लुकेको पर्यटकीय गन्तव्य : साङ्जेन भ्याली
साञ्जेन खर्क/भ्याली, रसुवा तामाङ सम्पदामार्गमा रहेको थाम्बुचेतबाट तातोपानी हुँदै वा पर्यटकीय गाउँ गत्लाङ , सोमदाङ , जागेश्वर कुण्ड हुँदै साङ्जेन भ्यालीमा पुग्न सकिन्छ ।करीव १० घण्टाको पैदल यात्रा रहेको यस क्षेत्रमा सडक विस्तार भएसँगै सातघण्टामा पुग्न सकिने भएको छ । यसभित्र साञ्जेन भ्यालीको परिचय -- रसुवा जिल्ला, आमाछोदिङ्मोा गाउँपालिका अन्तर्गत रहेको साङ्जेन भ्याली (उपत्यका) समुद्री सतहबाट ३७४० मीटर उचाईमा अवस्थित छ । -- रमणीयस्थल हुँदाहुँदै पनि साङ्जेन भ्याली स्वदेशी तथा विदेशी पर्यटकको गन्तव्य बन्न सकेको छैन । -- तामाङ सम्पदामार्गमा रहेको थाम्बुचेतबाट तातोपानी हुँदै वा पर्यटकीय गाउँ गत्लाङ, सोमदाङ, जागेश्वर कुण्ड हुँदै साङ्जेन भ्यालीमा पुग्न सकिन्छ । करीव १० घण्टाको पैदल यात्रा रहेको यस क्षेत्रमा सडक विस्तार भएसँगै सातघण्टामा पुग्न सकिने भएको छ । चीनको स्वशासित क्षेत्रको सिमानामा रहेको यो क्षेत्रमा लोपोन्मुख जडीबुटी पाइन्छन् ।यार्सागुम्बा, कुटकी, सर्पगन्धा, पाँचऔँले, जटामसीलगायतका बहुमूल्य जडीबुटीको धनी क्षे...