'यही हो हाम्रो रसुवा' को सूचनामूलक यस साइटमा तपाईको वरपरको महत्वपूर्ण स्थल, सम्पदा आदिको बारेमा प्रचार गरी आन्तरिक पर्यटन विकासमा सहयोग पुर्‌याउन त्यस्ता सामग्रीहरू हामीलाई पठाउनु होला । हामी तपाईका सामग्रीलाई प्रकाशन गर्नेछौं । Email : paudelprem@gmail.com (9843508470 Whatsapp)

नेसिङ र ग्रे गाउँमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न


रसुवा, आमाछोदिङमो गाउँपालिका - २ अन्तर्गत नेसिङ र ग्रे गाउँमा आयोजित निःशुल्क स्वास्थ्य शिविर  सम्पन्न भएको छ। 

दोबो तेम्बा फुर्पु आधारभूत अस्पतालको आयोजनामा पहिलो पटक सञ्चालन गरिएको यस शिविरमा १ सय  ५० जनाले स्वास्थ्य सेवा प्राप्त गरेका छन्। दुर्गम क्षेत्र र यातायात असुविधाका बाबजुद स्थानीयबासीको उल्लेखनीय सहभागिता रहेको उक्त शिविरमा मधुमेह, दम, उच्च रक्तचाप, भाइरल ज्वरोजस्ता रोगहरूको परीक्षण गरिएको थियो। ज्येष्ठ नागरिक, गर्भवती महिला र बालबालिकाको स्वास्थ्य जाँचसमेत गरिएको थियो।

स्वास्थ्य परीक्षणका क्रममा ११ जना दम, ४ जना मधुमेह र ८ जना उच्च रक्तचापका बिरामी फेला परेका छन् भने ४ जना गर्भवती महिलाको पनि स्वास्थ्य परीक्षण गरिएको अस्पतालका डाक्टर सरोज श्रेष्ठले जानकारी बताए ।  

डा श्रेष्ठका अनुसार गाउँघरमा प्रयोग गरिने तमाखु, धूम्रपान तथा खाना पकाउँदा निस्कने धुवाँका कारण दमको समस्या बढ्ने भएकाले सचेत रहन आवश्यक छ। साथै, उच्च रक्तचाप नियन्त्रण गर्न नुनको मात्रा सीमित ९ प्रति दिन ५ ग्राम राख्न र नियमित शारीरिक व्यायाम गर्न सुझाव दिए । 

स्थानीयबासीले यस शिविरलाई उपयोगी भएको भन्दै यस्ता कार्यक्रम आगामी दिनमा पनि निरन्तर आयोजना गर्नुपर्ने बताएका छन्।

Share on Google Plus

About हेमनाथ खतिवडा

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Site Comment
    Facebook Comment

0 Comments :

Post a Comment

• Articles • Book Introduction • Culture • Bhajan • Songs /Music