'यही हो हाम्रो रसुवा' को सूचनामूलक यस साइटमा तपाईको वरपरको महत्वपूर्ण स्थल, सम्पदा आदिको बारेमा प्रचार गरी आन्तरिक पर्यटन विकासमा सहयोग पुर्‌याउन त्यस्ता सामग्रीहरू हामीलाई पठाउनु होला । हामी तपाईका सामग्रीलाई प्रकाशन गर्नेछौं । Email : paudelprem@gmail.com (9843508470 Whatsapp)

भिमलीमा बाख्रापालनबाट मनग्य आम्दानी

विजया तिबारी 

रसुवा, रसुवा जिल्लाको गोसाईकुण्ड गाउँपालिका - ६ भिमली गाउँमा बाख्रापालनले गाउँलेहरूको जीवनस्तरमा सकारात्मक परिवर्तन ल्याएको छ। 

यहाँका २५ घरधुरीमध्ये १२ घरधुरीले बाख्रापालन गरेर आफ्नो आर्थिक अवस्था सुधारेका छन्। यसले गाउँलाई अरू गाउँभन्दा धेरै बाख्रा पाल्ने गाउँको रूपमा परिचित बनाएको छ। 

भिमली गाउँ पासाङल्हामु राजमार्गभन्दा तल अवस्थित छ। यहाँका बासिन्दाहरूले बाख्रापालनका साथै भैसी, कुखुरा र बंगुर पालन गर्छन् भने अर्गानिक खेती पनि गर्छन्। गाउँकी सरस्वती तामाङले आफ्नो अर्गानिक कृषि तथा पशुपन्छी फर्मबाट बाख्रापालन र अर्गानिक खेती गरेर आफ्नो आम्दानी बढाएकी छिन्। उनकै गाउँकी लाचिन तामाङले १६ वटा बाख्रा पालेकी छन् भने कामी ल्हामो तामाङले ४० वटा बाख्रा पालेर राम्रो आम्दानी गर्दै आएका छन्।

यसैगरी, मिङमार डोल्मा तामाङले २३ वटा बाख्रा पालेर जीविकोपार्जन गर्दै आएकी छिन् भने श्री लाल तामाङले १४ वटा बाख्रा पालेर आफ्नो आम्दानीको मुख्य स्रोत बनाएका छन्। उनले भने, “हामी कृषक बाख्रा पालेर नै आम्दानीको स्रोत बनाएका छौं।” दाम्जि तामाङले १५ वटा, शान्ति तामाङले १२ वटा, मिङमार तामाङले ९० वटा, सुम्वा गोलेले १५ वटा, नुर्पु ग्लानले १० वटा र जेभ ल्हामो तामाङले १५ वटा बाख्रा पालेका छन्। उनीहरूले एकमुष्ठ स्वरमा भनेका छन्, “गरे के हुँदैन । काम गरेका छौं र राम्रो आम्दानी भएको छ।”

गोसाईकुण्ड गाउँपालिकाको पशुशाखा अनुसार यस गाउँमा धेरै घरधुरिले व्यक्तिगत रूपमा बाख्रापालन गरेका छन्। यसले गाउँलेहरूको आर्थिक अवस्थामा ठूलो सुधार भएको छ। बाख्रापालनबाट गाउँलेहरूले निरन्तरता दिएर आफ्नो जीवनस्तर उकास्दै आएका छन्। भिमली गाउँले बाख्रापालनलाई आफ्नो आम्दानीको मुख्य स्रोत बनाएर गाउँको पहिचान र आर्थिक स्थिति सुधारेको छ।

Share on Google Plus

About हेमनाथ खतिवडा

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Site Comment
    Facebook Comment

0 Comments :

Post a Comment

🤝 Community

Join Forum Give Feedback
]]>
🌱 Soft Launch Phase
Share your feedback

Search This Blog

साताको चर्चित

साताको चर्चित

• Articles • Book Introduction • Culture • Bhajan • Songs /Music