रसुवा, उत्तरगया गाउँपालिका-५ माझागाउँमा मानसिक स्वास्थ्य सेवा विस्तार तथा क्षमता अभिवृद्धि सम्बन्धी कार्यक्रम सुरु भएको छ ।
उत्तरगया गाउँपालिकाका महिला स्वास्थ्य स्वयंसेविकाहरूलाई लक्षित गरी तीन दिने मानसिक स्वास्थ्य सेवा विस्तार तथा क्षमता अभिवृद्धि तालिम सोमबारबाट सुरु भएको हो । उक्त कार्यक्रममा उत्तरगया गाउँपालिकाभित्रका महिला स्वास्थ्य स्वयंसेविकाहरूको सक्रिय सहभागिता रहेको छ ।
Wiseđena Foundation, 8xmille, Unione Buddhista Italiana, ASIA र PiPAL को संयुक्त सहकार्यमा यो कार्यक्रम आयोजना गरिएको आयोजक संस्थाले बताएकाे छ ।
यस कार्यक्रमले स्थानीय स्तरमा मानसिक स्वास्थ्य सेवाको पहुँच विस्तार गर्न तथा सम्बन्धित क्षेत्रका जनशक्तिको क्षमता अभिवृद्धि गर्न महत्त्वपूर्ण सहयोग पुर्याउने अपेक्षा गरिएको एसिया नेपालका उमेश भट्टराइले बताए ।

No comments:
Post a Comment