ताजा खबर
Loading...
'यही हो हाम्रो रसुवा' को सूचनामूलक यस साइटमा तपाईको वरपरको महत्वपूर्ण स्थल, सम्पदा आदिको बारेमा प्रचार गरी आन्तरिक पर्यटन विकासमा सहयोग पुर्‌याउन त्यस्ता सामग्रीहरू हामीलाई पठाउनु होला । हामी तपाईका सामग्रीलाई प्रकाशन गर्नेछौं । Email : paudelprem@gmail.com (9843508470 Whatsapp)

Thursday, June 18, 2026

कालिका गाउँपालिका 'पूर्ण खोप सुनिश्चितता घाेषणा



रसुवा, रसुवाकाे कालिका गाउँपालिकालाइ 'पूर्ण खोप सुनिश्चितता तथा दिगोपना भएकाे पालिका घोषणा असार ४ गते गरिएकाे छ।

कालिका गाउँपालिका स्वास्थ्य शाखाकाे आयाेजनामा पूर्ण खोप सुनिश्चितता हाम्रो प्रतिबद्धता भन्ने मुख्य नाराका साथ घोषणा सभा मार्फत गाउँपालिकालाइ 'पूर्ण खोप सुनिश्चितता तथा दिगोपना भएकाे पालिका घाेषणा गरिएकाे वताईएकाे हाे ।

कालिका गाउँपालिकाको सभाहलमा आयोजित उक्त समारोहमा स्थानीय जनप्रतिनिधि, स्वास्थ्यकर्मी, कर्मचारी, शिक्षक, महिला स्वास्थ्य स्वयंसेविका र सरोकारवालाहरूको उपस्थिति रहेको थियाे । कार्यक्रममा सहभागिहरूले गाउँपालिका भित्रका सबै बालबालिकाहरूले पाउनुपर्ने खोपहरू पूर्ण रूपमा पाएको सुनिश्चित गर्दै आगामी दिनमा पनि यसलाई निरन्तरता दिने सामूहिक प्रतिबद्धता व्यक्त गरेका छन् ।




No comments:

Post a Comment