ताजा खबर
Loading...
'यही हो हाम्रो रसुवा' को सूचनामूलक यस साइटमा तपाईको वरपरको महत्वपूर्ण स्थल, सम्पदा आदिको बारेमा प्रचार गरी आन्तरिक पर्यटन विकासमा सहयोग पुर्‌याउन त्यस्ता सामग्रीहरू हामीलाई पठाउनु होला । हामी तपाईका सामग्रीलाई प्रकाशन गर्नेछौं । Email : paudelprem@gmail.com (9843508470 Whatsapp)

Thursday, November 5, 2026

भोटेकोशी बाढीपीडितको आवाज स् आफ्नै घर चाहियो


 रसुवा, भोटेकोशी हुँदै त्रिशुली नदीमा ०८३ भदौ १० गते आएको बाढीका कारण उत्तरगया गाउँपालिका–१, ४ र ५ बाट विस्थापित भई भिमसेनस्थान आधारभुत विद्यालय र सिड्स रसुवाको कार्यालय स्थित आश्रयस्थलहरुमा बसिरहेका पीडितहरुलाई यतिबेला आफ्नै आवासको बन्दोबस्तीको चिन्ता थपिएको छ ।

बाढी पीडितहरुको एउटै आवाज छ , राज्यले छिटो घर बनाइदिओस् । ‎पीडित विमला तामाङ आफू गर्भवती रहेको बताउदै आश्रयस्थलमा भन्दा सरकारले घर बनाइदिए आफ्नै घरमा गर्भको बच्चालाई हुर्काउने बताउछन् । 

‎पैरेवेशी रसुवाबाट विस्थापित भएका अर्का पीडित रामचन्द्र थापा मगर  बाढीमा एकै गाउँमा धेरैले ज्यान गुमाउदा गुमाएको पीडा सुनाउदै सरकारले विस्थापितहरुको दिर्घकालिन व्यवस्थापनका  लागि यथाशिघ्र सुरक्षित आवासको व्यवस्था गरिनुपर्ने बताए । 

‎हाल यी दुई होल्डिङ सेन्टरमा ७३ जना पीडितहरुले आश्रय लिइरहेका छ्न् । जसमा ४९ जना पुरुष र २४ जना महिला रहेका छन् ।  

होल्डिङ सेन्टरमा पाँच वर्ष मुनिका चार जना बालबालिका छन् भने ५ वर्षदेखि १८ वर्षका १५ जना गरी कुल २० जनाले अस्थायी आश्रय लिइरहेका छन् । 

No comments:

Post a Comment