'यही हो हाम्रो रसुवा' को सूचनामूलक यस साइटमा तपाईको वरपरको महत्वपूर्ण स्थल, सम्पदा आदिको बारेमा प्रचार गरी आन्तरिक पर्यटन विकासमा सहयोग पुर्‌याउन त्यस्ता सामग्रीहरू हामीलाई पठाउनु होला । हामी तपाईका सामग्रीलाई प्रकाशन गर्नेछौं । Email : paudelprem@gmail.com (9843508470 Whatsapp)

१२औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता तथा खेलकुद महोत्सव शुभारम्भ


रसुवा,  १२औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता तथा खेलकुद महोत्सव – २०८१ को  शुभारम्भ  भएको छ। बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले कार्यक्रमको प्रमुख अतिथि रहँदै प्रतियोगिताको औपचारिक उद्घाटन गरे । 

मुख्यमन्त्री लामाले खेलकुदको माध्यमबाट पर्यटन विकास गर्न सकिने उल्लेख गर्दै, खेलकुदले सामाजिक एकता, सद्भाव र आत्मीय सम्बन्धलाई सुदृढ बनाउने विश्वास व्यक्त गरे । उनले भने, “खेलकुदले युवालाई अनुशासित बनाउने मात्र होइन, विभिन्न जात–जाति र समुदायबीच आत्मीयता बढाउने सेतुको काम गर्छाै।”

सो अवसरमा मुख्यमन्त्री लामाले रसुवा जिल्लामा खेलकुद पूर्वाधार निर्माणमा प्रदेश सरकार पूर्ण रूपमा तयार रहेको जानकारी गराउँदै आगामी वर्षमा खेलकुद भवन निर्माणका लागि आवश्यक सहयोग उपलब्ध गराउने प्रतिवद्धता व्यक्त गरे । 

जिल्ला स्तरिय खेलहरूहुने समारोहमा विभिन्न विद्यालयका विद्यार्थीहरूले मार्च पास, सांस्कृतिक प्रस्तुति र विविध झाँकीमार्फत राष्ट्रिय एकता र स्थानीय संस्कृति झल्काएका थिए। 

प्रतिनिधि सभाका सांसद मोहन आचार्यले  जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताले जिल्लाको पर्यटन प्रर्बद्धनमा सहयोग पुग्ने बताए । उनले जिल्लाको पूर्वाधार विकासमा प्रदेश सरकारबाट सहयोगको अपेक्षा गरेको बताए । 
कार्यक्रममा जिल्ला समन्वय प्रमुख अशाेक घिमिरे, प्रमुख जिल्ला अधिकारी अर्जुन पाैडेललगमयत दलका नेताहरू, स्थानीय तहका जाप्रतिनिधीहरूले धारणा राखेका थिए । गाउँपालिका स्तरमा भएका प्रतियोगितामा उत्कृष्ट भएका विद्यालय तथा विद्यार्थीहरू राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने छन् ।



प्रतियोगितामा भलिबल, कबड्डी, कराँते, तेक्वान्दो, एथ्लेटिक्स अन्तर्गतका हाई जम्प, लङ जम्प, सट पुट, त्रिपल जम्प, ज्यावलिङ थ्रो, दौड, रिले दौडलगायतका विभिन्न विधामा प्रतिस्पर्धा हुने जिल्ला खेलकुद विकास समितिका अध्यक्ष  लोप्चनले बताए । 

प्रतियोगितामा जिल्लाका बिभिन्न विद्यालयहरूबाट झन्डै ३०० भन्दा बढी खेलाडी भलिबल, तेक्वान्दो, कराते तथा एथलेटिक्सलगायतका विधामा छात्र–छात्राहरूको उत्साहजनक सहभागिता रहेको छ।

रसुवा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष बिराज लोप्चनले प्रतियोगिताको सफल आयोजनाको लागि सहयोग गर्ने सबैलाई धन्यवाद व्यक्त गर्दै खेल क्षेत्रको विकासमा अझ धेरै सहयोग र लगानी आवश्यक रहेको उल्लेख गरे। कार्यक्रममा जिल्ला खेलकुद विकास समिति, स्थानीय जनप्रतिनिधि, सुरक्षाकर्मी, अभिभावक, पत्रकार तथा खेलप्रेमीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।



Share on Google Plus

About हेमनाथ खतिवडा

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Site Comment
    Facebook Comment

0 Comments :

Post a Comment

• Articles • Book Introduction • Culture • Bhajan • Songs /Music