१२ औं राष्ट्रपति रनिङ शिल्ड तथा खेलकुद महाेत्सव धुन्चेमा हुने


रसुवा,  चैत्र २६-२८ गतेसम्म सञ्चालन हुन लागेकाे १२ औं राष्ट्रपति रनिङ शिल्ड तथा खेलकुद महाेत्सव धुन्चेमा हुने  भएकाे छ । 

जिल्ला खेलकुद विकास समितिद्धारा आयोजित शनिबार पत्रकार सम्मेलनमा अध्यक्ष बिराज लाेप्चनले धुन्चेमा हुने खेलकुद महाेत्सवले राैनकता दिने  जानकारी दिएका हुन् । कार्यक्रममा पत्रकारहरूले सुझाव तथा  प्रश्न पनि गरेका थिए । 

उद्घाटन कार्यक्रममा  प्रमुख अतिथी बागमती प्रदेशका मुख्य मन्त्री बहादुरसिंह लामा रहने र समापनमा पुर्व राष्ट्रपति विद्या भण्डारी रहने अध्यक्ष तामाङले बताए । 

पत्रकार सम्मेलनमा जिल्ला समन्वय प्रमुख अशाेक घिमिरे, गाेसाइकुण्ड गाउँपालिका अध्यक्ष कैसाङनुर्पु तामाङ लगायतका अतिथीहरूले मन्तब्य दिएका थिए । 

उद्घाटन समाराेहमा बागमती प्रदेशका मुख्यमन्त्री माननीय बहादुरसिंह तामाङ र प्रतियोगिताको समापन भने पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको प्रमुख आतिथ्यमा सम्पन्न हुने छ।

 जिल्लाका पाँचवटा गाउँपालिका गोसाईकुण्ड, कालिका, उत्तरगया, नौकुण्ड, र आमाछोदिङ्मोबाट छनोट गरिएका उत्कृष्ट खेलाडीहरूले सहभागिता जनाउने छन्। प्रतियोगितामा भलिबल, तेक्वान्दो, कराते तथा एथलेटिक्सजस्ता विभिन्न खेलहरू समावेश गरिएकाे सम्मेलनमा जानकारी दिइएकाे थियाे । 

जिल्ला खेलकुद विकास समितिका अध्यक्ष लोप्चनका अनुसार प्रतियोगितामा ३०० भन्दा बढी खेलाडी सहभागी हुनेछन्। साथै, प्रतियोगिता अवधिभर खेलाडीहरूको  ५ लाख रूपैयाँ बराबरको बीमा गरिनेछ। निष्पक्षता र उच्चस्तरीय प्रतिस्पर्धाका लागि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय निर्णायकहरू नियुक्त गरिनेछन्। 

प्रतियोगितामा विजेता पालिकालाई २२ हजार २ सय २ रुपियाँको साथमा रनिङ शिल्ड, ट्रफी, मेडल र प्रमाण-पत्रद्वारा पुरस्कृत गरिने अध्क्षय बिराज लोप्चनले जानकारी दिए ।  

दोस्रो र तेस्रो हुने विद्यालयलाई क्रमशः नगद ११ हजार १ सय १ रुपियाँ र ५ हजार ५ सय ५ रुपियाँको साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ । प्रत्येक खेलमा छात्र र छात्रातर्फ उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई नगद १ हजार १ सय १ रुपियाँ समेत प्रदान गरिने छ।



Comments

Popular posts from this blog

कालिका हिमालय माध्यमिक विद्यालयले स्वर्ण उत्सव मनाउदै

लोपोन्मुख पञ्चेबाजा संरक्षणामा महिला जुटे

कालिका हिमालय माविकाे स्वर्ण जयन्तीमा संचारकर्मीहरू पूर्व विद्यार्थी तथा समाजसेवीहरू सम्मानित