ताजा खबर
Loading...
'यही हो हाम्रो रसुवा' को सूचनामूलक यस साइटमा तपाईको वरपरको महत्वपूर्ण स्थल, सम्पदा आदिको बारेमा प्रचार गरी आन्तरिक पर्यटन विकासमा सहयोग पुर्‌याउन त्यस्ता सामग्रीहरू हामीलाई पठाउनु होला । हामी तपाईका सामग्रीलाई प्रकाशन गर्नेछौं । Email : paudelprem@gmail.com (9843508470 Whatsapp)

Monday, July 7, 2025

प्रदेशस्तरीय स्वयंसेवक ब्यूरो गठन


रसुवा,  उत्तरगया गाउँपालिकामा प्रदेशस्तरीय स्वयंसेवक ब्यूरो गठन तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न भएकाे छ । 

“प्रदेशस्तरीय स्वयंसेवक ब्यूरो गठन कार्यविधि, २०८०” अनुरूप उत्तरगया गाउँपालिकामा स्थानीय स्वयंसेवक ब्यूरो गठन तथा अभिमुखीकरण कार्यक्रम सफलता पूर्वक सम्पन्न भएको हाे । 

उत्तरगया गाउँपालिकाको हलमा आयोजित सो कार्यक्रम गाउँपालिकाको आयोजनामा तथा Community Self-Reliance Centre (CSRC) को प्राविधिक सहयोगमा सम्पन्न गरिएको हो। कार्यक्रमको संयोजन गाउँपालिका अध्यक्ष माधव प्रसाद अर्यालले गरेका थिए । 

कार्यक्रममा जम्मा ५० जनाको सहभागिता रहेको थियो, जसअन्तर्गत २३ सदस्यीय स्थानीय स्वयंसेवक ब्यूरो समिति गठन गरिएको छ।

ब्युराे माधव प्रसाद अर्यालकाे  संयोजकत्वमा २३ सदस्य रहेकाे समितिमा  गठन भएकाे हाे । सवै वडामा वडा अध्यक्षहरूकाे संयोजकत्वमा वडा समिति पनि गठन भएकाे छ । यी समितिहरूले विपद्को समयमा समस्या पहिचान, समन्वय, उद्धार तथा राहत कार्यमा सक्रिय भूमिका निर्वाह गर्ने अपेक्षा गरिएको छ। विशेषतः बर्षातयाममा सम्भावित जोखिमहरूको पूर्वतयारीका लागि समितिहरू गठन गरिएको हो।

कार्यक्रमको अभिमुखीकरण सत्रमा  विपद्  जोखिम ब्यबस्थापन अधिकृत  विजया तिवारीले सहजीकरण गर्नुभएको थियो। विपदको क्षेत्रमा उत्तरगया गाउँपलिकामा , सामुदायिक आत्मनिर्भर सेवा केन्द्र संस्थाले निरन्तर प्राविधिक र सहायक भूमिका प्रदान गरेकाे छ । 

वडा समितिहरूकाे बिबरण

  • वडा नं. १
    • अध्यक्ष: मर्सिङ तामाङ
    • सहभागी: ३२ जना
    • गठन: १६ महिला, ६ पुरुष — जम्मा २२ सदस्य
  • वडा नं. २
    • अध्यक्ष: टुकु प्रसाद सुबेदी
    • सहभागी: २९ जना
    • गठन: १० महिला, २० पुरुष — जम्मा ३० सदस्य
  • वडा नं. ३
    • अध्यक्ष: लालबहादुर तामाङ लामा
    • गठन: १९ सदस्यीय समिति
  • वडा नं. ४
    • अध्यक्ष: अमर बहादुर बुलुना
    • सहभागी: ३० जना
    • गठन: ४ महिला, १२ पुरुष — जम्मा १६ सदस्य
  • वडा नं. ५
    • अध्यक्ष: यमनाथ आचार्य
    • सहभागी: ३० जना
    • गठन: ३ महिला, १३ पुरुष — जम्मा १६ सदस्य



Sunday, June 29, 2025

२२ औ राष्ट्रिय धान दिवस : रसुवाकाे रोपाइँ (शब्द तस्वीर )

 रसुवा , कालिका गाउँपालिका -५ जिवजिवेमा भएकाे २२ औ राष्ट्रिय धान दिवस अवसरमा सामुहिक राेपाइँ सम्पन्न भयाे । प्रमुख अतिथि प्रतिनिधि सभा सदस्य माेहन आचार्य, जिल्ला समन्वय समिति प्रमुख अशाेक कुमार घिमिरे, कालिका गाउँपालिका अध्यक्ष हरिकृष्ण देवकाेटालगायत जनप्रतिनिधिहरू, सरकारी र्कमचारी, विदेशी पर्यटक,  किसान, समाजसेवीहरू तथा सामाजिक संस्थाहरूकाे सहभागिता रहेकाे थियाे । 

 मेलाका तस्वीरहरू ः 













बृक्षाराेपण दिवस : आगलागी क्षतिग्रस्त वनमा बृक्षाराेपण


रसुवा । “आज रोपौं रुख, भोलि पाउँछौं सुख” भन्ने  नारासहित राष्ट्रिय वृक्षारोपण दिवसको अवसरमा  आमाछोदिङमो गाउँपालिका–३, गत्लाङकाे ज्यार्सा गाेठेन सामुदायिक वनमा वृक्षारोपण कार्यक्रम सम्पन्न भयाे । 

डिभिजन वन कार्यालयले ज्यार्सा गाेठेन सामुदायिक वन उपभाेक्ता समुह, सामुदायिक वन उपभाेक्ता महासंङघ, ग्रामीण विकास संस्थाको सहभागितामा  डढेलोबाट क्षतिग्रस्त ५ सय ४४ हेक्टर वन क्षेत्र मध्ये यस वर्ष २ हेक्टरमा ३ हजार ५ सय सल्लाका बिभिन्न प्रजातिका बिरुवा रोप्न थालिएको हो।

प्रमुख अतिथि जिल्ला समन्वय समितका प्रमुख अशाेक कुमार घिमिरेले बृक्षाराेपण गरी शुभारम्भ गरेपछि सवैले बिरूवा राेपेका थिए । कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख अशोक कुमार घिमिरेले वन संरक्षणमा सरकारी, संस्थागत र स्थानीय उपभाेक्ता सबै पक्षको सहकार्य आवश्यक रहेको धारणा राखेका थिए । 

कार्यक्रममा डिभिजनल वन अधिकृत शम्भु तामाङले दीर्घकालीन रूपमा वृक्षारोपण सफलताका लागि संरक्षण र स्थानीय सहभागिता अपरिहार्य रहेको बताउँदै उनले भने “रुख रोपेर मात्र पुग्दैन, त्यसको संरक्षणमा सबैले जुट्नुपर्छ।” तामाङले बृक्षाराेपणकाे महत्व तथा संरक्षणका तरिका बारे समेत जानकारी दिएका थिए ।  

आमाछोदिङमो गाउँपालिका उपाध्यक्ष चण्डिका तामाङले डढेलोले उजाड बनाएको क्षेत्रलाइ पुनः हरियालीमा फर्काउने गरी सुरू भएकाे अभियानमा गाउँपालिका वन कार्यालयसँग सधैं सहकार्य गर्न तत्पर रहेको बताइन् । उनले भनिन् “कालो गाउँ र उजाड जंगललाइ फेरि हरियालीले ढाक्ने संकल्पमा हामी एकजुट हुनुकाे विकल्प छैन । ”

वृक्षारोपण कार्यक्रममा आमाछोदिङमो -३ का वडा अध्यक्ष सुरेन्द्र तामाङ, ज्यार्सा गोठेन सामुदायिक वन उपभोक्ता समितिका सचिव पासाङ दोर्जे तामाङ, समन्वय समिति सदस्य खुवा प्रसाद पाैडेल, सुरेश अधिकारी, ग्रामीण विकास संस्थाका फिल्ड संयोजक खडानन्द गौतम, सामदायिक वन उपभोक्ता महासंघका अध्यक्ष हेमनाथ खतिवडा, वनका कर्मचारी, सञ्चारकर्मी तथा स्थानीय बासिन्दाहरूको सक्रिय सहभागिता रहेको थियो।







Monday, June 23, 2025

डेंगु नियन्त्रण बारे सचेतना


रसुवा, कालिका गाउँपालिकामा  डेंगु राेगकाे  प्रकोप हुन नदिन राेग नियन्त्रणका लागि स्वास्थ्यकर्मी र सरोकारवालाहरुसँग अन्तरक्रिया गरेको छ ।

सोमबार जनस्वाथ्य कार्यालयले स्वास्थ्यकर्मी विच डेंगु रोगको विषयमा अन्तरक्रिया तथा अभिमुखिकरण कार्यक्रम संचालन गरिएको छ । कार्यक्रममा डेंगु रोगका लक्षण यसबाट हुने खतरा र यसबाट जोगिने उपायका बारेमा जनस्वाथ्य अधिकृत झम प्रसाद आचार्यले जानकारी दिनुभएको थियो । 

कार्यक्रममा आचार्यले डेंगु रोगको प्रकोप बढदै गएको हुँदा यसबाट सबै सचेत हुन आग्रह गर्नुभएको थियो । डेंगुको लक्षण देखिना साथ चिकित्सकलाई देखाउन स्वास्थ्यकर्मीको सुझाव थियो । घर वरपर रहेको पानी जम्ने खाल्डाखुल्डी पुर्ने, लामखुट्टेको टोकाईबाट जोगिन झुल टाँगेर सुत्ने, घरबाहिर करेसाबारीमा काम गर्न जाँदा सकेसम्म शरीर पूरै छोपिने गरी लुगा लगाउने, घर वरपर सफला राख्ने, लामखुट्टे भएका स्थानमा किटनाशक औषधिको प्रयोग गर्नाले डेंगुको संक्रमणबाट बच्न सकिन्छ ।

अभिमुखिकरण कार्यक्रमका सहभागीहरुले कालिकास्थानमा ¥याली गदै पानी जमेको ठाउँ सरसफाई गरेको थिए । साे अवसरमा कालिका बजार नेपाल स्वयंसेवी रक्तदाता समाज, स्थानीय समाजसेवीहरू सहभागी थिए । 

Sunday, June 22, 2025

गोसाइँकुण्ड गाउँपालिका पूर्ण सुनिश्चितता घाेषणा

 


रसुवा, स्थानीय श्रोतको उपयोग,स्वामित्व र सहभागी पूर्णखोप सुनिश्चितता,हाम्रो प्रतिवद्वता भन्ने मुल नाराका साथ गोसाईकुण्ड गाउँपालिका पूर्ण सुनिश्चितता तथा दिगोपना घोषणा भयाे । 

गोसाईकुण्ड गाउँपालिका पूर्ण सुनिश्चितता तथा दिगोपना घोषणा सभामा आफ्नो प्रमुख अतिथि जिल्ला समन्वय समिति रसुवाका उपप्रमुख विजय लामाकाे प्रमुख आतिथ्यतामा भएकाे थियाे । 

गोसाईकुण्ड गाउँपालिका स्वास्थ्य शाखाले स्याफ्रुवेसीमा आयोजना भएकाे कार्यक्रममा स्वास्थ्य शाखा प्रमुख विमल घिमिरे, प्रमुख अतिथि  जिल्ला समन्वय समितिका उपप्रमुख विजय लामा, जनस्वास्थ्य प्रमुख झम प्रसाद आचार्य, गाेसाइकुण्ड गाउँपालिका अध्यक्ष कैसाङनुर्पु तामाङले भनाई राखेका थिए । 

Monday, June 16, 2025

उत्तरगया गाउँपालिकालाई एम्बुलेन्स हस्तान्तरण

 


रसुवा, उत्तरगया गाउँपालिकालाइ माथिल्लाे त्रिशूली जलविद्युत कम्पनीले एक कार्यक्रम बीच एम्बुलेन्स हस्तान्तरण भयाे । 

निर्माणाधीन २१६ मेगावाट जडित क्षमताको माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाले आयोजना प्रभावित उत्तरगया गाउँपालिकालाई एम्बुलेन्स प्रदान गरेको छ ।

आयोजनाको प्रवद्र्धक नेपाल वाटर एन्ड इनर्जी डेभलप्पमेन्ट कम्पनी प्रालिका प्रमुख कार्यकारी अधिकृत  बायोङ सुले सोमबार गाउँकार्यपालिकाको कार्यालयमा आयोजित कार्यक्रमकाबीच एम्बुलेन्सको साँचो गाउँपालिकाका अध्यक्ष माधवप्रसाद अर्याललाई हस्तान्तरण गरेका हुन् । उक्त एम्बुलेन्स गाउँपालिका स्थित स्वास्थ्य चौकीले सञ्चालन गर्ने छ ।

आयोजनाको सामूदायिक सहयोग कार्यक्रमअन्तर्गत विपद्, दुर्घटना एवं गम्भीर प्रकृतिका रोगबाट प्रभावित घाइते, सुत्केरीलगायत आयोजना प्रभावित क्षेत्रका बासिन्दालाई मानवीय सेवा पु¥याउने उद्देश्यले गाउँपालिकालाई आधुनिक सुविधा सम्पन्न एम्बुलेन्स प्रदान गरिएको कम्पनीले जनाएको छ । 

कम्पनीले यसअघि आयोजना प्रभावित अर्को आमाछोदिङमो गाउँपालिकालाई एम्बुलेन्स प्रदान गरिसकेको छ । उक्त आयोजना प्रभावित आमाछोदिङमो गाउँपालिका–१ हाकुस्थित हाकु हेल्थ पोस्टले सञ्चालन गरिरहेको छ ।

Saturday, June 14, 2025

रसुवाकाे उत्तरगयामा ८२ जनाले गरे रक्तदान



रसुवा, २२औं विश्व रक्तदाता दिवसकाे अवसरमा उत्तरगया गाउँपालिका, नेपाल स्वयंसेवी रक्तदाता समाज रसुवा शाखा र कालिका हिमालय एसएलसी २०५६ ब्याचको आयोजनामा भएको खुल्ला रक्तदान कार्यक्रममा ८२ जनाले रक्तदान गरेका छन् । 

प्रमुख अतिथि जिल्ला समन्वय समिति रसुवामा प्रमुख अशाेक कुमार घिमिरेले पहिलाे रक्तदाता उत्तरगया गाउँपालिका अध्यक्ष माधब प्रसाद अर्याललाइ ब्लड ब्याग हस्तान्तरण गरेर कार्यक्रमकाे उद्घाटन भयाे । 


उत्तरगया गाउँपालिका अध्यक्ष माधब प्रसाद अर्यालकाे अध्यक्षतामा भएकाे कार्यक्रममा नेपाल स्वयंसेवी रक्तदाता समाज रसुवा शाखाका अध्यक्ष रामशरण गजुरेल , कालिका हिमालय एसएलसी २०५६ ब्याचका अध्यक्ष रामप्रसाद ढकाल, मिडिया पार्टनर रेडियाे लाङटाङका गीता न्याैपाने, उत्तरगया गाउँपािलका ५ का वडाअध्यक्ष यमनाथ आचार्य, उपाध्यक्ष चमेली गुरूङ नेपाल रेडक्रस साेसाइटी रसुवा शाखाका सभापति बाबुलाल तामाङलगायत सहभागि थिए । 

साे अवसरमा जनस्वास्थ्य कार्यालयले रक्तदाता सम्मान कार्यक्रम गरेकाे छ । जनस्वास्थ्य प्रमुख झम प्रसाद आचार्यले मानव जीवनमा  महत्वपूर्ण काम रक्तदान भएकाेले रक्तदान गर्ने ८२ जना रक्तदाताहरूलाइ सम्मान गरिएकाे बताए । कार्यक्रममा स्वास्थ्यकर्मी, समाजसेवी, स्थानीयकाे उत्साहजनक सहभागिता रहेकाे थियाे ।