ताजा खबर
Loading...
'यही हो हाम्रो रसुवा' को सूचनामूलक यस साइटमा तपाईको वरपरको महत्वपूर्ण स्थल, सम्पदा आदिको बारेमा प्रचार गरी आन्तरिक पर्यटन विकासमा सहयोग पुर्‌याउन त्यस्ता सामग्रीहरू हामीलाई पठाउनु होला । हामी तपाईका सामग्रीलाई प्रकाशन गर्नेछौं । Email : paudelprem@gmail.com (9843508470 Whatsapp)

Tuesday, July 15, 2025

रसुवा पूर्ण खोप तथा दिगोपना जिल्ला घोषणा



कालिकास्थान ,रसुवा 

जिल्ला पूर्णखोप सुनिश्चित जिल्ला घोषित भएको छ । कालिकास्थानमा आयोजित एक कार्यक्रममा बागमती प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा.नरेन्द्रकुमार झाले जिल्लालाई पूर्ण खोप सुनिश्चित भएको जिल्ला घोषणा गरिएको हो ।


रसुवाका पाँच वटै स्थानीय तह पूर्णखोप सुनिश्चितता प्रक्रिया पूरा भएपछि पूर्ण खोप सुनिश्चित घोषणा भएको छ । जिल्ला खोप समन्वय समितिका संयोजकसमेत रहेका जिल्ला समन्वय समितिका प्रमुख अशोक घिमिरेको अध्यक्षतामा भएको कार्यक्रममा कालिका गाउँपालिका अध्यक्ष हरिकृष्ण देवकोटा , नौकुण्ड गापा अध्यक्ष नुर्बु साङ्बो घले, उत्तरगया गाउँपलिकाको उपाध्याक्ष चमेली गुरुङ पत्रकार, नागरिक समाजका अध्यक्षलगायतको उपस्थितीमा बागमती प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा.नरेन्द्रकुमार झाले रसुवा पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरी जिल्ला स्थित जनस्वास्थ्य कार्यालयलाई प्रमाणपत्र हस्तान्तरण गरे । 

समारोहमा जनस्वास्थ्य कार्यालय रसुवाका प्रमुख झमप्रसाद आचार्यले जिल्लाको समर्पण, खोप पहुँचको विस्तार, सेवा सुधार, तथा स्थानीय सरोकारवालाको भूमिकालाई उजागर गर्दै यस सफलतालाई दिगो स्वास्थ्य प्रणाली निर्माणतर्फको महत्वपूर्ण उपलब्धिका रूपमा प्रस्तुत गरे । 

कार्यक्रममा जिल्लाका पाँचवटै गाउँपालिका तथा खोप सुनिश्चित घोषणामा योगदान पुर्‍याउने संघसंस्थाहरूलाई सम्मान गरिनुका साथै उत्कृष्ट खोपकर्तहरूलाई पनि प्रशंसा गरिएको थियो। 

जिल्ला समन्वय समिति रसुवाका प्रमुख घिमिरेले स्वास्थ्य अधिकार नागरिकको मौलिक अधिकार भएकाले यसको संरक्षण र प्रवद्र्धनका लागि सबै पक्षको सहकार्य आवश्यक रहेको बताए ।

जिल्लाका १६ देखि २३ महिनासम्म उमेर समूहका १२६७ बालबालिकाहरूले राष्ट्रिय खोप तालिका अनुसार आवश्यक सबै खोप १५ महिनाको उमेरभित्र लगाएको प्रमाणित भएपछि जिल्ला पूर्ण खोप सुनिश्चितता तथा दिगोपनाको मापदण्ड पूरा गरेको हो । यसअघि जिल्लाका सबै ५ वटा स्थानीय तहहरूलाई पूर्ण खोप सुनिश्चित घोषणा भएको जनस्वास्थ्य कार्यालय प्रमुख झम प्रसाद आचार्यले बताए । 


कार्यालयका अनुसार खोप सुनिश्चितता गर्न स्थानीय स्वास्थ्य स्वयंसेविकाका र स्वास्थ्यकर्मीले घरदैलो गरेका थिए । कार्यक्रममा स्थानीय तहका खोप कार्यकर्ता तथा जनस्वास्थ्यकर्मीलाई सम्मानसमेत गरियो । सो अवसरमा पूर्णखोप सुनिश्चितता र यसको दिगोपनाका लागि प्रतिबद्धता जाहेर गर्दै हस्ताक्षर गरिएको थियो । 











Thursday, July 10, 2025

प्रधानमन्त्री ओली समेतकाे टाेली बाढी प्रभावित क्षेत्रको अवलोकनमा


रसुवा, प्रधानमन्त्री केपी शर्मा ओली समेतकाे सरकारी टाेलीले रसुवा स्थित लेन्देखाेलामा आएको बाढीका कारण भएको धनजनको क्षतिको स्थलगत अवलोकन गरी फर्किएका छन् ।

बाढीबाट भएको क्षति, उद्धार र राहतबारे प्रधानमन्त्री ओलीले स्थानीय प्रशासन, जनप्रतिनिधि र स्थानीयवासीसँग छलफल पनि गरेका थिए । प्रधानमन्त्री ओलीले क्षतिग्रस्त क्षेत्रबाट बेपत्ता भएकाहरुको स्थिति, नेपाल–चीन सिमानाको रसुवागढी भन्सारको क्षतिग्रस्त सुक्खा बन्दरगाह, बगाइएका मालवाहक कन्टेनर बगाउँदा भएको क्षतिको विवरणबारे चिन्ता र चासो व्यक्त गरेका थिए । 

साे विपद्बाट बेपत्ता हुनेमा हालसम्म २० जना रहेका छन् ।  सरकारकाे तर्फबाट प्रधानमन्त्री ओली समेतकाे मन्त्री मण्डककाे टाली नै बाढी प्रभावित क्षेत्रको अवलोकनमा पुगेकाेले सरकारले उद्दार तथा पुनस्थापनामा तदारूकता देखाउने पीडितहरूले बताएका छन् ।

तीमध्ये नेपाल प्रहरीका तीन जना, सुक्खा बन्दरगाहमा काम गर्ने छ , डिब्बा चालक पाँच र चिनियाँ नागरिक छ जना रहेका छन् । बाढीले ड्यामसाइट बगाउँदा १११ मेघावाट क्षमताको रसुवागढी जलविद्युत् केन्द्र र २० मेघावाट क्षमताको चिलिमे जलविद्युत् केन्द्र प्रभावित भएको छ । बाढीले ल्हेन्दे खोलाको मितेरी पुल बगउँदा केरुङसँगको सीधा सम्बन्ध टुटेको छ ।

प्रधानमन्त्री ओली नेतृत्वको टोलीमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल, गृहमन्त्री रमेश लेखक, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्का, प्रधानमन्त्री मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, नेपाल सरकारका मुख्यसचिव एकनारायण अर्याल, नेपालका लागि चिनियाँ राजदूत चेन सोङ, प्रधानसेनापतिसहित चारै सुरक्षा निकायका प्रमुखलगायत थिए ।

बाढीकाे प्रभाब : जलविद्युत् आयोजनामा क्षति


रसुवा, नेपाल चीन सिमानामा लेन्दे खोलाको बाढीले धेरै जलविद्त आयोजनामा क्षति भएको छ । 


सिमानामा १११ मेगावाट क्षमताको सो जलविद्युत् आयोजनाको बाँधका छ वटा मध्ये तीन वटा गेट बाढीले बगाएको छ । यस बाहेक बाँध क्षेत्र बाढीले ल्याएको लेदो , ढुङ्गाले भरिएर क्षति पुगेकाे छ ।

त्यस्तै ६० मेगावाटको माथिल्लो त्रिशूली–३ ‘ए’ को एउटा गेट पनि बाढीले बगाएको छ । यसको पनि उत्पादन बन्द भएको छ । नुवाकोटको पहरेबेँसीमा रहेको त्रिशूली–३ ‘बी’ हब सबस्टेसनमा पनि बाढीको कटानका कारण ठूलो क्षति भएको छ । 

सबस्टेसनको एउटा टावर बगेको छ भने १३२ केभी संरचना क्षेत्रमा बाढी पसेका कारण ठूलो कटान भइरहेको छ । १३२ केभी प्रसारण लाइन बन्द हुँदा १४ मेगावाटको मैलुङ खोला र पाँच मेगावाटको बुद्धभूमि विद्युत् उत्पादन पनि बन्द गरिएको छ । सवैभन्दा धेरै रसुवागढी आयोजनामा क्षति भएकाे जनाइएकाे छ । 


२२ मेगावाट क्षमताको चिलिमे जलविद्युत् आयोजनाको टेलरेसबाट पानी छिर्दा त्यहाँको पनि विद्युत् उत्पादन बन्द हुन पुगेको छ । २४ मेगावाटको त्रिशूली र १४ मेगावाटको देवीघाट जलविद्युत् आयोजनाको बाँध क्षेत्रमा पनि लेदो तथा गेग्रान थुप्रिएकाले उत्पादन अवरुद्ध भएको छ । 

बाढी प्रभावित क्षेत्रमा सञ्चार र विद्युत सेवा सुचारू


रसुवा संचार तथा विद्युत विच्छेद भएकाे बाढी प्रभावित क्षेत्रमा  सञ्चार र विद्युत सेवा सुचारू भएकाे छ । 

बाढीका कारण अवरुद्ध भएको सञ्चार र विद्युत सेवा असार २६ गते बिहान ११ बजेबाट पुनः सुचारु भएको हो। त्यस्तै, स्याफ्रुवेशी–रसुवागढी सडकखण्ड मर्मतका लागि सडक विभाग, विभिन्न जलविद्युत आयोजनाहरू र स्थानीय तहबीच समन्वय गरी हेभी इक्युपमेन्ट प्रयोग गरेर सडक पुनःनिर्माणको कार्य तीव्र पारिएको जिल्ला प्रशासन कार्यालय रसुवाले जनाएकाे छ।

जिल्ला प्रशासन कार्यालय रसुवाले "व्यावसायिक र सिर्जनशील प्रशासनः विकास, समृद्धि र सशासन" नारासहित उद्धार र पुनःस्थापना कार्यलाई निरन्तरता दिइरहेको जनाएको छ।

Wednesday, July 9, 2025

लेन्देखाेलामा आएकाे बाढीले २० जना बेपत्ता


रसुवा, मंगलबार रसुवा स्थित नेपाल चीन सिमानाकाे लेन्देखाेलामा आएको बाढीमा बेपत्ता हुनेको संख्या २० पुगेको छ। जिल्ला प्रशासन कार्यालय रसुवाले दिएको जानकारी अनुसार थप दुई जना बेपत्ता भएका हुन्। बेपत्ता हुनेमा नेपाल प्रहरीका लालबहादुर श्रेष्ठ, मुना ठाकुर र लोकेन्द्र बोहोरा रहेका छन् । 

यसैगरी बर्दियाका जिपन चौधरी, सन्तोष दइद,बुद्धिराम राम थारु, लक्ष्मीनारायण थारु, सुरेश थारु, बागलुङका नरेन्द्र विक, सिन्धुपाल्चोकका फुर्वा लामा, चालक गोविन्द मोक्तान, चालक लोकमान तामाङ, गोरखाको पालुङ्टार नगरपालिका-६ का डिलबहादुर तामाङ, गोरखाको पालुङ्टार नगरपालिका ६ का धनबहादुर तामाङ रहेका छन्। 

यसैगरी चिनियाँ नागरिक यू युए, लि ख्वाछिङ, याङ छ्वान, हाई हाङ, यौ स्याओ छ्यौ र चौ युङ बेपत्ता छन्। हालसम्म ५५ जनाको उद्धार गरिएको छ। 

रसुवागढीकाे बाढी : एक सय पचास जनाकाे उद्दार ५ जनाकाे लास प्राप्त



रसुवा, मंगलबार विहान चीनकाे लेन्दे खाेलामा बाढीमा बेपत्ता ५ जनाकाे लास भेटिएकाे र १ सय ५० जनाकाे हवाइ उद्दार गरिएकाे छ ।

प्रमुख जिल्ला अधिकारी अर्जुन पाैडेलका स्वदेशी तथा विदेशी गरी १ सय ५० जनाकाे उद्दार गरिएकाे छ । भेटिएका लास एकीन भने हुन सकेकाे छैन ।

बाढीले मतेरी पुल भन्सार याड लगायत कन्टेनर विधुतिय गाडी स्याफ्रुवेसी रसुवागढी सडक खण्ड तहसनहस भएकाे विषयमा विधुत, टेलिफोनसेवा बन्द भएकाे छ ।

याडबाट धेरै गाडीहरू बगाएकाे छ भने स्याफ्रुवेसी रसुवागढी सडक अवरूद्द भएकाे छ । टिमुरे क्षेत्रमा केही दिनमा खाद्यान्न अभाव हुन सक्ने देखिएकाे छ ।



Tuesday, July 8, 2025

जलवायु उत्थानशीलताका लागि रसुवालीले गरे साझा प्रतिवद्दता

असार २२, धुन्चे । जलवायु उत्थानशीलता र प्रकृतिमैत्री विकासका  लागि रसुवालीले साझा प्रतिवद्दता गरेका छन् । धुन्चेमा सञ्चालित जलवायु उत्थानशीलताका लागि क्षमता अभिबृद्दि कार्यशाला गोष्ठीमा सहभागीहरूले उक्त प्रतिवद्दता गरेका हुन् ।

राष्ट्रिय प्रकृति संरक्षण कोष, समुदायमा आधारित वन सहजकर्ता सञ्जाल (कफ्सन)  नेपाल, ग्रीन क्लाईमेट फण्ड, आइसीयुएनको साझा प्रयासमा सञ्चालित गण्डकी जलाधार जलवायु उत्थानशील आयोजना अन्तर्गत पहिलो चरणमा प्रभावितहरूलाई अभिमुखीकरण गरिएको कफ्सन नेपालका केन्द्रीय अध्यक्ष विना श्रेष्ठले जानकारी  दिए । 



असार २० देखि २२ सम्म कफ्सन नेपालका संस्थापक अध्यक्ष भोला खतिवडा, वर्तमान केन्द्रीय कोषाध्यक्ष सुदिल गोपाल गुरूवाचार्य, डिभिजन वन कार्यलय रसुवाका डिभिजनल वन अधिकृत शम्भु तामाङले अभिमुखीकरण गरेका थिए । 


अभिमुखीकरणमा जलवायु परिवर्तनको अवधारणा, प्रभाव न्यूनीकरण तथा उत्थानशीलता र प्रकृतिमैत्री विकासका लागि गर्नुपर्ने कदमका विषयमा छलफल गरिएको छ । वन संवर्दन प्रणाली, जलवायुमैत्री कृषिवन प्रणाली, चरिचरन, सिमसार, वन सम्पदा संरक्षण, जलवायु परिवर्तनका कारण मानव र वन्यजन्तु बीचको द्वन्द्व न्यूनीकरण तथा फोहोरमैला व्यवस्थापन, अजैविक फोहोर न्यून उत्पादन वा पुनर्प्रयोग सम्बन्धि अवधारणालाई साझा रूपमा कार्यान्वयन गर्नुपर्ने विषयमा छलफल गरिएको बताइएको छ ।


अभिमुखीकरणमा सहभागी तथा साझा प्रतिवद्दता व्यक्त गर्नेहरूमा कफ्सन नेपाल रसुवा शाखाका पदाधिकारीहरू, गैससका प्रतिनिधिहरू, स्थानीय निकायका जनप्रतिनिधिहरू, जिल्लास्थित डिभिजन वन कार्यालय, लाङटाङ राष्ट्रिय निकुञ्जका कर्मचारीहरू, फेकाेफाेन, सामुदायिक वन सहजकर्ताहरू, कृषक, उद्यमीहरू रहेका थिए ।  



प्रधानमन्त्री केपी शर्मा ओलीसहित सरकारी टोलीले स्थलगत अवलोकन गरे


रसुवा, प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसहित सरकारी टोलीले रसुवास्थित भोटेकोशी नदीमा आएको बाढीका कारण भएको धनजनको क्षतिको स्थलगत अवलोकन गरी फर्किएको छ ।

बाढीबाट भएको क्षति, उद्धार र राहतबारे प्रधानमन्त्री ओलीले स्थानीय प्रशासन, जनप्रतिनिधि र स्थानीयबासीसँग छलफल पनि गरेका थिए । प्रधानमन्त्री ओलीले क्षतिग्रस्त क्षेत्रबाट बेपत्ता भएकाहरुको स्थिति, नेपाल–चीन सीमानाको रसुवागढी भन्सारको क्षतिग्रस्त सुक्खा बन्दरगाह, बगाइएका मालबाहक कन्टेनर बगाउँदा भएको क्षतिको विवरणबारे चिन्ता र चासो व्यक्त गरेका थिए ।

प्रधानमन्त्री ओली नेतृत्वको टोलीमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुुप्रसाद पौडेल, गृहमन्त्री रमेश लेखक, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्का, प्रधानमन्त्री मुख्य सल्लाहकार विष्णुुप्रसाद रिमाल, नेपाल सरकारका मुख्यसचिव एकनारायण अर्याल, नेपालका लागि चिनियाँ राजदूत चेन सोङ, प्रधानसेनापतिसहित चारै सुरक्षा निकायका प्रमुखलगायतको सहभागिता रहेको थियो ।

जिल्ला स्थित प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य र स्थानीय तहका जनप्रतिनिधिले पनि अवलाेकन गरेकाे गाेसाइकुण्ड गाउँपालिका अध्यक्ष कैसाङ नुर्पु तामाङले बताए । 



Monday, July 7, 2025

प्रदेशस्तरीय स्वयंसेवक ब्यूरो गठन


रसुवा,  उत्तरगया गाउँपालिकामा प्रदेशस्तरीय स्वयंसेवक ब्यूरो गठन तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न भएकाे छ । 

“प्रदेशस्तरीय स्वयंसेवक ब्यूरो गठन कार्यविधि, २०८०” अनुरूप उत्तरगया गाउँपालिकामा स्थानीय स्वयंसेवक ब्यूरो गठन तथा अभिमुखीकरण कार्यक्रम सफलता पूर्वक सम्पन्न भएको हाे । 

उत्तरगया गाउँपालिकाको हलमा आयोजित सो कार्यक्रम गाउँपालिकाको आयोजनामा तथा Community Self-Reliance Centre (CSRC) को प्राविधिक सहयोगमा सम्पन्न गरिएको हो। कार्यक्रमको संयोजन गाउँपालिका अध्यक्ष माधव प्रसाद अर्यालले गरेका थिए । 

कार्यक्रममा जम्मा ५० जनाको सहभागिता रहेको थियो, जसअन्तर्गत २३ सदस्यीय स्थानीय स्वयंसेवक ब्यूरो समिति गठन गरिएको छ।

ब्युराे माधव प्रसाद अर्यालकाे  संयोजकत्वमा २३ सदस्य रहेकाे समितिमा  गठन भएकाे हाे । सवै वडामा वडा अध्यक्षहरूकाे संयोजकत्वमा वडा समिति पनि गठन भएकाे छ । यी समितिहरूले विपद्को समयमा समस्या पहिचान, समन्वय, उद्धार तथा राहत कार्यमा सक्रिय भूमिका निर्वाह गर्ने अपेक्षा गरिएको छ। विशेषतः बर्षातयाममा सम्भावित जोखिमहरूको पूर्वतयारीका लागि समितिहरू गठन गरिएको हो।

कार्यक्रमको अभिमुखीकरण सत्रमा  विपद्  जोखिम ब्यबस्थापन अधिकृत  विजया तिवारीले सहजीकरण गर्नुभएको थियो। विपदको क्षेत्रमा उत्तरगया गाउँपलिकामा , सामुदायिक आत्मनिर्भर सेवा केन्द्र संस्थाले निरन्तर प्राविधिक र सहायक भूमिका प्रदान गरेकाे छ । 

वडा समितिहरूकाे बिबरण

  • वडा नं. १
    • अध्यक्ष: मर्सिङ तामाङ
    • सहभागी: ३२ जना
    • गठन: १६ महिला, ६ पुरुष — जम्मा २२ सदस्य
  • वडा नं. २
    • अध्यक्ष: टुकु प्रसाद सुबेदी
    • सहभागी: २९ जना
    • गठन: १० महिला, २० पुरुष — जम्मा ३० सदस्य
  • वडा नं. ३
    • अध्यक्ष: लालबहादुर तामाङ लामा
    • गठन: १९ सदस्यीय समिति
  • वडा नं. ४
    • अध्यक्ष: अमर बहादुर बुलुना
    • सहभागी: ३० जना
    • गठन: ४ महिला, १२ पुरुष — जम्मा १६ सदस्य
  • वडा नं. ५
    • अध्यक्ष: यमनाथ आचार्य
    • सहभागी: ३० जना
    • गठन: ३ महिला, १३ पुरुष — जम्मा १६ सदस्य



Sunday, June 29, 2025

२२ औ राष्ट्रिय धान दिवस : रसुवाकाे रोपाइँ (शब्द तस्वीर )

 रसुवा , कालिका गाउँपालिका -५ जिवजिवेमा भएकाे २२ औ राष्ट्रिय धान दिवस अवसरमा सामुहिक राेपाइँ सम्पन्न भयाे । प्रमुख अतिथि प्रतिनिधि सभा सदस्य माेहन आचार्य, जिल्ला समन्वय समिति प्रमुख अशाेक कुमार घिमिरे, कालिका गाउँपालिका अध्यक्ष हरिकृष्ण देवकाेटालगायत जनप्रतिनिधिहरू, सरकारी र्कमचारी, विदेशी पर्यटक,  किसान, समाजसेवीहरू तथा सामाजिक संस्थाहरूकाे सहभागिता रहेकाे थियाे । 

 मेलाका तस्वीरहरू ः 













बृक्षाराेपण दिवस : आगलागी क्षतिग्रस्त वनमा बृक्षाराेपण


रसुवा । “आज रोपौं रुख, भोलि पाउँछौं सुख” भन्ने  नारासहित राष्ट्रिय वृक्षारोपण दिवसको अवसरमा  आमाछोदिङमो गाउँपालिका–३, गत्लाङकाे ज्यार्सा गाेठेन सामुदायिक वनमा वृक्षारोपण कार्यक्रम सम्पन्न भयाे । 

डिभिजन वन कार्यालयले ज्यार्सा गाेठेन सामुदायिक वन उपभाेक्ता समुह, सामुदायिक वन उपभाेक्ता महासंङघ, ग्रामीण विकास संस्थाको सहभागितामा  डढेलोबाट क्षतिग्रस्त ५ सय ४४ हेक्टर वन क्षेत्र मध्ये यस वर्ष २ हेक्टरमा ३ हजार ५ सय सल्लाका बिभिन्न प्रजातिका बिरुवा रोप्न थालिएको हो।

प्रमुख अतिथि जिल्ला समन्वय समितका प्रमुख अशाेक कुमार घिमिरेले बृक्षाराेपण गरी शुभारम्भ गरेपछि सवैले बिरूवा राेपेका थिए । कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख अशोक कुमार घिमिरेले वन संरक्षणमा सरकारी, संस्थागत र स्थानीय उपभाेक्ता सबै पक्षको सहकार्य आवश्यक रहेको धारणा राखेका थिए । 

कार्यक्रममा डिभिजनल वन अधिकृत शम्भु तामाङले दीर्घकालीन रूपमा वृक्षारोपण सफलताका लागि संरक्षण र स्थानीय सहभागिता अपरिहार्य रहेको बताउँदै उनले भने “रुख रोपेर मात्र पुग्दैन, त्यसको संरक्षणमा सबैले जुट्नुपर्छ।” तामाङले बृक्षाराेपणकाे महत्व तथा संरक्षणका तरिका बारे समेत जानकारी दिएका थिए ।  

आमाछोदिङमो गाउँपालिका उपाध्यक्ष चण्डिका तामाङले डढेलोले उजाड बनाएको क्षेत्रलाइ पुनः हरियालीमा फर्काउने गरी सुरू भएकाे अभियानमा गाउँपालिका वन कार्यालयसँग सधैं सहकार्य गर्न तत्पर रहेको बताइन् । उनले भनिन् “कालो गाउँ र उजाड जंगललाइ फेरि हरियालीले ढाक्ने संकल्पमा हामी एकजुट हुनुकाे विकल्प छैन । ”

वृक्षारोपण कार्यक्रममा आमाछोदिङमो -३ का वडा अध्यक्ष सुरेन्द्र तामाङ, ज्यार्सा गोठेन सामुदायिक वन उपभोक्ता समितिका सचिव पासाङ दोर्जे तामाङ, समन्वय समिति सदस्य खुवा प्रसाद पाैडेल, सुरेश अधिकारी, ग्रामीण विकास संस्थाका फिल्ड संयोजक खडानन्द गौतम, सामदायिक वन उपभोक्ता महासंघका अध्यक्ष हेमनाथ खतिवडा, वनका कर्मचारी, सञ्चारकर्मी तथा स्थानीय बासिन्दाहरूको सक्रिय सहभागिता रहेको थियो।







Monday, June 23, 2025

डेंगु नियन्त्रण बारे सचेतना


रसुवा, कालिका गाउँपालिकामा  डेंगु राेगकाे  प्रकोप हुन नदिन राेग नियन्त्रणका लागि स्वास्थ्यकर्मी र सरोकारवालाहरुसँग अन्तरक्रिया गरेको छ ।

सोमबार जनस्वाथ्य कार्यालयले स्वास्थ्यकर्मी विच डेंगु रोगको विषयमा अन्तरक्रिया तथा अभिमुखिकरण कार्यक्रम संचालन गरिएको छ । कार्यक्रममा डेंगु रोगका लक्षण यसबाट हुने खतरा र यसबाट जोगिने उपायका बारेमा जनस्वाथ्य अधिकृत झम प्रसाद आचार्यले जानकारी दिनुभएको थियो । 

कार्यक्रममा आचार्यले डेंगु रोगको प्रकोप बढदै गएको हुँदा यसबाट सबै सचेत हुन आग्रह गर्नुभएको थियो । डेंगुको लक्षण देखिना साथ चिकित्सकलाई देखाउन स्वास्थ्यकर्मीको सुझाव थियो । घर वरपर रहेको पानी जम्ने खाल्डाखुल्डी पुर्ने, लामखुट्टेको टोकाईबाट जोगिन झुल टाँगेर सुत्ने, घरबाहिर करेसाबारीमा काम गर्न जाँदा सकेसम्म शरीर पूरै छोपिने गरी लुगा लगाउने, घर वरपर सफला राख्ने, लामखुट्टे भएका स्थानमा किटनाशक औषधिको प्रयोग गर्नाले डेंगुको संक्रमणबाट बच्न सकिन्छ ।

अभिमुखिकरण कार्यक्रमका सहभागीहरुले कालिकास्थानमा ¥याली गदै पानी जमेको ठाउँ सरसफाई गरेको थिए । साे अवसरमा कालिका बजार नेपाल स्वयंसेवी रक्तदाता समाज, स्थानीय समाजसेवीहरू सहभागी थिए । 

Sunday, June 22, 2025

गोसाइँकुण्ड गाउँपालिका पूर्ण सुनिश्चितता घाेषणा

 


रसुवा, स्थानीय श्रोतको उपयोग,स्वामित्व र सहभागी पूर्णखोप सुनिश्चितता,हाम्रो प्रतिवद्वता भन्ने मुल नाराका साथ गोसाईकुण्ड गाउँपालिका पूर्ण सुनिश्चितता तथा दिगोपना घोषणा भयाे । 

गोसाईकुण्ड गाउँपालिका पूर्ण सुनिश्चितता तथा दिगोपना घोषणा सभामा आफ्नो प्रमुख अतिथि जिल्ला समन्वय समिति रसुवाका उपप्रमुख विजय लामाकाे प्रमुख आतिथ्यतामा भएकाे थियाे । 

गोसाईकुण्ड गाउँपालिका स्वास्थ्य शाखाले स्याफ्रुवेसीमा आयोजना भएकाे कार्यक्रममा स्वास्थ्य शाखा प्रमुख विमल घिमिरे, प्रमुख अतिथि  जिल्ला समन्वय समितिका उपप्रमुख विजय लामा, जनस्वास्थ्य प्रमुख झम प्रसाद आचार्य, गाेसाइकुण्ड गाउँपालिका अध्यक्ष कैसाङनुर्पु तामाङले भनाई राखेका थिए । 

Monday, June 16, 2025

उत्तरगया गाउँपालिकालाई एम्बुलेन्स हस्तान्तरण

 


रसुवा, उत्तरगया गाउँपालिकालाइ माथिल्लाे त्रिशूली जलविद्युत कम्पनीले एक कार्यक्रम बीच एम्बुलेन्स हस्तान्तरण भयाे । 

निर्माणाधीन २१६ मेगावाट जडित क्षमताको माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाले आयोजना प्रभावित उत्तरगया गाउँपालिकालाई एम्बुलेन्स प्रदान गरेको छ ।

आयोजनाको प्रवद्र्धक नेपाल वाटर एन्ड इनर्जी डेभलप्पमेन्ट कम्पनी प्रालिका प्रमुख कार्यकारी अधिकृत  बायोङ सुले सोमबार गाउँकार्यपालिकाको कार्यालयमा आयोजित कार्यक्रमकाबीच एम्बुलेन्सको साँचो गाउँपालिकाका अध्यक्ष माधवप्रसाद अर्याललाई हस्तान्तरण गरेका हुन् । उक्त एम्बुलेन्स गाउँपालिका स्थित स्वास्थ्य चौकीले सञ्चालन गर्ने छ ।

आयोजनाको सामूदायिक सहयोग कार्यक्रमअन्तर्गत विपद्, दुर्घटना एवं गम्भीर प्रकृतिका रोगबाट प्रभावित घाइते, सुत्केरीलगायत आयोजना प्रभावित क्षेत्रका बासिन्दालाई मानवीय सेवा पु¥याउने उद्देश्यले गाउँपालिकालाई आधुनिक सुविधा सम्पन्न एम्बुलेन्स प्रदान गरिएको कम्पनीले जनाएको छ । 

कम्पनीले यसअघि आयोजना प्रभावित अर्को आमाछोदिङमो गाउँपालिकालाई एम्बुलेन्स प्रदान गरिसकेको छ । उक्त आयोजना प्रभावित आमाछोदिङमो गाउँपालिका–१ हाकुस्थित हाकु हेल्थ पोस्टले सञ्चालन गरिरहेको छ ।

Saturday, June 14, 2025

रसुवाकाे उत्तरगयामा ८२ जनाले गरे रक्तदान



रसुवा, २२औं विश्व रक्तदाता दिवसकाे अवसरमा उत्तरगया गाउँपालिका, नेपाल स्वयंसेवी रक्तदाता समाज रसुवा शाखा र कालिका हिमालय एसएलसी २०५६ ब्याचको आयोजनामा भएको खुल्ला रक्तदान कार्यक्रममा ८२ जनाले रक्तदान गरेका छन् । 

प्रमुख अतिथि जिल्ला समन्वय समिति रसुवामा प्रमुख अशाेक कुमार घिमिरेले पहिलाे रक्तदाता उत्तरगया गाउँपालिका अध्यक्ष माधब प्रसाद अर्याललाइ ब्लड ब्याग हस्तान्तरण गरेर कार्यक्रमकाे उद्घाटन भयाे । 


उत्तरगया गाउँपालिका अध्यक्ष माधब प्रसाद अर्यालकाे अध्यक्षतामा भएकाे कार्यक्रममा नेपाल स्वयंसेवी रक्तदाता समाज रसुवा शाखाका अध्यक्ष रामशरण गजुरेल , कालिका हिमालय एसएलसी २०५६ ब्याचका अध्यक्ष रामप्रसाद ढकाल, मिडिया पार्टनर रेडियाे लाङटाङका गीता न्याैपाने, उत्तरगया गाउँपािलका ५ का वडाअध्यक्ष यमनाथ आचार्य, उपाध्यक्ष चमेली गुरूङ नेपाल रेडक्रस साेसाइटी रसुवा शाखाका सभापति बाबुलाल तामाङलगायत सहभागि थिए । 

साे अवसरमा जनस्वास्थ्य कार्यालयले रक्तदाता सम्मान कार्यक्रम गरेकाे छ । जनस्वास्थ्य प्रमुख झम प्रसाद आचार्यले मानव जीवनमा  महत्वपूर्ण काम रक्तदान भएकाेले रक्तदान गर्ने ८२ जना रक्तदाताहरूलाइ सम्मान गरिएकाे बताए । कार्यक्रममा स्वास्थ्यकर्मी, समाजसेवी, स्थानीयकाे उत्साहजनक सहभागिता रहेकाे थियाे । 







उत्तरगयामा विपद् व्यवस्थापन तथा उद्धार सम्बन्धी नमुना अभ्यास


रसुवा, नेपाली सेनाको श्रीनाथ गण वाब्रल धुन्चेको समन्वयमा  उत्तरगया गाउँपालिका-  ४ स्थित पैरेवेसीमा  विपद् व्यवस्थापन तथा उद्धार सम्बन्धी नमुना अभ्यास तथा प्रदर्शन  शुक्रवार सम्पन्न गरेको छ । 

मनसुन नजिकिँदै जाँदा नेपाली सेनाले विपद्का बेला गरिने उद्धार तथा क्षती न्यूनीकरण सम्बन्धी नमुना अभ्यास सरोकारवाला र स्थानीय माँझ “अभ्यास मनसुन ५” प्रस्तुत गरेको हो ।

प्राकृतिक प्रकोपको दृष्टिकोणले संवेदनशील जिल्ला रहेकोले यस वर्ष मनसुनको समयमा बाढी, पहिरो, र डुबानका कारण ठूलो जनधनको क्षति न्यूनिकरणको लागि पूर्व तयारी, तालिम, समन्वय, अभ्यास पूर्वतयारी, समन्वय, र साझा कार्ययोजना बनाई अगाडी बढनको लागि यो नमुना अभ्यासले भूमिका खेल्ने कार्यक्रमका प्रमुख अतिथि नेपाली सेनकाे ६ नं बाहिनीपति सहायक रथी सुवास जङ थापाले बताए । 

गाउँ बस्तीहरुमा सुरक्षाको पहुँच प्रभाबकारी नहुने हुदा उक्त स्थानहरुमा नजिकका बासिन्दाहरु भुमिका र जिम्मेवारी अग्रसरता बिना जुनसुकै विपद् व्यवस्थापनको प्रभावकारीता सम्भव नहुने हुदा उत्तरगया गाउपालिकाको संमन्वयमा नमूना अभ्यास भएको गाउँ पालिका अध्यक्ष माधव अर्यालले बताए । 

विपद् पूर्व तयारी तथा प्रतिकार्यका लागि तालिम प्राप्त दक्ष जनशक्तिले बाढीको विपद्का बेला गरिने उद्धारको कृत्रिम अभ्यास गरेका हुन् । उक्त प्रदर्शनमा बाढीको प्रकोपको बेला हुने गरेको क्षति न्यूनीकरण गर्न अपनाउनुपर्ने तत्कालीन उपायहरूबारे प्रदर्शन मार्फत सहभागीलाई जानकारी गराइएको थियो ।

Wednesday, June 11, 2025

एक दिने अभिनय कार्यशाला सम्पन्न

रसुवा, नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठान, नाट्य विभागद्वारा ‘विद्यालयसँग प्रतिष्ठान ः जनचेतनाका लागि नाट्य अभियान’ भन्ने मूल नारा सहित मिति २०८२ जेठ १४ गते बुधबार रसुवा जिल्ला कालिका गाउँपालिका - १ राम्चेस्थित श्री सेतिभूमे माविमा एक दिने अभिनय कार्यशाला आयोजना गरियो ।

नाट्य विधामा अभिरुचि राख्ने विद्यार्थीलाई अभिनयबारे आधारभूत ज्ञान र सीप सिकाउने उद्देश्यले आयोजित कार्यशालामा २५ जना विद्यार्थीले सहभागिता जनाएका थिए । विभिन्न तहमा अध्ययनरत विद्यार्थीमध्येबाट नाट्य विधामा रुचि राख्नेलाई कार्यशालाका लागि छनोट भएका थिए । 

कार्यशालामा प्राज्ञ पुरु लम्साल र रङ्गकर्मी दिवाकर घिमिरेले नाट्य अभिनयका आधारभूत सिद्धान्त, ध्वनि, रस र संवादबारे प्रयोगात्मक प्रशिक्षण दिए । 

कार्यशालाका प्रमुख अतिथि नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा(प्रतिष्ठान, नाट्य विभाग प्रमुख प्राज्ञ हिसनबहादुर मगरले नाट्य र सङ्गीत विधा सिकाउन सरकारबाट विद्यालयमा विधागत शिक्षक व्यवस्था गराउन, त्यसअनुरुपको पाठ्यक्रम निर्माण गर्न र मौलिक नेपाली नाट्य सिद्धान्त विकास गर्न नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा(प्रतिष्ठानको नाट्य विभागले अग्रसरता लिइरहेको बताए ।  

नाट्यकलाले फरक–फरक स्थान र समयका मानिसका संस्कृतिलाई चिनाउने भएकाले नेपाली कला र रैथाने संस्कृतिको जगेर्ना गर्न विद्यालय तहमा यस्ता अभियान आवश्यक रहेको बताए । 

कार्यशाला समापनका अवसरमा श्री सेतिभूमे माध्यमिक विद्यालयका प्रधानाध्यापक शीला मगरले कुृनै औचारिक प्रशिक्षण बिनै पनि नाटक मञ्चन गरिसकेका सेतीमूमिका विद्यार्थी र शिक्षकवर्ग प्रशिक्षणबाट धेरै उत्साहित भएको अनुभव बताइन् ।  

कार्यशालामा प्रशिक्षित विद्यार्थीलाई नाट्य विधामा थप अघि बढ्नलाई विद्यालयबाट निरन्तर सहजीकरण गर्ने प्रतिबद्धता जनाउनु हुँदै प्रधानाध्यापक मगरले कार्यशाला सञ्चालन गर्न आफ्नो विद्यालयलाई चयन गरेकोमा प्रज्ञा–प्रतिष्ठानप्रति आभार प्रकट गरे । 

प्रमुख प्रशिक्षक प्राज्ञ पुरु लम्सालले एक दिने अभिनय कार्यशाला अभिनय विधामा लाग्न इच्छुक विद्यार्थीका लागि पहिलो अनि स्मरणीय पाइला हुने आशा व्यक्त गर्दै प्रशिक्षर्थीलाई शुभकामना दिए । 



उत्तरगया गाउँपालिका अनिवार्य तथा नि:शुल्क शिक्षा घोषणा

रसुवा, उत्तरगया गाउँपालिकालाइ अनिवार्य तथा नि:शुल्क शिक्षा लागू भएको घोषणा भयाे ।

गाउँ शिक्षा समितिको बैठकको सिफारिस तथा मिति २०८२/०२/२३ को कार्यपालिका बैठकको निर्णय अनुसार आज मिति २०८२/०२/२८ गते उत्तरगया गाउँपालिका अध्यक्ष माधव प्रसाद अर्यालको अध्यक्षता तथा जिल्ला समन्वय प्रमुख अशोक कुमार घिमिरेको प्रमुख आतिथ्यमा शिक्षा विकास निर्देशनालय बागमती प्रदेश र उत्तरगया गाउँपालिकाको साझेदारीमा उत्तरगया गाउँपालिकालाइ अनिवार्य तथा नि:शुल्क शिक्षा लागू भएको घोषणा भएको हाे ।

गतवर्ष गाउँापालिका भरकाे टाेल बस्तीमा गरिएकाे सर्बेबाट २५५१ परिवारमा ४ देखि १३ वर्षका ७ जना विद्यालय बाहिर देखिएकाे र उनीअरूलाइ नि:शुल्क पठनपाठान सुरू गराएकाे थियाे । गाउँपालिका अध्यक्षले प्रस्ताव गरेपछि प्रमुख अतिथिले अनिवार्य तथा नि:शुल्क शिक्षा घोषणा गरेका हुन् ।

शिक्षा शाखा प्रमुख सुनिता खतिवडा, प्रमुख प्रशासकीय अधिकृत हाेमनाथ हादाल, उपाध्यक्ष चमेली गुरूङ, स्थानीय राजनीतितक दलका प्रतिनिधि तथा प्रअहरूले मन्तब्य दएका थिए ।






कालिकास्थानमा बजार अनुगमन सम्पन्न


रसुवा, जिल्ला कालिका गाउँपालिका वडा नं २ मा संयुक्त बजार अनुगमन टोलीले बजार अनुगमन गरी ५ वटा पसलमा कारबाही गरेकाे छ । 

बजारमा हुन सक्ने कृत्रिम अभाव तथा कालो बजारी र न्यून गुणस्तरको खाद्यान्न बिक्री गर्ने पसलहरुलाई नियन्त्रण गर्न अनुगमन गरिएको हो । टोलीले ३१ वटा पसलमा स्थलगत रुपमा अनुगमन गरेकाे थियाे । जसमा खाद्यन्न तथा किराना पसल ११, होटेल तथा खाजा घर ९, फार्मेसी २, एग्रेभेट २ र अन्य पसलहरू ७ वटा रहेका छन् । 

अनुगमनका क्रममा  ५ वटा पसलमा कैफियत देखिएकोले प्रति पसल ५ हजार रुपैयाँ जरिवाना गरेको छ भने धेरै मुनाफा लिने,लेबल नभएका तथा केरमेट गरेको खाद्यन्न वस्तु बिक्री गर्ने र विल विजक एवम दर्ता प्रमाणपत्र देखाउन नसक्ने पसलहरुलाई समेत कारवाही गरिएको  सहायक प्रमुख जिल्ला अधिकारी द्रुव प्रसाद अधिकारीले जानकारी दिए । 

सुन्धरा माध्यमिक विद्यालयको ४८ औं वार्षिकउत्सव सम्पन्न


रसुवा, रसुवाको कालिका गाउँपालिका- ३ धारापानीमा रहेको सुन्धरा माध्यमिक विद्यालयको ४८ औं वार्षिकाेत्सव सम्पन्न भएको छ ।

वार्षिकाेत्सव कार्यक्रममा विद्यालयका प्रधानाध्यापक खिलप्रसाद आर्चायले प्रगति प्रतिवेदन र आगामी भावी योजना तथा रणनीति प्रस्तुत गरे । कार्यक्रमा विद्यालयका शिक्षक तथा विद्यार्थीहरुले नृत्य , कविता, गजल, मनाेरन्जनात्मक प्रस्तुति र विभिन्न विषयमा भनाई राखेका थिए । साे अवसरमा विद्यालय सेवा क्षेत्रका जेष्ठ नागरिक तथा सामुदायिक विद्यालय प्रति उत्प्रेरित अभिभावक, विद्यालयका लागि सहयाेग दाताहरूलाइ सम्मान गरिएकाे थियाे ।

कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि कालिका गाउँपालिकाका अध्यक्ष हरिकृष्ण देवकोटले हरेक क्षेत्रको विकासको लागि शैक्षिक क्षेत्र महत्वपूर्ण हुने बताए । 

शैक्षिक सुधारका लागि गाउँपालिकाले महत्वपुर्ण काम गर्दै आएको छ र हाम्रो क्रम जारी नै छ। त्यसमा सहकार्य गर्नको लागि आफुहरु निरन्तर लागि परेको अध्यक्ष देवकोटाले बताए । कार्यक्रममा शैक्षिक सत्र २०८१ मा कक्षागत रुपमा र विद्यालयबाट प्रथम, द्धितीय र तृतीय स्थान हासिल गर्ने विद्यार्थीहरुलाई पुरस्कार र प्रमाण-पत्र वितरण गरिएको थियो। कार्यक्रममा जिल्ला समन्वय समितिका सदस्य खिलबहादुर न्याैपाने, वडा अध्यक्ष फणिन्द्र प्रसाद न्याैपाने, वडा सदस्य, पूर्व विद्यालय व्यवस्थापन समितिका पदाधिकारीलगायतको उपस्थिति रहेको थियो । कार्यक्रम विधालय व्यवस्थापन समितिका अध्यक्ष गणेश विकको अध्यक्षतामा भएको थियो ।

साे अवसरमा विद्यार्थीहरूलाइ पुरस्कार प्रदान गरिएकाे थियाे ।