ताजा खबर
Loading...
'यही हो हाम्रो रसुवा' को सूचनामूलक यस साइटमा तपाईको वरपरको महत्वपूर्ण स्थल, सम्पदा आदिको बारेमा प्रचार गरी आन्तरिक पर्यटन विकासमा सहयोग पुर्‌याउन त्यस्ता सामग्रीहरू हामीलाई पठाउनु होला । हामी तपाईका सामग्रीलाई प्रकाशन गर्नेछौं । Email : paudelprem@gmail.com (9843508470 Whatsapp)

Saturday, November 21, 2026

रसुवाको होल्डिङ सेन्टरमा अझै १ सय २० जना

 



रसुवा, लेन्दे खोलाहुँदै भोटेकोशी नदीमा ०८३ भदौ १० गते आएको बाढीका कारण अझै १ सय २० जना प्रभावितहरु होल्डिङ सेन्टरमा छन् ।

बाढी प्रभावितहरुको अस्थायी तथा स्थायी आवास प्रक्रिया थालनी हुन नसक्दा उहाँहरु हालसम्म अस्थाई आश्रयस्थलमा बस्दै आउनु भएको छ  ।

जिल्ला प्रशासन कार्यालय रसुवाका अनुसार रसुवाको गोसाइकुण्ड र उत्तरगया गाउँपालिकाबाट धेरै बिस्थापितहरु काठमाडौंमा बस्दै आएका छन् । मुस्ताङ गोम्बामा २ सय ७ जना पुरुष र २ सय ४ जना महिला गरी कुल ४ सय ११ जना आश्रित छन् । ती मध्ये १ सय ७१ जना बालबालिका र ८० जना जेष्ठ नागरिक रहेका छन् ।

स्वयम्भूस्थित नेपाल बुद्ध धर्म सेवा सङ्घको भवनमा १ सय जना बाढी प्रभावितले आश्रय लिइरहेका छन् ।

प्रभावितहरु उत्तरगया गाउँपालिका–५ स्थित सिडस् भवनमा ४७ जना, भीमसेन आवासीय विद्यालयमा ३० जना सामाजिक संस्थाहरुको व्यवस्थापनमा बसिरहेका छन् । उत्तरगया गाउँपालिका–१ का २ सय ८६ जना बिस्थापित परिवार अहिले नुवाकोटको विदुर नगरपालिका–५ मा त्रिपालमुनि आश्रय लिइरहेका छन् । अन्य वडाका विस्थापितहरू काठमाडौंसहित विभिन्न ठाउँमा भाडामा बसिरहेका छन् ।

उत्तरगया १ का धेरै बिस्थापितहरू काठमाण्डाै स्थित सुन्दरीजलमा पनि बसेका छन् । 

No comments:

Post a Comment