Monday, July 27, 2026
त्रिशूली नदिमा इभी खस्यो, चालक बेपत्ता, उद्धार तथा खोजी कार्य तीव्र
इभी र चालक बेपत्ता भएपछि स्थानीयले गरे पासाङ ल्हामु राजमार्ग अवरुद्ध
पहिलो पटक ड्रोनबाट वनस्पति र घाँसका बीउ छरियो
Monday, July 13, 2026
रसुवा पूर्णखोप सुनिश्चितता जिल्ला घाेषणा
रसुवा, स्थानीय स्रोतको उपयोग, स्वामित्व र सहभागिता पूर्णखोप सुनिश्चितता हाम्रो प्रतिबद्धता ।"नारा सहित
दलित–गैरदलित विवाह प्रोत्साहन कार्यक्रम सम्पन्न
रसुवा, दलित–गैरदलित विवाह प्रोत्साहन कार्यक्रम अन्तर्गत रु. ५० हजार रूपैयाँ प्रदान गरिएकाे छ ।
नेपालको संविधानले प्रत्याभूत गरेको समानता, सामाजिक न्याय तथा विभेदरहित समाज निर्माणको भावनालाई आत्मसात गर्दै दलित–गैरदलित विवाह गरी सामाजिक सद्भाव, सामाजिक एकता, पारस्परिक सम्मान तथा जातीय विभेद उन्मूलनमा अनुकरणीय योगदान पुर्याउनुभएका दम्पतीलाई उत्तरगया गाउँपालिकाद्वारा सम्मान गरिएको हाे ।
रसुवामा भानुभक्त आचार्यको २१३ औं जन्मजयन्ती भानुभक्त आचार्यको २१३ औं जन्मजयन्ती
आदिकवि भानुभक्त आचार्यको २१३ औं जन्मजयन्तीको अवसरमा स्रष्टाघर रसुवाको आयोजनामा विशेष साहित्यिक समारोह आयोजना गरी मनाईएकाे छ ।
Saturday, July 11, 2026
स्याउबारी सामुदायिक वनमा राष्ट्रिय युवा संघद्वारा वृक्षारोपण
रसुवा, राष्ट्रिय युवा संघ नेपाल, बागमती प्रदेश कमिटीको आयोजनामा रसुवा जिल्लाको कालिका गाउँपालिका–२ स्थित स्याउबारी सामुदायिक वनमा शनिबार बृहत् वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ।
Monday, July 6, 2026
कविता
रचना: डा. अनिता श्रेष्ठ
गोसाइँकुण्ड बाबा सँगको भेटले जीवन उज्यालो बनायो।
एकै छिनमा मस्तिष्कमा शान्तिको दीप बलायो।।
तिमी नै परम, तिमी नै पूरा, तिमी नै सत्यको आधार।
तिम्रो चरण सम्झिँदा खुल्छ मनको द्वार।।
हिमालजस्तै शान्त तिम्रो मुहार, आँखा करुणाले भरिएको।
तिम्रो बोली अमृतजस्तो, मेरो मनभित्र झरिएको।।
गोसाइँकुण्डको पावन छायाँ, तिमीले बाटो देखायौ।
अँध्यारोमा हराएको मनलाई, ज्योतिको चिनो दियौ।।
हे बाबा, तिमी गुरु, तिमी नै मेरो सहारा।
तिम्रो नाम जप्दा हट्छ, मनको सबै अँध्यारा।।
तिमी नै शिव, तिमी नै शक्ति, तिमी नै प्रेम अपार।
तिम्रै कृपाले खुलोस् बाबा, मेरो अन्तर-द्वार।।
न धन चाहिन्छ, न मान चाहिन्छ, चाहिन्छ तिम्रो आशीर्वाद।
तिम्रो दर्शन पाएपछि, हरायो सबै विषाद।।
गोसाइँकुण्ड बाबा, मेरो जीवनको ज्योति।
तिम्रो चरणमा राख्छु बाबा, श्रद्धा, प्रेम र भक्ति।।
जय बाबा, जय गुरु, जय गोसाइँकुण्ड धाम।
तिम्रो नाम जपिरहूँ सधैँ, यही हो मेरो काम।।
Friday, July 3, 2026
विपद् व्यवस्थापन सामग्री हस्तान्तरण
रसुवा, गोसाँईकुण्ड गाउँपालिकाले विपद् व्यवस्थापन तथा उद्धार कार्यलाई थप प्रभावकारी बनाउने उद्देश्यका साथ आज आवश्यक सामग्री हस्तान्तरण गरेको छ।
जिल्ला समन्वय समितिको समीक्षा कार्यक्रम सुरू
रसुवा, जिल्ला समन्वय समिति रसुवाको आयोजनामा आर्थिक वर्ष २०८२/८३ को हालसम्मको प्रगति समीक्षा एवं आगामी आर्थिक वर्षको कार्यक्रम सम्बन्धमा समीक्षा कार्यक्रम सुरूभएकाे छ ।
असार १७ र १८ गते संचालन हुने उक्त दुई दिने कार्यक्रममा जिल्ला भित्रका स्थानीय तहहरू लगायत सरकारी कार्यालय विभिन्न संध संस्थाले चालु आर्थिक वर्षमा गरेका विकास निर्माण, बजेट कार्यान्वयन र सेवा प्रवाहको प्रगति विवरण प्रस्तुत गरेका छन ।
कार्यक्रममा आगामी आर्थिक वर्षका नीति, कार्यक्रम तथा बजेटलाई थप प्रभावकारी र जनमुखी बनाउने विषयमा विस्तृत छलफल भएको छ। जिल्ला समन्वय समितिका पदाधिकारीहरू, स्थानीय तहका जनप्रतिनिधिहरू र सरोकारवालाहरूको उपस्थिति रहेको उक्त कार्यक्रममा विकास निर्माणका कार्यलाई थप व्यवस्थित र पारदर्शी बनाउने प्रतिबद्धता समेत जनाइएको छ।
मानवअधिकार संरक्षण सम्बन्धी अन्तरक्रिया तथा सचेतमूलक कार्यक्रम सम्पन्न
रसुवा,रसुवाको धुन्चेमा मानवअधिकार संरक्षण सम्बन्धी एक दिवसीय अन्तरक्रिया तथा सचेतमूलक कार्यक्रम सम्पन्न भएको छ।
जिल्ला समन्वय समितिको कार्यालय, धुन्चेमा आयोजित उक्त कार्यक्रममा स्थानीय जनप्रतिनिधि, सरकारी अधिकारी र सुरक्षा निकायका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।
बागमती प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालयको आयोजनामा उक्त कार्यक्रम संचालन गरिएको हो। असार १८ गते आयोजित यस कार्यक्रममा समाजमा मानव अधिकारको रक्षा, कानुनी साक्षरता र नागरिक सचेतना अभिवृद्धि गर्ने विषयमा व्यापक छलफल भएको थियो।
कार्यक्रमका वक्ताहरूले ग्रामीण क्षेत्रमा मानव अधिकारको अवस्था र यसको संरक्षणका लागि सरकारी तथा गैरसरकारी निकायहरूबीचको समन्वयमा जोड दिएका थिए। सो अवसरमा सुरक्षा निकायका प्रतिनिधिहरूले कानुनी उपचारका प्रक्रिया र सुरक्षा सचेतनाका बारेमा जानकारी गराएका थिए।
उत्तरगयाधाममा स्वच्छ र प्रदूषणमुक्त बनाउन डस्टबिन तथा बाेर्ड राखियाे
रसुवा, पवित्र धार्मिक तथा पर्यटकीय स्थल उत्तरगयाधामलाई स्वच्छ, सफा र प्रदूषणमुक्त बनाउने उद्देश्यले १० सेट डस्टबिन र ३ वटा सन्देश मुलक बाेर्ड राखिएको छ ।
“स्वच्छ, सफा र प्रदूषणमुक्त उत्तरगयाधाम, सभ्य नागरिकको पहिचान” भन्ने मूल नाराका साथ डिभिजन वन कार्यालय रसुवाको आयोजनामा, उत्तरगया गाउँपालिका–५ वडा कार्यालय माझगाउँ तथा सामुदायिक वन उपभोक्ता महासंघको सहकार्यमा डस्टबिन राखिएको हो ।
डस्टबिन राख्नाले उत्तरगयाधाम क्षेत्रको वातावरणीय स्वच्छता कायम राख्न, फोहोर व्यवस्थापनलाई व्यवस्थित र प्रभावकारी बनाउन तथा धार्मिक स्थलमा आउने श्रद्धालु र पर्यटकहरूमा सरसफाइप्रति सकारात्मक चेतना अभिवृद्धि गर्न महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ ।
उत्तरगयाधाम धार्मिक आस्थाका साथै पर्यटकीय दृष्टिले पनि महत्वपूर्ण गन्तव्य भएकाले यसको प्राकृतिक सौन्दर्य र पवित्रता संरक्षण गर्नु सबैको साझा दायित्व हो । त्यसका लागि फोहोर व्यवस्थापनलाई प्राथमिकतामा राख्दै सरसफाइसम्बन्धी कार्यक्रमलाई निरन्तरता दिइने जनाएको छ ।
डस्टबिनको उचित प्रयोग गर्दै उत्तरगयाधामलाई स्वच्छ, सफा र प्रदूषणमुक्त राख्न स्थानीयवासी, श्रद्धालु तथा पर्यटक सबैमा आयोजकले आग्रह गरेको छ । उत्तरगया क्षेत्र विकास समिति र स्थानीय तहले धार्मिक तथा पर्यटकीय क्षेत्र उत्तरगयाधामलाई स्वच्छ, सफा र सुन्दर राख्न र थप विकास गर्न गुरू याेजना बनाएर लाग्नु पर्ने जिल्ला समन्वय समितिका प्रमुख अशाेककुमार घिमिरेले बताए ।
साे अवसरमा डिभिजन वन कार्यालयका प्रमुख शम्भु तामाङ, वडा अध्यक्ष यमनाथ आचार्य, उत्तरगया क्षेत्र विकास समितिका साेमलाल लबट, समाजसेवी झंकनाथ न्याैपाने, नेपाल प्रहरी, सामुदायिक वन उपभाेक्ता महासंघ लगायतकाे सहभागिता रहेकाे थियाे ।
एक विद्यालय, एक ल्यापटपू कार्यक्रम सुरु
रसुवा, गोसाईकुण्ड गाउँपालिकाले सूचना प्रविधिको विकास र डिजिटल सिकाईलाई प्रवर्द्धन गर्ने उद्देश्यका साथ एक विद्यालय, एक ल्यापटपू कार्यक्रम सुरु गरेको छ।
आर्थिक वर्ष २०८२/८३ को वार्षिक स्वीकृत कार्यक्रम अन्तर्गत आज मिति २०८३ साल असार १९ गते गाउँपालिकाले पहिलो चरणमा पाइलटिङ (परीक्षण) को रूपमा पालिकाभित्रका धेरै विद्यार्थी संख्या भएका ५ वटा विद्यालयलाई निःशुल्क ल्यापटप वितरण गरेको हो।
गाउँपालिकाका अध्यक्ष कैसाङनुर्पु तामाङ, उपाध्यक्ष प्रतिमा तामाङ र प्रमुख प्रशासकीय अधिकृत सुरेश भट्टराईको विशेष उपस्थितिमा आयोजित एक कार्यक्रमका बीच विद्यालयका प्रतिनिधिहरूलाई ल्यापटप हस्तान्तरण गरिएको हो।
गोसाइँकुण्ड गाउँपालिका अन्तरगत रहेको विद्यालयहरु कोमिन श्यामेवाङफेल माध्यमिक विद्यालय स्याफ्रुवेशी ,रसुवा माध्यमिक विद्यालय धुन्चे, सरस्वती आधारभूत विद्यालय, भीमसेन आधारभूत विद्यालय र नेपाल राष्ट्रिय आधारभूत विद्यालय, टिमुरे लगायत पाँच विद्यालयलाइ ल्यापटप वितरण गरिएको थियो ।
कार्यक्रममा बोल्दै गाउँपालिकाका अध्यक्ष कैसाङ नुर्पु तामाङले आधुनिक शिक्षामा प्रविधिको भूमिका महत्त्वपूर्ण रहेको र यो कार्यक्रमले विद्यालयहरूको प्रशासनिक एवं शैक्षिक गतिविधिमा टेवा पुग्ने विश्वास व्यक्त गरे ।
त्यस्तै, उपाध्यक्ष प्रतिमा तामाङ र प्रमुख प्रशासकीय अधिकृत सुरेश भट्टराईले आगामी दिनमा यस कार्यक्रमको प्रभावकारिता हेरेर अन्य विद्यालयहरूमा पनि बिस्तार गर्दै लैजाने योजना रहेको जानकारी दिए ।
वितरण कार्यक्रममा गाउँपालिकाका जनप्रतिनिधि, कर्मचारी, विभिन्न विद्यालयका प्रधानाध्यापक तथा शिक्षकहरूको उपस्थिति रहेको थियो। प्रविधिको युगमा गाउँपालिकाले चालेको यस कदमलाई स्थानीयस्तरमा सकारात्मक रूपमा हेरिएको छ।
Monday, June 29, 2026
२३औँ राष्ट्रिय धान दिवस–०८३ : नौकुण्ड –५ बडहरेमा रोपाइँ उत्सव
रसुवा, २३औँ राष्ट्रिय धान दिवस–२०८३ को अवसरमा रसुवाको नौकुण्ड गाउँपालिका–५ बडहरेमा रोपाइँ उत्सव, असारे तथा घाँसे गीत गायन एवं सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ।
“जलवायुमैत्री प्रविधि, धानमा आत्मनिर्भरता र समृद्धि” भन्ने मूल नारा सहित हुने कार्यक्रममा किसान, स्थानीयवासी तथा विभिन्न सहभागितामा भएको हो । कार्यक्रमको आयोजना नौकुण्ड गाउँपालिका, कृषि ज्ञान केन्द्र नुवाकोट, साझा चौतारी युवा क्लब, भोले जिवजिवे साना किसान कृषि सहकारी संस्था लिमिटेडले रसुवाले संयुक्त रूपमा सम्पन्न गरेको हो ।
स्थानीय रामकुमार न्याैपानेकाे खेतमा राेपाइ उत्सव गरिएकाे थियाे । रोपाइँ उत्सवमा नाैकुण्ड गाउँपालिका अध्यक्ष नुर्पुसाङबाे घले, उपाध्यक्ष चन्द्रबहादुर तामाङ, कृषि ज्ञान केन्द्र नुवाकाेट गाउँपालिका कर्मचारीहरू, जनप्रतिनिधि, स्थानीय किसान , पत्रकारहरू सहभागी थिए ।
सहभागीहरूलाइ गाउँपालिकाले नगद पुरस्कार प्रदान गरेकाे थियाे ।
Friday, June 26, 2026
स्याफ्रुबेसीमा ११ पिन्ट रगत सङ्कलन
रसुवा, गोसाईँकुण्ड गाउँपालिकाको आयोजनामा शुक्रबार खुला रक्तदान कार्यक्रम सम्पन्न भएको छ। उक्त कार्यक्रममा ११ पिन्ट रगत सङ्कलन भएको हाे ।
पहिलाे रक्तदाता गाेसाइकुण्ड गाउँपालिका -५ का युवा दावा तामाङलाइ नेपाल स्यंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष तथा नेपाल रेडक्रस साेसाइटीका केन्द्रीय काेषाध्यक्ष प्रेम सागर कर्माचार्य र गाेसाइकुण्ड गाउँपालिका अध्यक्ष कैसाङनुर्पु तामाङले ब्लड ब्याग हस्तान्तरण गरी रक्तदानकाे शुभारम्भ गरे ।
गम्भीर बिरामीहरूको ज्यान बचाउन र रगतको अभावलाई कम गर्ने उद्देश्यका साथ आयोजना गरिएको यस कार्यक्रममा स्थानीय युवा, जनप्रतिनिधि तथा सर्वसाधारणको उत्साहजनक सहभागिता रहेको थियो।
गाउँपालिकाको आयोजनामा भएको यस मानवीय कार्यलाई सफल पार्न नेपाल स्वयंसेवी रक्तदाता समाज रसुवा र कालिका हिमालय एस एल सी २०५६ ब्याचले समन्वय गरेका थिए। त्यसैगरी, कार्यक्रमको सञ्चार तथा प्रचारप्रसारका लागि रेडियो रसुवा १०२.१ मेगाहर्जले मिडिया पार्टनरको रूपमा भूमिका खेलेको थियो।
कार्यक्रमका आयोजक तथा अभियन्ताहरूले रक्तदान जस्तो पवित्र र मानवीय कार्यमा उपस्थित भई रक्तदान गर्ने सम्पूर्ण रक्तदाताहरू, समन्वयकारी संस्थाहरू, प्राविधिक टोली तथा प्रत्यक्ष(परोक्ष रूपमा सहयोग पुर्याउने सम्पूर्ण सहयोगी मनहरू प्रति हार्दिक आभार तथा धन्यवाद व्यक्त गरेका छन्।
यस अघि प्रचारप्रसारका लागि सामाजिक सञ्जालमा रक्तदान सम्बन्धी सचेतनामूलक सामग्री प्रशारण गरिएको थियोे ।कार्यक्रममा १८वर्ष देखि ६५ वर्ष उमेर समूहका स्वस्थ नागरिकहरूलाई रक्तदानका लागि आह्वान गरिएको थियो।
रक्तदान, जीवनदानू भन्ने मूल नारालाई सार्थक तुल्याउँदै आयोजना गरिएको यस कार्यक्रमले दुर्गम भेगमा समेत रक्तदान सम्बन्धि सकारात्मक चेतना फैलाउन ठुलो मद्दत पुर्याएको विश्वास लिइएको छ।
गोसाइँकुण्ड गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा
रसुवा, गोसाइँकुण्ड गाउँपालिकालाई एक विशेष कार्यक्रमका बीच पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा गरिएको छ। गाउँपालिकाको स्वास्थ्य शाखाको आयोजनामा ०८३ साल असार १२ गते स्याफ्रुबेशीमा आयोजित एक औपचारिक घोषणा कार्यक्रमका बीच यो महत्त्वपूर्ण उपलब्धि सार्वजनिक गरिएको हो।
खोपको दिगोपनामा जोड गाउँपालिका क्षेत्रभित्रका तोकिएका उमेर समूहका सबै बालबालिकाहरूले राष्ट्रिय तालिका अनुसारका सम्पूर्ण खोपहरू पूर्ण रूपमा पाएको सुनिश्चित भएपछि यो घोषणा गरिएको स्वास्थ्य शाखाले जनाएको छ।
कार्यक्रममा बोल्दै सरोकारवालाहरूले खोपको सुनिश्चितता मात्र नभई यसको निरन्तरता र दिगोपना ९क्गकतबष्लबदष्ष्तिथ० लाई कायम राख्नु मुख्य चुनौती र दायित्व रहेको कुरामा जोड दिए। निस्शुल्क सेवा र सचेतना खोप निस्शुल्क पाइन्छू र खोप जीवन रक्षा गर्छू भन्ने मूल नाराका साथ स्वास्थ्य शाखले स्थानीयस्तरमा खोप सम्बन्धि व्यापक जनचेतना फैलाउँदै आएको छ।
पालिकालाई पूर्ण खोपयुक्त बनाउन अहोरात्र खटिने महिला स्वास्थ्य स्वयंसेविका, स्वास्थ्यकर्मी, स्थानीय जनप्रतिनिधि र अभिभावकहरूलाई कार्यक्रममा धन्यवाद ज्ञापन गरिएको थियो।
यो ऐतिहासिक घोषणासँगै गोसाइँकुण्ड गाउँपालिकाले स्वास्थ्यको क्षेत्रमा नयाँ कोसेढुङ्गा पार गरेको छ र आगामी दिनमा पनि स्वास्थ्य सेवालाई अझ प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरेको छ।
Monday, June 22, 2026
तेस्रो बागमती प्रदेश स्तरीय खेलकुद : रसुवा २ स्वर्ण, १४ पदक जित्न सफल
रसुवा, तेस्रो बागमती प्रदेश स्तरीय खेलकुद प्रतियोगिता–२०८३ मा रसुवाले उत्कृष्ट प्रदर्शन गर्दै २ स्वर्ण, ८ रजत र ४ कास्यसहित कुल १४ पदक जित्न सफल भएका छन् ।
जिल्ला खेलकुद विकास समिति रसुवाका अध्यक्ष विराज लोप्चनका अनुसार प्रतियोगिताका १२ खेल विधा मध्ये रसुवाले कराते, फुलकन्ट्याक कराते, तेक्वान्दो, बक्सिङ र जुडोमा पदक जितेका हुन् । "खेलाडीहरूले प्रदेशस्तरमा उल्लेखनीय सफलता हासिल गर्दै जिल्लाको गौरव बढाएका छन् " उनले भने ।
फुलकन्ट्याक करातेतर्फ रमित महर्जनले स्वर्ण पदक जित्दै रसुवालाई पहिलो स्वर्ण दिलाए । सोही विधामा सुप्रिया तामाङले रजत पदक जित्नुका साथै उत्कृष्ट खेलाडी घोषित भए । उनले २० हजार रुपैयाँ पुरस्कार समेत प्राप्त गरिन् । जुडोतर्फ सुनिल नगरकोटीले स्वर्ण पदक जित्दै रसुवाको पदक संख्या बढाए । यसैगरी जुडोतर्फ नै भुवन थापा मगर र वीरबहादुर तामाङले रजत तथा सानुमाया तामाङले कास्य पदक हात पार्न सफल भइन् ।
जिल्लाले कराते, तेक्वान्दो र बक्सिङमा पनि सफलता हात पारेको छ । करातेतर्फ दिपा स्याङ्बाले रजत तथा पासाङ ग्याल्जेन थोक्राले कास्य पदक जिते । तेक्वान्दोतर्फ सन्जय तामाङ ९८० केजी०, मेनुका तामाङ ९५३ केजी० र निस्मा तामाङ ९–७३ केजी० ले रजत पदक जिते भने कल्पना तामाङ ९ं७३ केजी० ले कास्य पदक हात पारिन् भने बक्सिङतर्फ दिव्या लिम्बुले रजत तथा फुङ्लङ कम्बङ कास्य पदक जित्न सफल भएका छन् ।
खेलाडीहरूको मेहनत, प्रशिक्षकहरूको समर्पण तथा सरोकारवालाको सहयोगका कारण रसुवाले प्रदेशस्तरीय प्रतियोगितामा सम्मानजनक नतिजा हासिल गरेको अध्यक्ष लोप्चनले बताए । उनले आगामी दिनमा खेलाडीहरूलाई थप प्रशिक्षण, प्रोत्साहन र अवसर पाए राष्ट्रियस्तरमा समेत रसुवाका खेलाडीहरूले उत्कृष्ट नतिजा ल्याउने विश्वास व्यक्त गरे ।
Thursday, June 18, 2026
कफी उत्पादनको ‘पकेट क्षेत्र’ बनाउने अभियामा आचार्य
रसुवाको कालिका गाउँपालिका–३ कटुन्जेका स्थानीय युवा समाजसेवी नवराज आचार्यले गाउँलाई कफी को ‘पकेट क्षेत्र’ बनाउने अभियानलाई तीव्रता दिएका छन् ।
व्यक्तिगत पहल र लगानीमा कफीको नर्सरी स्थापना गरेका आचार्यले कृषकहरूलाई नि:शुल्क बिरुवा वितरण गर्दै व्यावसायिक कफी खेतीतर्फ आकर्षित गरिरहेका छन् ।
कालिका गाउँपालिका–३ लाई कफी उत्पादनको नमुना क्षेत्र बनाउने लक्ष्य सहित सुरु गरिएको अभियान अन्तर्गत आचार्यले गत वर्ष एक विदेशी संस्थाको सहयोगमा नर्सरी स्थापना गरेका थिए । सोही नर्सरीबाट यस वर्षदेखि व्यावसायिक रूपमा बिरुवा उत्पादन सुरु भएको हो ।
आचार्यले आफ्नै खर्चमा उत्पादन गरेका कफीका बिरुवा कृषकहरूलाई निस्शुल्क वितरण गरिरहेका छन् । यस वर्ष मात्रै बेतीनी, कटुन्जे र धारापानीलगायतका गाउँमा ५ वटा कफीका हजार बिरुवा वितरण गरिसकेको उनले बताए । नर्सरीमा हाल थप ८ हजार बिरुवा वितरणका लागि तयारी अवस्थामा रहेका छन् । गत वर्ष पनि उनले १० हजार बिरुवा नि:शुल्क वितरण गरेका थिए।
कफीका बिरुवा वितरणसँगै कृषकहरूलाई कफी खेती सम्बन्धी तालिम तथा उत्कृष्ट कृषकहरूका लागि गत वर्ष अवलोकन भ्रमणको व्यवस्था समेत गरिएको आचार्यले जानकारी दिए ।
कृषकहरूलाई कफी खेतीमा आकर्षित गर्न उनले उत्पादित कफीको बजारीकरणको जिम्मेवारीसमेत लिने प्रतिबद्धता जनाएका छन्। “कृषकहरूले बजार नपाइएला कि भनेर चिन्ता गर्नु पर्दैन, गाउँमा उत्पादन भएको सबै कफीको बजार व्यवस्थापनमा म स्वयं लाग्नेछु,” आचार्यले भने। कफी खेती अभियानलाई दिगो र प्रभावकारी बनाउन कालिका गाउँपालिकाको प्राविधिक तथा संस्थागत सहयोग आवश्यक रहेको उनको भनाइ छ ।
नि:शुल्क बिरुवा, प्राविधिक ज्ञान र बजारको सुनिश्चितताले स्थानीय कृषकहरू कफी खेतीतर्फ उत्साहित हुन थालेका छन् । परम्परागत खेती प्रणालीबाट व्यावसायिक नगदे बालीतर्फ आकर्षण बढ्दै जाँदा कालिका क्षेत्र भविष्यमा रसुवाकै प्रमुख कफी उत्पादन केन्द्र बन्न सक्ने सम्भावना देखिएको छ।
स्थानीय स्तरमा रोजगारी सिर्जना, आयआर्जन वृद्धि तथा कृषि उद्यमशीलताको विकासमा योगदान पुर्याउने अपेक्षा गरिएको यस अभियानलाई कृषकहरूले सकारात्मक रूपमा लिएका छन्। एउटै व्यक्तिको अग्रसरताले गाउँको कृषि क्षेत्रमा नयाँ सम्भावना सिर्जना गरेको स्थानीयवासीहरू बताउँछन्।
कालिका गाउँपालिका 'पूर्ण खोप सुनिश्चितता घाेषणा
रसुवा, रसुवाकाे कालिका गाउँपालिकालाइ 'पूर्ण खोप सुनिश्चितता तथा दिगोपना भएकाे पालिका घोषणा असार ४ गते गरिएकाे छ।
कालिका गाउँपालिका स्वास्थ्य शाखाकाे आयाेजनामा पूर्ण खोप सुनिश्चितता हाम्रो प्रतिबद्धता भन्ने मुख्य नाराका साथ घोषणा सभा मार्फत गाउँपालिकालाइ 'पूर्ण खोप सुनिश्चितता तथा दिगोपना भएकाे पालिका घाेषणा गरिएकाे वताईएकाे हाे ।
कालिका गाउँपालिकाको सभाहलमा आयोजित उक्त समारोहमा स्थानीय जनप्रतिनिधि, स्वास्थ्यकर्मी, कर्मचारी, शिक्षक, महिला स्वास्थ्य स्वयंसेविका र सरोकारवालाहरूको उपस्थिति रहेको थियाे । कार्यक्रममा सहभागिहरूले गाउँपालिका भित्रका सबै बालबालिकाहरूले पाउनुपर्ने खोपहरू पूर्ण रूपमा पाएको सुनिश्चित गर्दै आगामी दिनमा पनि यसलाई निरन्तरता दिने सामूहिक प्रतिबद्धता व्यक्त गरेका छन् ।
Tuesday, June 16, 2026
रसुवागढी जलविद्युत आयोजना पुनर्निर्माणमा तिव्र
रसुवा, गोसाईकुण्ड गाउँपालिका वडा नम्बर २ टिमुरे मा रहेको रसुवागढी जलविद्युत आयोजनाको पुनर्निर्माणमा तिव्र रूपमा अघि वढेको छ ।
रसुवागढी जलविद्युत आयोजनाका अनुसार गत वर्ष असार २४ गते ल्हेन्दे खोलामा आएको बाढीले क्षति पुराएको १ सय ११ मेगावाट क्षमताको यो आयोजनको भोटेकोसी नदि स्थित बाँध संरचनामा क्षतिपुगेपछि उत्पादन प्रभावित वनेको थियो । हाल बाँधस्थलमा थुप्रिएको अवरोध हटाउने कार्य तिव्र रूपमा अगाडि बढिरहेको छ ।
आयोजनाले २०८१ पुस १६ गतेदेखि व्यवसायीक रूपले उत्पादन सुरू गरेतापनि २०८२ असार २४ गतेको बाढीले बाहिरि सतहको ड्याम संरचनामा क्षती पुराएपछि आयोजना पूर्ण रूपमा बन्द हुन पुगेको थियो । त्यसको केही महिना पछि मंसिर २० देखि पुन: विद्युत उत्पादन सुरू गरिएको बाढीले कटान गरेको बाहिरी संरचनाको ड्याम तथा विद्युत गृह जाने पहुँच मार्गमा पक्की पुलको संरक्षणका लागि अहिले दायाँबायाँ पर्खाल लगाउने काम भईरहेको छ ।
विद्युत योजनाका कार्यकारी प्रमुख सत्यराम ज्याख्वाका अनुसार अहिले बालुवा थिग्राउने,पोखरी,(डिसिल्टिङ वेसिन)मा जम्मा भएका अवरोध हटाइएको छ भने हेडरेस सुरूङ तथा विद्युत उत्पादनसँग सम्वन्धित उपकरणको सरसफाइ भईसकेको छ २३ अर्व ७३ करोडको लागतमा आयोजना निर्माण भएको हो भने आयोजनामा ४ दशमलव ८ किलोमिटर लामो हेडरेस सुरूङमार्फत प्रतिसेकेन्ड ८० घन मीटर पानी विद्युत गृहमा पुराइन्छ ।


























