Thursday, November 5, 2026
उत्तरगयाधाममा महायज्ञमा पूर्वयुवराज पारस शाह
भोटेकोशी बाढीपीडितको आवाज स् आफ्नै घर चाहियो
रसुवा, भोटेकोशी हुँदै त्रिशुली नदीमा ०८३ भदौ १० गते आएको बाढीका कारण उत्तरगया गाउँपालिका–१, ४ र ५ बाट विस्थापित भई भिमसेनस्थान आधारभुत विद्यालय र सिड्स रसुवाको कार्यालय स्थित आश्रयस्थलहरुमा बसिरहेका पीडितहरुलाई यतिबेला आफ्नै आवासको बन्दोबस्तीको चिन्ता थपिएको छ ।
बाढी पीडितहरुको एउटै आवाज छ , राज्यले छिटो घर बनाइदिओस् । पीडित विमला तामाङ आफू गर्भवती रहेको बताउदै आश्रयस्थलमा भन्दा सरकारले घर बनाइदिए आफ्नै घरमा गर्भको बच्चालाई हुर्काउने बताउछन् ।
पैरेवेशी रसुवाबाट विस्थापित भएका अर्का पीडित रामचन्द्र थापा मगर बाढीमा एकै गाउँमा धेरैले ज्यान गुमाउदा गुमाएको पीडा सुनाउदै सरकारले विस्थापितहरुको दिर्घकालिन व्यवस्थापनका लागि यथाशिघ्र सुरक्षित आवासको व्यवस्था गरिनुपर्ने बताए ।
हाल यी दुई होल्डिङ सेन्टरमा ७३ जना पीडितहरुले आश्रय लिइरहेका छ्न् । जसमा ४९ जना पुरुष र २४ जना महिला रहेका छन् ।
होल्डिङ सेन्टरमा पाँच वर्ष मुनिका चार जना बालबालिका छन् भने ५ वर्षदेखि १८ वर्षका १५ जना गरी कुल २० जनाले अस्थायी आश्रय लिइरहेका छन् ।
Wednesday, November 4, 2026
काठेपुल बगाएपछि उत्तरी क्षेत्रको पैदल आवागमनमा पुनः समस्या
कात्तिक १३ गते आएको अविरल वर्षाका कारण उत्तरी रसुवाको स्याफ्रु भोटेकोसी नदीमा स्थानीयवासीले जनश्रमदानबाट निर्माण गरेको काठेपुल बगाएपछि उत्तरी क्षेत्रको पैदल आवागमनमा पुनः समस्या उत्पन्न भएको छ ।
गत भदौ १० गते भोटेकोसी–त्रिशूली नदीमा आएको विनाशकारी बाढीले स्याप्र mुबेँसी बजारसँगै रहेको मोटरेबल पुल बगाएपछि स्थानीयवासीले जनश्रमदानबाट काठको फड्के निर्माण गरी पैदल आवागमन सहज बनाएका थिए । तर, यही कात्तिक १३ गते आएको अविरल वर्षाका कारण भोटेकोसी नदीमा पानीको बहाव बढ्दा काठेपुल बगाएको स्याप्र mुबेँसीका समाजसेवी नुर्पुछिरिङ तामाङले बताउनुभयो ।
बाढीले मोटरेबल पुल बगाएपछि उत्तरी रसुवाका स्थानीयवासीलाई आवतजावत गर्न सहज होस् भन्ने उद्देश्यले गोल्जुङ, गत्लाङ र चिलिमेका बासिन्दाले श्रमदान गरी गत महिना काठेपुल बनाएका थिए । पुल निर्माणमा नेपाली सेना, नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बलका सुरक्षाकर्मीले समेत सहयोग पु¥याएको बताइएको छ । स्थानीयको श्रम र सुरक्षाकर्मीको मिहिनेतबाट निर्माण गरिएको पुल पुनः बगाएपछि स्थानीयवासी निराश भएका छन् ।
चिलिमेका बहादुर तामाङको अगुवाइमा निर्माण गरिएको काठेपुल नदीको सतहमा केही होचो स्थानमा बनाइएकाले पानीको बहाब बढ्नासाथ बगाएको स्थानीयवासीको भनाइ छ । वर्षा कम हुँदै जाने पूर्वानुमानका आधारमा पुल निर्माण गरिए पनि नदीको सम्भावित बहाब र पानीको सतहलाई पर्याप्त ध्यान दिन नसक्दा क्षति व्यहोर्नुपरेको स्थानीयवासीले बताएका छन् । पुल बगेसँगै हजारौँ स्थानीयवासीको दैनिक पैदल आवागमन प्रभावित भएको छ । राज्यको तर्फबाट निर्माण गरिएको कोक्रो (तुइन)बाट वारिपारि गर्नुपर्ने अवस्था रहे पनि त्यसमा प्रयोग भएका लट्ठा साना भएकाले यात्रा गर्न जोखिम महसुस हुने गरेको स्थानीयवासी बताउँछन् । कोक्रो तान्ने व्यक्तिको अभाव हुँदा सुरक्षाकर्मीको सहयोगमा भर पर्नुपर्ने र वारिपारि गर्न घण्टौँसम्म कुर्नुपर्ने समस्या रहेको उहाँहरूको भनाइ छ ।
काठेपुल सञ्चालनमा रहँदा सहज भएको उत्तरी रसुवाको आवागमन पुनः प्रभावित भएपछि स्थानीयवासीलाई दैनिक उपभोग्य सामग्री ओसारपसार गर्नसमेत कठिनाइ भएको छ । यसअघि काठेपुलको सहायताले बोकेर ढुवानी गर्न थालिएको गत्लाङ क्षेत्रको आलु तथा बन्दाकोपी बजारसम्म पु¥याउने कामसमेत अवरुद्ध भएको छ । एकातिर हिमाली क्षेत्रमा चिसो बढ्दै गएको र अर्कोतर्फ नदीमा आवागमनका लागि बनाइएको अस्थायी पुलसमेत बगाएपछि गत्लाङका किसान थप चिन्तित बनेका छन् । बारीमा उत्पादन भएको आलु तथा बन्दाकोपी समयमै बजार पु¥याउन नसक्दा उत्पादन बिग्रने र आर्थिक नोक्सानी व्यहोर्नुपर्ने चिन्तामा कृषक रहेका छन् । स्थानीय पूर्वाधारको स्थायी व्यवस्था नहुँदा उत्तरी रसुवाका बासिन्दाले पटकपटक आवागमनको समस्या भोग्नुपरेको छ ।
Monday, November 2, 2026
उत्तरगयाधाममा पितृमोक्षका लागि हवन् महायज्ञ सुरु
उत्तरगयाका महिला स्वास्थ्य स्वयंसेविकाहरूका लागि क्षमता अभिवृद्धि कार्यक्रम सुरु
रसुवा, उत्तरगया गाउँपालिका-५ माझागाउँमा मानसिक स्वास्थ्य सेवा विस्तार तथा क्षमता अभिवृद्धि सम्बन्धी कार्यक्रम सुरु भएको छ ।
Sunday, November 1, 2026
संविधानसभा सदस्य तथा एमालेका नेता तामाङको अन्त्येष्टि
रसुवा, जिल्लाको कम्युनिष्ट आन्दोलनका अग्रज व्यक्तित्व, नेकपा (एमाले) का केन्द्रीय सल्लाहकार परिषद्का सदस्य तथा संविधानसभा सदस्य ६५ वर्षिय छोवाङ तेन्जेन तामाङको पार्थिव शरीरमा पार्टीको झण्डा ओढाएर नेता तथा कार्कर्ताहरू र स्थानीयले अन्तिम श्रद्धाञ्जली अर्पण गरिएको छ।
Saturday, October 31, 2026
स्वास्थ्यकर्मीहरूको क्षमता विकास अभिमुखीकरण सम्पन्न
बालबालिका तथा किशोर किशोरीको मानसिक स्वास्थ्य परीक्षण, प्रारम्भिक पहिचान तथा प्रेषण सम्बन्धी स्वास्थ्यकर्मीहरूको क्षमता विकास अभिमुखीकरण कार्यक्रम २०८३ कात्तिक १४ गते विदुर नगरपालिका–४, नुवाकोटमा सम्पन्न भयाे ।
सिविन नेपालको आयोजना तथा प्लान इन्टरनेशनलको सहयोगमा सञ्चालित कार्यक्रममा ४६ जना सहभागी मध्ये ३४ महिला र १२ पुरुष थिए। अभिमुखीकरणमा विभिन्न स्वास्थ्य संस्थाका ३८ जना स्वास्थ्यकर्मीको सहभागिता रहेको कार्यक्रममा मानसिक स्वास्थ्य समस्या, तनाव, चिन्ता, डिप्रेसन, प्रारम्भिक पहिचान, मनोसामाजिक परामर्श तथा प्रेषण प्रक्रियाबारे जानकारी प्रदान गरिएको थियो।
क्लिनिकल साइकोलोजिस्ट डा अञ्जन ढकाल तथा मनोचिकित्सक डा. भीष्म के.सी. र डा. शुभा श्रेष्ठले सहजीकरण गरेका थिए । कार्यक्रममा कान्ति बाल अस्पतालमार्फत टेलिपरामर्श तथा फलोअप सेवाको व्यवस्था बारे समेत जानकारी दिइएको थियो।










