लोकतान्त्रकाे रक्षा प्रतिगामी गतिविधि बिरुद्ध एमालेकाे जनप्रदर्शन



रसुवा, नेकपा (एमाले) रसुवा जिल्ला कमिटीले संविधानको रक्षा, लोकतान्त्रिक शासन व्यवस्थाको स्थायित्व र प्रतिगामी गतिविधि बिरुद्ध जनस्तरको एकता सुदृढीकरणको लक्ष्य सहित शनिबार धुन्चेमा जनप्रदर्शन कार्यक्रम सम्पन्न गरेको छ।

प्रतिगामी षड्यन्त्र बिरुद्ध लोकतन्त्र र संबिधानको रक्षा गर्दै संसद पुर्नस्थापनाको माँग सहित आज देशभरका जिल्ला सदरमुकामहरुमा जनप्रर्दशन भएकाे हाे । 

नेकपा एमाले रसुवाले शनिबार सदरमुकाम धुन्चेमा प्रदर्शनसहित जनसभामा संसद पुनर्स्थापना, लोकतन्त्र तथा संविधान संरक्षण, जेन–जि पुस्ताका माग सम्बोधन र सर्वपक्षीय सरकार गठनजस्ता मुद्दा उठाउँदै एमालेले धुन्चे स्वागत गेटबाट विरोध कार्यक्रम सुरु गरेको थियो । जुलुस शिव मन्दिर हुँदै शंखपार्कमा पुगेर जनसभामा परिणत भएको हो।


जनसभालाई सम्बोधन गर्दै नेकपा एमालेका केन्द्रीय सदस्य यज्ञराज सुनुवारले जेन–जि आन्दोलनको नाममा केही भ्रम र अस्थिरता सिर्जना गरिएको दाबी गरे। 

उनले भने यस्तो वातावरण लोकतान्त्रिक संरचनामाथि कै चुनौती भएको र एमालेको हालको अभियान त्यसको प्रतिवादस्वरूप सुरु गरिएको हो ।

सुनुवारले देशको सार्वभौमसत्ता तथा स्वाभिमानमा बाह्य हस्तक्षेपको प्रयास भइरहेको भन्दै एमालेले यसलाई स्वीकार गर्न नसक्ने बताए। संविधान, समृद्धि र स्थिरताका पक्षमा नागरिक समाज र सबै राजनीतिक शक्तिहरू एकजुट भएर उभिनुपर्ने आवश्यकतासमेत उनले बताए । 



सभामा सवै वडाबाट कार्यकर्ताहरू पार्टीका जिल्ला नेताहरू सहित झण्डै १ हजार जना सहभागी थिए । 


Comments

Popular posts from this blog

कालिका हिमालय माध्यमिक विद्यालयले स्वर्ण उत्सव मनाउदै

लोपोन्मुख पञ्चेबाजा संरक्षणामा महिला जुटे

कालिका हिमालय माविकाे स्वर्ण जयन्तीमा संचारकर्मीहरू पूर्व विद्यार्थी तथा समाजसेवीहरू सम्मानित