Saturday, December 6, 2025
रसुवाका महत्वपूर्ण स्थलहरूको ग्यालरी
Wednesday, December 3, 2025
‘वृतान्त बिर्ता’ को बिमोचन
रसुवा, जिल्ला भूमि अधिकार मञ्च रसुवाद्वारा प्रकाशित पुस्तक ‘वृतान्त बिर्ता’ को बिमोचन एक कार्यक्रमका बीच शुक्रबार कालिका गाउँपालिका–२ कालिकास्थान स्थित भूमिघरमा विमोचन भयाे ।
किसानका दुई दशकको सङ्घर्ष, सफलता र सिकाइको सङ्गालो पुस्तक ‘वृतान्त बिर्ता’ को बिमोचन विमोचन भयोकाे हाे । २०८२ मंसिर १२ गते भूमिघर कालिकास्थानमा आयोजित विमोचन कार्यक्रममा संविधानसभा सदस्य मा.जनार्दन ढकालले गरेका हुन् ।
Aamachhodingmo Important Places Aamachhodingmo News Agriculture News Articles Bamsha News Bhajan Book Introduction Budhist Culture Chhatra Nach Culture dhunche Dhunche Important Places Dried up Lakes Economic News Educational News Gadhi Gomba Gosainkunda Important Places Gosainkunda News Health News Historical Places Hydro Rasuwa Important Places Kalika Important Places Kalika News Kalika-2 Important Places Lakes Langtang Culture Langtang Important Places Litarature Natural View Towers Naukunda Important Places Naukunda News Nepal China Boarder News Picnic Spots Poem Political News Rasuwa News Rasuwa Nuwakot Songs /Music Sport News Tamang Related Tamang Village Technology Temples Thuman Important Places Tourism News Tourism Trail Uttargaya Important Places Uttargaya News Water Fall छन्द कविता जिल्ला परिचय शार्दुलबीक्रिडित छन्द
Tuesday, November 18, 2025
भूकम्पले गुमेकाे तातापानी निस्केपछि स्थानीय खुसी
![]() |
| तातोपानी पुरानो तस्वीर |
रसुवा, जिल्लाको आमाछोदिङ्मो गाउँपालिका–५ को सुकेको तातोपानी पुनः निस्केपछि स्थानीय खुसी भएका छन् ।
२०७२ वैशाख १२ गतेको विनाशकारी भूकम्पले आमाछोदिङ्मो गाउँपालिका–५ मा रहेको तातोपानीको मुल सुकेको थियो। भूकम्पपछिका वर्षहरूमा तातोपानीको मुल पटक–पटक सुक्ने र पुन निस्कने क्रम दोहोरिँदै आएको छ।
अहिले पुनः तातोपानीको मुल पलाएको आमाछोदिङ्मो गाउँपालिका–५ तातोपानीका स्थानीय नोर्चेल तामाङले बताए । “अहिले ६ वटै धाराबाट पानी आइरहेको छ। भूकम्पपछि तातोपानीको मुल पटक–पटक सुक्दै पलाउँदै आएको छ,” उनले भने । करिब एक महिना जति भयो तातोपानीको मुल पलाएको तामाङले भने, “अहिले दिनप्रतिदिन पानी तात्दै गएको छ ।” अबचाहिँ तातोपानीको मुल नसुक्ने आशा स्थानीयले गरेका छन् ।
उक्त तातोपानीको पोखरीमा नुहाउँदा शरीरको खटिरा, दम, गानो–गोला, बाथ, चर्मरोग लगायत रोग ठीक हुने धार्मिक तथा सांस्कृतिक विश्वास छ । तर, तातोपानीको मुहान सुक्दा स्थानीय निराश भएका थिए । अहिले तातोपानी पुनः देखिन थालेपछि गुमेको व्यवसाय फर्किने आशा पलाएको भन्दै स्थानीयहरू खुसी भएकाे स्थानीय नाेर्चेल तामाङले बताए ।
तातोपानीको पोखरी २ हजार ६ सय ४५ मिटरको उचाइमा अवस्थित छ । तातोपानी पुनः पहिलेको अवस्थामा फर्किएकाले पर्यटकीय तथा धार्मिक स्थानको संरक्षणमा ध्यान दिनुपर्ने स्थानीयबासी बताउँछन् ।
Monday, November 17, 2025
दसौं जिल्ला सभा तथा आ.व.०८१/०८२ को वार्षिक समीक्षा सम्पन्न
Sunday, November 16, 2025
छैठौं राष्ट्रपति रनिङ सिल्डकाे उपाधि कालिकालाइ
रसुवा, कालिका गाउँपालिकाद्वारा आयोजित छैठौं राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता समापन समारोह, बागमती प्रदेश सरकारको प्रवक्ता एवं आर्थिक मामिला तथा योजना मन्त्री माननीय प्रभात तामाङको प्रमुख अतिथ्यतामा समापन भयाे ।
कालिका गाउँपालिका अन्तर विद्यालय स्तरिय छैठौं राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता २०८२ को उपाधि कालिका हिमालय माविले जितेकाे छ । कालिका हिमालय माविको खेल मैदानमा सञ्चालित छैठौं राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता १९ स्वर्ण, १६ रजत र ७ कास्य गरी जम्मा ४२ पदक सहित कालिका हिमालय माविले रनिङ सिल्ड जितेको हो ।
त्यस्तै १५ स्वर्ण, १६ रजत र १ कास्य गरी जम्मा ३२ पदक सहित गत वर्षको बिजेता सेतीभूमे मावि राम्चे द्वितीय स्थान हाँसिल गरेकाे छ । ४ स्वर्ण ४ रजत ७ कास्य सहित १५ पदकका साथ सेतीदेवी मावि तृतीय भएको छ ।
कालिका गाउँपालिका भित्रका सामुदायिक तथा संस्थागत विद्यालयको सहभागिता रहेको थियो । कार्यक्रममा बागमती प्रदेश सरकारको प्रवक्ता एवं आर्थिक मामिला तथा योजना मन्त्री प्रभात तामाङकाे प्रमुख आतिथ्यता तथा कालिका गाउँपालिका अध्यक्ष हरिकृष्ण देवकोटाको अध्यक्षतामा बागमती प्रदेश सभा सदस्य ईन्द्र गौतम, जिल्ला समन्वय समितिका प्रमुख अशोककुमार घिमिरे, नौकुण्ड गाउँपालिकाअध्यक्ष नुर्वुस्याङवो घले, उपाध्यक्ष चन्द्रबहादुर ग्लान वडा अध्यक्षहरू लगायत जनप्रतिनिधिहरू सहभागी थिए ।
Saturday, November 15, 2025
बेमौसमी वर्षाले रसुवाका किसानहरू मर्कामा
रसुवा, लगातार परेको बेमौसमी वर्षाले रसुवाका किसानहरू ठूलो मर्कामा परेका छन् । वर्षाको कारण काटेर खेतमै सुकाउन राखिएको धान उठाउन नपाउँदै उम्रिन थालेको छ ।
रसुवा जिल्लाको दक्षिणी क्षेत्र कालिका, नौकुण्ड र उत्तरगया गाउँपालिकाका किसानहरू सबैभन्दा बढी प्रभावित भएका छन् । लगातार चार दिनसम्म परेको वर्षाले खेतमै रहेको धान भिजेर अंकुरित भएपछि किसान चिन्तित भएका छन् । स्थानीय किसान ज्ञानेन्द्र घिमिरे भन्छन्, “चार दिन लगातार ठूलो पानी पर्ला भनेर सोचेका थिएनौं। खेतमा काटेर सुकाउन राखेको धान उठाउन नपाउँदै सबै उम्रियो। अब पाक्दै गरेका बाली पनि काट्न पाइने अवस्था छैन।”
बेत्रावती, पैरेबेसी, कुडुल्ले लगायतका फाँट र टारी खेतमा किसानले काटेकाे धान तथा पराल बेमौसमी वर्षाले भिजाएपछि लाखाैंकाे क्षती भएकाे छ । के कति क्षती भएकाे बारे स्थानीय सरकार वा कतै पनि लगत संकलन नभएकाे किसानहरू बताउछन् ।
जिल्लामा कात्तिक ११ देखि १५ गतेसम्म लगातार पानी परेको थियो । मौसम अझै पूर्ण रूपमा खुलेको छैन, जसका कारण बाली भित्र्याउन किसानहरू हतारमा छन् । कृषि प्राविधिकहरूले पनि लगातार वर्षाका कारण यस वर्ष रसुवामा धान अभाव हुने अनुमान गरेका छन्।
लोकतन्त्रकाे रक्षा र प्रतिगामी गतिविधि बिरुद्ध एमाले रसुवाकाे जनप्रदर्शन
प्रतिगामी षड्यन्त्र बिरुद्ध लोकतन्त्र र संबिधानको रक्षा गर्दै संसद पुर्नस्थापनाको माग सहित देशभरका ७४ जिल्ला सदरमुकामहरुमा जनप्रर्दशन भएकाे नेकपा एमाले रसुवाका सचिव पेम्पा तामाङले बताए ।
नेकपा एमाले रसुवाले शनिबार सदरमुकाम धुन्चेमा प्रदर्शनसहित जनसभामा संसद पुनर्स्थापना, लोकतन्त्र तथा संविधान संरक्षण, जेन–जि पुस्ताका माग सम्बोधन र सर्वपक्षीय सरकार गठनजस्ता मुद्दा उठाउँदै एमालेले धुन्चे स्वागत गेटबाट विरोध कार्यक्रम सुरु गरेको थियो । जुलुस शिव मन्दिर हुँदै शंखपार्कमा पुगेर जनसभामा परिणत भएको हो।
जनसभालाई सम्बोधन गर्दै नेकपा एमालेका केन्द्रीय सदस्य यज्ञराज सुनुवारले जेन–जि आन्दोलनको नाममा केही भ्रम र अस्थिरता सिर्जना गरिएको दाबी गरे।
उनले भने यस्तो वातावरण लोकतान्त्रिक संरचनामाथि कै चुनौती भएको र एमालेको हालको अभियान त्यसको प्रतिवाद स्वरूप सुरु गरिएको हो ।

सुनुवारले देशको सार्वभौमसत्ता तथा स्वाभिमानमा बाह्य हस्तक्षेपको प्रयास भइरहेको भन्दै एमालेले यसलाई स्वीकार गर्न नसक्ने बताए। संविधान, समृद्धि र स्थिरताका पक्षमा नागरिक समाज र सबै राजनीतिक शक्तिहरू एकजुट भएर उभिनु पर्ने आवश्यकता रहेकाे उनले बताए । जिल्ला कमिटी उपाध्यक्ष कैसाङनुर्पु तामाङकाे अध्यक्षतामा भएकाे जनसभामा केन्द्रीय नेता, प्रदेश कमिटीका नेताहरू, सवै वडाबाट कार्यकर्ताहरू पार्टीका जिल्ला नेताहरू सहित झण्डै १ हजार जना सहभागी थिए ।

















