स्थानीय विप्लव खड्काको संयोजकत्वमा २३ सदस्यीय समिति गठन गरिएको हो । समितिको सह–संयोजकमा दिलकृष्ण श्रेष्ठ र सचिवमा लेखनाथ अधिकारी चयन हुनु भएको छ । बाढीका कारण घर, जग्गा, व्यवसाय तथा आफ्नो सम्पूर्ण गाउँबस्ती नै गुमाएका मैलुङ, पैरेबेँसी, खाल्टे, नौबिसे, कैदलेटार र बेत्रावतीलगायत आसपासका प्रभावित समुदायलाई समेटेर समिति गठन गरिएको हो । प्रभावितहरूले आधारभूत अधिकार रक्षाका लागि क्रियाशिल रहने, जिविकोपार्जनका लागि सरकारसँग पहल गर्ने, निजी आवास र साँस्कृितक पुनर्निर्माण लगायतका विषयमा छलफल गरेका थिए ।
बाढीबाट प्रभावितहरूको न्याय, उचित क्षतिपूर्ति, दीर्घकालीन स्थायी पुनर्वास तथा प्रभावित नागरिकहरूको हकअधिकारको सुनिश्चिता गराउन सामूहिक रूपमा दबाब सिर्जना गर्ने मूख्य उद्देश्यले समिति गठन गरिएको जनाइएको छ ।
विपद्को कठिन घडीमा पीडितहरूका आवाजलाई एकताबद्ध गरी राज्य र सरोकारवाला निकायको ध्यानाकर्षण गराउन समितिले महत्वपूर्ण भूमिका खेल्ने समितिका सचिव लेखनाथ अधिकारीले बताउनुभयो ।
भेलाबाट बिभिन्न सरोकारवालाहरूसँग समन्वय गरी तीन दिन भित्र जिल्ला प्रशासन रसुवा, बागमती प्रदेश सरकार र स्थानीय सरकारमा ज्ञापन–पत्र बुझाउने र उत्तरगया गाउँपालिकामा रहेका पाँच वटै वडाका प्रभावितहरू समेटेर संगठित हुने निर्णय भएको सहसंयोजक दिलकृष्ण श्रेष्ठले जानकारी दिनुभयो ।


No comments:
Post a Comment