रसुवा, नौकुण्ड गाउँपालिका–२ युब्रागाउँका लर्का थोक्राको घरमा बिहीबार राति आगलागी भएको छ। । राति करिब १ बजेतिर अचानक आगलागी भएको हो।
आगलागीबाट नगद ६० हजार, पशुपंक्षी तथा घरभित्रका सम्पूर्ण खाद्यान्न र लत्ताकपडा जलेर नष्ट भएको छ। आगलागीबाट मानवीय क्षति नभएपछि ठूलो आर्थिक क्षति भएको इलाका प्रहरी कार्यालय कालिकास्थानका रमेश रायले जानकारी दिए ।
रातिको समयमा आगलागी भए पनि कुनै मानवीय क्षति भने हुन नपाएको स्थानीय गणेशमान लामाले बताए ।

No comments:
Post a Comment