भदौ १० गतेको बाढीले सडक तथा पुल बगाएपछि यातायात सम्पर्क टुटेको आमाछोदिङमो गाउँपालिकाबाट उत्पादित तरकारी बजार लैजान ‘ग्राभिटी रोपवे’ निर्माण अन्तिम चरणमा पुगेको छ ।
गाउँको उत्पादन बजार लैजान र अत्यावश्यक गाउँ ल्याउन बिजुली तथा इन्धनबिना गुरुत्वाकर्षण शक्तिबाट चल्ने ‘ग्राभिटी रोपवे’ निर्माण भएपछि गाउँको तरारी ढुवानी गर्न पाउने भएकोले स्थानीय खुसी भएका छन् ।
पहाडी र दुर्गम क्षेत्रहरूमा सामान ढुवानी गर्न प्रयोग गरिने एक किफायती र पर्यावरण–मैत्री प्रविधि हो । एउटै मुख्य लठ्ठा वा तारमा जोडिएका हुन्छन् ।
‘ग्राभिटी रोपवे’ निर्माण भएपछि सडक सञ्जाल अवरुद्ध भएको आमाछोदिङमो गाउँपालिका–२, ३, ४ र ५ मा उत्पादन भएको करोडौंको बन्दा तथा तरकारी तथा स्थानीयस्तरमा उत्पादित वस्तुबजार पु¥याउन र घरायसी सामग्री ल्याउन सहज हुने भएको स्थानीय आमाछोदिङमो गाउँपालिका–२ का पेम्बा लामाले बताए ।
आमाछोदिङमो गाउँपालिका–२ ग्रेदेखि ठूलोभार्खु तलसम्म आठ सय १३ मिटर लामो ‘ग्राभिटी रोपवे’ निर्माण अन्तिम चरणमा पुगेको छ । आमाछोदिङमो गाउँपालिकाको समन्वय र एसोसिएसन फर ईन्टरनेशनल सोलिडारिटि इन (एसिया नेपाल)को आर्थिक तथा प्राविधिक सहयोगमा निर्माण भएको हो । काम अन्तिम चरणमा पुगेको छ, छाना र बोर्ड राख्ने काम बाँकी रहेको छ । कसरी दिगो सञ्चालन गर्ने बारे पनि समुदायमा छलफल हुन बाँकी रहेको प्राविधिक प्रवेश खनालले बताए ।
‘ग्राभिटी रोपवे’ले एक पटकमा १ सय २० किलो एउटा ‘क्यारी’ले बोक्छ भने २ वटा ‘क्यारी’हुने र ३ मिनेटमा २ सय ४० किलो सामान तल ल्याउनसक्छ । एक घण्टामा झण्डै १० टन सामान तार्न सक्छ । ‘क्यारी’ माथिबाट तल आफै बगेर आउँछ भने तलबाट पनि यसले लैजान्छ । तलबाट माथि लैजान भने एकपटकमा सामान ४० किलोमात्र तान्नसक्छ । दुवैतिर स्टेसनमा १÷१ जना मान्छे हुनुपर्छ । दुर्गममा जहाँ सडक सञ्जाल नभएको ठाउँमा किफायती हुने खनालले बताए ।
गुरुत्वाकर्षणका कारण ट्रली निकै तीव्र गतिमा तल झर्ने हुनाले, दुर्घटना हुन नदिन र गति नियन्त्रण गर्न माथिल्लो स्टेसनमा ब्रेक हुन्छ ।
जब माथिल्लो ट्रली भारी हुन्छ, गुरुत्वाकर्षण बलका कारण त्यो आफैँ तीव्र गतिमा तलतिर ओर्लिनछ । सोही ट्रली तल ओर्लिँदा उत्पन्न हुने ऊर्जाले तल्लो स्टेशनमा रहेको हलुका ट्रलीलाई स्वतः माथितिर तान्छ भने माथिल्लो वा तल्लो स्टेशनमा बस्ने अपरेटरले आवश्यकता अनुसार हाते ब्रेक लगाउनुपर्ने हुन्छ ।
रोपवेका लागि एसिया नेपालको ४४ लाख रुपैयाँकोलागतमा निर्माण भएको हो । र गाउँपालिकाले स्क्याभेटर मार्फत बाटो तथा जग बनाउने काममा सहयोग गरेको छ भने झण्डै १ सय ७० जनाले जनश्रमदान समेत रहेका छन् ।
निर्माण भएको ‘ग्राभिटी रोपवे’ ले आज नै परिक्षण गरी बन्दा तार्ने काम गर्ने छ भने स्थानीय तह र वडा कार्यालयमा हस्तान्तरण गर्ने एसिया नेपालका नबराज आचार्यले बताए ।
‘ग्राभिटी रोपवे’ निर्माण भएर ज्यादै खुसी लागेको र यसले गाउँका किसानले उत्पादन गरेको तरकारी तथा रैथाने उत्पादन बजार लैजान सहज हुने विस्वास गरेको आमाछोदिमो गाउँपालिकाकी उपाध्यक्ष चण्डिका तामाङ बताइन् ।
रोपवेमा रहेको दुई वटा भारी बोक्ने ‘क्यारी’ मार्फत माथिबाट १२० केजी र तलबाट ४० केजी एकैसाथ दुई वटा भारी लोड गराएर सामान ढुवानी हुन्छ ।
यसको सञ्चालन पूर्ण रूपमा तौलको सन्तुलनमा निर्भर गर्दछ । नियम अनुसार, माथिल्लो स्टेशनबाट तल पठाइने सामानको तौल तल्लो स्टेशनबाट माथि तानिने सामानको तुलनामा कम्तीमा ३ गुणा बढी (३ः१ को अनुपात) हुन आवश्यक छ ।



No comments:
Post a Comment