ताजा खबर
Loading...
'यही हो हाम्रो रसुवा' को सूचनामूलक यस साइटमा तपाईको वरपरको महत्वपूर्ण स्थल, सम्पदा आदिको बारेमा प्रचार गरी आन्तरिक पर्यटन विकासमा सहयोग पुर्‌याउन त्यस्ता सामग्रीहरू हामीलाई पठाउनु होला । हामी तपाईका सामग्रीलाई प्रकाशन गर्नेछौं । Email : paudelprem@gmail.com (9843508470 Whatsapp)

Tuesday, September 29, 2026

बाढीले विस्थापित बालबालिका आफनै विद्यालय बेत्रावती फर्कन थाले

 


बेत्रावती, रसुवा भदाै १० गतेकाे विनाशकारी बाढीले बाहिर पुगेका बालबालिकाहरू विद्यालय खुलेर पठनपाठन सुरू भएकाे सूचना पाएपछि धमाधम आफ्नै विद्यालय फर्कन थालेका छन् ।

उत्तरगया गाउँपालिका -५ स्थित नीलकण्ठ मावि बाेगटीटारका बालबालिकाहरू आफ्नै विद्यालय फर्केका हुन् । नीलकण्ठ माविका शिक्षक कृष्णप्रसाद अधिकारीकाे नेतृत्वमा ३३ जना बालबालिकाहरू शान्ति बजार तथा खाेलेबेसीबाट सलाखु खोला तरेर घण्टौं हिँडेर, बोलेरो गाडीको पछाडि झुन्डिँदै, तुइनमा घण्टौ प्रतीक्षा गर्दै ढुङ्गे, आङ्गिटार, सिगाले गाउँहुँदै बेत्रावतीको फड्के पुल तरेर विद्यार्थी अभिभावक सहित आफ्नै विद्यालय फर्केकाे र बालबालिकाहरू विद्यालय हाेस्टलमा बसेकाे नीलकण्ठ माविका प्रधानाध्यापक माधबप्रसाद लामिछानेले बताए ।

त्यसै गरी बिदुर नपा- ५ पिपलबाटरबाट पनि ७ जना विद्यार्थी फर्केर आफ्नै विद्यालय नियमित पठन पाठनमा लागेका छन् । बालबालिकाहरू बाढी पछि धेरैलाइ हेलिकाेप्टरबाट उद्धार अभिभावकसँग गरी पठाइएकाे थियाे । धेरै बालबालिकाहरू बेपत्त भएकाे तथा जिविहरू सम्पर्कमा रहेकाेले फर्कने तयारीमा रहेकाे पनि विद्यालयले जनाएकाे छ ।

विद्यालयले होस्टेलमा राखेर सबैखाले व्यवस्थापन गरिने प्रअ लामिछानेले बताए । यस्ताे तस्वीर र खबर सामाजिक संजालमा देखेपछि कालिका हिमालय माविका शिक्षिका पार्वती आचार्यले सामाजिक संजालमा लेखेकी छिन् ,‘होस्टेलमा राखेर व्यवस्थापन गर्नु पर्छ। नीलकण्ठ मावि फेरि उठ्नुपर्छ । गुरुहरु हजुरहरुले पीडालाई सहासमा बदलेर अघि बढ्नु हुनेछ । हजुरहरुको प्रयासलाई हार्दिक नमन।’

No comments:

Post a Comment