ताजा खबर
Loading...
'यही हो हाम्रो रसुवा' को सूचनामूलक यस साइटमा तपाईको वरपरको महत्वपूर्ण स्थल, सम्पदा आदिको बारेमा प्रचार गरी आन्तरिक पर्यटन विकासमा सहयोग पुर्‌याउन त्यस्ता सामग्रीहरू हामीलाई पठाउनु होला । हामी तपाईका सामग्रीलाई प्रकाशन गर्नेछौं । Email : paudelprem@gmail.com (9843508470 Whatsapp)

Sunday, August 23, 2026

मेलालाई लक्षित गर्दै सुचारु गरियो रसुवाको पार्वतीकुण्ड जाने सडक



रसुवा, जनैपूर्णिमाका दिन आमाछोदिङमो गाउँपालिका-३ को पार्वतीकुण्डमा लाग्ने मेलालाई लक्षित गर्दै सडक सञ्चालनमा ल्याइएको छ। वर्षाका कारण तीन साताअघि पहिरोले अवरुद्ध भएको सडक सञ्चालनमा ल्याइएको हो। 


पहिरोले रोंगा–केराबारी, रोङ्गा थाम्बुचेत र तातोपानी सडक अवरुद्ध पारेको थियो। सडक सुलेपछि गाउँबाट सिधै काठमाडौं तथा स्थानीय सवारी चल्ने भएपछि पार्वतीकुण्ड मेलामा आउने यात्रीलाई सहज हुने स्थानीयको भनाइ छ। थाम्बुचेत-गत्लाङ र  थाम्बुचेत-गोल्जुङ–चौहत्तर हुँदै पार्वतीकुण्ड पुग्न सकिन्छ।  यहाँ जनैपूर्णिमाको अवसरमा हरेक वर्ष मेला लाग्ने गरेको छ। 





No comments:

Post a Comment