ताजा खबर
Loading...
'यही हो हाम्रो रसुवा' को सूचनामूलक यस साइटमा तपाईको वरपरको महत्वपूर्ण स्थल, सम्पदा आदिको बारेमा प्रचार गरी आन्तरिक पर्यटन विकासमा सहयोग पुर्‌याउन त्यस्ता सामग्रीहरू हामीलाई पठाउनु होला । हामी तपाईका सामग्रीलाई प्रकाशन गर्नेछौं । Email : paudelprem@gmail.com (9843508470 Whatsapp)

Saturday, November 7, 2026

एक सय १८औँ लक्ष्मी जयन्तीमा सिर्जना वाचन

 

रसुवा, स्रष्टा घर रसुवाको आयोजनामा कालिका गाउँपालिका-२, कालिकास्थानस्थित कालिका मन्दिर परिसरमा ११८औँ लक्ष्मी जयन्ती नेपाली साहित्यकार तथा स्थानीय स्रष्टाहरूद्वारा विभिन्न साहित्यिक गतिविधिहरू सञ्चालन गरी भव्य रूपमा मनाइयो।

साे अवसरमा माेतनाथ धिताल, प्रेमप्रसाद पाैडेल, झंकनाथ न्याैपाने, शिशिर न्याैपाने, रूद्रप्रसाद , हेमन्त खतिवडा, अंकिता न्याैपानेलगायतका सर्जकहरूले सिर्जना तथा देवकाेटाकाे जीवनी चर्चा गरेका थिए ।








Friday, November 6, 2026

जिल्ला विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन समितिको बैठक सम्पन्न

रसुवा, बाढी प्रभावित रसुवाको पुननिर्माण लगायत निर्णय गरी शुक्रबार जिल्ला विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन समितिको बैठक सम्पन्न भएको छ ।

​बैठकमा रसुवा भोटेकोशी बाढीका कारण सम्पर्क विहीन वा बेपत्ता भएका व्यक्तिहरूको विवरण एकिन गर्ने सम्बन्धमा छलफल गरिएको छ।   जिल्ला स्थित स्थानीय तहहरूको वडा कार्यालयमा प्राप्त निवेदनका आधारमा सम्बन्धित स्थानीय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन समितिले गरेको निर्णय अनुसार बाढीका कारण सम्पर्क विहीन वा बेपत्ता भएका व्यक्तिहरूको विवरण एकिन गर्ने र ​उक्त विवरणलाई औपचारिक रूपमा अनुमोदन गरी राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण, सिंहदरबारमा सिफारिस गर्ने निर्णय गरिएको छ । 

साथै भोटेकोशी बाढी प्रभावितका लागि बसोबास र जीविकोपार्जन अनुदान रकम वितरण प्रक्रिया, २०८३ बमोजिम लाभग्राहीको पहिचान गर्ने विषयमा समेत विस्तृत छलफल भएको छ। सो अवसरमा आमाछोदिङमो गाउँपालिका– १ हाकुबेसी गाउँका १ सय ५६ घर उच्च जोखिममा परेकोले बस्ती अन्यत्र सार्न स्थानीयले माग गरेका छन् । 

बाढीका कारण नदि कटान र पहिरोको जोखिममा परेकोले  सरकारले सुरिक्षात आवासको अधिकार दिनुपर्ने बताउदै हाकुबेसीका निमा कैसाङ तामाङले बाढी पछि गाउँ पहिरोको जोखिममा रहेकोले अन्यत्र सर्नुपर्ने बताए । प्रमुख जिल्ला अधिाकारी कमल प्रसाद पाण्डेले भूगर्भविदले अध्ययन गरेपछि निणर्य लिने बताउनुभयो । 

हेमनाथ खतिवड

Thursday, November 5, 2026

आठ करोडको तरकारी बारी मै कुहिने अवस्थामा

रसुवा, भोटेकोसी बाढीले बाटो बन्द छ, रसुवा जिल्लाको आमाछाेदिङमो गाँउपालिका - ३ गत्लाङमा किसानले दु:ख गरेर फलाएको करिब ८ करोडको बन्दा र आलु बारी मै कुहिने अवस्थामा पुगेकाे छ ।

अहिले WFP संस्थाले ३३६ मेट्रिक टन स्याप्रुबेसीकाे तुइनबाट पारी सम्म तारिदिने सहयोग गरिरहेको छ । त्यहाँ देखि चाँहि रोडको व्यवस्थापन भएकोले देशको विभिन्न ठाँउमा यहाँको उत्पादन बेच्न लगने गरिरहेको छ ।
गत वर्ष यहाँ उत्पादन भएका अर्गानिक आलु र बन्दा काठमाडाै, पोखरा, नारायगाढसम्म पठाउने गरिन्थ्यो तर यस पटक बाढीले सडकको संजाल बिगारिदिएपछि यहाँको किसानले उत्पादन गरेको लाखाैंको घाटा भएको किसानहरू बताउछन् ।

आमाछाेदिङमो गाँउपालिका -३ का वडा अध्यक्ष सुरेन्द्र तामाङले किसानकाे उत्पादन बजारलैजान सहयाेग चाहिएको बताए । यहाँकाे उत्पादन बजारमा लैजान सबैले सहयाेग गर्नु पर्याे तामाङले भने

पूर्वयुवराज्ञी हिमानी शाहद्वारा राहत वितरण

 


​रसुवा, गत भदौ १० गते गएको विनाशकारी बाढीबाट प्रभावित उत्तरगयाका बाढीपीडितहरूलाई हिमानी ट्रस्टले बिहीबार राहत वितरण गरेको छ ।

बाढी प्रभावितलाइ उत्तरगया गाउँपालिका-५ माझगाउँ बिहीबार ​हिमानी ट्रस्टकी संरक्षक एवं पूर्वयुवराज्ञी हिमानी शाह तथा परिवार स्वयं उपस्थित भई पीडित परिवारहरूलाई राहत सामग्री हस्तान्तरण गरेका हुन् ।

​बाढीका कारण घरबारविहीन तथा अप्ठ्यारोमा परेका परिवारहरूलाई प्रत्यक्ष भेटेर उनले समवेदना तथा सहानुभूति व्यक्त गर्नुका साथै आवश्यक राहत सामग्री उपलब्ध गराए बताइएकाे छ ।

नेपाली कांग्रेस देउवा समूहको जिल्ला सभापतिमा उपेन्द्रराज लम्साल

 

​रसुवा, नेपाली कांग्रेस रसुवा देउवा समूहको बिहीबार सदरमुकाम धुन्चेमा सम्पन्न १५औँ नियमित जिल्ला अधिवेशनबाट उपेन्द्रराज लम्साल सभापतिमा सर्वसम्मत चयन भएका छन् ।

बिहिवार सदरमुकाम धुन्चेमा सम्पन्न ​जिल्ला अधिवेशनले दुईवटा प्रदेश समिति र पाँचवटा गाउँपालिकाका सभापति पनि सर्वसम्मत चयन गरेको छ ।  जस अनुसार प्रदेश सभा क को सभापतिमा तेम्पानुर्पु तामाङ र ख को सभापतिमा धनबहादुर गुरुङ चयन भएका छन् । 

​त्यसैगरी, गाउँपालिकातर्फ नौकुण्ड गाउँपालिकाको सभापतिमा डिवराज न्यौपाने, कालिकामा माधव न्यौपाने, उत्तरगयामा ध्रुवप्रसाद आचार्य, आमाछोदिङ्मोमा चेरसिंग तामाङ र गोसाइँकुण्ड गाउँपालिकाको सभापतिमा प्रकाश तामाङ चयन भएका छन् ।

​अधिवेशनले केन्द्रीय महाधिवेशन प्रतिनिधि, प्रदेश महाधिवेशन प्रतिनिधि तथा सभापति मात्र चयन गरेको र केन्द्रीय महाधिवेशनपछि जिल्ला, प्रदेश र पालिका समितिका पदाधिकारी तथा सदस्य थपेर कार्यसमिति पूर्ण बनाइने नवनिर्वाचित सभापति उपेन्द्रराज लम्सालले जानकारी दिए । उनका अनुसार त्यसपछि वडा अधिवेशन समेत गरिने छ ।

नयाँ जाेस् जाँगरका साथ नव युवाहरू पार्टीमा वडा र गाउँपालिका तहमा जिम्मेवारी दिने तयारीमा रहेकाे जनाइएकाे छ । 

उत्तरगयाधाममा महायज्ञमा पूर्वयुवराज पारस शाह

 

​
रसुवा, रसुवा र नुवाकोट जिल्लाको सङ्गमस्थल, पवित्र तथा प्रसिद्ध धार्मिक तीर्थस्थल उत्तरगयाधाम बेत्रावतीमा सोमबारदेखि सञ्चालित पितृमोक्ष महायज्ञमा विहीबार पूर्वयुवराज पारस शाहको उपस्थिति रहेको छ ।

शाहले उत्तरगयाधाममा पूजा-आराधना गरी धार्मिक आस्था प्रकट गर्नुभएको छ । ​गुरु गोरखनाथ पीठ सिद्धाञ्चल, मृगस्थली, काठमाडौँको आह्वानमा सञ्चालन भइरहेको यो महायज्ञ आगामी कात्तिक २० गतेसम्म सञ्चालन हुनेछ । गत भदौ १० गते आएको विनाशकारी बाढीका कारण अकालमा ज्यान गुमाएकाहरूको आत्माको शान्ति तथा दिवङ्गत पितृहरूको मोक्षको कामना गर्ने पवित्र उद्देश्यका साथ यो महायज्ञ आयोजना गरिएको आयोजक समितिले जनाएको छ।

भोटेकोशी बाढीपीडितको आवाज स् आफ्नै घर चाहियो


 रसुवा, भोटेकोशी हुँदै त्रिशुली नदीमा ०८३ भदौ १० गते आएको बाढीका कारण उत्तरगया गाउँपालिका–१, ४ र ५ बाट विस्थापित भई भिमसेनस्थान आधारभुत विद्यालय र सिड्स रसुवाको कार्यालय स्थित आश्रयस्थलहरुमा बसिरहेका पीडितहरुलाई यतिबेला आफ्नै आवासको बन्दोबस्तीको चिन्ता थपिएको छ ।

बाढी पीडितहरुको एउटै आवाज छ , राज्यले छिटो घर बनाइदिओस् । ‎पीडित विमला तामाङ आफू गर्भवती रहेको बताउदै आश्रयस्थलमा भन्दा सरकारले घर बनाइदिए आफ्नै घरमा गर्भको बच्चालाई हुर्काउने बताउछन् । 

‎पैरेवेशी रसुवाबाट विस्थापित भएका अर्का पीडित रामचन्द्र थापा मगर  बाढीमा एकै गाउँमा धेरैले ज्यान गुमाउदा गुमाएको पीडा सुनाउदै सरकारले विस्थापितहरुको दिर्घकालिन व्यवस्थापनका  लागि यथाशिघ्र सुरक्षित आवासको व्यवस्था गरिनुपर्ने बताए । 

‎हाल यी दुई होल्डिङ सेन्टरमा ७३ जना पीडितहरुले आश्रय लिइरहेका छ्न् । जसमा ४९ जना पुरुष र २४ जना महिला रहेका छन् ।  

होल्डिङ सेन्टरमा पाँच वर्ष मुनिका चार जना बालबालिका छन् भने ५ वर्षदेखि १८ वर्षका १५ जना गरी कुल २० जनाले अस्थायी आश्रय लिइरहेका छन् ।