ताजा खबर
Loading...
'यही हो हाम्रो रसुवा' को सूचनामूलक यस साइटमा तपाईको वरपरको महत्वपूर्ण स्थल, सम्पदा आदिको बारेमा प्रचार गरी आन्तरिक पर्यटन विकासमा सहयोग पुर्‌याउन त्यस्ता सामग्रीहरू हामीलाई पठाउनु होला । हामी तपाईका सामग्रीलाई प्रकाशन गर्नेछौं । Email : paudelprem@gmail.com (9843508470 Whatsapp)

Tuesday, April 8, 2025

रसुवामा जलवायु परिवर्तन बारे प्रशिक्षक प्रशिक्षण सुरू


रसुवा , विज्ञान र परम्परागत स्थानीय ज्ञानको सम्मिलन : स्थानीय जलवायु उत्थानशील कार्यको सुदृढीकरणका लागि प्रशिक्षक प्रशिक्षण तालिम (TOT) कार्यक्रम धुन्चेमा सुरू भयाे ।


चैत २६ गतेदेखि चैत ३० गतेसम्म सञ्चालन हुने तालिम डिभिजन वन कार्यालय रसुवा ,राष्ट्रिय प्रकृ‌ति संरक्षण कोष गण्डकी जलाधार जलवायु उत्थानशील आयोजना तथा सामुदायिक वन उपभाेक्ता महासंघ रसुवाकाे समन्वयमा सुरू भएकाे हाे । तालिममा सामुदायिक वन तथा मध्यवर्ती उपभाेक्ता समितिबाट २१ जना सहभागी छन् ।


तालिममा डिभिजनल वन अधिकृत शम्भु तामाङ, लाङटाङ राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षाण अधिकृत श्याम कुमार शाह, राष्ट्रिय प्रकृ‌ति संरक्षण कोष गण्डकी जलाधार जलवायु उत्थानशील आयोजनाका तालिम संयाेजक सुनिल सापकाेटालगायतले सहजिकरण गर्नेछन् ।

१२औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता तथा खेलकुद महोत्सव शुभारम्भ


रसुवा,  १२औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता तथा खेलकुद महोत्सव – २०८१ को  शुभारम्भ  भएको छ। बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले कार्यक्रमको प्रमुख अतिथि रहँदै प्रतियोगिताको औपचारिक उद्घाटन गरे । 

मुख्यमन्त्री लामाले खेलकुदको माध्यमबाट पर्यटन विकास गर्न सकिने उल्लेख गर्दै, खेलकुदले सामाजिक एकता, सद्भाव र आत्मीय सम्बन्धलाई सुदृढ बनाउने विश्वास व्यक्त गरे । उनले भने, “खेलकुदले युवालाई अनुशासित बनाउने मात्र होइन, विभिन्न जात–जाति र समुदायबीच आत्मीयता बढाउने सेतुको काम गर्छाै।”

सो अवसरमा मुख्यमन्त्री लामाले रसुवा जिल्लामा खेलकुद पूर्वाधार निर्माणमा प्रदेश सरकार पूर्ण रूपमा तयार रहेको जानकारी गराउँदै आगामी वर्षमा खेलकुद भवन निर्माणका लागि आवश्यक सहयोग उपलब्ध गराउने प्रतिवद्धता व्यक्त गरे । 

जिल्ला स्तरिय खेलहरूहुने समारोहमा विभिन्न विद्यालयका विद्यार्थीहरूले मार्च पास, सांस्कृतिक प्रस्तुति र विविध झाँकीमार्फत राष्ट्रिय एकता र स्थानीय संस्कृति झल्काएका थिए। 

प्रतिनिधि सभाका सांसद मोहन आचार्यले  जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताले जिल्लाको पर्यटन प्रर्बद्धनमा सहयोग पुग्ने बताए । उनले जिल्लाको पूर्वाधार विकासमा प्रदेश सरकारबाट सहयोगको अपेक्षा गरेको बताए । 
कार्यक्रममा जिल्ला समन्वय प्रमुख अशाेक घिमिरे, प्रमुख जिल्ला अधिकारी अर्जुन पाैडेललगमयत दलका नेताहरू, स्थानीय तहका जाप्रतिनिधीहरूले धारणा राखेका थिए । गाउँपालिका स्तरमा भएका प्रतियोगितामा उत्कृष्ट भएका विद्यालय तथा विद्यार्थीहरू राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने छन् ।



प्रतियोगितामा भलिबल, कबड्डी, कराँते, तेक्वान्दो, एथ्लेटिक्स अन्तर्गतका हाई जम्प, लङ जम्प, सट पुट, त्रिपल जम्प, ज्यावलिङ थ्रो, दौड, रिले दौडलगायतका विभिन्न विधामा प्रतिस्पर्धा हुने जिल्ला खेलकुद विकास समितिका अध्यक्ष  लोप्चनले बताए । 

प्रतियोगितामा जिल्लाका बिभिन्न विद्यालयहरूबाट झन्डै ३०० भन्दा बढी खेलाडी भलिबल, तेक्वान्दो, कराते तथा एथलेटिक्सलगायतका विधामा छात्र–छात्राहरूको उत्साहजनक सहभागिता रहेको छ।

रसुवा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष बिराज लोप्चनले प्रतियोगिताको सफल आयोजनाको लागि सहयोग गर्ने सबैलाई धन्यवाद व्यक्त गर्दै खेल क्षेत्रको विकासमा अझ धेरै सहयोग र लगानी आवश्यक रहेको उल्लेख गरे। कार्यक्रममा जिल्ला खेलकुद विकास समिति, स्थानीय जनप्रतिनिधि, सुरक्षाकर्मी, अभिभावक, पत्रकार तथा खेलप्रेमीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।



Saturday, April 5, 2025

रसुवाका सवै वडामा एमालेकाे जरा अभियान सम्पन्न


रसुवा, नेकपा एमाले यतिबेला वडा केन्द्रित अभियानमा जुटेको छ । वडा र टाेल कमिटीसम्म सञ्चालन हुने उक्त अभियानलाई एमालेले ‘जरा अभियान’ भनेको छ । 

नेकपा एमाले रसुवाले सम्पूर्ण पार्टी पंक्ति परिचालन गरी २०८० वैशाखसम्म सञ्चालित तीन महिने मिसन ग्रासरुट अभियानबाट एमालेले पार्टीको कमजोरी पहिचान गरेको थियो । 

उक्त मिसन ग्रासरुट अभियानको समीक्षाका आधारमा एक वर्षे सुदृढीकरण कार्यक्रम सञ्चालन गर्‍यो । २०८० सालभर सञ्चालित एक वर्षे अभियान अन्तर्गत एमालेले मध्यपहाडी लोकमार्ग केन्द्रीय संकल्प अभियान चलायो । 


अहिले वडाकेन्द्रित अभियान सञ्चालन गरिरहेको छ । यो अभियान आगामी १५ वैशाखसम्म सकिने छ । रसुवाकाे पाँचवटै गाउँपालिकाले २७ वटै वडामा सक्ने लक्ष्य अनुसार कालिका गाउँपालिका ३,४,५ वडामा सम्पन्न भयाे । 

उत्तरगया गाउँपालिकाकाे २ नं बाहेक सवै वडामा अभियान सम्पन्न भएकाे छ ।  त्यसैगरी नाैकुण्ड गाउँपालिकामा ६ वटै वडामा एकैसाथ अभियान सम्पन्न भएकाे नेकपा एमाले सचिवालय सदस्य डिल्लीराज तामाङले बताए । 

त्यसैगरी गाेसाइकुण्डकाे ५ नं बाहेक सवै वडामा जरा अभियान सम्पन्न भएकाे छ । आमाछोदिङमो गाउँपालका १ र २  वडामा जरा केन्द्रित अभियान सम्पन्न भएकाे छ । 


अबकाे निर्वाचन ०८४ मा एमालेलाइ पहिलाे दल बनाउने लक्ष्यका साथ अभियान सञ्चालन गरिएकाे जिल्ला कमिटी उपाध्यक्ष कैसाङनुर्पु तामाङ बताउछन् । बाकी वडामा पनि चाँढै अभियान चलाउने र टाेल कमिटी बनाएर नयाँ सदस्यता खुलाउनु तथा सदस्यता नविकरणकाे काममा जाेड्दिने जनाइएकाे छ । 

Tuesday, April 1, 2025

अर्गानिक तरकारी खेतीमा देवकी


रसुवा, उतरगया गाउँपालिका- ४ कर्मिडाडामा  ५२ वर्ष अगाडि जन्मिएकी चम्सुरी उपनामले परिचित देवकी न्यौपाने गजुरेलको १३ वर्षको उमेरमा कालिका -५ जिवजिवेमा विवाह गरेर गएदेखि नै दु:खका दिन सुरू भए । 

समाजमा उतिबेला छोरीलाई पढाउन हुँदैन  भन्ने  चलन थियो । रजस्वला नहुँदै अन्माएर पठाउने चलनले उनको बिबाह सानैमा भयाे  । केही वर्षमा छोरी जन्माइन छोरी जन्मिएको केही महिनामा मृत्यू भयो र पछिल्लो वर्ष छोरा जन्मिएको थियो छोरा जन्मिएपछि पति सौता राखेपछि उनको जीवन झनै पीडादायक वन्यो तर पनि उनको मनमा कहिले पनि हरेस् भन्ने चिज आएन र छोरो च्यापेर गोसाइकुण्ड गाउँपालिका-६ सोलेमा अर्काको वारी अधियाँ कमाउन थालनी र तरकारी खेती गरेर जिविकोपार्जन गर्न थालिन । 

छोरा थियो साहारा उनको दैवको लिला छोरा पनि आज भन्दा १५ वर्ष अगाडि  १८ वर्षको उमेरमा जङ्गलमा दाउरा काटन जादा पासोमा परेर मृत्यू भयो त्यो पछि झनै उनमा बज्रपात नै भयो । उनी आफै समालिएर अगाडि वढेकी उनी ताजा तथा अर्गानिक तरकारी रायाे, ताेरी, न्युराे, चम्सुर, पालुङलगायत अन्य तरकारी बेच्दछिन् र मानिसहरूले चम्सुरी दिदी भनेर वोलाउथे र वोलाउछन् पनि उनलाई वास्तविक नाम भन्दा पनि चम्सुरी नामले चिन्दछन् । उनि एकदमै मिहिनेती कृषक हुन् । उनको  मिहेनत देखेर सोलेका तामाङहरू पनि दङ्ग पर्छन । 

उनी ६ महिना काम गर्छिन र ६ महिना घुम्ने र दिन दुखीहरूको सेवामा लाग्दछिन उनको भनाई रहेको छ कि मैले कमाएको केही पैसा दिन दुखीलाई सहयोग गर्छु तर सवै लाई सुनाउदिन् जब मैले दु:ख भोगेको छु र त दुखीहरूको सेवामा पनि समर्पित हुन्छु । मलाई अहिले कुनै पछुतो छैन वाचुन्जेल दु:ख गर्छु मरेपछि जेसुकै होस ।

Monday, March 31, 2025

रसुवागढी नाकाबाट ८ महिनामा ६.८८ अर्ब राजश्व


रसुवा, नेपाल चीन सिमानकाे रसुवागढी नाकाबाट हुने काराेवारबाट  ६ अर्ब ८८ करोड रुपैयाँ राजश्व असुली भएकाे छ । 

चालू आर्थिक वर्षको पहिलो ८ महिनामा ९साउनदेखि फागुनसम्म० रसुवागढी सीमा नाकाबाट ४,६३७ वटा चिनियाँ इलेक्ट्रिक सवारी साधन (कार, जीप, बस, भ्यान) आयात भएको छ। यसबाट सरकारलाई ६ अर्ब ८८ करोड रुपैयाँ राजश्व उठेकाे हाे । 

भन्सार विभागका प्रमुख तुलसीप्रसाद भट्टराईले बताए अनुसार, यी सवारीहरू नेपालभर विभिन्न स्थानमा पठाइएका छन्। अधिकांश सवारीहरू भन्सार प्रक्रिया पूरा गरी गन्तव्यतर्फ पुगिसकेका छन् भने केही काठमाडौं पठाउने तयारी भइरहेको छ।

चीनबाट इलेक्ट्रिक गाडी आयातमा निकै उछाल आएको छ। यसको प्रमुख कारण नेपाल सरकारले इलेक्ट्रिक वाहनमा दिँदै आएको कर छूट र पेट्रोल(डिजेलको मूल्यवृद्धिले गर्दा बिजुलीमा चल्ने सवारीको माग बढेको हो। यसले नेपालको ऊर्जा आयात घटाउन मद्दत गर्ने अपेक्षा गरिएको छ।

यसै अवधिमा रसुवागढी नाकाबाट तयारी पोशाक, जुत्ता, चप्पल, जीप र कारका पुर्जा, होजियारी कपडा, ब्याग, स्याउ, लसुन लगायत सामान पनि आयात भएको छ। साथै, निर्माणाधीन जलविद्युत आयोजनाहरूका लागि चिनियाँ उपकरणहरू पनि आयात भइरहेको छ।

यी आयातहरूले सरकारी राजश्व संकलनमा ठूलो योगदान पुर्याएका छन्। विशेष गरी इलेक्ट्रिक सवारीको बढ्दो आयातले नेपालको हरित ऊर्जा र सार्वजनिक यातायात नीतिलाई बलियो बनाउने देखिन्छ।

याे २०७१ सालदेखि सञ्चालनमा आएको नाका हाे । चीनबाट इलेक्ट्रिक सवारी साधन, रेडिमेट, इलेक्ट्रोनिक, जलविद्युत् आयोजनाका सामग्री, टेलिकमका सामग्री र फलफुल आयात हुँदै आएको छ। 



सञ्चार गृह माथि भएको आक्रमणको विरोध गर्दै पत्रकारहरूले बुझाए पत्र ध्यानाकर्षण


रसुवा, नेपाल पत्रकार महासंघ रसुवाले पत्रकार सुरेश रजकको हत्या  तथा  विभिन्न सञ्चार गृह माथि भएको आक्रमणको विरोध गर्दै नेपाल पत्रकार महासङ्घ रसुवाले प्रमुख जिल्ला अधिकारीमार्फत दोषीलाई कारबाहीको माग गरी ध्यानाकर्षण पत्र बुझाइएका छन् ।

पूर्व राजाको पुनर्बहालीको माग गर्दै १५ गते काठमाडौँको तीनकुनेमा प्रदर्शनको क्रममा पत्रकार  विभिन्न सञ्चार गृह माथि भएको आक्रमणको विरोध गर्दै नेपाल पत्रकार महासङ्घ रसुवाले प्रमुख जिल्ला अधिकारी मार्फत दोषीलाई कारबाहीको माग गरी ध्यानाकर्षण पत्र बुझाइएको छ।

महासङ्घले पत्रकार सुरेश रजकको हत्यामा संलग्नलाई कारबाहीको माग गरेको छ भने उनको परिवारलाई तत्काल राहत उपलब्ध गराउन समेत माग गरेको छ।

महासङ्घको जिल्ला शाखा रसुवाको अध्यक्ष केशवप्रसाद पौडेलले प्रमुख जिल्ला अधिकारी अर्जुन पौडेलमार्फत सरकारलाई ज्ञापन पत्र बुझाउँदै प्रेस स्वतन्त्रताको सुनिश्चितता गर्न माग गरेका छन्। 

ध्यानाकर्षण पत्र बुझेर १५ गतेको घटनामा अराजक भिडले पत्रकार माथि भएको आक्रमणप्रति ध्यानाकर्षण भएको छ । मिडिया हाउस, अस्पतालमा आक्रमण अराजकता हो स् प्रमुख जिल्ला अधिकारी अर्जुन पौडेल बताए ।

साे अवसरमा नेपाल पत्रकार महासङ्घ रसुवाका पुर्व अध्यक्ष हेमनाथ खतिवडा, एकाेराव बागमती प्रदेश अध्यक्ष दिपक लामा, प्रृस चाैतारी रसुवाका अध्यक्ष बलराम घिमिरे लगायतका पत्रकारहरू सहभागी थिए ।



धुन्चेमा गणतन्त्रका लागि जागरण सभा सम्पन्न


रसुवा, नेकपा एमालेकाे आयोजना भएको धुन्चेमा  गणतन्त्रका लागि जागरण सभा धुन्चेमा सम्पन्न भयाे । 

सभामा नेकपा एमाले केन्द्रीय सदस्य तथा प्रमुख अतिथी साेम मिश्रले अब ज्ञानेन्द्रले १५ गते जस्ताे पुन टाउकाे उठाए जेल पठाउने बताए । राजतन्त्रकाे सिनाे बाेक्नेहरूलाइ समाजले दुत्कार्ने बताए । हजाराैंकाे रगत, पसिना र बलिदानीले ल्याएकाे गणतन्त्र जाेगाउन सबै पक्षधरहरू स-साना कुरा छाडेर राष्ट्रिय मुद्दामा लाग्न अनेराेध गरे । 



लोकतान्त्रिक गणतन्त्रको पक्षमा र प्रतिगामी हिंसात्मक प्रवृत्तिको विरुद्ध सवै गणतन्त्र पक्षधरहरू एक हुनुपर्ने बताए ।

केन्द्रीय सदस्य प्रेम तामाङले राजावादीहरूकाे १५ गतेकाे राजावादीहरूकाे दुस्सहास मात्र भएकाे बताए । उनले गणतन्त्रका पक्षमा युवा तथा सबै गणतन्त्र पक्षधरहरू एकजुट हुनुपर्ने बताए । सभामा पाँच गाउँपालिकाबाट कायकर्ताहरू सहभागी थिए । 





१२ औं राष्ट्रपति रनिङ शिल्ड तथा खेलकुद महाेत्सव धुन्चेमा हुने


रसुवा,  चैत्र २६-२८ गतेसम्म सञ्चालन हुन लागेकाे १२ औं राष्ट्रपति रनिङ शिल्ड तथा खेलकुद महाेत्सव धुन्चेमा हुने  भएकाे छ । 

जिल्ला खेलकुद विकास समितिद्धारा आयोजित शनिबार पत्रकार सम्मेलनमा अध्यक्ष बिराज लाेप्चनले धुन्चेमा हुने खेलकुद महाेत्सवले राैनकता दिने  जानकारी दिएका हुन् । कार्यक्रममा पत्रकारहरूले सुझाव तथा  प्रश्न पनि गरेका थिए । 

उद्घाटन कार्यक्रममा  प्रमुख अतिथी बागमती प्रदेशका मुख्य मन्त्री बहादुरसिंह लामा रहने र समापनमा पुर्व राष्ट्रपति विद्या भण्डारी रहने अध्यक्ष तामाङले बताए । 

पत्रकार सम्मेलनमा जिल्ला समन्वय प्रमुख अशाेक घिमिरे, गाेसाइकुण्ड गाउँपालिका अध्यक्ष कैसाङनुर्पु तामाङ लगायतका अतिथीहरूले मन्तब्य दिएका थिए । 

उद्घाटन समाराेहमा बागमती प्रदेशका मुख्यमन्त्री माननीय बहादुरसिंह तामाङ र प्रतियोगिताको समापन भने पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको प्रमुख आतिथ्यमा सम्पन्न हुने छ।

 जिल्लाका पाँचवटा गाउँपालिका गोसाईकुण्ड, कालिका, उत्तरगया, नौकुण्ड, र आमाछोदिङ्मोबाट छनोट गरिएका उत्कृष्ट खेलाडीहरूले सहभागिता जनाउने छन्। प्रतियोगितामा भलिबल, तेक्वान्दो, कराते तथा एथलेटिक्सजस्ता विभिन्न खेलहरू समावेश गरिएकाे सम्मेलनमा जानकारी दिइएकाे थियाे । 

जिल्ला खेलकुद विकास समितिका अध्यक्ष लोप्चनका अनुसार प्रतियोगितामा ३०० भन्दा बढी खेलाडी सहभागी हुनेछन्। साथै, प्रतियोगिता अवधिभर खेलाडीहरूको  ५ लाख रूपैयाँ बराबरको बीमा गरिनेछ। निष्पक्षता र उच्चस्तरीय प्रतिस्पर्धाका लागि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय निर्णायकहरू नियुक्त गरिनेछन्। 

प्रतियोगितामा विजेता पालिकालाई २२ हजार २ सय २ रुपियाँको साथमा रनिङ शिल्ड, ट्रफी, मेडल र प्रमाण-पत्रद्वारा पुरस्कृत गरिने अध्क्षय बिराज लोप्चनले जानकारी दिए ।  

दोस्रो र तेस्रो हुने विद्यालयलाई क्रमशः नगद ११ हजार १ सय १ रुपियाँ र ५ हजार ५ सय ५ रुपियाँको साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ । प्रत्येक खेलमा छात्र र छात्रातर्फ उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई नगद १ हजार १ सय १ रुपियाँ समेत प्रदान गरिने छ।



अनेमसंघ रसुवा अध्यक्षमा कार्की


 रसुवा, अखिल नेपाल महिला संघ रसुवा जिल्ला कमिटीको अध्यक्षमा तारा कार्की निर्वाचित  भएकी छिन् । 

अखिल नेपाल महिला संघ जिल्ला कमिटी अध्यक्ष कार्की कालिका २ निवासी हुन् । उपाध्यक्षमा सिमा डिएम, शारदा गुरूङ, सचिव मनिता ग्यावा, उपसचिव सावित्री घिमिरे, काेषाध्यक्ष बुद्धमाया तामाङ सहित ३९ जना सदस्य रहेका छन् । 

निर्वाचित पदाधिकारी तथा सदस्यहरूले सपथ ग्रहण गरेका छन् ।  सपथ ग्रहण तथा प्रमाणपत्र प्रदान  कार्यक्रममा नेकपा एमालेका नेताहरू केन्द्रीय सल्लाहकार छाेवाङ तेन्जिङ तामाङ, पार्टीकाे बागमती प्रदेश कमिटी सदस्य तथा अनेमसंघ इन्चार्ज सरिता लम्साल, जिल्ला कमिटी उपसचिव चमेली गुरूङलगायतका नेताहरूले सम्बाेधन गरेका थिए । 


आपतकालीन उपचारका लागि एम्बुलेन्स प्रदान


रसुवा, आमाछोदिङमो गाउँपालिका–१ हाकुस्थित हाकु सामुदायिक स्वास्थ्य इकाईमार्फत आपतकालीन उपचारका लागि सेवा पुर्याउन सामुदायिक सहयोग कार्यक्रमअन्तर्गत  एम्बुलेन्स हस्तान्तरण भएकाे छ । 

निर्माणाधीन २१६ मेगावाट क्षमताको माथिल्लो त्रिशूली १ जलविद्युत आयोजनाले प्रभावित क्षेत्रको गाउँलाई एम्बुलेन्स प्रदान गरिएको हाे । विपद्, दुर्घटना एवं गम्भीर प्रकृतिका रोगबाट प्रभावित घाइते, सुत्केरीलगायत आयोजना प्रभावित क्षेत्रका बासिन्दालाई मानवीय सेवा पुर्‍याउने उद्देश्यले गाउँपालिकालाई आधुनिक सुविधा सम्पन्न एम्बुलेन्स प्रदान गरेको हो ।

आयोजना प्रभावित अर्को उत्तरगया गाउँपालिकालाई पनि छिट्टै एम्बुलेन्स प्रदान हुने जनाइएकाे छ । आयोजनाको प्रवर्धक नेपाल वाटर एण्ड इनर्जी डेभलप्पमेन्ट कम्पनी प्रालिका प्रमुख कार्यकारी अधिकृत  बायोङ सु मिनलले हाकुमा आयोजित एक कार्यक्रमकाबीच एम्बुलेन्सको साँचाे आमाछोदिङमो गाउँपालिकाका अध्यक्ष बुचुङ तामाङलाई हस्तान्तरण गरे । 

कोरियन कम्पनीको अगुवाइमा प्रत्यक्ष वैदेशिक लगानीमा रसुवाको आमाछोदिङमो गाउँपालिका–१ हाकुमा आयोजनाको बाँधलगायतका संरचना र उत्तर गया गाउँपालिका–१ मा भूमिगत विद्युत् गृहलगायतका संरचना निर्माणाधीन छन् ।



नेसिङ र ग्रे गाउँमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न


रसुवा, आमाछोदिङमो गाउँपालिका - २ अन्तर्गत नेसिङ र ग्रे गाउँमा आयोजित निःशुल्क स्वास्थ्य शिविर  सम्पन्न भएको छ। 

दोबो तेम्बा फुर्पु आधारभूत अस्पतालको आयोजनामा पहिलो पटक सञ्चालन गरिएको यस शिविरमा १ सय  ५० जनाले स्वास्थ्य सेवा प्राप्त गरेका छन्। दुर्गम क्षेत्र र यातायात असुविधाका बाबजुद स्थानीयबासीको उल्लेखनीय सहभागिता रहेको उक्त शिविरमा मधुमेह, दम, उच्च रक्तचाप, भाइरल ज्वरोजस्ता रोगहरूको परीक्षण गरिएको थियो। ज्येष्ठ नागरिक, गर्भवती महिला र बालबालिकाको स्वास्थ्य जाँचसमेत गरिएको थियो।

स्वास्थ्य परीक्षणका क्रममा ११ जना दम, ४ जना मधुमेह र ८ जना उच्च रक्तचापका बिरामी फेला परेका छन् भने ४ जना गर्भवती महिलाको पनि स्वास्थ्य परीक्षण गरिएको अस्पतालका डाक्टर सरोज श्रेष्ठले जानकारी बताए ।  

डा श्रेष्ठका अनुसार गाउँघरमा प्रयोग गरिने तमाखु, धूम्रपान तथा खाना पकाउँदा निस्कने धुवाँका कारण दमको समस्या बढ्ने भएकाले सचेत रहन आवश्यक छ। साथै, उच्च रक्तचाप नियन्त्रण गर्न नुनको मात्रा सीमित ९ प्रति दिन ५ ग्राम राख्न र नियमित शारीरिक व्यायाम गर्न सुझाव दिए । 

स्थानीयबासीले यस शिविरलाई उपयोगी भएको भन्दै यस्ता कार्यक्रम आगामी दिनमा पनि निरन्तर आयोजना गर्नुपर्ने बताएका छन्।

Saturday, March 29, 2025

धैबुङ्ग कालिका साना किसान सहकारीद्वारा वित्तिय शाक्षारता सञ्चालन


रसुवा, धैबुङ्ग कालिका साना किसान सहकारी संस्था लि काे आयोजनामा सहकारीले वित्तिय शाक्षारता कार्यक्रम भूमिघर कालिकास्थानमा सञ्चालन भयाे । 

कालिका गाउँपालिकाभरबाट सहभागीहरूलाइ साना किसान सहकारीका ९४ जना सहभागी सेयर सदस्यहरूलाइ वित्तिय शाक्षारता कार्यक्रम बारे जानकारी दिदैं साना किसान विकास बैक गजुरीका सूर्य अधिकारीले सहजिकरण गरेका थिए । 

कार्यक्रममा सहजकर्ताले समुह गठन, कार्यबिभाजन, बैठक सञ्चालन, समुह तथा अन्तर समुहकाे काम, कर्तब्य र अधिकार , सञ्चालक समिति, लेखा समिति र कर्मचारीकाे काम , कर्तब्य, सहकारी सम्बन्धि विद्यमान नियम कानुन , कसुर र दण्ड सजायकाे बारेमा प्रस्तुती गरेका थिए । 

सहकारीले वित्तिय शाक्षारता कार्यक्रम सवै अन्तर समुहसम्म लैजाने जनाएकाे छ । 




धुन्चेमा गणतन्त्र पक्षमा जागरण सभा हुने

 


रसुवा, नेकपा एमाले रसुवाकाे आयोजनामा लोकतान्त्रिक गणतन्त्रको पक्षमा र प्रतिगामी हिंसात्मक प्रवृत्तिको विरुद्ध  चैत १८ गते धुन्चेमा जनजागरण सभा हुने भएकाे छ । 

लोकतान्त्रिक गणतन्त्र पक्षहरुमा हुने जागरणा सभामा पार्टी नेताहरू सम्बाेधन गर्ने कार्यक्रम रहेकाे छ । पाँचवटै गाउँपालिका कमिटीकाे बैठक बसेर १८ गते सदरमुकाममा हुने सभामा  उपस्थितिको लागि सवै कार्यकर्तामा हार्दिक अनुरोध गरिएकाे नेकपा एमाले बागमती प्रदेश कमिटी सदस्य उद्धव प्रसाद रिजालले बताए । 

जागरण सभामा केन्द्रीय नेताहरू तथा प्रदेश कमिटी नेताहरू र जिल्ला नेताहरूले सम्बाेधन गर्ने पार्टी जिल्ला कमिटी रसुवाका उपाध्यक्ष कैसाङनुर्पु ताामाङले जानकारी दिए  । जागरण सभाका लागि सवै गाउँपालिकाबाट पार्टी कार्यकर्ताहरूकाे सहभागिता रहने बताइएकाे छ । 



Thursday, March 27, 2025

चोरी कार्यमा संलग्न व्यक्तिहरू पक्राउ



रसुवा, चैत १२ गते राति  गोसाइँकुण्ड गाउँपालिका-३ स्थित रसुवा भोटेकोशी जलविद्युत् परियोजनाको ड्याम साइटमा रहेको स्टोरबाट फलामका डण्डी तथा रडहरू चोरी भएको छ।

सिनाे हाइड्राे कम्पनीकाे समानहरू झण्डै  ३ हजार ७ सय केजी बराबरको फलामका डण्डी तथा रडका टुक्राहरू चोरी गरी बा ३ ख ३७६६ नम्बरको टिपर गाडीमा लुकाइ छिपाइ लैजाने क्रममा फेला परेका हुन्। ती सामग्रीहरू गाडीको पछाडिको भागमा बालुवाले छोपेर लैजाने प्रयास गरिएको थियो।

उक्त चोरी कार्यमा संलग्न टिपर चालक सुजन वाइबा, कुमार तामाङ र राजेन्द्र घले लाई प्रहरीले नियन्त्रणमा लिई रसुवा जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरी अनुसन्धान प्रक्रिया अघि बढाएको जिल्ला प्रहरी कार्यालयले जनाएकाे छ । 

Monday, March 24, 2025

लाङटाङ राष्ट्रिय निकुञ्जकाे पर्यटक बढे



रसुवा,  लाङटाङ राष्ट्रिय निकुञ्जले साउनदेखि माघमसान्तसम्म २८ हजार ७ सय ८५ जना पर्यटकहरूले भ्रमण गरेको र २ करोड ९५ लाख ९ हजार २ सय ८५ रूपैयाँ राजश्व संकलन गरेको छ। 

यस अवधिमा नेपाली, सार्क राष्ट्र, तथा अन्य विदेशी पर्यटकहरूले यस निकुञ्जलाई आफ्नो गन्तव्य बनाएका छन्। निकुञ्ज प्रशासनका अनुसार, यस अवधिमा नेपाली पर्यटकहरूको संख्या २१ हजार २ सय १८ जना, सार्क राष्ट्रका ३ हजार ९२ जना, र अन्य विदेशी पर्यटकहरूको संख्या ७ हजार १ सय ७६ जना रहेको छ। यो निकुञ्ज नेपालको पहिलो हिमाली राष्ट्रिय निकुञ्ज हो भने पदयात्राका लागि सगरमाथा राष्ट्रिय निकुञ्ज र अन्नपूर्ण संरक्षण क्षेत्र पछिको तेस्रो लोकप्रिय गन्तव्य हो।

लाङटाङ राष्ट्रिय निकुञ्ज संघीय राजधानी काठमाडौंबाट सबैभन्दा नजिकको राष्ट्रिय निकुञ्ज हो। यसले रसुवा जिल्लाको ५७ प्रतिशत, नुवाकोटको ३६ प्रतिशत, र सिन्धुपाल्चोकको ७ प्रतिशत भूभाग ओगटेको छ। यो निकुञ्ज १ हजार ७ सय वर्ग किलोमिटर क्षेत्रमा फैलिएको छ।

वन्यजन्तु तथा वनस्पतिको प्रचुरताको आधारमा यो निकुञ्ज धेरै नै महत्त्वपूर्ण मानिन्छ। यहाँ १ हजार भन्दा बढी प्रजातिका वनस्पति तथा अति महत्त्वपूर्ण र दुर्लभ वन्यजन्तु पाइन्छन्। यसका साथै यहाँबाट हिमालहरूको मनोरम दृश्य हेर्न पाइन्छ भने हाईकिङ गर्न पनि सकिन्छ।

यसरी पर्यटकहरूको संख्या बढ्दै गएकोले लाङटाङ राष्ट्रिय निकुञ्जले स्थानीय पर्यटन क्षेत्रमा ठूलो योगदान दिइरहेको छ। साथै, यसले निकुञ्जको संरक्षण र विकासका लागि राजश्व संकलनमा पनि महत्त्वपूर्ण भूमिका खेलिरहेको छ।

वन डढेलो नियन्त्रण तथा क्षमता अभिवृद्धिका लागि तालिम सम्पन्न

 


रसुवा, डिभिजन वन कार्यालय रसुवाले आयोजनामा वन डढेलो नियन्त्रण तथा क्षमता अभिवृद्धि तालिम चैत १० र ११ गते धुन्चेमा सम्पन्न भएको छ  । 


नेपाली सेनाको श्रीनाथ गण, जनपथ तथा शसस्त्र प्रहरी बल र सामुदायिवक वन उपभोक्ता महासंघको सहभागितामा भएको तालिम सहजिकरण गर्दै डिभिजन वन कार्यालय रसुवाका डिभिजनल वन अधिकृत शम्भु तामाङले आगोको श्रोत (ताप), ज्वलनशील वस्तु (ईन्धन) र  हावा (प्राणवायु) तीन तत्वहरुको संयोजनबाट आगो लाग्ने , प्राकृतिक कारण १ प्रतिसत भन्दा कम, मानविय वा कृतिम कारण  (९६ %) जसमा  जानीजानी वा इच्छित वन डढेलो (६४ %)  र  अन्जानमा वा दुर्घटनात्मक (३२ %) कारण वन डढेलो लाग्ने गरेकाे बताए । 

सामान्यतया भूँई घास उमार्ने,  लघु वन पैदावार संकलन गर्ने, शिकार खेल्ने, सुकेको काठ दाउरा निकाल्न, रिसिवी साँध्ने, खेती बारी मलिलो बनाउन, दशी प्रमाण नष्ट गर्ने, वन्यजन्तु भगाउने जस्ता कारण वन डढेलो लाग्ने गरेकाे बताए । 

तामाङले वन ऐन २०७६ मा  वनमा डढेलो लगाउनेलाइ हदैसम्वम कारवाही गरिने बताउँदै वन जङलको संरक्षण र सुव्यवस्था गर्न बनेको वन ऐन २०७६ को परिच्छेद १५, दफा ४९ (घ) अनुसार राष्ट्रिय वनमा आगो लगाउन वा आगलागी हुन जाने कुनै कार्य गरेमा वा गराएमा वा सोको उद्योग गरेमा यस ऐन बमोजिमको कसुर गरेको मानिने छ भनी उल्लेख गरिएको जानकारी दिए । 


यदी कसैले माथि उल्लेखित प्रकारको कसूर गरेमा सोही ऐनको दफा ५० को खण्ड (घ)  बमोजिम क्षति भएको कसुरको बिगो असुल गरी ३ वर्ष सम्म कैद वा ६० हजार रुपैयाँ सम्म जरिवाना वा दुवै सजाय हुने स्पष्ट कानूनी व्यवस्था समेत गरिएको जानकारी दिइएकाे थियाे । 

वनमा डढेलो लगाउने व्यक्तिलाई कानुनी कारवाही गर्न सुचना दिने र सूचना दिने व्यक्तिलाई पुरस्कार दिने कानुनी व्यवस्था रहेको पनि कार्यालयले जनाएकाे छ । वन डढेलोबाट वातावरण तथा धनजनकाे धेरै क्षती हुने, वन डढेलो रोकथामका रणनीतिहरू र वन डढेलोको नियन्त्रणका लागि कानुनी प्रावधान बारे डिभिजनल वन अधिकृत तामाङले सहजिकरण गरेका थिए । 

शुरक्षाकर्मी, सामुदायिक वन तथा वन कार्यालयका कर्मचारीहरू सहभागी तालिमले वनमा हुने डढेलो नियन्त्रणका लागि सहयाेग पुग्ने विस्वास लिएकाे फोकल पर्सन बिर बहादुर बोम्जनले जानकारी दिए। 


डिभिजनल वन अधिकृत शम्भु तामाङको अध्यक्षता सुरू भएकाे तालिममा श्रीनाथ गणको प्रमुख सेनानी  प्रधुन्न प्रसाद गौतमको प्रमुख अतिथि र सामुदायिक वन महासंघको अध्यक्ष हेमनाथ खतिवडा तथा समापन कार्यक्रममा  प्रमुख जिल्ला अधिकारी अर्जुन पौडेलको उपस्थितीमा भएकाे थियाे । 

तालिम समापनमा प्रमुख अतिथी प्रजिअ पाैडेलले वन कार्यालउले जनचेतना मुलक सडक नाटक तथा वन डढेलोको नियन्त्रणका तालिम सञ्चालन गरेकाे र जाेखिमका क्षेत्रहरू पहिचान गरेर उपभाेक्ता तथा सुरक्षा निकाय र सराेकारवाला सवैले वन डढेलोको नियन्त्रणका लागि जुट्नुपर्ने बताए । समापनमा सहभागीहरूले वन डढेलो नियन्त्रण तथा क्षमता अभिवृद्धि तालिम प्रभावकारी रहेकाे र यस्ताे कार्यक्रम समुदाय तहमा पनि गर्नु पर्ने शुझाव दिएका थिए । 

वन डढेलोको नियन्त्रण कसरी गर्ने बारे उपकरणहरूकाे प्रयाेग गरी प्रयाेगात्मक अभ्यास समेत भएकाे थियाे । तालिम पछि Rapid Response Team समेत गठन भएकाे छ । वन डढेलोको नियन्त्रणका लागि चाहिने सामग्रीहरू वन कार्यालय तथा सव डिभिजन कार्यालयमा रहेकाे र सामग्री समुदायका लागि हस्तान्तारण समेत भएकाे थियाे । 



 


१२ अ‍ौ राष्ट्रपति रनिङ शिल्ड २०८१ को उद्वघाटनमा मुख्य मन्त्री र समापनमा पूर्व राष्टपति आउने


रसुवा, १२ अ‍ौ राष्ट्रपति रनिङ शिल्ड २०८१ को उद्वघाटनमा प्रमुख अतिथीका रूपमा बागमती प्रदेशका मुख्य मन्त्री बहादुर सिंह लामाले उद्घाटन गर्ने छन् । 

यहि चैत  २६ देखि २८ गतेसम्म धुन्चेमा हुन गईरहेको १२ अ‍ौ राष्ट्रपति रनिङशिल्ड २०८१ को उद्वघाटन र समापनको अवसरमा  रसुवा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष विराज लोप्चनद्वारा  प्रतियोगिता  २०८१ को उद्घाटन समारोहका लागि बागमती प्रदेश सरकारका मुख्यमन्त्री बहादुर सिंह लामा तामाङलाई प्रमुख अतिथिका रूपमा उपस्थित हुन निमन्त्रणा प्रदान गरेका छन् । 

चैत्र २६ गतेदेखि रसुवाको धुन्चेमा  आयोजना हुने तय भएपछि उद्वधाटनमा मुख्यमन्त्री वहादुर सिंह लामा आउने भएका छन् । अध्यक्ष लोप्चन र गोसाइँकुण्ड गाउँपालिकाका अध्यक्ष  कैसाङनुर्पु तामाङद्वारा प्रतियोगिताको समापनमा चैत्र २८ गते का लागि सम्माननीय पूर्व राष्ट्रपति  विद्यादेवी भण्डारीलाई प्रमुख अतिथिको निमन्त्रणा प्रदान गरेका छन् । 

वित्तीय पहुँच र जानकारी अभिवृद्धि गर्न प्रभात फेरी


रसुवा, नेपाल राष्ट्र बैंकको निर्देशनअनुसार सम्पूर्ण बैंक तथा वित्तीय संस्थाहरूको सहभागितामा देशभर ग्लोबल मनी विक २०२५ मनाइँदैछ । 

“Think Before You Follow, Wise Money Tomorrow” भन्ने नाराका साथ यो अभियान मार्च १७ देखि २३, २०२५ सम्म सञ्चालन भइरहेको छ । जिल्लाकाे कालिकास्थानमा सहकारी, माइक्राेफाइनान्स र बैकहरूका शाखा कर्मचारीहरूले बिहान प्रभातफेरी कार्यक्रम गरे । 

स्याफ्रुबेशीमा पनि वित्तीय साक्षरतासम्बन्धी जनचेतना अभियान अन्तर्गत आइतबार  विहान प्रभातफेरी तथा विभिन्न कार्यक्रमहरू सम्पन्न भएका छन् । स्याफ्रुबेशीमा रहेका वाणिज्य बैंक र वित्तिय संस्थामा कार्यरत कर्मचारीहरुको सहभागितामा स्याफ्रुबेशी  वजारबाट प्रभातफेरी गरिएको हो । 



बैकबाट मात्र काराेबार गरौ । माेवाइल बैङ्किङ प्रयोग गरौ । कर्जा लिएर सहि सदुपयोग गरौ जस्ता नाराका साथ भएकाे प्रभातफेरी कार्यक्रमकाे मुख्य उद्देश्य सर्वसाधारणलाई वित्तीय ज्ञान प्रदान गर्दै सुरक्षित, दिगो र योजनाबद्ध वित्तीय व्यवस्थापनबारे जागरुक बनाउनु रहेको छ । वित्तीय प्रणाली, डिजिटल बैंकिङ, कर्जाका सही उपयोग, बचतको महत्व तथा वित्तीय ठगीबाट कसरी जोगिने भन्ने विषयमा सचेतना फैलाउन वित्तीय संस्थाका कर्मचारीहरुको सहभागितामा कार्यक्रमहरू सम्पन्न भएका छन् ।

नेपालभर सञ्चालन भइरहेको अभियानले वित्तीय पहुँच र जानकारी अभिवृद्धि गर्न सहयोग पुग्ने विश्वास गरिएको छ । नेपाल राष्ट्र बैंकको पहलमा हरेक वर्ष मनाइने ग्लोबल मनी विक ले वित्तीय अनुशासन र समावेशीकरणलाई प्रबर्धन गर्ने लक्ष्य राखेको छ ।

पत्रकार, समाजसेवी, वित्तीय संस्थाका कर्मचारीहरु सहभागी भइ घुम्तीबाट कालिकास्थान पेट्राेल पम्पसम्म प्रभात फेरी गरी Global Money Week 2025 गरी वित्तिय सचेतना तता प्रभात फेरि कार्यक्रम ०८१ चैत ८ कालिकास्थानमा भएकाे थियाे ।



भिमलीमा बाख्रापालनबाट मनग्य आम्दानी

विजया तिबारी 

रसुवा, रसुवा जिल्लाको गोसाईकुण्ड गाउँपालिका - ६ भिमली गाउँमा बाख्रापालनले गाउँलेहरूको जीवनस्तरमा सकारात्मक परिवर्तन ल्याएको छ। 

यहाँका २५ घरधुरीमध्ये १२ घरधुरीले बाख्रापालन गरेर आफ्नो आर्थिक अवस्था सुधारेका छन्। यसले गाउँलाई अरू गाउँभन्दा धेरै बाख्रा पाल्ने गाउँको रूपमा परिचित बनाएको छ। 

भिमली गाउँ पासाङल्हामु राजमार्गभन्दा तल अवस्थित छ। यहाँका बासिन्दाहरूले बाख्रापालनका साथै भैसी, कुखुरा र बंगुर पालन गर्छन् भने अर्गानिक खेती पनि गर्छन्। गाउँकी सरस्वती तामाङले आफ्नो अर्गानिक कृषि तथा पशुपन्छी फर्मबाट बाख्रापालन र अर्गानिक खेती गरेर आफ्नो आम्दानी बढाएकी छिन्। उनकै गाउँकी लाचिन तामाङले १६ वटा बाख्रा पालेकी छन् भने कामी ल्हामो तामाङले ४० वटा बाख्रा पालेर राम्रो आम्दानी गर्दै आएका छन्।

यसैगरी, मिङमार डोल्मा तामाङले २३ वटा बाख्रा पालेर जीविकोपार्जन गर्दै आएकी छिन् भने श्री लाल तामाङले १४ वटा बाख्रा पालेर आफ्नो आम्दानीको मुख्य स्रोत बनाएका छन्। उनले भने, “हामी कृषक बाख्रा पालेर नै आम्दानीको स्रोत बनाएका छौं।” दाम्जि तामाङले १५ वटा, शान्ति तामाङले १२ वटा, मिङमार तामाङले ९० वटा, सुम्वा गोलेले १५ वटा, नुर्पु ग्लानले १० वटा र जेभ ल्हामो तामाङले १५ वटा बाख्रा पालेका छन्। उनीहरूले एकमुष्ठ स्वरमा भनेका छन्, “गरे के हुँदैन । काम गरेका छौं र राम्रो आम्दानी भएको छ।”

गोसाईकुण्ड गाउँपालिकाको पशुशाखा अनुसार यस गाउँमा धेरै घरधुरिले व्यक्तिगत रूपमा बाख्रापालन गरेका छन्। यसले गाउँलेहरूको आर्थिक अवस्थामा ठूलो सुधार भएको छ। बाख्रापालनबाट गाउँलेहरूले निरन्तरता दिएर आफ्नो जीवनस्तर उकास्दै आएका छन्। भिमली गाउँले बाख्रापालनलाई आफ्नो आम्दानीको मुख्य स्रोत बनाएर गाउँको पहिचान र आर्थिक स्थिति सुधारेको छ।

Saturday, March 22, 2025

कालिका हिमालय माविकाे स्वर्ण जयन्ती मनाउने अध्यक्षकाे नेतृत्वमा मूल समिति गठन

 

रसुवा, कालिका हिमालय माध्यमिक विधालयकाे स्वर्ण जयन्ती कसरी मनाउने बिषयमा छलफल गरी कालिका गाउँपालिका अध्यक्षकाे संयाेजकत्यमा १५१ सदय रहेकाे समिति गठन भएकाे छ ।

छलफलमा कसरी स्वर्ण जयन्ती मनाउने बारेमा अभिभावक तथा पुर्व अध्यक्षहरूले धारणा राखेका थिए । भेलाकाे बागमती प्रदेश सभा सदस्य इन्द्र गाैतम प्रमुख अतिथी रहेका थिए ।