ताजा खबर
Loading...
'यही हो हाम्रो रसुवा' को सूचनामूलक यस साइटमा तपाईको वरपरको महत्वपूर्ण स्थल, सम्पदा आदिको बारेमा प्रचार गरी आन्तरिक पर्यटन विकासमा सहयोग पुर्‌याउन त्यस्ता सामग्रीहरू हामीलाई पठाउनु होला । हामी तपाईका सामग्रीलाई प्रकाशन गर्नेछौं । Email : paudelprem@gmail.com (9843508470 Whatsapp)

Sunday, March 1, 2026

रसुवाका कपडा तथा सिलाइ व्यवसायीहरू संगठित


रसुवा, लामाे समय प्रयास पछि  सिलाइ उद्यमी महिलाहरूकाे संस्था नेपाल कपडा तथा सिलाइ व्यवसायी संघ रसुवा  दर्ता भएकाे छ । 

रसुवाका कपडा तथा सिलाइ व्यवसायीहरू संगठित भइ संस्था दर्ता गर्न खाेजेकाे लामाे समय भयाे । यस अघि सरकारी ढिलासुस्ती र अटेरीले  विगत ३ वर्षदेखि लगातार संस्था दर्ता प्रक्रियाका लागि दु:ख पाएकाे र यस वर्ष संस्था दर्ता भएपछि धेरै खुसीलागेकाे नेपाल कपडा तथा सिलाइ व्यवसाी संघ रसुवाकी अध्यक्ष  सुमित्रा सापकाेटा  बताइन् ।  यस अघि पटक पटक व्यवसाी संघ नामक संस्था दर्ता गर्न नमिल्ने भन्दै फर्कनु परेकाे थियाे उनले भनीन् याे प्रक्रियामा सहयाेग जिल्ला प्रशासन कार्यालय, स्थानीय तह तथा सहयाेगी  सबैलाइ धन्यवाद दिन चाहन्छु । संस्थाले जिल्लाभरका उद्यमीहरूकाे हक हित संरक्षण तथा एकतावद्ध गरी उद्यम र सीप विकासका लागि काम गर्ने सापकाेटाले बताइन् । 

यस पटक भने दर्ता गर्ने काम सहज रूपमा काम भयाे उनले भनीन् । जिल्ला प्रशासन कार्यालयमा संस्था दर्ता एेन २०३४ काे दफा ४ बमाेजिम दर्ता नं ५२७ रहेकाे संस्था दर्ता गरी सहायक प्रमुख जिल्ला अधिकारी द्रुवप्रसाद अधिकारीले प्रमाणपत्र प्रदान गरेका हुन् । 




No comments:

Post a Comment