रसुवा , सामुदायिक वनमा हुने डढेलो नियन्त्रणका लागि रसुवामा विशेष अभियान सञ्चालन गरिएको छ। डिभिजन वन कार्यालय रसुवाको आयोजना तथा सामुदायिक वन उपभोक्ता महासंघ रसुवाको सहकार्यमा सचेतना मूलक र्याली र कोणसभा गरी डढेलो नियन्त्रण बारे जनचेतना अभिवृद्धि गराइएको हो।
वन डढेलो नियन्त्रण तथा व्यवस्थापन सचेतना सप्ताह ९चैत्र १-७ ० र्यालीमा प्रहरी तथा सुरक्षाकर्मीहरू, कर्मचारी, नागरिक समाज,सञ्चारकर्मी,उपभोक्ताहरू सहभागी थिए ।
कार्यक्रममा जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी द्रुवप्रसाद अधिकारी, जिल्ल समन्वय समितिका उपप्रमुख विजय लामा,डिभिजन वन कार्यालयका डिभिजनल वन अधिकृत शम्भु तामाङले सामुदायिक बनमा हुने आगलागी नियन्त्रण तथा व्यवस्थापनमा स्थानीय समुदायको महत्वपूर्ण जिम्मेवारी हुने भएकोले सबै सरोकारवालाहरू गम्भीर भएर लाग्नुपर्ने बताए ।
सरोकारवालाहरू सामुदायिक वनमा आगो लगाउने व्यक्ति पत्ता लगाएर कानुनी कारवाहीको दायरामा ल्याउनुपर्नेमा जोड् दिएका छन्।
वन डढेलो नियन्त्रण तथा व्यवस्थापन सचेतना सप्ताह ९चैत्र १(७, २०८२० वन डढेलो नियन्त्रण तथा व्यवस्थापनको लागि आज धुन्चेबाट जनचेतना र्याली सहित प्रभातफेरी गरी शुरुवात गरिएको हो । श्री श्रीनाथ गणका गणपति, नेपाल प्रहरीका प्र।ना।उ।, सशस्त्र प्रहरी वल,नेपाल २० नं। गुल्मका गुल्मपति, सम्पूर्ण कार्यालय प्रमुखहरु, नागरिक समाजका अध्यक्ष, सामुदायिक वन उपभोक्ता महासंघका अध्यक्ष, सञ्चारकर्मी लगायत सम्पूर्ण सुरक्षाकर्मी र कर्मचारीहरु सहभागी थिए ।
अवका कार्यक्रमहरु सामुदायिक वनका उपभोक्ता, स्थानीय पालिका, विद्यालयका विद्यार्थीहरु, स्थानीय सुरक्षा निकाय समेतको सहभागितामा गाउँ गाउँमा वन डढेलो नियन्त्रण संजाल गठन र परिचालन, तालिम तथा अन्तरकृया कार्यक्रमहरु आयोजना गरिनेछ । साथै सामुदायिक वन उपभोक्ता महासंघ तथा रेडियो रसुवा र रेडियो लाङटाङसँगको सहकार्यमा विभिन्न गाउँ, टोलमा वन डढेलो नियन्त्रण तथा रोकथाम सम्वन्धी सन्देशमुलक गीत सहित चेतना मूलक अन्तरकृया कार्यक्रमहरु गरिने डिभिजन वन कार्यालयका डिभिजनल वन अधिकृत शम्भु तामाङले बताए ।


0 Comments :
Post a Comment