “मतदानस्थलको नियमित अनुगमन भइरहेको छ, सुरक्षा विश्लेषणका आधारमा मतदानस्थलको सुरक्षा प्रबन्धलाई चुस्त र प्रभावकारी बनाइएको उहाँले बताए  ।

नेपाली सेना, नेपाल प्रहरी, सशत्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागको जनशक्ति निर्वाचनको सुरक्षामा खटिएको सहायक प्रजिअ अधिकारी बताउनुभयो । जिल्लामा रहेका एकवटा निर्वाचन क्षेत्रमा नेपाली सेनाले  सुरक्षा बेस स्थापना गरी सुरक्षा निगरानी बढाएको छ । सशस्त्र प्रहरी बलले पनि सुरक्षा बेस खडा गरी निर्वाचन सुरक्षार्थ परिचालित गरिएको हो । नेपाली सेनाबाट सात सय बढी र सशत्र प्रहरी बलबाट करिब २ सय ५० जनशक्ति निर्वाचनमा परिचालित गरिएको जिल्ला सुरक्षा समितिले जनाएको छ ।

तिन सय बढी नेपाल प्रहरी र ३ सय ३६९ जना निर्वाचन प्रहरी खटिने सहायक प्रजिअ अधिकारीले बताउनुभयो । जिल्लामा एक महिनाअघि नै निर्वाचन केन्द्रित सुरक्षा योजना तयार गरी कार्यान्वयन गरिएको थियो । निर्वाचन सुरक्षालाई दृष्टिगत गरी सुरक्षा निकायले नियमित गस्ती र सुरक्षा निगरानी बढाइरहेका छन् । ५ वटै पालिकामा एकीकृत निर्वाचन सुरक्षा योजनाबमोजिम नेपाल प्रहरी मतदानस्थलको भित्री घेराको सुरक्षामा खटिने सहायक प्रजिअ अधिकारीले बताए ।

 नेपाली प्रहरीसँगै निर्वाचन प्रहरी पनि पहिलो तहको सुरक्षा घेरामा परिचालित हुने उहाँको भनाइ छ । दोस्रो तहको सुरक्षा घेरामा सशत्र प्रहरी बल र सुरक्षा घेराको बाहिरी तहबाट नेपाली सेनाले सुरक्षा प्रदान गर्ने जनाइएको छ ।

दलहरू निर्वाचन प्रचारमा जुटे, घोषणा पत्र सार्वजनिक


रसुवा, प्रतिनिधि सभा निर्वाचन २०८२ का लागि प्रचारमा गाउँगाउँमा घरदैलाेमा जुटेका दलहरुले आफ्ना प्रतिवद्धता पत्र सार्वजनिक गरेको छ ।

नेकपा एमाले, नेकपा, नेपाली काँग्रेस र रास्वपाले आफ्नो प्रतिवद्धता पत्र सार्वजनिक गरेका हुन् । एमाले उम्मेदवार उम्मेद्धवार प्रेमबहादुर तामाङले उत्तरगयाधाममा प्रतिवद्धता पत्र पढेर सार्वजनिक गरे । प्रतिवद्धतामा जिल्लाको शिक्षामा समग्र गुणस्तर कायम गर्न ध्यान दिई सामुदायिक विद्यालयहरूमा सुधार, शिक्षालाई पूर्णतः निःशूल्क गरिनेछ, आधारभूत तहदेखि नै विद्यार्थी र शिक्षकलाई प्रविधिमा पहुँच पुर्याइने, हाम्रो लगानीमा हाम्रै दक्ष जनशक्ति (डाक्टर, इञ्जिनियर, नर्स, कृषि विज्ञान, पशु विज्ञान, वन विज्ञान, गणित, अंग्रेजी, विज्ञान विषयका शिक्षक) तयार गर्न, स्थानीय, प्रदेश र सङ्घीय सरकारसँग समन्वय गरिने, सामुदायिक विद्यालयहरूलाई विद्यार्थी सङ्ख्याको आधारमा मर्जरमा लाने र आवश्यकता अनुसार आवासीय विद्यालयहरूको स्थापना गर्दै लैजान पहल गर्ने उल्लेख छ । 


त्यसैगरी स्वास्थ्य सेवालाई जनताको पहुँचमा पुर्याइने छ, स्वास्थ्य सेवा पूर्णतः निःशूल्क गर्न समन्वय एवं पहल गरिनेछ । वन्यजन्तुबाट (बाँदर, बदेल, भालु, मृग, दुम्सीलगायत) हुने अन्नबाली क्षतिको उचित संरक्षण र किसानलाई क्षतिपूर्तिको ग्यारेण्टी गर्नको लागि आवश्यक नीति निर्माण र कार्यान्वयन, रसुवागढी नाकामा रहेको पशु क्वारेन्टाइन कार्यालयलाई व्यवस्थित बनाई जिल्लाको उत्पादनलाई जोड्दिन उल्लेख छ । पासाङल्यामू सडकको बेत्रावती, कालिकास्थान, धुन्चेदेखि स्याफ्रुबेसीसम्म स्तरउन्नती र राष्ट्रिय गौरवको योजनाको रूपमा रहेको गल्छी–त्रिशुली–मैलुङ, स्याफ्रुबेसी र रसुवागढी नाकासम्मको सडकको निर्माण कार्य छिटो सम्पन्न गर्नको लागि पहल र पैरवी गरिने छ । 

सवै दलले जिल्लामा हाल निर्माणाधिन जलविद्युत आयोजनाको निर्माण कार्य सम्पन्न गर्नको लागि आवश्यक सहयोग र सहजीकरण गरिने छ । साथै रोजगारीमा स्थानीय जनशक्तिलाई प्राथमिकता दिन पहल लिई, रोजगारी सुनिश्चितता गरिने छ । जलविद्युत् निर्माणकै चरणमा  सम्बन्धित कम्पनीहरूले अनिवार्य गर्नुपर्ने सामुदायिक विकास सहयोगका कार्यक्रमहरू स्थानीय तहसँग समन्वय गरी सञ्चालन गर्न सहजीकरण गरिने प्रतिवद्धता गरेका छन् ।  

एमालेले जिल्लामा एक नगरपालिका घोषणा र कार्यान्वयनको लागि आवश्यक पहल गरिने छ । युवा बेरोजगारी न्युन गर्नका लागि कम्तीमा एक घर, एक रोजगार कार्यान्वयनको लागि पहल गरिने छ । यसको लागि जिल्लामा रहेको जलविद्युत् कम्पनी, विभिन्न उद्योग, निर्माण क्षेत्र, सरकारी कार्यालय, गैरसरकारी संघ संस्था, सहकारी, उद्यमी एवं व्यापार–व्यावसायीहरूसँग समन्वय र सहकार्य गरिने बताइएको छ । 

प्रतिवद्धता पत्रमा रसुवागढी अन्तर्राष्ट्रिय नाकालाई व्यवस्थित र प्रविधिमैत्री आधारित सेवा प्रवाहको लागि सहजीकरण गरिनेछ । रसुवाबाट केरुङतर्फ जाने प्रवेश पासमा भइरहेको अनियमिततालाई रोक्न पहल गरिने उल्लेख छ ।

रसुवागढी र केरुङ बजारमा रसुवावासीले गर्दै आएको पेशा, व्यवसाय र रोजगारीमा जोडिएका जनताहरूको सुरक्षा र सम्बर्दन साथै केरुङ बजारसम्म निजी सवारी साधानहरूलाई निर्वाध रुपम आवातजावत गर्न लागि आवश्यक पहल गरिने घोषणा पत्रमा उल्लेख छ । 

नेपाली काँग्रेसको तर्फबाट रसुवाका प्रतिनिधिसभा सदस्य उम्मेदवार मोहन आचार्यले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आफ्नो घोषणापत्र (प्रतिज्ञापत्र) सार्वजनिक गरे । 

बुधबार आमाछोदिङ्मो गाउँपालिका–५ थाम्बुचेतमा आयोजित कार्यक्रममा आचार्यले ‘समुन्नत रसुवाको आधार ः शिक्षा, स्वास्थ्य, पर्यटन र पूर्वाधार’ भन्ने मूल नारासहित प्रतिज्ञापत्र सार्वजनिक गरेका हुन् । 

त्यसैगरी नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार माधब लामिछाने, राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार बसन्त भट्टले पनि आफ्नो प्रतिवद्धता पत्र सार्वजनिक गरी जिल्लाको समृद्धिका लागि बिभिन्न विषयहरु उल्लेख गरेका छन् । उनीहरुले भ्रष्टाचारको अन्त्य गरी जिल्लाका सम्भावना खोजेर समृद्ध रसुवाका लागि जोड्दिने जनाएका छन् । 

राष्ट्रिय स्वतन्त्र पार्टी रसुवाका प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार बसन्त भट्टले सुशासन, कृषि, पर्यटन तथा संस्कृति, जडिबुटी, शिक्षा, स्वास्थ्य र रसुवागढी नाकाको समग्र विकासलाई प्राथमिकतामा राख्दै आफ्नो चुनावी वाचापत्र सार्वजनिक गरे । 



Monday, February 23, 2026

रसुवा र नुवाकाेटमा निर्वाचनको तयारी सम्बन्धमा अन्तर्क्रिया तथा अनुगमन सम्पन्न



रसुवा, २०८२ फागुन २१ गते सम्पन्न हुने प्रतिनिधि सभा सदस्य निर्वाचनकाे पुर्व अनुगमन तथा  निर्वाचनको तयारी सम्बन्धमा अन्तर्क्रिया रसुवा र नुवाकाेटमा सम्पन्न भयाे । 

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) निर्वाचनकाे पुर्व अनुगमन  गर्ने क्रममा इन्सेक बागमती प्रदेश  संयाेजक शिबप्रसाद खकुरेलकाे नेतृत्वमा आएकाे पर्यवेक्षक टाेलीले विभिन्न सराेकारवाला निकायसग भेट गरी स्वच्छ , भय रहित र निष्पक्ष निर्वाचनको लागि भएको तयारीका सम्बन्धमा आवश्यक जानकारी लिने करममा  मुख्य निर्वाचन अधिकारी जिल्ला न्यायाधीश ध्रुबकुमार उप्रेतीले निर्वाचनकाे आवश्यक तयारी पूरा भएको तथा मतपत्र प्राप्त भएको  जानकारी दिए ।  

निर्वाचनमा खटिने मतदान अधिकृत र सहायक मतदान अधिकृतहरुलाइ तालिम प्रदान गरिसककाे बताउदै निर्वाचनको अन्तिम तयारी पूरा भएको  बताए । प्रमुख जिल्ला अधिकारी राजेश पन्थीले  स्वच्छ , मर्यादित र भयरहित वातावरण निर्वाचन हुने विस्वास ब्यक्त गर्दै मतदानदेखि मतगणना सम्मकाे तयारी पूरा भएको  बताए ।  उनले त्यसका लागि एकीकृत सुरक्षा याेजना  बनाइ चारबटै सुरक्षा निकाय परिचालन गरिएको र मतदननमा खटिने जनशक्तिहरुकाे आवश्यक व्यवस्थापन भएको जानकारी दिदै हालसम्म दलबाट निर्वाचन आचार संहिता उलङ्घन नभएको जानकारी दिए ।  

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) काे निर्वाचन पुर्व पर्यवेक्षणका क्रममा भएको छलफलमा नेपाल प्रहरी नायव उपरीक्षक  अशाेक थापा, नेपाली सेनाका गणपति प्रधुम्न  गौतम, राष्ट्रिय अनुशन्धानका डिएसपी मदन पौडेल , सशस्त्र प्रहरीका डिएसपी विष्णुप्रसाद पाेखरेल, निर्वाचन कार्यलयका प्रतिनिधिलगायतका सुरक्षा प्रमुखहरुकाे उपस्थिति रहेकाे थियो । 


इन्सेकका बागमती प्रदेश सयाेजक शिव खकुरेलले नेपालमा प्रजातान्त्रकाे पुनःस्थापन पछि भएका सबै  निर्वाचनहरुमा अनुगमन तथा पर्यवेक्षण गर्दै आएकाे बताउदै यस पटक पनि मुलुकभर निर्वाचन पर्यवेक्षणका लागि २ सय ३२ जना पर्यवेक्षक खटाइएको जानकारी दिए ।  यसै गरी नागरिक समाज रसुवाका अध्यक्ष बाबुलाल तितुङसँग पनि रसुवाको निर्वाचन तयारी अवस्था बारे छलफल भयाे । यस क्रममा सुरक्षा प्रमुख तथा नागरिक समाज रसुवाका अध्यक्ष नेपाल रेडक्रस साेसाइटीका सभापति बाबुलाल तितुङलगायसँग संयाेजक खकुरेलले भय रहित निर्वाचनका लागि नागरिककाे अवस्था बारे छलफल भयाे । 

इन्सेक बागमती प्रदेशका संयोजक शिव प्रसाद खकुरेल र बागमती प्रदेश कार्यालयका सहायक अभिलेखीकरण अधिकृत अनमोल पन्त सम्मिलित टोलीले नुवाकोट जिल्लामा पूर्वनिर्वाचन अनुगमन गरेको छ ।

आगामी निर्वाचनको सन्दर्भमा गरिएको अनुगमनका क्रममा टोलीले इन्सेकका जिल्लास्थित निर्वाचन पर्यवेक्षकहरूसँग भेटघाट गरी जिल्लाको निर्वाचन अवस्था, चुनौती र तयारीबारे छलफल गरेको थियो । अनुगमनमा इन्सेकका निर्वाचन पर्यवेक्षकहरूको पनि सक्रिय सहभागिता रहेको थियो । 

अनुगमनका क्रममा टोलीले सहायक प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद हुमागाईंसँग भेट गरी स्वच्छ, भयमुक्त र निष्पक्ष निर्वाचनका लागि गरिएको तयारीबारे जानकारी लिएको थियो । हुमागाईंका अनुसार जिल्लामा निर्वाचन तयारी अन्तिम चरणमा पुगेको छ र हालसम्म सबै कामहरू अवरोधरहित रूपमा अघि बढिरहेका छन् ।

सुरक्षा व्यवस्थाबारे उनले माघ २१ गतेदेखि नेपाली सेना परिचालन भइसकेको र अन्य सुरक्षा निकायको तैनाथी पनि अन्तिम चरणमा रहेको जानकारी दिए । उनका अनुसार जिल्लाभर करिब २ हजार निर्वाचन प्रहरी, सोही हाराहारीमा नेपाल प्रहरी तथा सशस्त्र प्रहरी र करिब १ हजार सेना परिचालन गरिएको छ । हालसम्म जिल्लाको चुनावी वातावरण शान्त र सामान्य रहेको उनले स्पष्ट पारे ।

यसै क्रममा टोलीले मुख्य निर्वाचन अधिकृत हेमबहादुर थापा मगरसँग पनि भेट गरी तयारीबारे छलफल गरेको थियो । उनले निर्वाचन तयारी सुरक्षित र प्रभावकारी रूपमा भइरहेको बताए । 

उनका अनुसार हालसम्म आचारसंहिता उल्लंघनका लिखित उजुरी प्राप्त भएका छैनन् भने मौखिक रूपमा आएका गुनासाहरूलाई प्रमाणीकरण तथा समाधान गर्ने काम भइरहेको छ । निर्वाचनमा खटिने जनशक्तिलाई तालिम पनि जारी रहेको उनले जानकारी दिए ।



Saturday, February 21, 2026

एमाले रसुवाकाे निर्वाचन प्रतिवद्धतापत्र सार्वजनिक



रसुवा, नेकपा एमाले निर्वाचन परिचालन कमिटी, रसुवाले पार्टीका उम्मेदवार प्रेम बहादुर तामाङबाट प्रतिवद्धतापत्र सार्वजनिक गरिएकाे छ ।

हाम्रो सङकल्प समृद्ध रसुवा सुखी रसुवाली भन्ने मुल नाराको साथ शिक्षामा लगानीस् सक्षम र सभ्य समाज निर्माण, स्वास्थ्यस् पहिलो धन, कृषि तथा पशुपालनस् उत्पादन र स्वरोजगारी प्रवर्द्धन, खेलकुदस् युवा सहभागिता, भूमि सुधारस् विर्ता र गुठी समस्या समाधान भूमिहिनलाइ जग्गा, पुर्वाधार विकासस् सहज जीवन यापन, पर्यटन प्रवर्द्धनस् रोजगारी र आर्थिक समृद्धिलाई समेटेर शनिबार उत्तरगया गाउँपालिका-५ को उत्तरगयाधाममा भएको कार्यक्रममा नेकपा एमाले रसुवाको प्रतिवद्धतापत्र सार्वजनिक गर्नु भएको छ ।