ताजा खबर
Loading...
'यही हो हाम्रो रसुवा' को सूचनामूलक यस साइटमा तपाईको वरपरको महत्वपूर्ण स्थल, सम्पदा आदिको बारेमा प्रचार गरी आन्तरिक पर्यटन विकासमा सहयोग पुर्‌याउन त्यस्ता सामग्रीहरू हामीलाई पठाउनु होला । हामी तपाईका सामग्रीलाई प्रकाशन गर्नेछौं । Email : paudelprem@gmail.com (9843508470 Whatsapp)

Thursday, May 2, 2024

सृष्टिमाता कुण्ड अर्थात् कलेआमा

सृष्टिमाता कुण्ड अर्थात् कलेआमा
सृष्टिमाता कुण्ड अर्थात् कलेआमा

कुनै बालखहरू लामो समयसम्म बोल्न नसकेमा यहाँ डुबुल्की लगाएपछि बोली फुट्नेसमेत् विश्वास गरिँदै आएको छ

    सृष्टिमाता कुण्ड अर्थात् कलेआमाको परिचय

    रसुवा जिल्ला गोसाइँकुण्ड गाउँपालिका वडा नं ६, गोसाइँकुण्डसँग दक्षिणतिर जोडिएको त्रिशूलधाराभन्दा मुनीतिरको कुण्डलाई सृष्टिमाता कुण्ड भनिन्छ । यसलाई स्थानीयहरू कलेआमा भनेर चिन्दछन् । गोसाइँकुण्ड फेरो मार्नेहरूले यस कुण्ड तरेर फेरो मार्दछन् । कलेआमा अर्थात् सृष्टिमाता कुण्डकै इच्छा बमोजिम मानव जातिको सन्तान्‌को जन्म हुने गर्दछ । सन्तान नभएकाहरू यस कुण्डमा पुगेर श्रद्दा, स्नान गरेमा सन्तान प्राप्ति हुने जनविश्वास रही आएको छ ।

    कुनै बालखहरू लामो समयसम्म बोल्न नसकेमा यहाँ डुबुल्की लगाएपछि बोली फुट्नेसमेत् विश्वास गरिँदै आएको छ ।

     

    सृष्टिमाता कुण्ड अर्थात् कलेआमा वरपरको आकर्षणहरू

    -         धार्मिक, ऐतिहाँसिक, पर्यटकीय, सांस्कृतिक तथा जैविक विविधताको महत्वले परिपूर्ण

    -         विश्व सम्पदा सूचि (रामसार) मा सूचिकृत

    -         वीर अमरसिंह थापाको गुफा

    -         लोपोन्मुख रेडपाण्डा अवलोकन

    -         लाङटाङ राष्ट्रिय निकुञ्ज क्षेत्र (वनस्पति, वन्यजन्तु र चराचुरूङ्गी अवलोकन) लालीगुँरास, धुपी, गोब्रे सल्लो आदि ।

    -         लोपोन्मुख जडिबुटीहरूको भण्डार ।

    -         हिमाल, झरना, बहुसंख्यक तालतलैयाको हब ।

    -         प्राय: सबै किसिमका लालीगुँरास र अन्य सुगन्धित फूलहरूको अवलोकन ।

    -         नेपालको तेस्रो पर्यटकीय मार्गमा पर्ने (लाङटाङदेखि हेलम्बु पदयात्रा)

    -         सुविधा सम्पन्न आवास तथा होटल, लजहरूको सुविधा

    -         माने, छुर्तेन, गुम्बा र मन्दिरहरूको अवलोकन

    सृष्टिमाता कुण्ड अर्थात् कलेआमा कसरी पुग्ने ?

    सृष्टिमाता कुण्ड अर्थात् कलेआमा तथा गोसाइँकुण्ड पदयात्राका विभिन्न मार्गहरूको प्रयोग गर्न सकिन्छ ।

    १)         रसुवा जिल्लाको सदरमुकाम धुञ्चेबाट मिनीगोसाइँकुण्ड (घट्टेखोला), देउराली, धिम्साबाट चन्दनबारी वा (लाङटाङ पुग्न पनि सकिन्छ) स्याफ्रुबेंशी-ठूलोस्याफ्रु, फोप्राङ, चन्दनबारी (सिङ्गोम्बा), चोलाङपाटी, लौरीबिना – गोसाइँकुण्ड हुँदै

    २)         रसुवा जिल्लाको कालिकास्थानबाट लोकिल, जुरेढुङ्गा-श्यार्मा हुँदै वा बिजिली जोङ्ग, सिम्बन्दी, श्यार्माबाट नौकुण्ड - गोसाइँकुण्ड हुँदै

    ३)         नुवाकोट जिल्लाको विदुरबाट चोकदे, लच्याङ, सरमथली, यार्सा, सिम्बन्दी, श्यार्माबाट नौकुण्ड हुँदै वा यार्साबाट राउचुली, नौकुण्ड - गोसाइँकुण्ड हुँदै

    ४)         नुवाकोटको शिखरबेंशी (दुप्चेश्वर) बाट सागरकुण्ड, नौकुण्ड हुँदै वा शिखरबेंशी, उर्लेनी, राउचुली, नौकुण्ड- गोसाइँकुण्ड हुँदै

    ५)         काठमाण्डौको बुढानीलकण्ठबाट शिबपुरी, दुप्चेश्वर, राउचुली, नौकुण्ड- गोसाइँकुण्ड हुँदै

    ६)         काठमाण्डौंको सुन्दरीजलबाट चिसापानी, पाटीभञ्ज्याङ वा तालामराङ, कुटुमसाङ, मागिनगोठ ठाडेपाटी, घोप्टे, फेदि – सूर्यकुण्ड - गोसाइँकुण्ड हुँदै

    ७)         सिन्धुपाल्चोकको मेलाम्ची पुलबजारबाट तार्केघ्याङ, मेलाम्चीगाउँ, ठाडेपाटी, घोप्टे, फेदि– सूर्यकुण्ड - गोसाइँकुण्ड हुँदै

     

    सृष्टिमाता कुण्ड अर्थात् कलेआमासँग सम्वन्धित सामग्रीहरू

    शिवजीले खोपेर त्रिशूल, तीनैधारा धारा निस्किए भुल्‌भुल

     

    शिवजीले खोपेर त्रिशूल, तीनैधारा धारा निस्किए भुल्‌भुल

    त्रिशूल खोपेर निकालिएको हुनाले त्यसलाई त्रिशूलधारा भनिएको हो । सोही पानी जमी गोसाइँकुण्ड उत्पत्ति भएको र त्यही शिवजी बिराजमान भई डाहा शान्त गरे भनिएको छ ।

      त्रिशूलधारा एक परिचय

      रसुवा जिल्ला गोसाइँकुण्ड गाउँपालिका वडा नं ६, गोसाइँकुण्ड भन्दा ठीक माथि रहेको त्रिशूल धाराको पौराणिक महत्व रहेको छ ।

      सत्ययुगमा भगवान शिवजीले त्रिशूलधारा सिर्जना गरेका हुन् । देवता र दानव मिली समुद्र मथन गर्दा निस्केको 'हलाहल' नामक कालकूट विषले संसार दग्ध गर्न लाग्दा विश्वको रक्षार्थ सो विषलाई भगवान शिवजीले निल्न खोज्दा घाँटीमा अड्कन गयो । घाँटीमा अड्केको विषको डाहाले शिवजीको घाँटी (कण्ठ) नीलो भएको कारण उनलाई 'नीलकण्ठ' भनिएको हो । घाँटीमा अड्केको 'हलाहल' नामक कालकूट विषका कारण डाहा भई सो डाहा शान्त पार्न भगवान शिवजी नेपालका विभिन्न स्थललाई तीर्थाटन बनाई यहाँ आईपुगे । यहाँ आएर त्रिशूलले खोपेर पानी उत्पत्ति गर्नुभयो र प्यास मेट्नुभयो। त्रिशूल खोपेर निकालिएको हुनाले त्यसलाई त्रिशूलधारा भनिएको हो । सोही पानी जमी गोसाइँकुण्ड उत्पत्ति भएको र त्यही शिवजी बिराजमान भई डाहा शान्त गरे भनिएको छ ।

       

      त्रिशूलधारा तथा उत्पत्तिको एक लोकभजन यहाँ प्रस्तुत गरिन्छ ।

      पहरामा जब खोपे श्रीशिवले तिर्शूल्

      तीनैधारा निस्किएर गर्न थाले भुल्‌भुल् ।

      प्रख्यात् भयो नाम रह्‌यो भनी त्रिशूल्‌धारा

      भक्तिभाव्‌ले दर्शन् गर्न जान्छन् भक्त सारा ।।


      त्रिशूलधारालाई गंगा, आमागंगा र महागंगा पनि भन्दछन् । यहाँ स्नान तथा श्रद्दा गर्नाले शरीर शुद्द हुने विश्वास गरिन्छ । यहाँ आउने तीर्थालुहरू यहाँ पूजाआजा गर्न र जल थाप्नका लागि पुग्दछन् ।  

      त्रिशूलधारा तथा वरपरका आकर्षणहरू

       

      -         धार्मिक, ऐतिहाँसिक, पर्यटकीय, सांस्कृतिक तथा जैविक विविधताको महत्वले परिपूर्ण

      -         भगवान शिवजीले उत्पत्ति गर्नुभएको

      -         विश्व सम्पदा सूचि (रामसार) मा सूचिकृत

      -         वीर अमरसिंह थापाको गुफा

      -         लोपोन्मुख रेडपाण्डा अवलोकन

      -         लाङटाङ राष्ट्रिय निकुञ्ज क्षेत्र (वनस्पति, वन्यजन्तु र चराचुरूङ्गी अवलोकन) लालीगुँरास, धुपी, गोब्रे सल्लो आदि ।

      -         लोपोन्मुख जडिबुटीहरूको भण्डार ।

      -         हिमाल, झरना, बहुसंख्यक तालतलैयाको हब ।

      -         प्राय: सबै किसिमका लालीगुँरास र अन्य सुगन्धित फूलहरूको अवलोकन ।

      -         नेपालको तेस्रो पर्यटकीय मार्गमा पर्ने (लाङटाङदेखि हेलम्बु पदयात्रा)

      -         सुविधा सम्पन्न आवास तथा होटल, लजहरूको सुविधा

      -         माने, छुर्तेन, गुम्बा र मन्दिरहरूको अवलोकन

       

      त्रिशूलधारा कसरी पुग्ने ?

      १)        रसुवा जिल्लाको सदरमुकाम धुञ्चेबाट मिनीगोसाइँकुण्ड (घट्टेखोला), देउराली, धिम्साबाट चन्दनबारी वा (लाङटाङ पुग्न पनि सकिन्छ) स्याफ्रुबेंशी-ठूलोस्याफ्रु, फोप्राङ, चन्दनबारी (सिङ्गोम्बा), चोलाङपाटी, लौरीबिना – गोसाइँकुण्ड हुँदै

      २)         रसुवा जिल्लाको कालिकास्थानबाट लोकिल, जुरेढुङ्गा-श्यार्मा हुँदै वा बिजिली जोङ्ग, सिम्बन्दी, श्यार्माबाट नौकुण्ड - गोसाइँकुण्ड हुँदै

      ३)         नुवाकोट जिल्लाको विदुरबाट चोकदे, लच्याङ, सरमथली, यार्सा, सिम्बन्दी, श्यार्माबाट नौकुण्ड हुँदै वा यार्साबाट राउचुली, नौकुण्ड - गोसाइँकुण्ड हुँदै

      ४)         नुवाकोटको शिखरबेंशी (दुप्चेश्वर) बाट सागरकुण्ड, नौकुण्ड हुँदै वा शिखरबेंशी, उर्लेनी, राउचुली, नौकुण्ड- गोसाइँकुण्ड हुँदै

      ५)         काठमाण्डौको बुढानीलकण्ठबाट शिबपुरी, दुप्चेश्वर, राउचुली, नौकुण्ड- गोसाइँकुण्ड हुँदै

      ६)         काठमाण्डौंको सुन्दरीजलबाट चिसापानी, पाटीभञ्ज्याङ वा तालामराङ, कुटुमसाङ, मागिनगोठ ठाडेपाटी, घोप्टे, फेदि – सूर्यकुण्ड - गोसाइँकुण्ड हुँदै

      ७)         सिन्धुपाल्चोकको मेलाम्ची पुलबजारबाट तार्केघ्याङ, मेलाम्चीगाउँ, ठाडेपाटी, घोप्टे, फेदि– सूर्यकुण्ड - गोसाइँकुण्ड हुँदै

       

      त्रिशूलधारासँग सम्वन्धित सामग्रीहरू

      १)     

      मिङ्‍युर सामलिङ अर्थात् थुमन गुम्बा

      मिङ्‍युर सामलिङ अर्थात्    थुमन गुम्बा
      मिङ्‍युर सामलिङ अर्थात् थुमन गुम्बा 

      छेच्यु, ह्युमज्यारो, ठुङ्‌कर द्वीक्षेन, सार्कादावा र ङ्युङ्‌ने पूजाहरू यस गुम्बामा हुने गर्दछन् । चन्द्र पात्रोअनुसार चैत्र पूर्णिमाको रातभरि गुम्बामा पूजाआजा गरेर मानी नाचिन्छ, हरेक महिनाको दशमी तिथिमाको दिन छेच्यु पूजा गरिन्छ । 


        मिङ्‍युर सामलिङ अर्थात् थुमन गुम्बा : एक परिचय

        रसुवा जिल्ला, गोसाइँकुण्ड गाउँपालिका- १, थुमनमा अवस्थित यो गुम्बा धेरै पुरानो गुम्बा हो । गुम्बाभित्र गुरू रिम्बोर्छे, खन्डोमो र बुद्द भगवान्‌का मूर्तिहरू रहेका छन् । भित्ताहरूमा ल्वोरी र थाङ्‌काका चित्रहरू रहेका छन् । पुराना बौद्द धर्मका ग्रन्थहरू रहेका छन् ।

        छेच्यु, ह्युमज्यारो, ठुङ्‌कर द्वीक्षेन, सार्कादावा र ङ्युङ्‌ने पूजाहरू यस गुम्बामा हुने गर्दछन् । चन्द्र पात्रोअनुसार चैत्र पूर्णिमाको रातभरि गुम्बामा पूजाआजा गरेर मानी नाचिन्छ, हरेक महिनाको दशमी तिथिको दिन छेच्यु पूजा गरिन्छ ।

        मिङ्‍युर सामलिङ अर्थात् थुमन गुम्बा वरपरका आकर्षण र महत्व

        -         धार्मिक, ऐतिहाँसिक, पर्यटकीय, सांस्कृतिक तथा जैविक विविधताको महत्वले परिपूर्ण

        -         लोपोन्मुख रेडपाण्डा अवलोकन

        -         लाङटाङ राष्ट्रिय निकुञ्ज क्षेत्र (वनस्पति, वन्यजन्तु र चराचुरूङ्गी अवलोकन) लालीगुँरास, धुपी, गोब्रे सल्लो आदि ।

        -         लोपोन्मुख जडिबुटीहरूको भण्डार ।

        -         हिमाल, झरना, बहुसंख्यक तालतलैयाको हब ।

        -         प्राय: सबै किसिमका लालीगुँरास र अन्य सुगन्धित फूलहरूको अवलोकन ।

        -         नेपालको तेस्रो पर्यटकीय मार्गको नजिक

        -         तामाङ सम्पदा मार्ग (Tamang Heritage Trail )

        -         सुविधा सम्पन्न आवास तथा होटल, लजहरूको सुविधा

        -         माने, छुर्तेन, गुम्बा र मन्दिरहरूको अवलोकन

         

        मिङ्‍युर सामलिङ अर्थात् थुमन गुम्बा कसरी पुग्ने ?

        पासाङल्हामु राजमार्गको स्याफ्रुबेंसी – रोङगा हुँदै

        तामाङ सम्पदा मार्ग गतलाङ - चिलिमे - नागथली हुँदै

         

        मिङ्‍युर सामलिङ अर्थात् थुमन गुम्बासँग सम्बन्धित सामग्रीहरू

        Monday, April 29, 2024

        लाङटाङ राष्ट्रिय निकुञ्जमा तोडफोड, वार्डेनलाई धम्की

        रसुवा,  लाङटाङ राष्ट्रिय निकुञ्जको कार्यालय,रसुवामा तोडफोड भएको छ ।  वैशाख १४ गते कार्यालयमा प्रवेश गरेका काँग्रेस कार्यकर्ता टोलीले तोडफोड गरेको छ भने वार्डेनलाइ मार्ने धम्की दिएको छ । 

        तरुण दल,नेपाल विद्यार्थी युनियन,पार्टीका क्षेत्रीय सभापति,जिल्लाका प्रतिनिधिहरुको टोली बिहान निकुञ्जको धुञ्चेस्थित कार्यालयमा पुगेका थिए । करिब ६०र ७० जनाको समूहमा रहेको टोलीले त्यहाँ प्रवेश गरेर तोडफोड गरेको जनाइएको छ । उक्त टोलीले गरेको तोडफोडका कारण एउटा कुर्सी भाँचिएको छ भने २ थर्मस फुटेको जनाइएको छ । 

        नेविसंघका जिल्ला सचिव बताउने सुन्दर अधिकारीले बिना कारण मार्ने धम्की दिएको निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालले बताए । 

        विभिन्न जलविद्युत परियोजनाहरुले वातावरणीय प्रभाव मूल्यांकन नै नगरी काम गरिरहेको र त्यसमा निकुञ्जले सघाएर केही कर्मचारीहरु मोटाउँदै आएको काँग्रेसीहरुको आरोप छ । विभिन्न जलविद्युत परियोजनाहरु निर्माणका क्रममा स्थानीयहरुको घर जग्गा नै जोखिममा पर्ने गरी काम गर्दा समेत निकुञ्ज निरिह देखिएको उनीहरुको आरोप छ ।

         आफूखुसी आइइए गरेको,पालिकाहरुसँग समन्वय नगरेको,कोषको रकम मनलाग्दी ढंगले खर्च गरेको,मनलाग्दी कर्मचारी भर्ती गरिएकोलगायतको विषयमा नेपाली काँग्रेस आपत्ति जनाउँदै माग पत्र पेस गरे । 

        निकुञ्जको कार्यालयका थर्मस र कुर्सी तोडफोड गरे पछि यही समूह अहिले प्रमुख जिल्ला अधिकारी वेदनिधि खनाललाई ज्ञापन पत्र बुझाउन जिल्ला प्रशासन कार्यालय,धुन्चे पुगेको छ । प्रमुख जिल्ला अधिकारी खनालले दुबै पक्षलाई राखेर समन्वय गर्ने प्रयास भइरहेको  बताए ।




        Sunday, April 28, 2024

        काठमाण्डौंमा कालिकावासीलाई हात्तीपाइले बिरूद्द 'आम औषधि सेवन' कार्यक्रम सञ्चालन गरिने

        काठमाण्डौंमा कालिकावासीलाई हात्तीपाइले बिरूद्द 'आम औषधि सेवन' कार्यक्रम सञ्चालन गरिने

        रसुवा । कालिका गाउँपालिका स्थायी बसोबास भई काठमाण्डौंमा विभिन्न पेशा, व्यवसायमा संलग्न व्यक्तिहरूलाई हात्तीपाईले बिरूद्द 'आम औषधि सेवन' अभियान सञ्चालन गर्ने भएको छ ।

        गाउँपालिका स्वास्थ्य शाखाका अनुसार गाउँपालिकामा मात्र नभई काठमाण्डौंमा नै बसोबास गर्दै आईरहेका कालिकाबासीलाई 'आम औषधि सेवन' अभियान निम्नानुसार स्थानहरूमा सञ्चालन गर्ने बताएको छ ।

        गोम्बा, हिलेटोल क्षेत्रमा बैशाख १७ र १८ गते, शेषमति, गैरीगाउँ, शेषमति क्षेत्रमा बैशाख १९ र बसुन्धरा, लोलाङ, शेषमति क्षेत्रमा बैशाख २० र २१ गते बिहान ७ बजेदेखि बेलुकी ५ बजेसम्म 'आम औषधि सेवन' अभियान सञ्चालन हुने बताईएको छ ।

        काठमाण्डौंमा कालिकावासीलाई हात्तीपाइले बिरूद्द 'आम औषधि सेवन' कार्यक्रम सञ्चालन गरिने


        गाउँपालिका, स्वास्थ्य शाखाले सूचना जारी गर्दै काठमाण्डौंमा रहेका कालिकाबासीलाई 'आम औषधि सेवन' कार्यमा पायक पर्ने स्थानबाट सेवा लिन अनुरोध गरेको छ ।

        थप जानकारीको लागि :  कमलप्रसाद पौडेल ( 9860633597) र प्रमिला आचार्य  

        Thursday, April 25, 2024

        ल्होङ्जु थुजी छेन्पो अर्थात् टासी गोम्बा, बार्गो

        - लोपेन ल्होङ्जु थुजी  छेन्पो अर्थात् टासी गोम्बा, बार्गो

        पुराना चन्दनका मुखुण्डाहरू, एकजोर झ्याम्टा (क्ष्याबुप), एकथान मानव नलीखुट्टाले बनेको बाजा (कङ्लिङ) जस्ता ऐतिहाँसिक वस्तुहरू हराईसकेका छन् ।

          ल्होङ्जु थुजी  छेन्पो अर्थात् टासी गोम्बाको परिचय

          रसुवा जिल्ला गोसाइँकुण्ड गाउँपालिका, ५ ठूलोभार्खुमा रहेको ल्होङ्जु थुजी  छेन्पो अर्थात् टासी गोम्बा प्राचीन गोम्बा हो । भार्खु गाउँमा अवस्थित यो गुम्बा उत्पत्ति हुँदाको वा धार्मिक नामाकरण ल्होङ्जु थुजी  छेन्पो हो । जसको अर्थ नेपालीमा आर्यालोकेश्वर भनेर ठूलोभार्खुका बौद्द धर्म दर्शन अभियान्ता - लोपेन लाक्पा लामा बताउनुहुन्छ  ।



          यस गुम्बामा फापा चेरेंसी (सृष्टिकर्ता), गुरू रिम्बोर्छे, खेण्डोमो (देवी), वेपामे साङ्गे (बुद्द) को मूर्ति रहेको छ । गुम्बामा ह्युम (त्रिपिटक), दोमाङ जस्ता धार्मिक ग्रन्थहरू रहेका छन् ।

          पुराना चन्दनका मुखुण्डाहरू, एकजोर झ्याम्टा (क्ष्याबुप), एकथान मानव नलीखुट्टाले बनेको बाजा (कङ्लिङ) जस्ता ऐतिहाँसिक वस्तुहरू हराईसकेका छन् ।

          ल्होङ्जु थुजी  छेन्पो अर्थात् टासी गोम्बा, बार्गो
          ल्होङ्जु थुजी  छेन्पो अर्थात् टासी गोम्बा, बार्गोमा रहेको २००‌+ वर्ष पुरानो घण्टी (स्याङ)

          ध्वनीको हिशावले अत्यन्त राम्रा पुराना जोर शंख र ठूलाठूला घण्टहरू पनि रहेका छन् । पूजाआजासँगै यी दुबै बजाइन्छ । त्यहाँ रहेको घण्टमध्ये सानोचाहिँ गोसाइँकुण्डमा हुने मेलामा लगेर बजाउने परम्परा भने हराउँदै गएको छ । गोसाइँकुण्ड महादेवलाई 'हामी आयौं है' भनेर दिने संकेत् मानिन्थ्यो घण्टको धुनी ।

          ल्होङ्जु थुजी  छेन्पो अर्थात् टासी गोम्बा वरपरका आकर्षण र महत्व

          -         धार्मिक, ऐतिहाँसिक, पर्यटकीय, सांस्कृतिक तथा जैविक विविधताको महत्वले परिपूर्ण

          -         लोपोन्मुख रेडपाण्डा अवलोकन

          -         लाङटाङ राष्ट्रिय निकुञ्ज क्षेत्र (वनस्पति, वन्यजन्तु र चराचुरूङ्गी अवलोकन) लालीगुँरास, धुपी, गोब्रे सल्लो आदि ।

          -         लोपोन्मुख जडिबुटीहरूको भण्डार ।

          -         हिमाल, झरना, बहुसंख्यक तालतलैयाको हब ।

          -         प्राय: सबै किसिमका लालीगुँरास र अन्य सुगन्धित फूलहरूको अवलोकन ।

          -         नेपालको तेस्रो पर्यटकीय मार्गमा पर्ने (लाङटाङदेखि गोसाइँकुण्ड- हेलम्बु पदयात्रा)

          -         सुविधा सम्पन्न आवास तथा होटल, लजहरूको सुविधा

          -         माने, छुर्तेन, गुम्बा र मन्दिरहरूको अवलोकन

           

          ल्होङ्जु थुजी  छेन्पो अर्थात् टासी गोम्बा कसरी पुग्ने ?

          • पासाङल्हामु राजमार्गमा धुन्चे-स्याफ्रुबेंसी सडक खण्डको प्रयोग गरेर
          • गोसाइँकुण्ड वा लाङटाङको यात्राबाट ठूलोस्याफ्रु हुँदै यहाँ पुग्न सकिन्छ ।
          • यहाँबाट गोसाइँकुण्ड पदमार्ग (सिङ्गोम्बा) जाने पदमार्ग रहेको छ ।

           

          ल्होङ्जु थुजी  छेन्पो अर्थात् टासी गोम्बासँग सम्बन्धित सामग्रीहरू

          १) जैविक विविधता संरक्षण, पर्यटन विकासमा धर्म संस्कृतिको महत्व - फुुर्पा तामाङ, रसुवाली

          Wednesday, April 24, 2024

          गुठी रैतानी गर्न हाकुका पीडित किसान भेला


          गुठी रैतानी गर्न हाकुका गुठी पीडित किसान भेला


          रसुवा, वैशाख १२ गते 

          आमाछोदिङ्मो गाउँपालिका वडा नं. १ ठूलो हाकुगाउँमा  गुठी रैतानी गर्न किसान भेला भएका छन् । भेलामा गुठी पीडित किसानलगायत जनप्रतिनिधिहरू सहित ७३ जना सहभागी थिए । 

          हाकुमा किसानहरूले पुस्तौंदेखि जोतभोग गरी जीविकाचलाउँदै आएको जग्गा जमिनपछि किसानले थाहानपाउने गरी पुरानो स्यम्भु घ्याङ गुठीको नाममादर्ता भएपछि किसानहरू समस्यामा छन् । उनीहरूसँग जोतभोग गरेको जग्गाको लालपुर्जा छैन । 

          विगत १८ वर्षदेखि किसानहरूले आन्दोलनमार्फत जग्गा रैकर गराउनप्रयास गरेपनिहालसम्मत्यो पूरा हुन सकेको छैन ।गुठी जग्गाबाट यहाँको ठूलोहाकु, सानो हाकु, हाकुबेसी, फुलबारी, थाङ्कु, गोर्सुम्बा र लुम्बुडाँडा गाउँकाकरिव ७०० घरधुरी प्रभावित छन् । हालसम्मकरिव २०० घरधुरीले मात्रै मोहीपुर्जा बनाइलिन सकेका छन् भने ठूलो सङ्ख्याको किसानहरूसँग मोहीपुर्जा समेत नहुँदा समस्या भोगिरहेका छन् । 

          छलफलमा स्थानीय अगुवा लाक्पा तामाङले भने, पुस्तौंपुस्ता खेतीपातीगर्दै आएको, सबैको घरवाससमेत भएको जग्गाको कानुनी स्वामित्व नहुँदाहामीले दुःखपाएका छौँ । हामी सुकुम्बासी सरह जीवन विताउनु पर्दा ज्यादै दुःखलागेको छ । 

          छलफलमा किसानहरूले गुठी जग्गा हुँदाभोग्नु परेको पीडा सुनाएकाथिए । केही किसानहरूले अहिले पनि गुठी जग्गा जोतभोग गरेवापत कुत तिरीरहेको भएपनि अधिकाशं किसानहरू कुततिर्न छाडेका छन् । किसानहरूले काठमाडौं स्थित पुरानाे स्यम्भु घ्याङ गुठीलाई प्रति रोपनी वार्षिक २०० रुपैयाँ नगद तिर्नुपर्ने बाध्यता छ । भीर, पाखा, पखेरो, झाडी भएको क्षेत्र बढी छ । उव्जनी हुँदैन, तैपनि मँहगो तिरो तिर्न कठिन भएको गुठी पीडित किसान काल्साङ तामाङले बताए । 

          कार्यक्रममा सहभागी वडा नं. १ का अध्यक्ष साङ लामा तामाङले भने, हामी सबै वडाबासी भूमिहीन सरह छौँ । कसैको पनि आफ्नो नाममा एक टुक्रा जग्गा छैन । गुठी समस्या भएकाले किसानहरूले दुःख कष्ठ भोगिरहनु परेको छ । अव, हामी सबै एकैसाथ सङ्गठित भएर नै लाग्नुपर्ने अवस्था छ । 

          हामी प्रभावित गाउँगाउँमा सङ्गठन बनाएरै सङ्गठित आन्दोलन गर्नुपर्ने आवश्यकता भइसकेको छ । उनले भने, यो गुठी समस्या समाधानको लागि जिल्ला भूमिअधिकार मञ्चको सहयोग जरुरी छ । अव जसरी पनिकिसानको समस्या समाधानको लागिपहल लिन्छु । 

          आत्मनिर्भर केन्द्रका कार्यकारी निर्देशक जगत देउजाले नापीको समयमा रैकर हुनुपर्ने जग्गा गुठीमा राखिएकाले विना ढिलाई सबै जग्गा रैकर हुनुपर्ने तर्फ स्थानीय सरकारले पहललिनु पर्ने बताए ।  । किसान जुट्न सके पुर्जा लिन सकिन्छ । अहिलेको तिरो बढि भएकाले रैकर सरह हुनेगरी माग गर्ने र वडामा तिरो बुझाउन पाउने व्यवस्था हुन आवश्यक छ । 

          उनले भने, सरकारले गुठीको नयाँ कानुन ल्याउँदैछ, यही सन्दर्भमा हामी पनियहाँको गुठी किसानको समस्याबारे सुझाव दिन्छौँ, समस्या समाधानको लागि सहजीकरणको भूमिका निर्वाह गर्छौँ । तपाईंहरू पनि सङ्गठित हुनुहोस्, समस्याको समाधान खोजौँ ।  

          राष्ट्रिय भूमिअधिकार मञ्च, नेपालका कोषाध्यक्ष पातली थामीले भने, यहाँको किसानले गुठी जग्गाको लालपुर्जा नहुँदाभोग्न परिररहेको समस्या पीडादायी रहेछ । अव, सङ्गठितरुपमा आन्दोलन गरौँ, राज्यबाट लालपुर्जा लिनदबाबदिउँ । उनले भने, अहिले दाङलगायत देशैभरी गुठी समस्या समाधानको लागि किसानहरू आन्दोलनमा छन्, यहाँ (हाकु) बाट पनि किसानहरू एक पनि फेरी हाम्रो गाउँमञ्चहरूलाई बलियो बनाएर आन्दोलनमा जुट्न आवश्यक छ ।  

          कार्यक्रममा जिल्ला भूमिअधिकार मञ्च, रसुवाका अध्यक्ष भवानीप्रसाद न्यौपानेले लामो समय धेरै सङ्घर्ष गरेर यहाँका १५० भन्दा बढी किसानहरूलाई मोहीपुर्जा दिलाएर आफ्नो हक सुरक्षित गराउन सफलभएको बताए । फिल्डबुकमा सिसा कलमले लेखिएको हकमाकिसानहरूलाई मालपोत कार्यालयले लालपुर्जा बनाएर दिन मानेको छैन । 

          त्यसको लागिहामी सबै फेरी पनि सङ्गठित दबाबदिनुजानुपर्ने अवस्था छ । १८वर्षदेखि हामी सँगै आन्दोलनमा छौँ, अव छिट्टै यो समस्या समाधानको लागि सङ्घीय सरकारसँग छलफल गर्न जाउँ र समस्या समाधानको लागि पहल गरौ उनले भने ।