'यही हो हाम्रो रसुवा' को सूचनामूलक यस साइटमा तपाईको वरपरको महत्वपूर्ण स्थल, सम्पदा आदिको बारेमा प्रचार गरी आन्तरिक पर्यटन विकासमा सहयोग पुर्‌याउन त्यस्ता सामग्रीहरू हामीलाई पठाउनु होला । हामी तपाईका सामग्रीलाई प्रकाशन गर्नेछौं । Email : paudelprem@gmail.com (9843508470 Whatsapp)

आपतकालीन उपचारका लागि एम्बुलेन्स प्रदान


रसुवा, आमाछोदिङमो गाउँपालिका–१ हाकुस्थित हाकु सामुदायिक स्वास्थ्य इकाईमार्फत आपतकालीन उपचारका लागि सेवा पुर्याउन सामुदायिक सहयोग कार्यक्रमअन्तर्गत  एम्बुलेन्स हस्तान्तरण भएकाे छ । 

निर्माणाधीन २१६ मेगावाट क्षमताको माथिल्लो त्रिशूली १ जलविद्युत आयोजनाले प्रभावित क्षेत्रको गाउँलाई एम्बुलेन्स प्रदान गरिएको हाे । विपद्, दुर्घटना एवं गम्भीर प्रकृतिका रोगबाट प्रभावित घाइते, सुत्केरीलगायत आयोजना प्रभावित क्षेत्रका बासिन्दालाई मानवीय सेवा पुर्‍याउने उद्देश्यले गाउँपालिकालाई आधुनिक सुविधा सम्पन्न एम्बुलेन्स प्रदान गरेको हो ।

आयोजना प्रभावित अर्को उत्तरगया गाउँपालिकालाई पनि छिट्टै एम्बुलेन्स प्रदान हुने जनाइएकाे छ । आयोजनाको प्रवर्धक नेपाल वाटर एण्ड इनर्जी डेभलप्पमेन्ट कम्पनी प्रालिका प्रमुख कार्यकारी अधिकृत  बायोङ सु मिनलले हाकुमा आयोजित एक कार्यक्रमकाबीच एम्बुलेन्सको साँचाे आमाछोदिङमो गाउँपालिकाका अध्यक्ष बुचुङ तामाङलाई हस्तान्तरण गरे । 

कोरियन कम्पनीको अगुवाइमा प्रत्यक्ष वैदेशिक लगानीमा रसुवाको आमाछोदिङमो गाउँपालिका–१ हाकुमा आयोजनाको बाँधलगायतका संरचना र उत्तर गया गाउँपालिका–१ मा भूमिगत विद्युत् गृहलगायतका संरचना निर्माणाधीन छन् ।



Share on Google Plus

About हेमनाथ खतिवडा

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Site Comment
    Facebook Comment

0 Comments :

Post a Comment

• Articles • Book Introduction • Culture • Bhajan • Songs /Music