ताजा खबर
Loading...
'यही हो हाम्रो रसुवा' को सूचनामूलक यस साइटमा तपाईको वरपरको महत्वपूर्ण स्थल, सम्पदा आदिको बारेमा प्रचार गरी आन्तरिक पर्यटन विकासमा सहयोग पुर्‌याउन त्यस्ता सामग्रीहरू हामीलाई पठाउनु होला । हामी तपाईका सामग्रीलाई प्रकाशन गर्नेछौं । Email : paudelprem@gmail.com (9843508470 Whatsapp)

Thursday, November 5, 2026

आठ करोडको तरकारी बारी मै कुहिने अवस्थामा

रसुवा, भोटेकोसी बाढीले बाटो बन्द छ, रसुवा जिल्लाको आमाछाेदिङमो गाँउपालिका - ३ गत्लाङमा किसानले दु:ख गरेर फलाएको करिब ८ करोडको बन्दा र आलु बारी मै कुहिने अवस्थामा पुगेकाे छ ।

अहिले WFP संस्थाले ३३६ मेट्रिक टन स्याप्रुबेसीकाे तुइनबाट पारी सम्म तारिदिने सहयोग गरिरहेको छ । त्यहाँ देखि चाँहि रोडको व्यवस्थापन भएकोले देशको विभिन्न ठाँउमा यहाँको उत्पादन बेच्न लगने गरिरहेको छ ।
गत वर्ष यहाँ उत्पादन भएका अर्गानिक आलु र बन्दा काठमाडाै, पोखरा, नारायगाढसम्म पठाउने गरिन्थ्यो तर यस पटक बाढीले सडकको संजाल बिगारिदिएपछि यहाँको किसानले उत्पादन गरेको लाखाैंको घाटा भएको किसानहरू बताउछन् ।

आमाछाेदिङमो गाँउपालिका -३ का वडा अध्यक्ष सुरेन्द्र तामाङले किसानकाे उत्पादन बजारलैजान सहयाेग चाहिएको बताए । यहाँकाे उत्पादन बजारमा लैजान सबैले सहयाेग गर्नु पर्याे तामाङले भने

No comments:

Post a Comment