रसुवा, नेपाली कांग्रेस (देउवा समूह) को १५ औँ राष्ट्रिय नियमित महाधिवेशनका लागि रसुवा जिल्लाबाट महाधिवेशन प्रतिनिधिहरू चयन भएका छन् ।
०८३ मंसिर २१, २२ र २३ गते काठमाडौँमा सम्पन्न हुने पार्टीको विधान अनुसार विभिन्न क्लस्टरहरूबाट महाधिवेशन प्रतिनिधि चयन गरिएको नेपाली कांग्रेस रसुवाका सभापति उपेन्द्र लम्सालले जानकारी दिए ।
सभापति लम्सालका अनुसार खुलातर्फबाट बालचन्द्र पौडेल, ओमप्रसाद आचार्य, श्यामकुमार गुरुङ, प्रसुनराज गुरुङ, तृष्णराज न्यौपाने, राजकुमार घले, दालु तामाङ (भिम बहादुर), रमेश गुरुङ, सोमराज तामाङ, बुद्धिमान तामाङ, निर्मला श्रेष्ठ, मन्जु गुरुङ, ईश्वरी थापा मगर र पार्वती घिमिरे चयन भएका छन् ।
त्यसैगरी समावेशी तर्फबाट साङ्तेम्पा तामाङ, लीला बहादुर थिङ, जयराम देवकोटा, राजेन्द्र प्रसाद आचार्य, ल्हाक्पा डुण्डुप तामाङ, नुर्बुछिरिङ तामाङ, कार्तुक तामाङ, राजु लामा, छिरिङ लामा र भोजबहादुर विश्वकर्मा महाधिवेशन प्रतिनिधिमा छनोट भएका छन् । यस्तै, विज्ञ समूहबाट ई. कविराज लम्साल र निवेशकुमार श्रेष्ठ चयन भए भने प्रजातन्त्र सेनानी, द्वन्द्वपीडित तथा सहिद परिवारतर्फबाट रसुवा कांग्रेसका संस्थापक नेता दुर्गाप्रसाद पौडेल र हिसी तामाङ छनोट भएका छन् । युवा प्रतिनिधित्वतर्फ १८ देखि २८ वर्ष उमेर समूहबाट सुनील डंगोल र डोलकुमारी तामाङ तथा ४० वर्ष मुनि उमेर समूहबाट विक्रम थापा मगर र एबिना कुमारी तामाङ चयन भएका हुन् ।
यसैगरी अपाङ्गता क्लस्टरबाट निमादावा तामाङ र अन्य क्लस्टरबाट सुरेश तामाङ तथा सूर्यबहादुर तामाङ महाधिवेशन प्रतिनिधिमा चयन भएका छन् । काठमाडौँमा हुने १५ औँ राष्ट्रिय नियमित महाधिवेशनमा रसुवाबाट चयन भएका यी प्रतिनिधिहरूले जिल्लाको प्रतिनिधित्व गर्ने नेपाली कांगेस रसुवाले जनाएकाे छ ।

No comments:
Post a Comment