............................................................
............................................................
विश्व वातावरण दिवसमा सरसफाइ तथा बृक्षाराेपण
रसुवा, प्लाष्टिक प्रदुषण न्यूनीकरणः हाम्रो दायित्व भन्ने मूल नाराका साथ विश्व वातावरण दिवसमा सरसफाइ तथा बृक्षाराेपण सम्पन्न भयाे ।
डिभिजन वन कार्यालयकाे संयाेजनमा सामुदायिक वन उपभाेक्ता समुह, सामुदायिव वन जिल्ला महासंघलगायत सराेकारवालाहरूकाे सहभागीतामा ५३ औं विश्व वातावरण दिवस मनाइएकाे हाे । साे अवसरमा २१ गते उत्तरगया गाउँपालिकासँगको सहकार्यमा उत्तरगया-५ स्थित कैदलेटारदेखि नयाँपुलसम्मको सडक किनाराको दायाँ बायाँ गुल्मोहर १२५, ज्याकराण्डा १२५, करबिर ५०, असारे ५०, सिता अशोक३०, राजवृक्ष ५०, कल्की १५ सहित ४४५ वटा विरुवा रोपण भयाे ।
जेठ २२ गते विहान गोसाईकुण्ड गाउँपालिकासँगको सहकार्यमा प्रमुख जिल्ला अधिकारी अर्जुन पाैडेलकाे प्रमुख आतिथ्यता र जिल्ला स्थित सबै कार्यालय, सुरक्षा निकाय, रसुवा माविका शिक्षक शिक्षिका र विद्यार्थी, नागरिक समाजलगायतकाे सहभागितामा धुन्चे बजार सरसफाई तथा प्रभातफेरी कार्यक्रम सम्पन्न गरिएको डिभिजनल वन अधिकृत शम्भु तामाङले जताए । धुन्बचे जार सरसफाई पश्चात लगत्तै श्री श्रीनाथ गण, धुन्चेको परिसरमा ओखर, लप्सी, किम्बु, कल्की, ज्याकरण्डा सहित ७५ वटा विरुवा रोपण भयाे ।
डिभिजन वन कार्यालयले रसुवा मावि धुन्चेलाई डष्टविन वितरण गरेकाे थियाे । त्यसैगरी आमाछोदिङ्मो गापा वडा नं ४ का वडाध्यक्ष धर्म तामाङको अध्यक्षता र डिभिजनल वन अधिकृत शम्भु तामङकाे प्रमुख आतिथ्यता, सामुदायिक वन उपभोक्ता महासंघका अध्यक्ष हेमनाथ खतिवडा विशेष आतिथ्यतामा सव डिभिजनका कर्मचारीहरू, सामुदायिक वन उपभोक्ता समुहका प्रतिनिधि , विद्यालयका शिक्षक, शिक्षिका, विद्यार्थी तथा स्थानीयहरुको उत्साह जनक सहभागितामा गाउँघर तथा बाटाे सरसफाई, वृक्षारोपण र अन्तरकृया कार्यक्रम सम्पन्न भयाे । साे कार्यक्रम पश्चात पार्वतीकुण्ड सरसफाई कार्यको अनुगमन समेत भयाे ।
त्यसैगरी हाकु, नाैकुण्डलगायतका ठाउँमा स्थानीयले सरसफाइ तथा बृक्षराेपणगरेका छन् ।
कालिका गाउँपालिका १ राम्चे मध्वर्ती क्षेत्र उपभोक्ता समितिकाे समन्वयमा ११५०, सेती भूमि मावि राम्चेमा ३०, श्री श्रीनाथ गणले समेत गरी २ हजार विरुवा वितरण तथा राेपण भएकाे थियाे ।
पर्यटन प्रवर्दन गर्न लाङटाङ ट्रेल रन २०२५
रसुवा, पर्यटन प्रवर्दन गर्ने उद्देश्यले नेपालको तेस्रो पर्यटकीय गन्तब्य लाङटाङमा प्रथम लाङटाङ ट्रेल रन २०२५ प्रतियाेगिता सम्पन्न भयाे ।
बागमती प्रदेश सरकारका संस्कृति तथा पर्यटन मन्त्री विमल ठकुरीद्वारा प्रथम लाङटाङ ट्रेल रन २०२५ काे शुभारम्भ भयाे भने धावकहरू क्यान्जिन गुम्बादेखि ३२ किलोमिटर दौडिएर स्याफ्रुबेसी पुगेपछि समापन भएकाे हाे ।
स्याफ्रुबेसीमा भएकाे समापन कार्यक्रम रसुवा नुवाकोट पर्यटन समाजका अध्यक्ष बलराम न्याैपानेको अध्यक्षतामा भएकाे कार्यक्रममा प्रमुख अतिथि बागमती प्रदेश सभा सदस्य राधिका तामाङ, अतिथिहरू इन्द्र गाैतम, बागमती प्रदेश सभा सदस्य जिल्ला समन्वय समिति नुवाकाेटका प्रमुख रजिन्द्र विक्रम सिंह ठकुरी, जिल्ला समन्वय समिति रसुवाका प्रमुख आयोजनामा अशाेक कुमार घिमिरे, गाेसाइकुण्ड गाउँपालिका अध्यक्ष कैसाङनुर्पु तामाङ,कालिका गाउँपालिका अध्यक्ष हरिकृष्ण देवकाेटा, भूमि समस्या समाधान आयोगका अध्ययक्ष जनकराज उपाध्याय, वडा अध्यक्ष दावा मिङमर तामाङलगायतका अतिथिहरूले खेल तथा बिभिन्र माध्यमबाट पर्यटकीय क्षेत्रकाे विकासमा जाेड्दिन अनुराेध गरे ।
कार्यक्रममा टानका केन्द्रीय सदस्य अम्बिर गुरूङ, नेपाल पर्वताराेहण संघका पुर्व महासचिव कुलबहादुर गुरूङ, नेपाली काँग्रेसमा सभापति पेम्बा तामाङ, पर्यटन व्यवसायी शिब लामिछाने, आमाछोदिङमो गाउँपालिका अध्यक्ष चण्डिका तामाङ, जिल्ला खेलकुद विकास समिति अध्यक्ष बिराज लाेप्चनलगायत अतिथिहरू, पत्रकार, सामाजिक संघ संस्थाका प्रनिनिधिहरू सहभागी थिए ।
बागमती प्रदेशको संस्कृति तथा पर्यटन मन्त्रालय, नेपाल पर्यटन बोर्डको आर्थिक सहयोग तथा गोसाइँकुण्ड गाउँपालिकालगायत रसुवा नुवाकाेटका स्थानीय तहसँगको सहकार्यमा र सराेकारवालाकाे सहयाेगमा भएकाे थियाे ।
प्रथम लाङटाङ ट्रेल रन २०२५ मा १०१ जनाले भाग लिएका थिए । तीन हजार ८५० मिटर उचाइमा रहेको क्यान्जिन गुम्बादेखि स्याफ्रुबेसीसम्म उक्त ट्रेल रनको दूरी ३२ किलोमिटर २ घण्टा १४ मी को छ।
बागमती प्रदेशकै प्रमुख हिमाली पर्यटन गन्तव्य र नेपालको तेस्रो गन्तव्य हो, लाङटाङ। हिमालै हिमालको बीचमा रहेको क्यान्जिन भ्याली अर्थात क्यान्जिन गुम्बाबाट लाङटाङ ट्रेल रन सुरु गरिएको हो।
समापन कार्यक्रममा प्रथम हुने साेलुखुम्बुका मिलन कुलुङ र महिलातर्फ सुनसरी राेकायलाइ १ लाख रूपैयाँका दरले नगद पुरस्कार तथा मेडल र प्रमाण पत्र प्रदान गरियाे ।
दितीय हुने पाचथरका बिशाल राइ र महिला तर्फ लाक्पा निमा शाेर्पालाइ नगद ७५ हजार रूपैयाँका दरले नगद पुरस्कार तथा मेडल र प्रमाण पत्र प्रदान गरियाे । तृतीय हुने किरण बाेगटी र महिला तर्फका निर्मला राइ र सान्त्वना आङफुर्पा शेर्पा, गाेपाल तामाङ, किदन कुलुङ राइ, प्रिया राइलाइ पनि नगद पुरस्कार तथा मेडल र प्रमाण पत्र प्रदान गरिएकाे थियाे ।
समापनमा रसुवा नुवाकोट पर्यटन समाजका अध्यक्ष बलराम न्याैपानेले रसुवा , नुवाकाेट लगायतका ठाउँमा खुलेर रहेका धेरै ठाउँहरूमा खेल पर्यटनकाे तथा बिभिन्न माध्यमबाट विकास गरी प्रचार गरेर पर्यटन विकास गर्दै विश्वसामु चिनाउनु पर्ने बताए ।
सामुदायिक वन उपभाेक्ता महासंघकाे स्थापना दिवसमा छलफल तथा तालिम समापन
रसुवा, सामुदायिक वन उपभोक्ता महासंघ नेपालको ३०औं स्थापना दिवसकाे अवसरमा उत्तरगया गाउँपालिका- ३ ठूलाेगाउँमा छलफल तथा तालिम समापन भएकाे छ ।
सामुदायिक वन उपभोक्ता महासंघ नेपालको र गण्डकी जलाधार जलवायु उत्थानशील आयोजना राष्ट्रिय प्रकृति संरक्षण कोषको सहयोगमा उत्तरगया गाउँपालिका-३ को ठूलोगाउँ स्थित भूमेस्थान सामुदायिक वन उपभोक्ता समूहमा जलवायु उत्थानशील समुदाय र पारिस्थितिकीय प्रणाली स्थापनाको लागि कृषक पाठशाला समापन भयो ।
दैनिक ३ घण्टा १८ दिनसम्म सञ्चालन भएको पाठशालामा स्थानीय सहजकर्ता सुजन गुरुङले सहजिकरण गरेका थिए । महिला १६, पुरुष ५ गरी २१ जना सहभागी रहेको तालिम २०८२ जेठ १८ गते समापन भयो । समापन कार्यक्रममा स्थानीय भूमेस्थान सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष अमर गुरुङको अध्यक्षतामा सामुदायिक वन उपभोक्ता महासंघ रसुवाका अध्यक्ष हेमनाथ खतिवडाको प्रमुख आतिथ्यमा सम्पन्न भयो । कार्यक्रममा सहभागीहरुलाइ प्रमाण-पत्र बितरण गरियो ।
कार्यक्रममा सहजकर्ता सुजन गुरुङद्धारा सञ्चालित कार्यक्रममा सहभागी शारदा गुरुङले वनमा धेरै खाले मिचाहा प्रजाति रहेको बारे थापा पाएको बताइन् । डुण्डु तामाङले हामीले धेरै मात्रामा वन पैदावर उपभोग गरेको र वनमा वनजन्य उद्यम गरेर आम्दानी लिन सकिने बताए ।
सहभागी यामाकुमारी गुरुङले तालिमबाट पहिलो पटक जलवायु परिवर्तन बारे सुन्न पाएको र चरिचरण, बृक्षारोपण तथा वन डँढेलो नियन्त्रण गरेर सामुदायिक वन संरक्षण गर्नुपर्ने बताए । सहभागी अक्कल बहादुर गुरुङले १८ दिनमा धेरै कुरा सिक्न पाएको र धेरै नयाँ कुराको जानकारी भएको बताए ।
सामुदायिक वन उपभोक्ता महासंघ नेपालको३०औं स्थापना दिवसकाे अवसरमा उत्तरगया गाउँपालिका- ३ ठूलाेगाउँमा छलफल तथा तालिम समापनमा सामुदायिक वन उपभाेक्ता महासंघ रसुवाका अध्यक्ष हेमनाथ खतिवडाले समूदायले वनमा आधारित उद्याेग स्थपना गरी आयआर्जन गर्न र तालिममा सिकेका सीप तथा समुदायमा भएका परम्परागत ज्ञानकाे प्रयाेग गरी वन व्यवस्थापन तथा प्रकृतिकाे संरक्षण गर्न सवैले लाग्नु पर्ने बताए । आयोजनामा
बोझोले ढाकिन लागेको पार्वतीकुण्डकाे सफाइ सुरु
रसुवा, आमाछोदिङमो गाउँपालिका–३ गत्लाङ गाउँमाथि अवस्थित पार्वतीकुण्डमा बोझाे नामक जडिबुडीले ढकिएर अस्तित्व नै समाप्त हुन लागेपछि कुण्डकाे सफाइ थालिएको छ ।
स्थानीय सामुदायिक वनका उपभोक्ता तथा पार्वतीकुण्ड ब्यवस्थापन समितिले डिभिजन वन कार्यालयको साहयोगमा परम्परागत पाठपुजा गरी कुण्डको सरसफाइ सुरुवात गरेको गरिएको स्थानीय चिदाेङ लामाले बताए ।
कुण्डको वरिपरि फैलिएको बोझो नामक जडिबुटीलाइ हटाएर कुण्डको सफाइ थाएिको डिभिजन वन कार्यालयले जनाएको छ । यस कुण्डमा १०८ वटा धारा निर्माण गरिएको छ ।
यहाँ जनै पूर्णिमामा पाठपुजा गर्ने र नुहाउनेहरूको यात्रीको ठूलो भिड लाग्दछ । २ हजार ६ सय मिटरको उचाईमा रहेको यो कुण्डको संरक्षण र कुण्ड वरिपरि बनाइएका संरचनाहरूले यस क्षेत्रमा आउने आन्तरिक तथा बाह्य पर्यटकहरुको समेत आर्कषण बढ्दै जान थालेको स्थानीय गतलाङ गेष्टहाउसका सञ्चालक फुर्पुसिङ्गी तामाङले बताए । बोझोले ढाक्न थालेपछि वर्षेनी बोझो हटाएर सफा गर्नुपर्छ तामाङले भने ।
धार्मिक तथा पर्यटकीय महत्व बोकेको कुण्डको संरक्षणलाई धार्मिक महत्व दिँदैे पार्वतीकुण्डमा विभिन्न अवसरमा श्रद्धालुको भीड लाग्ने गर्दछ । यस क्षेत्रमा पछिल्लो समय वनभोजका लागि समेत रोजाइमा पर्न थालेको छ । पाल्दोपिक, गणेश र साङजेन हिमाल तथा समथर घाँसेमैदान सोमदाङ उपत्यका, एवं धार्मिकस्थल जागेश्वर कुण्ड जस्ता क्षेत्रहरूमा यहाँबाट पदयात्रा गर्न सकिने भएकाले यसको संरक्षणमा स्थानीयहरू जुटेका हुन् ।
डिभिजन वन कार्यालयका डिभिजनल वन अधिकृत शम्भु तामाङले एक कार्यक्रमका बीच स्थानीय चलन अनुसार पुजापाठ गरेर प्रसिद्ध धार्मिक स्थल पार्वती कुण्डको सरसफाइ गर्ने कार्यको शुभारम्भ भएको छ ।
सरसफाई कार्यमा कुण्डमा रहेको बोझो हटाउने, भरिएर रहेका माटो बालुवा हटाउने र वरपर झाडी सरसफाइ गर्ने जस्ता कार्य गरिने कुरा सब डिभिजन वन कार्यालय थाम्बुचेतका रेञ्जर सन्तोष तिम्सिनाले बताए ।
बोङजोमाने सामुदायिक वन उपभोक्ता समूह, ज्यार्सा गोठेन सामुदायिक वन उपभोक्ता समूह, आमाछोदिङ्मो–३ का वडा अध्यक्ष सुरेन्द्र तामाङ सहभागी थिए ।
तामाङ सम्पदा मार्गमा पर्ने पार्वतीकुण्डलाई पर्यटकको आकर्षणको केन्द्रको रूपमा विकास गर्न थालिएको छ । कुण्ड भित्र रहेको बोझोको कारण कुण्डको आकार घटेको र त्यहाँ रहेको मन्दिर समेत जीर्ण भएपछि गतवर्ष बागमती प्रदेशले सौन्दर्यमा समेत असर परेपछि स्थानीयले सरसफाइ थालेका हुन् ।
धार्मिक पर्यटनको लागि प्रसिद्ध पार्वतीकुण्डको सरसफाई कार्यका लागि नेपाली सेनाकाे श्री श्रीनाथ गण अन्तर्गत मानचेत व्यारेकका जवानहरु, बोङ्जोमाने र जार्सा गाेठेन सामुदायिक वन, थाम्बुचेत सव डिभिजन र स्थानीय समुदायको सहभागितामा सरसफाई रहेकाे थियाे ।
विद्यार्थी सुबिताको कृषि यात्रास् पढ्दै, कमाउँदै, रमाउँदै अकबरे खेतीमा
किसान हुँ भन्दा गर्व लाग्छ, कुनै लाज हैन
रसुवा, उत्तरगया गाउँपालिका, सानागाउँकी सुबिता गुरुङ विद्यार्थी जीवनसँगै कृषि कर्ममा होमिएकी एक प्रेरणादायी उदाहरण बनेकी छिन्। स्नातक तह पहिलो वर्षमा अध्ययनरत सुबिताले आफ्नो पढाइलाई निरन्तरता दिँदै व्यावसायिक अकबरे खुर्सानी खेतीबाट आफूलाई एक सफल युवा किसानको रुपमा स्थापित गर्ने लक्ष्य राखेकी छिन्।
गाउँमा २/३ जना आमाहरुले अकबरे खुर्सानी खेती सुरु गर्नुभएको थियो, त्यही देखेर मलाई पनि प्रेरणा मिल्यो,ू सुबिताले आफ्नो कृषि यात्राको सुरुवातबारे बताइन्। कृषिमा लाग्नुअघि उनले थ्री जी कटिङ्गु सम्बन्धी तालिम पनि लिएकी थिइन्, जसले उनलाई बिरुवाको उत्पादन बढाउन थप मद्दत पुर्याएको छ। हाल उनले करिब ७०० अकबरे खुर्सानीका बिरुवाबाट आफ्नो खेती सुरु गरेकी छिन्।
सुबिताको खेती प्रणाली पूर्णतया जैविक छ। लाही किराहरुले कहिलेकाहीँ दुःख दिने गर्छन्, त्यसको लागि जैविक झोल मलहरु प्रयोग गर्छु। हाम्रो बारीमा रासायनिक विषादीको प्रयोग हुँदैन, उनी भन्छिन् मलको लागि पनि उनले गाईवस्तुको गोबरमललाई नै प्राथमिकता दिएकी छिन्, जसले माटोको उर्वराशक्ति बढाउनुका साथै उत्पादनलाई स्वस्थ राख्न मद्दत गर्दछ।
पढ्दै गरेकी युवतीलाई कृषि पेसा रोज्नुको कारणबारे सोध्दा उनी भन्छिन्, पढ्दा पढ्दै के गर्ने, आफूलाई खर्च जोहो गर्न पनि सजिलो होस् र परिवारलाई पनि केही सहयोग गर्न सकिन्छ कि भनेर कृषि पेसामा लागेको हुँ। उनको यो सोचले युवाहरुमा उद्यमशीलता र आत्मनिर्भरताको भावना जगाउँछ।
उत्तरगया गाउँपालिकाले निःशुल्क बिरुवा उपलब्ध गराएर सहयोग गरेपछि सुबितालाई थप हौसला मिलेको छ। गाउँपालिकाले हामीलाई बिरुवा निःशुल्क दिनुभएको छ, यसले केही गरौं भन्ने भाव पैदा गरेको छ,उनले कृतज्ञता व्यक्त गरिन्।
आफूलाई किसान भनेर चिनाउन पाउँदा सुबिता गर्व महसुस गर्छिन्। किसान हुँ भन्दा गर्व लाग्छ, कुनै लाज हैन, उनको यो भनाइले कृषि पेसाप्रतिको सम्मान र आत्मविश्वास झल्काउँछ। भविष्यमा अकबरे खुर्सानीबाट राम्रो आम्दानी हुनेमा उनी आशावादी छिन् र बजारको खासै चिन्ता नभएको बताउँछिन्। सुबिताको यो प्रयासले अन्य युवाहरुलाई पनि कृषिमा लाग्न र आत्मनिर्भर बन्न प्रेरित गर्ने देखिन्छ।
स्राेत : कृषि सूचना
बागमती प्रदेश राष्ट्रपति रनिङ शिल्डमा रसुवाबाट ७६ जना सहभागी हुँदै
दाेलखाकाे चरिकोटमा जेठ १७ गतेदेखि १९ गतेसम्म हुने बागमती प्रदेश स्तरिय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा रसुवाबाट १६ गते बिहान प्रस्थान गर्ने भएको छ। प्रतियोगिताका लागि भलिबल तर्फ पुरुष ९, महिला ९, तेक्वान्दाेका लागि महिला ६, ६ पुरुष ,एथ्लेटिक्स ११ पुरुष, ११ महिला र कराँतेका तर्फ महिला ६ जना, ६ पुरुष गरी ६४ खेलाडी र अफिसियल ११ र स्वास्थ्यकर्मी १ गरि जम्मा ७६ जना सहभागी हुने जिल्ला खेलकुद विकास समिति रसुवाका अध्यक्ष बिराज लाेप्चनले जानकारी दिए ।
निःशुल्क सिप विकास तालिम सन्चालन
रसुवा, महिलाहरुलाई सिप सिकाएर स्वरोजगार वनाउने उद्धेश्यले नुवाकोटमा युवा सिपमुलक कार्यक्रम सन्चालन गरिएको छ । सो कार्यक्रममा ८० प्रतिशत प्रयोगात्मक प्रशिक्षण दिइएको छ ।
वागमती प्रदेशको सामाजिक विकास मन्त्रालयको प्रदेश प्राविधिक तथा व्यावसायिक शिक्षा तथा तालिम परिषदले नुवाकोटका विभिन्न स्थानका युवा महिलाहरुलाई निःशुल्क सिप विकास तालिम सन्चालन गरेको हो । सो ६५ दिने प्रशिक्षण विदुर नगरपालिका -९ को लोनीमा सन्चालन भइरहेको छ ।
सहभागी २० जना युवा महिलाहरुलाई प्रशिक्षक शिला सुनुवारले सो कार्यक्रम सिलाइकटाइका विभिन्न सिप सिकाइरहेकी छन् । याे तालिमले वेरोजगार युवा महिलाहरु स्वरोजगारमा क्रियाशील हुने अपेक्षा गरिएको छ ।
राम्चेमा बक्तृत्वकला प्रतियोगिता सम्पन्न
जलवायु परिवर्तन सिर्जित मानव वन्यजन्तु द्वन्द्व व्यवस्थापन कार्यशाला
रसुवा, गण्डकी जलाधार जलवायु उत्थानशील आयोजना अन्तरगत जलवायु परिवर्तन सिर्जित मानव वन्यजन्तु द्वन्द्व व्यवस्थापन कार्यशाला धुन्चेमा सम्पन्न भयाे ।
डिभिजन वन कार्यालयकाे आयोजना तथा सामुदायिक वन उपभाेक्ता महसंघसँगकाे समन्वय तथा गण्डकी जलाधार जलवायु उत्थानशील आयोजना राष्ट्रिय प्रकृती संरक्षण कोषकाे सहयाेगमा भएकाे हाे । कार्यक्रमा डिभिजनल वन अधिकृत शम्भु तामाङले सहजिकरण गरेका थिए ।
कार्याशालामा राष्ट्रिय प्रकृति संरक्षण कोषका जलवायु विज्ञ डा अनिता श्रेष्ठले स्वागत गरिन् । समुदाय तथा सुरक्षा निकायबाट सहभागीहरूले वन्यजन्तु द्वन्द्व व्यवस्थापनका लागि मानिसले नै गम्भीर हुनुपर्ने , वन्य जन्तुकाे बासस्थान तथा आहारमा समस्या हुन नदिने वन्यजन्तुका विषयमा सचेत प्राणी भएका नाताले मानिसकै जिम्मेवारी रहने बताए ।
योजना तर्जुमा तथा सरोकारवालासँग अन्तरक्रिया
रसुवा, उधाेग तथा वाणिाज्य कार्यालय रसुवाकाे आयाेजनामा आ व ०८२/८३ को योजना तर्जुमा तथा सरोकारवालाहरुसँगको अन्तरक्रिया कार्यक्रममा सम्पन्न भयाे ।
उक्त कार्यालयका कार्यालय प्रमुख वृहस्पती तामाङको अध्यक्षता, जिल्ला समन्वय समिति उप प्रमुख विजय लामाको प्रमुख आतिथ्यमा, गोसाइँकुण्ड गाउँपालिका अध्यक्ष कैसाङनुर्पु तामाङकाे विशिष्ट आतिथ्यताका साथै जिल्ला स्थित कार्यालयका प्रमुखहरु, सरोकारवालाहरु र गाउँपालिकाको उद्योग शाखामा कार्यरत कर्मचारी (उद्यम विकास सहजकर्ता ) सन्चारकर्मीहरूकाे उपस्थितीमा सम्पन्न भएकाे छ ।
मिचाहा प्रजाति व्यवस्थापन कार्याशाला सम्पन्न
रसुवा, राष्ट्रिय प्रकृति संरक्षण कोष गण्डकी जलाधार जलवायु उत्थानशील आयोजनाको सहयोग तथा डिभिजन वन कार्यालको समन्वयमा मिचाहा प्रजाति व्यवस्थापन कार्याशाला धुन्चेमा सम्पन्न भयो ।
जिल्ला भरका सामुदायिक वन उपभोक्ता समूहका प्रतिनिधि, दलित, अपाङ्ता भएका, जनजाति, जनप्रतिनिधिहरू सहभागी थिए । कार्याशालामा डिभिजन वन कार्यालयका डिभिजनल वन अधिकृत शम्भु तामाङले सहजिकरण गरेका थिए । कार्याशालामा राष्ट्रिय प्रकृति संरक्षण कोषका लक्ष्मण कुँवरले सञ्चालन गरेका थिए भने जलवायु विज्ञ डा अनिता श्रेष्ठले स्वागत गरिन् ।
सहभागीहरूले स्थानीय मिचाहा प्रजातिको पहिचान तथा मिचाहा प्रजाति व्यवस्थापन त्यसको असर र प्रभाव बारे छलफल गरेका थिए ।
नेपालमा वाह्य मिचाहा प्रजातिको तीव्र फैलावट अहिले एक गम्भीर पर्यावरणीय चुनौती बनिरहेको र यसको व्यवस्थापनको अभावले कृषि, वन र वातावरणमा व्यापक असर पुर्याएको छ। सडक छेउ र आवास क्षेत्रबाट यी झारहरू कृषि क्षेत्रसम्म फैलिन थालेका छन्, जसले उत्पादनमा ठूलो नकरात्मक प्रभाव पार्न सक्छ। अझ, प्रभावकारी क्वारेन्टाइन निरीक्षणको अभावले नयाँ मिचाहा प्रजातिहरू भित्रिरहेको बताइएकाे थियाे ।
विभिन्न वैज्ञानिक र अन्तर्राष्ट्रिय अनुभवहरूको आधारमा, नेपालका धेरै मिचाहा प्रजातिहरूको नियन्त्रण सम्भव रहेको कुरा सबैलाई जानकारी गराइएको छ। यस कार्यशालामा, सामुदायिक वन र स्थानीय तहका प्रतिनिधिहरूलाई मिचाहा प्रजातिको पहिचान र व्यवस्थापनमा सक्रिय भूमिका खेल्न आग्रह गरिएको छ।
कार्यशालामा प्रस्तुत गरिएको सुझावहरू अनुसार, मिचाहा प्रजातिको व्यवस्थापनलाई राष्ट्रिय प्राथमिकतामा राख्न आवश्यक रहेको छ, जसबाट यसको फैलावट र वातावरणीय नोक्सानलाई रोक्न सकिने समेत छलफल भयाे।
गोसाइँकुण्ड स्तुति
डा अनिता श्रेष्ठ
कविता
जय होस गोसाइँकुण्ड महाराज,
शिवको ध्यान जहाँ सधैं विराज।
हिमालको काख, शान्त स्वरूप,
तपस्वी हृदयको तिमी प्रिय रूप।
त्रिशूलले फोरेको पावन भूमि,
बगेको जलमा छ अमृत रुचि।
कालकुट विष पिएर शिवले,
तिमीमा शरण पाए प्रकृतिको हृदयले।
ओम् नमः शिवाय गुन्जिन्छ यहाँ,
भक्तजनको मन शुद्ध हुन्छ जहाँ।
अष्ट चिरञ्जीवीका वरदान स्वरूप,
तिमी शुद्धि, मुक्ति र ध्यानको रूप।
१०८ कुण्डको माला जस्तै,
तिमी रह्यौ पर्वतराज बीच सन्देश जस्तै।
धर्म, प्रकृति र श्रद्धाको मेल,
गोसाइँकुण्ड तिमी पवित्र स्थल बेलाबेल।
जय गोसाइँकुण्ड !
जय शिव शंकर!
जय शान्ति, तपस्या, मुक्तिको आधार !
सामुदायिक वन उपभाेक्ता महासंघ रसुवाकाे दाेस्राे परिषद सम्पन्न
रसुवा, सामुदायिक वन उपभाेक्ता महासंघ रसुवाकाे दाेस्राे जिल्ला परिषद भेला सम्पन्न भयाे ।
भेलामा जिल्ला महासंघको आयोजनामा भएको परिषद् भेलामा प्रमुख अतिथि बागमती प्रदेश महासंघ उपाध्यक्ष लीलानाथ न्यौपानेले महासंघले गरेको अभियान बारे जानकारी गराउँदै सामुदायिक वन उपभोक्ता महासंघले उपभोक्ताहरुको अधिकार सुरक्षितका लागि लढेको बताउँदै वन समुहहरुले सक्रियताका साथ वन उद्यम तथा आयआर्जनका कामहरु गर्नुपर्ने बताए ।
न समुहमा छ न कार्यालयको अभिलेखमा छ उनले भने यो समस्या भो । सवै समुहको बिधान र कार्ययोजना बनाउनु छ । भेलामा सामुदायिक वन उपभाेक्ता समुह तथा स्थानीय महासंघबाट सहभागीहरूले समुहका समस्या तथा चुनाैतीहरू बारे छलफल गरेका थिए ।
भेलामा जिल्ला महासंघले गरेका कामहरूकाे समीक्षा गरी समुहकाे बिधान, कार्ययाेजना तथा लेखापरिक्षणकाे कामलाइ महत्व दिनुपर्ने बताए ।
साढे सात किलो सुन बरामद
रसुवा, रसुवागढी नाकाबाट साढे सात किलोभन्दा बढी सुन बरामद गरिएको छ। चीनको सीमावर्ती बजार केरुङबाट ल्याउँदै गरिएको उक्त सुन भन्सार नाकामा जाँचको क्रममा प्रहरीले बरामद गरेको हो।
रसुवाका प्रमुख जिल्ला अधिकारी अर्जुन पौडेलका अनुसार बरामद गरिएको सुन सात वटा बिस्कुट र केही साना टुक्राहरूमा रहेको छ। प्रारम्भीक अनुमान अनुसार सुनको तौल साढे सात किलोभन्दा केही बढी हुन सक्ने जनाइएको छ। सुनको परीक्षणको काम हाल जारी रहेको छ।
बा ४ ख ६२०१ नम्बरकाे स्याउ बोकेको कन्टेनरभित्र सुन लुकाइएको अवस्थामा भेटिएको हो। चालकको सिट नजिकै फल्स बटन बनाएर सुन लुकाइएको फेला परेको प्रमुख जिल्ला अधिकारी पौडेलले जानकारी दिए ।
चीनबाट अवैध सुन आइरहेको भन्ने सुराकीका आधारमा विशेष निगरानी राखिएको थियो। सोही आधारमा चेकजाँच गर्दा कन्टेनरभित्र लुकाइ राखिएको सुन फेला परेको प्रहरीले जनाएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको छ। बरामद गरिएको सुन भन्सार कार्यालयमा बुझाइएको छ भने घटनासँग सम्बन्धित व्यक्तिहरूलाई नियन्त्रणमा लिएर आवश्यक कारबाही प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएकाे छ।
रसुवा मावि बाल कक्षामा उर्जा प्रवलीकरण
रसुवा, गोसाइँकुण्ड गाउँपालिका -६ धुन्चे स्थित रसुवा माविको बाल कक्षाकोठामा उर्जा प्रवलीकरण गरी हस्तान्तरण गरिएकाे छ ।
गोसाइँकुण्ड गाउँपालिका र यूराेपियन यूनियनकाे सहयाेगमा विन परियाेजनाले उर्जा प्रवलीकरण गरी हस्तान्तरण गरेकाे हाे । हिमाली क्षेत्रमा चिसाेबाट बालबालिकालाइ बचाउन न्यानाे कक्षा काेठामा सहज रूपमा पढाउन उर्जा प्रवलीकरण गरेकाे हाे ।
यस अघि नै निर्माणा भएकाे बाल कक्षा काेठमा उर्जा प्रवलीकरण गरी न्यानाे बनाइएकाे र प्रमुख अतिथि जिल्ला समन्वय उप प्रमुख विजय लामाले विद्यालयका प्रधानाध्यापक तेम्पा रिसाङ घले समक्ष हस्तान्तरण गरेका हुन् । कार्यक्रममा गाउँपालिकाकाे ३ लाख ५० हजार समेत कुल १० लाख ७ हजार रूपैयामा उर्जा प्रवलीकरण गरिएकाे गाेसाइँकुण्ड गाउँपालिका अध्यक्ष कैसाङ नुर्पु तामाङ जानकारी दिए । ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी अर्जुन पाैडेल, गाेसाइँकुण्ड गाउँपालिका अध्यक्ष कैसाङ नुर्पु तामाङलगायतले धारणा राखेका थिए । प्रमुख जिल्ला अधिकारी अर्जुन पौडेल,, गोसाँईकुण्ड गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत दुतेन्द्र चाम्लिङ, रसुवा अस्पतालका मेडिकल सुपरिटेन्डेन डा अच्युत पाैडेल, जनस्वास्थ्य प्रमुख, परियोजनाको टिम,सन्चारकर्मीहरूलगायत सरोकारवालाहरूको उपस्थिति रहेको थियो ।
कार्यक्रममा उर्जा प्रवलीकरण बारे जानकारी दिदै यसले काेठालाइ गर्मीमा चिसाे र जाडाेमा न्यानाे राख्ने जानकारी दिइयाे । रसुवा मावि लगायत उच्च क्षेत्रका विद्यालयमा याे प्रबिधि प्रभावकारी हुने भएकाेले अन्यत्र पनि सहयाेग गर्न विन कार्यक्रममा सहभागीहरूले परियाेजनासँग अनुराेध गरेका थिए।
अब चिसो मौसममा कारण विद्यालय जान नसक्ने उच्च हिमाली भेगका साना बालबालिकाका लागि न्यानो र सुरक्षित कक्षा कोठा पाएपछि सिकाइ सहज हुने भएकाे छ । प्रारम्भिक बाल विकास कक्षालाई ऊर्जा दक्ष प्रविधिबाट सुधार गरी नियमित पठनपाठन सुनिश्चित गर्ने प्रयास थालेको छ।
स्विच एशिया कार्यक्रमअन्तर्गत सञ्चालित बिन (बिल्डिङ इनर्जी एफिसियन्सी इन नेपाल) परियोजनाको प्राविधिक सहयोगमा निर्माण गरिएको यो कक्षा बालमैत्री, सुरक्षित र वातावरणमैत्री समेत छ।
लोक कल्याणकारी सूचनामा पहुँचको माग गर्दै अकोराले बागमती प्रदेश सरकारलाइ बुझायाे १० बुँदे ध्यानाकर्षण
रसुवा, सामुदायिक रेडियो प्रसारक संघ ९अकोराब० को बागमती प्रदेश समितिले बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामालाई ध्यानाकर्षण पत्र बुझाएको छ ।
बिहीबार आज अकोराब बागमती प्रदेश समितिका अध्यक्ष दीपक लामाले मुख्यमन्त्री लामालाई ध्यानाकर्षण पत्र बुझाउनुभएको हो । अकोराब बागमती प्रदेशले प्रदेशमा रहेका सबै एफएम रेडियोलाई लोक कल्याणकारी सूचना उपलब्ध गराउन माग गरेको छ । बागमती प्रदेश सरकारले सञ्चालन अनुमति दिन मिल्ने २ सय ५० वाट र ५ सय वाटका एफएम रेडियोलाई मात्रै लोक कल्याणकारी सूचना उपलब्ध गराउँदै आएको छ ।
सामुदायिक रेडियोको हकमा छुट्टै नीति निर्माण गर्न तथा नीति निर्माणमा सामुदायिक रेडियोको प्रदेश समितिसँग आवश्यक छलफल गर्न माग पनि गरिएको छ । १० बुँदे ध्यानाकर्षणपत्रमा अकोराबले समानुपातिक विज्ञापन नीति निर्माण गरी लागु गर्न, नीति निर्माण गर्दा महिला, दलित, आदिवासी, जनजाति, मुस्लिम, अल्पसङ्यक समुदायको समेत सहभागितामा सञ्चालित सामुदायिक रेडियोको हकमा विशेष सहुलियत उपलब्ध गराउन माग गरिएको छ ।
विपद्बाट आइपर्ने समस्यासँग जुध्न सामुदायिक रेडियोको लागि छुट्टै विपद् व्यवस्थापन कोषको स्थापना गर्न, सामुदायिक रेडियोको पूर्वाधार विकास, अप्ठ्यारोमा परेका रेडियोका लागि उपकरण खरिदमा अनुदान, स्वयंसेवी पत्रकारिता सम्बन्धी तालिम तथा जागरण कार्यक्रम र दक्ष जनशक्ति उत्पादनका लागि तालिम र कार्यशालाका कार्यक्रम सञ्चालन गर्न विशेष सहयोग उपलब्ध गराउन माग गरिएको छ ।
आमसञ्चार प्रशिक्षण प्रतिष्ठान गठन गर्दा सामुदायिक रेडियो प्रसारक संघ प्रदेश समितिको तर्फबाट प्रतिनिधित्व सुनिश्चित गर्न पनि अकोराबले ध्यानाकर्षण गराएको छ । प्रदेशको पर्यटन प्रवद्र्धन, सामाजिक सौहाद्र्धता अभिवृद्धि तथा सचेतना अभिवृद्धिका लागि अकोराबले प्रदेश सरकारसँग ५ बुँदे सहकार्यको प्रस्ताव पनि गरेको छ ।
अकोराब बागमती प्रदेश समितिले रेडियोमार्फत प्रदेशका पर्यटकीय तथा अैद्योगिक विकासमा सहयोग पुर्याउनका लागि सार्वजनिक सूचना तथा कार्यक्रम प्रसारण गर्न विशेष बजेटको व्यवस्था गर्न आग्रह गरिएको छ ।प्रदेशमा विद्यमान सामाजिक विभेद तथा कुरीतिको अन्त्यका लागि सामुदायिक रेडियोहरू निरन्तर रूपमा क्रियाशील रहने प्रतिबद्धता जनाउँदै अकोराबले यस्ता कुरीति अन्त्यका लागि सामुदायिक रेडियोलाई साथमा लिएर अभियान सञ्चालन गर्न प्रदेश सरकारलाई आग्रह गरेको छ ।
‘मुख्यमन्त्रीसँग जनता कार्यक्रम’लाई प्रदेशका रेडियोमा एउटै समयमा प्रसारण गर्ने गरी सहकार्यको प्रस्ताव पनि अकोराबले गरेको छ । विभिन्न विषयमा जनचेतनामूलक कार्यक्रमहरू सञ्चालन गर्न र त्यस्ता कार्यक्रमहरू सामुदायिक रेडियोमार्फत प्रदेशभर प्रसारण गर्नका लागि मुख्यमन्त्रीको ध्यानाकर्षण गराइएको छ ।
अकोराब बागमती प्रदेश समितिको ध्यानाकर्षणपछि मुख्यमन्त्री बहादुर सिंह लामाले व्यवस्थित र दीर्घकालिन योजना बनाएर अकोराबसँग मिलेर काम गर्न सकिने बताउनुभयो ।
प्रभावकारी योजना बनाएर काम गर्नुपर्ने उल्लेख गर्नुहुँदै प्रदेश सरकारको प्राथमिकताअनुसार साझेदारी गरेर अगाडि बढ्ने बताउनुभयो ।
मुख्यमन्त्रीलाई ध्यानाकर्षण बुझाउन अकोराब केन्द्रीय समिति सदस्य ध्रुबराज ढकाल, प्रदेश समितिका सचिव आशिष ठकुरी, सदस्य रामचन्द्र पौडेल, नेपाल पत्रकार महासंघ मकवानपुरका सदस्य गणेश दूलाल, रेडियो निकासका स्टेशन म्यानेजर सुरेश श्रेष्ठ पुग्नुभएको थियो ।
अकोराब बागमती प्रदेश समितिले प्रदेश सरकारको संस्कृति तथा पर्यटन मन्त्रालय, सहकारी तथा गरिबी निवारण मन्त्रालय र सामाजिक विकास मन्त्रालयमा पनि सहकार्यको प्रस्ताव पेश गरेको छ ।
कालिका हिमालय माविकाे स्वर्ण जयन्तीमा संचारकर्मीहरू पूर्व विद्यार्थी तथा समाजसेवीहरू सम्मानित
कालिका हिमालय माध्यमिक विद्यालयले स्वर्ण उत्सव मनाउदै
रसुवा, रसुवाको कालिका हिमालय माध्यमिक विद्यालयले स्वर्ण उत्सव मनाउने भएको छ। विद्यालयले स्थापनाकाे ५० वर्षकाे अवसरमा विभिन्न कार्यक्रम आयोजना गरी स्वर्ण महोत्सवका रूपमा मनाउने घोषणा गरेको हो।
कालिका हिमालय माध्यमिक विद्यालय २९ वैशाख २०३२ मा स्थापना भएको थियो र यसले ५० वर्षको यात्रामा शिक्षा र समूदायका क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याउँदै आएको प्रअ राधा पाण्डेले जानकारी दिए । पाण्डेका अनुसार यो सबै कार्यगर्न आर्थिक सहयोगको लागि सहयाेगी, सराेकारवाला तथा पूर्वविद्यार्थीलाई अनुरोध गनुभएको छ ।
जलवायु उत्थानशील कार्यसुदृढीकरणको लागि सचेतना मूलक अभिमुखीकरण
रसुवा, स्थानीय तहका निर्वाचित जनप्रतिनिधिलाई जलवायु उत्थानशील कार्यसुदृढीकरणको लागि सचेतना मूलक अभिमुखीकरण कार्यक्रम कालिका गाउँपालिकामा सम्पन्न भयो ।
राष्ट्रिय प्रकृति संरक्षण कोष तथा अन्य राष्ट्रिय सरोकारवालाहरूसँगको सहकार्यमा हरित जलवायु कोषको सहायतामा गण्डकी जलाधार जलवायु उत्थानशील आयोजना क्षेत्रमा संकटासन्न समुदाय तथा पारिस्थतिकीय प्रणालीको जलवायु उत्थानशीलता सुधार ल्याउने, जलवायुजन्य विपद्, जोखिम न्यूनीकरण, विपद् प्रतिकार्य, प्रकृतिमा आधारित समाधान, जलवायु उत्थानशिलता, जलवायु कोडिङलगायतका विषयहरूमा स्थानीय सरकार र नागरिक समाजका प्रतिनिधिहरूको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले कार्यक्रम गरिएको गैसस महासंघ रसुवाले जनाएको छ ।
जलवायु परिवर्तनको कारण, प्रभाव र असर, नेपालले गरेका प्रयास, क्षेत्रगत रुपमा अनुकूलनका उपायहरू, जलवायु सम्बन्धि कोडिङ्ग विधि, स्थानीय तहमा जलवायु परिवर्तनको मुद्दा, वातावरण संरक्षण तथा विपद् व्यवस्थापन,सामाजिक समावेशीकरणलगायत विषयमा समेत छलफल भएको थियो ।
जलवायु परिवर्तन अहिलेको निकै जल्दोबल्दो विषय भएकोले सबैले सचेत हुनुपर्ने बताए । सहभागीहरूले समयमा हिउँ तथा पानी नपर्ने जस्तो समस्या देखा परेको वातावरण संरक्षण र वनमा हुने डँढेलो नियन्त्रण गर्नुपर्ने बताए । कार्यक्रममा गाउँ पालिका, जनजाति, विपद ब्यवस्थापन कोष, मध्यवर्ती तथा सामुदायिक वन समुहको प्रतिनिधित्व रहेको थियो ।
कालिका गाउँपालिका अध्यक्ष हरिकृष्ण देवकोटाले मानवले प्रदुषण गरेको कारण जीव जीवात्मा समेत असर पारेको बताए । उनले रैथाने बाली उत्पादन घटेकोले हाइब्रीड बीउले रैथाने बीउ नै मासिएको बताए । जलवायु परिवर्तनका कारण वनजंगल बढेपनि पानीको स्रोत कम भएको बताए ।
सहभागीहरुले यसवर्ष वर्षात बढी हुने प्रक्षपण भएकोले पहिरोको जोखिम बढ्ने बताए । कार्यक्रममा उपाध्यक्ष मिरा लामा, वडा फाणिन्द्रप्रसाद न्यौपानेलगायतले समयमा हिउँ तथा पानी नपर्ने जस्तो समस्या देखा परेको वातावरण संरक्षण र वनमा हुने डँढेलो नियन्त्रण गर्नुपर्ने बताइन् । कार्यक्रममा गाउँपालिका कर्मचारी, जनप्रतिनिधि, जनजाति, विपद् ब्यवस्थापन कोष, आदिवासी जनजाति तथा सामुदायिक वन समुहको प्रतिनिधित्व रहेको थियो। सहभागीहरूले पिउनेपानी दुषित भएकाे, पशुमा बाँझाेपन र कृषिमा हेपाहा प्रजाती बढेकाे बताए ।
यस्तै छलफल गाेसाइकुण्ड गाउँपालिकामा पनि भएकाे छ । हालसम्म ५ वटै गाउँपालिकामा जनप्रतिनिधिहरू तथा सराेकारवालाहरू सहभागी गराइ जलवायु उत्थानशील कार्यसुदृढीकरणको लागि सचेतना मूलक अभिमुखीकरण गरेकाे महासंघका काेषाध्यक्ष गायत्री लामिछानेले बताइन् ।