Posts

Showing posts from August, 2024

सदस्य सुरक्षण कार्यक्रम तथा तीज बिशेष कार्यक्रम सम्पन्न

Image
रसुवा, तीजको अवसरमा कालिका गाउँपालिका -२ स्थित धैबुङ्ग कालिका साना किसान कृषि सहकारीको आयोजनामा सदस्य सुरक्षण कार्यक्रम तथा तीज बिशेष दरखाने कार्यक्रम सम्पन्न भयो ।  कार्यक्रम  कालिका गाउँपालिका उपाध्यक्ष मिरा लामा, वडा अध्यक्ष उमेश न्यौपाने सहकारी सञ्चालक समिति, सेयरधनीहरू, कर्मचारीलगायत स्थानीयकाे सहभागी थिए ।  सहकारीले सञ्चालन गरेकाे सदस्य सुरक्षण कार्यक्रम बारे जानकारी तथा तीज बिशेष साँस्कृतिक गीत तथा नृत्य र दरखाने कार्यक्रम सम्पन्न भएकाे थियाे  ।  तीज नारीहरूले मनाउने एउटा महत्त्वपूर्ण चाड हो ।  हिन्दू धार्मिक ग्रन्थ अनुसार राजा हिमालयले आफ्नी छोरी पार्वतीको कन्यादान भगवान विष्णुसँग गरिदिने वचन पार्वतीलाई मन नपरेपछि आफूले मन पराएको वर पाउन जङ्गल गएर शिवजीको तपस्या गर्न थालिन्। पार्वतीले तपस्या गरेको एक सय वर्ष पूरा भइसक्दा पनि आफूले गरेको तपस्याको फल नपाउँदा एक दिन उनले शिव लिङ्गको स्थापना गरी पानी पनि नपिइकन निराहार व्रत बस्न बसिन्।  यसरी पार्वतीको कठोर बर्तको कारण शिवजी प्रकट भई ुचिताएको कुरा पुगोस्ु भनी आशीर्वाद दिए पछि शिव पार्वतीको विवाह हुन...

कार्यालय प्रमुख माथि अभद्र ब्यवहार गर्नेलाइ कारवाही गरिने

Image
रसुवा , लाङटाङ राष्ट्रिय निकुञ्ज बरिष्ट संरक्षण अधिकृत  अणनाथ बराल  माथि कार्यालयमा अभद्र ब्यवहार गर्नेलाइ कारवाही गरिने भएकाे छ ।  ०८१ भदाै ७ गते नाैकुण्ड गाउँपालिका २ का याेङजाे भूमे मध्यवर्ती सामुदायिक वनका अध्यक्ष ठूलाेबाबु नेकाेर र उनकी पत्नी बताउने दाम्जी घलेले कार्यालयमा बिना अनुमति प्रबेश गरी धसिङ्ग्रेकाे तेल उत्पादन उद्याेग स्थापना गर्ने सम्बन्धमा विवाद गरी प्रमुख बरालमाथि अपशब्दले गाली गरी दुर्यवहार गरेकाे बरालले बताए ।  अरू कर्मचारीहरूलाइ समेत गाली गलाैज गरी कुर्सीमा रहेका  कार्यालय प्रमुखमाथि हातपात समेत भएकाे र सर्ट समेत च्यातेकाे , इटा उठाएर हान्न लाग्दा कर्मचारीले राेकेकाेले  कार्यालय प्रमुख माथि अभद्र ब्यवहार गर्नेलाइ कारवाही गर्न जिल्ला प्रशासन कार्यालयलगायतका शुरक्षा निकायमा पत्रचार भएकाे कार्यालय प्रमुख बरालले बताए ।  कार्यकक्षमा रहेका  कार्यालय प्रमुख माथि अभद्र ब्यवहार गर्नेलाइ नियमानुसार कारवाहीका लागि पत्राचार गरेकाे कार्यालयमा सुरिक्षत भइ काम गर्ने वातावरण नभएकाेले कार्यालयका रेन्जर सुनिल राउतकाे प्रतिवेदन र साे मितिकाे घटन...

रैथाने स्याउ खेती

Image
आमाछाेदिङमाेे गाउँपालिका -४ काे ७४ मा फलेकाे रैथाने स्याउ यहाँ स्याउ खेती गरेेर किसान दैनिक खर्च चलाउछन् । याे स्याउ निकै स्वादिलाे छ ।  तस्बिर : हेमनाथ खतिवडा रसुवा ।

ट्र्रेड यूनियन महासंघ र भूमि अधिकार तथा श्रमिक संगठन भेला सम्पन्न

Image
रसुवा, नेपाल ट्र्रेड यूनियन महासंघ जिफन्ट रसुवाकाे भेला सम्पन्न भयाे । जिल्लाभरका सवै गाउँपालिकाबाट भएकाे भेलाले कालिका, नाैकुण्ड, उत्तरगया र आमाछोदिङमो गाउँपालिका कमिटी गठन भएकाे स्थानीय कालिका गाउँपालिका कमिटी अध्यक्ष नुरेन्द्र बहादुर न्याैपानेले बताए ।  भूमि अधिकार तथा श्रमिक संगठनकाे जिल्ला कमिटीको भेला तथा प्रथम अधिबेशन पनि सम्पन्न भएकाे छ । छेकु लामाकाे अध्यक्षतामा  भूमि अधिकार तथा श्रमिक संगठनकाे जिल्ला कमिटी गठन भएकाे हाे ।

कालिकास्थानमा ७७ जनाले गरे रक्तदान

Image
रसुवा, कालिका गाउँपालिका–२ कालिका हिमालय क्याम्पसमा शनिबार भएको रक्तदान कार्यक्रममा ७७ जनाले रक्तदान गरेका छन् ।  रगतको अभाव हुन नदिन रक्तदान कार्यक्रम आयोजना गरेको आयोजक युवा संघ रसुवाका अध्यक्ष कुमार नगरकोटीले बताए । बिकल्प रहित रगत दान गर्ने र रगत पाउने दुबैले फाइदा लिने भएकोले रक्तदान महत्व रहेको र रक्तदान जीवन दान भएको सहभगीहरूले बताए ।  राष्ट्रिय युवा संघ नेपाल रसुवाको आयोजनामा भएको खुल्ला रक्तदान कार्यक्रममा युवा संघ नेपालका केन्द्रीय उपाध्यक्ष पुष्पराज श्रेष्ठको प्रमुख आतिथ्यमा तथा  नेकपा एमाले केन्द्रीय सदस्य प्रेम तामाङ, नेकपा एमाले जिल्ला अध्यक्ष जनार्दन ढकालको बिशेष आतिथ्यमा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा सहभागी रक्तदाताहरूलाइ सम्मान पत्र प्रदान गरिएको थियो ।   

गोसाइँकुण्ड र पार्वतीकुण्डमा मेला सम्पन्न

Image
रसुवा, वर्षेनी जनैपूर्णिमाको अवसरमा पवित्र तीर्थस्थल गोसाइँकुण्ड पुगेका भक्तजन मेला सकेर फर्केका छन् । यसवर्ष पार्वतीकुण्ड र लाङटाङको लाङसिसामा पनि भब्य मेला लागेको छ ।  जनैपूर्णिमा पर्वका दिन आठ हजारभन्दा बढी भक्तजनले गोसाइँकुण्डमा स्नान तथा पूजाआजा सम्पन्न गरी फर्किएको प्रमुख जिल्ला अधिकारी वेदनिधि खनालले बताए ।  नाग पञ्चमीदेखि जनैपूर्णिमा पर्वसम्म आइपुग्दा ११ हजारभन्दा बढी भक्तजन गोसाइँकुण्ड पुगेको खनालले बताए । लाङटाङ राष्ट्रिय निकुञ्जले २४ सैं घण्टा आफ्नो आधार इलाकाको मोटरबाटो खुला गरेका कारण राति अवेरसम्म यात्रुवाहक सवारी साधन सञ्चालनमा आएका थिए ।  तीर्थयात्रुका लागि नेपाली सेना, स्वास्थ्य कार्यालय, गोसाइँकुण्ड गाउँपालिका, रसुवा अस्पताल धुन्चे, हिमालय उद्धार संघ, जिल्ला आयुर्वेद र नेपाल रेडक्रससमेतका निकायले सेवा पुर्याएको गोसाइँकुण्ड क्षेत्र विकास समितिले जनाएको छ ।  अत्यावश्यक वस्तु बिक्री गर्ने व्यवसायीले निर्धारित मूल्यभन्दा बढी असुलेका कारण आफूहरू ठगिएको यात्रुको गुनासो गरे ।  समुन्द्री सतहदेखि २ हजार ६ सय ९० मिटरको उचाइमा रहेको धार्मिक पर्यटकीय क्षेत...

पार्वतीकुण्ड जाने सडक खुल्यो

Image
रसुवा, जनैपूर्णिमाका दिन आमाछोदिङमो गाउँपालिका–३ को पार्वर्तीकुण्डमा लाग्ने मेलालाइ लक्ष्य गर्दै स्थानीय सरकारले अवरुद्ध सडक खुलाएको छ ।    वर्षातको कारण गएको पहिरोले ३ सातादेखि ठाउँठाउँमा अवरुद्ध सडक मर्मत थालेको आमाछोदिङमो गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत गोपालप्रसाद दुलालले बताए ।  ‘पार्वतीकुण्ड मेला तथा गाउँपालिकाको भित्रको सडक सुचारु गर्न गाउँपालिकाले स्क्याभेटर प्रयोग गरेर रोङ्गा थाम्बुचेत सडक सुचारु गरेका छौं ।’ अधिकृत दुलालले भने ।  स्थानीयकाे अनुराेधमा स्थानीय सरकारले समन्वय गरेर सडक सुचारू गरेकाे हाे ।  मेलाको समयमा बिभिन्न स्थानबाट आउने यात्रीहरुलाइ सहज हुने स्थानीय बताउछन् । वर्षातको पहिरोले रोङ्गा–केरावारी, रोङ्गा थाम्बुचेत र तातोपानी सडक अवरुद्ध पारेको थियो । सडक सुलेपछि गाउँबाट सिधै काठमाडौं तथा स्थानीय सवारी चल्ने भएपछि पार्वतीकुण्ड मेलामा आउने यात्रीहरुलाइ सहज हुने स्थानीय बताउछन् ।  थाम्बुचेतबाट गत्लाङहुँदै पार्वतीकुण्ड जाने र थाम्बुचेतबाट गोल्जुङ–चौहत्तरहुँदै पार्वतीकुण्ड पुग्न सकिन्छ । यी दुवै मार्ग वर्षातको पहिरोले मर्मत गरेर सुचारु ग...

गोसाइँकुण्ड - पार्वतीकुण्ड कलश यात्रा

Image
  रसुवा , उत्तरगया धामबाट कालिका मन्दिर हुँदै गोसाइँकुण्ड पुगेर पार्वतीकुण्ड कलश यात्रा सुरु भएको छ।  शुक्रबार धार्मिक पवित्र स्थल उत्तरगया धामबाट जल सहितको कलश यात्रा सुरु गरिएको कालिका गाउँपालिका(५ का पुष्पराज देवकोटाले बताए। परम्परागत धार्मिक मान्यता अनुसार कुण्डको जल लिएर चढाउन तथा पाठ पूजा गर्नका लागि कलश यात्रा सुरु गरिएको सहभागी विष्णु देवकाेटाले बताए ।   यात्रामा रहेका झंकनाथ न्यौपानेका अनुसार बेत्रागांगाको जल उत्तरगयास्थित १०८ शिवलिंग र कालिका मन्दिरमा  चढाउने र पैदल यात्रा गर्दै गोसाइँकुण्ड र पार्वतीकुण्डको जल ल्याएर पुनः कालिका मन्दिरमा चढाइन्छ। त्यसपछि उत्तरगयाधाममा पुगेर पितृ उद्धारको कामना गरी कलश यात्रा समापन गरिने टाेलीका सहभागी झंकनाथ न्याैपानेले बताए ।  यात्रामा परम्परागत खैजडी भजन तथा छत्र नाच समेत रहेको छ।   धुन्चेबाट सुरू भएकाे पैदल यात्रा टाेलीमा  कालिक गाउँपालिका क्षेत्रका  २५ जना सहभागी छन् । 

जनैपूर्णिमा गोसाइँकुण्ड मेला सुरू जाने हाेइन त ?

Image
जनैपूर्णिमा गोसाइँकुण्ड किन जाने ? कुण्डमा नुहाउने तथा पाठपूजा गर्नाले मनले चिताएको पुग्ने र पापबाट मुक्त हुने जनविश्वासका साथ टाडाटाढाबाट भक्तजनहरू यहाँ आउने गर्दछन्। पर्यटकीयस्थल गोसाइँकुण्ड रसुवामा रहेका धेरै कुण्डमध्येको ठूलो कुण्ड हो । गोसाइँकुण्डबारे पुरा जानकारी रसुवा, जनैपूर्णिमाका दिन लाग्ने गोसाइँकुण्ड मेलालाई मर्यादित र सुरक्षित रूपमा मनाउन विभिन्न १३ वटा उपसमितिहरू गठन गरिएका छन् । यसवर्ष भदौ ३ गते जनैपूर्णिमा पर्दछ । हरेक वर्ष दशहरा तथा जनैपूर्णिमाको समयमा लाग्ने मेलामा देश विदेशबाट तीर्थयात्रुहरूको घुइँचो लाग्ने गर्दछ ।  एकपटक पुग्नै पर्ने प्रसिद्ध धार्मिक तथा पर्यटकीय गन्तव्यका रुपमा परिचित रसुवा गोसाइँकुण्ड गाउँपालिका – ५ मा पर्ने गोसाइँकुण्डमा प्रत्येक वर्ष लाग्ने जनैपूर्णिमा मेला मेला सुरु भएको हो ।   कुण्डमा नुहाउने तथा पाठपूजा गर्नाले मनले चिताएको पुग्ने र पापबाट मुक्त हुने जनविश्वासका साथ धेरै भक्तजनहरू यहाँ आउने गर्दछन्। पर्यटकीयस्थल गोसाइँकुण्ड रसुवामा रहेका धेरै कुण्डमध्येको ठूलो कुण्ड हो । पौराणिक कथन अनुसार परापूर्व कालमा देवता र दानवबीच लडाईंमा ...

जिल्ला विपद् व्यवस्थापन समितिकाे बैठक सम्पन्न

Image
रसुवा, जिल्ला विपद व्यवस्थापन समिति रसुवाको अध्यक्ष एवम प्रमुख जिल्ला अधिकारी वेदनिधि खनालको अध्यक्षतामा बैठक सम्पन्न साउन २८ गते भयाे ।  जिल्ला प्रशासन कार्यालय रसुवा कार्यालयको सभाहलमा विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन ऐन २०७४ को दफा १६ बमोजिम जिल्ला विपद व्यवस्थापन समिति रसुवाकाअध्यक्ष एवम प्रमुख जिल्ला अधिकारी वेदनिधि खनाल, गोसाईकुण्ड गापा अध्यक्ष कैसाङ नुर्पु तामाङ,गैसस, पत्रकार, चेम्बर,बाणिज्य महासंघलगायतका सरोकारवाल हरूको उपस्थित रहेको थियो । वैठकमा वनुवा घुम्तीमा पासाङ ल्हामु राजमार्ग अवरुद्ध भई बाईपासका रूपमा प्रयोग हुने जिरो किलो अम्वास सडक खण्ड,पुर्वाधार विकास कार्यालय नुवाकोटबाट सन्चालन भएकाले पहिरो पन्छाई सडक सन्चालनमा ल्याउन कार्यालयलाई निर्देशन दिएकाे छ ।   कुनैपनि अवस्थामा सवारी आगमन अवरूद्व हुने हुनाले जिल्लाको लाईफलाईन टुटने अन्तर्राष्ट्रिय नाका समेतलाई असर गरी राजश्व संकलनमा प्रभावित लगायत विरामी उद्वार र विपद व्यवस्थामा समस्या आउने तथा गोसाईकुण्ड धार्मिक मेलामा आउने भक्तजनहरूलाई असुविधा हुने हुदा तत्कालै मर्मत गर्न र दिर्धकालिन समाधान समेतका लागि सड...

गाउँपालिका भवन निर्माण हुन सकेन

Image
  रसुवा,  कहाँ बनाउने ? भन्ने विषयकाे विवदले आमाछोदिङमो गाउँपालिका भवन निर्माणमा ढिलाइ भएकाे छ ।  नेपाल सरकारले राजपत्रमा आमाछोदिङमो गाउँपालिकाकाे केन्द्र गाेल्जुङबेशी उल्लेख गरेपनि हाल गाेल्जुङमा रहेकाे छ  ।  मुलुकमा संघीयता लागू भएकाे  सात वर्ष बित्दा पनि गाउँपालिकाकाे भवन निर्माण हुन नसक्दा सेवा प्रबाहमा समस्या रहेकाे छ ।  तस्वीर ः केही समय अघि प्रतिनिधि तथा प्रदेश  सभा सदस्य,  जिल्ला समन्वय समितिका  प्रमुखलगायत दलका नेताहरू अनुगमनमा सहभागी हुँदै ।  

गोसाइँकुण्ड तथा वरपर रहेका कुण्डहरूको संक्षिप्त जानकारी

Image
एक्‌सय आठ् जम्न पुगे कुण्ड कतिकति सँगसँगै जम्न पुगे भैरब् र सर्‌स्वती । त्रिशूली बनी बगिन् बढाउँदै शान                            त्यै कुण्डमा पसी शिब भए बिराज्‌मान ।।   यसभित्र गोसाइँकुण्ड तथा वरपरका कुण्डहरूको उत्पत्तिको बारेमा   सत्ययुगमा देवता र दानव मिली गरेको समुन्द्र मथनबाट निस्केको ‘ हलाहल ’ नामक कालकुट विष संसारको रक्षार्थ भगवान शिवले निल्दा घाँटीमा अड्कन गई डाहा हुँदा सो डाहाबाट मुक्ति पाउन भगवान् शिवजी हिमवत् खण्डमा जहाँ अहिले प्रख्यात गोसाइँकुण्ड रहेको छ, यही स्थानमा आउनुभई त्रिशूलले खोपेर कुण्ड उत्पत्ति गर्नुभएको भन्ने धार्मिक कथन   रहेको छ । भगवान् शिवजीको कण्ठमा अड्केको विषले डाहा भई उनको कण्ठ / घाँटी नीलो भएको कारण उनलाई नीलकण्ठ पनि भनिएको हो । नीलो कण्ठ भएका शिवजीले उत्पत्ति गर्नुभएको कारण गोसाइँकुण्डलाई नीलकण्ठ दह पनि भनिन्छ । जुन् कुण्डलाई शिवकुण्ड भनेर पनि चिनिन्छ ।   त्रिशूलले खोपेर निस्केको तीनधारा जसलाई त्रिशूलधाराका नामले चिनिन्छ, सोही त्रिशूलधारा ज...

घिमिरेको पहिलो हास्यव्यङ्ग्य निवन्ध संग्रह 'चौध मगज' प्रकाशित

Image
रसुवा, उत्तरगया गाउँपालिका -५ उपल्लोपौवाका दिपक घिमिरेको हास्यव्यङ्ग्य निवन्ध संग्रह 'चौध मगज' बजारमा आएको छ ।   उनले 'चौध मगज' नामक हास्यव्यङ्ग्य निवन्ध संग्रह प्रकाशन गरी बजारमा ल्याएका हुन् । १४ वटा निवन्धहरू संग्रहित उक्त पुस्तकमा समाज, मानिसको चेतना, आधुनिकताबाद, सम्बन्ध, सरकार र मानिसको भ्रम र सामाजिक अवस्थामाथि व्यङ्ग्यात्मक प्रहार गरिएको छ ।  अक्षरधाम प्रकाशन प्रालिले उक्त निवन्ध संग्रह प्रकाशन गरेको हो । निजामति सेवामा कार्यरत घिमिरेका कविता, कथा, लेख, निवन्धलगायतका रचना विभिन्न पत्रपत्रिका तथा अनलाइमा प्रकाशित भइसकेका छन् । याे उनको  पहिलो प्रकाशित कृति हो ।