रसुवा, गत भदौ १० गते गएको विनाशकारी बाढीबाट प्रभावित उत्तरगयाका बाढीपीडितहरूलाई हिमानी ट्रस्टले बिहीबार राहत वितरण गरेको छ ।
रसुवा, गत भदौ १० गते गएको विनाशकारी बाढीबाट प्रभावित उत्तरगयाका बाढीपीडितहरूलाई हिमानी ट्रस्टले बिहीबार राहत वितरण गरेको छ ।
रसुवा, नेपाली कांग्रेस रसुवा देउवा समूहको बिहीबार सदरमुकाम धुन्चेमा सम्पन्न १५औँ नियमित जिल्ला अधिवेशनबाट उपेन्द्रराज लम्साल सभापतिमा सर्वसम्मत चयन भएका छन् ।
बिहिवार सदरमुकाम धुन्चेमा सम्पन्न जिल्ला अधिवेशनले दुईवटा प्रदेश समिति र पाँचवटा गाउँपालिकाका सभापति पनि सर्वसम्मत चयन गरेको छ । जस अनुसार प्रदेश सभा क को सभापतिमा तेम्पानुर्पु तामाङ र ख को सभापतिमा धनबहादुर गुरुङ चयन भएका छन् ।
त्यसैगरी, गाउँपालिकातर्फ नौकुण्ड गाउँपालिकाको सभापतिमा डिवराज न्यौपाने, कालिकामा माधव न्यौपाने, उत्तरगयामा ध्रुवप्रसाद आचार्य, आमाछोदिङ्मोमा चेरसिंग तामाङ र गोसाइँकुण्ड गाउँपालिकाको सभापतिमा प्रकाश तामाङ चयन भएका छन् ।
अधिवेशनले केन्द्रीय महाधिवेशन प्रतिनिधि, प्रदेश महाधिवेशन प्रतिनिधि तथा सभापति मात्र चयन गरेको र केन्द्रीय महाधिवेशनपछि जिल्ला, प्रदेश र पालिका समितिका पदाधिकारी तथा सदस्य थपेर कार्यसमिति पूर्ण बनाइने नवनिर्वाचित सभापति उपेन्द्रराज लम्सालले जानकारी दिए । उनका अनुसार त्यसपछि वडा अधिवेशन समेत गरिने छ ।
नयाँ जाेस् जाँगरका साथ नव युवाहरू पार्टीमा वडा र गाउँपालिका तहमा जिम्मेवारी दिने तयारीमा रहेकाे जनाइएकाे छ ।
रसुवा, भोटेकोशी हुँदै त्रिशुली नदीमा ०८३ भदौ १० गते आएको बाढीका कारण उत्तरगया गाउँपालिका–१, ४ र ५ बाट विस्थापित भई भिमसेनस्थान आधारभुत विद्यालय र सिड्स रसुवाको कार्यालय स्थित आश्रयस्थलहरुमा बसिरहेका पीडितहरुलाई यतिबेला आफ्नै आवासको बन्दोबस्तीको चिन्ता थपिएको छ ।
बाढी पीडितहरुको एउटै आवाज छ , राज्यले छिटो घर बनाइदिओस् । पीडित विमला तामाङ आफू गर्भवती रहेको बताउदै आश्रयस्थलमा भन्दा सरकारले घर बनाइदिए आफ्नै घरमा गर्भको बच्चालाई हुर्काउने बताउछन् ।
पैरेवेशी रसुवाबाट विस्थापित भएका अर्का पीडित रामचन्द्र थापा मगर बाढीमा एकै गाउँमा धेरैले ज्यान गुमाउदा गुमाएको पीडा सुनाउदै सरकारले विस्थापितहरुको दिर्घकालिन व्यवस्थापनका लागि यथाशिघ्र सुरक्षित आवासको व्यवस्था गरिनुपर्ने बताए ।
हाल यी दुई होल्डिङ सेन्टरमा ७३ जना पीडितहरुले आश्रय लिइरहेका छ्न् । जसमा ४९ जना पुरुष र २४ जना महिला रहेका छन् ।
होल्डिङ सेन्टरमा पाँच वर्ष मुनिका चार जना बालबालिका छन् भने ५ वर्षदेखि १८ वर्षका १५ जना गरी कुल २० जनाले अस्थायी आश्रय लिइरहेका छन् ।
कात्तिक १३ गते आएको अविरल वर्षाका कारण उत्तरी रसुवाको स्याफ्रु भोटेकोसी नदीमा स्थानीयवासीले जनश्रमदानबाट निर्माण गरेको काठेपुल बगाएपछि उत्तरी क्षेत्रको पैदल आवागमनमा पुनः समस्या उत्पन्न भएको छ ।
गत भदौ १० गते भोटेकोसी–त्रिशूली नदीमा आएको विनाशकारी बाढीले स्याप्र mुबेँसी बजारसँगै रहेको मोटरेबल पुल बगाएपछि स्थानीयवासीले जनश्रमदानबाट काठको फड्के निर्माण गरी पैदल आवागमन सहज बनाएका थिए । तर, यही कात्तिक १३ गते आएको अविरल वर्षाका कारण भोटेकोसी नदीमा पानीको बहाव बढ्दा काठेपुल बगाएको स्याप्र mुबेँसीका समाजसेवी नुर्पुछिरिङ तामाङले बताउनुभयो ।
बाढीले मोटरेबल पुल बगाएपछि उत्तरी रसुवाका स्थानीयवासीलाई आवतजावत गर्न सहज होस् भन्ने उद्देश्यले गोल्जुङ, गत्लाङ र चिलिमेका बासिन्दाले श्रमदान गरी गत महिना काठेपुल बनाएका थिए । पुल निर्माणमा नेपाली सेना, नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बलका सुरक्षाकर्मीले समेत सहयोग पु¥याएको बताइएको छ । स्थानीयको श्रम र सुरक्षाकर्मीको मिहिनेतबाट निर्माण गरिएको पुल पुनः बगाएपछि स्थानीयवासी निराश भएका छन् ।
चिलिमेका बहादुर तामाङको अगुवाइमा निर्माण गरिएको काठेपुल नदीको सतहमा केही होचो स्थानमा बनाइएकाले पानीको बहाब बढ्नासाथ बगाएको स्थानीयवासीको भनाइ छ । वर्षा कम हुँदै जाने पूर्वानुमानका आधारमा पुल निर्माण गरिए पनि नदीको सम्भावित बहाब र पानीको सतहलाई पर्याप्त ध्यान दिन नसक्दा क्षति व्यहोर्नुपरेको स्थानीयवासीले बताएका छन् । पुल बगेसँगै हजारौँ स्थानीयवासीको दैनिक पैदल आवागमन प्रभावित भएको छ । राज्यको तर्फबाट निर्माण गरिएको कोक्रो (तुइन)बाट वारिपारि गर्नुपर्ने अवस्था रहे पनि त्यसमा प्रयोग भएका लट्ठा साना भएकाले यात्रा गर्न जोखिम महसुस हुने गरेको स्थानीयवासी बताउँछन् । कोक्रो तान्ने व्यक्तिको अभाव हुँदा सुरक्षाकर्मीको सहयोगमा भर पर्नुपर्ने र वारिपारि गर्न घण्टौँसम्म कुर्नुपर्ने समस्या रहेको उहाँहरूको भनाइ छ ।
काठेपुल सञ्चालनमा रहँदा सहज भएको उत्तरी रसुवाको आवागमन पुनः प्रभावित भएपछि स्थानीयवासीलाई दैनिक उपभोग्य सामग्री ओसारपसार गर्नसमेत कठिनाइ भएको छ । यसअघि काठेपुलको सहायताले बोकेर ढुवानी गर्न थालिएको गत्लाङ क्षेत्रको आलु तथा बन्दाकोपी बजारसम्म पु¥याउने कामसमेत अवरुद्ध भएको छ । एकातिर हिमाली क्षेत्रमा चिसो बढ्दै गएको र अर्कोतर्फ नदीमा आवागमनका लागि बनाइएको अस्थायी पुलसमेत बगाएपछि गत्लाङका किसान थप चिन्तित बनेका छन् । बारीमा उत्पादन भएको आलु तथा बन्दाकोपी समयमै बजार पु¥याउन नसक्दा उत्पादन बिग्रने र आर्थिक नोक्सानी व्यहोर्नुपर्ने चिन्तामा कृषक रहेका छन् । स्थानीय पूर्वाधारको स्थायी व्यवस्था नहुँदा उत्तरी रसुवाका बासिन्दाले पटकपटक आवागमनको समस्या भोग्नुपरेको छ ।
रसुवा, उत्तरगया गाउँपालिका-५ माझागाउँमा मानसिक स्वास्थ्य सेवा विस्तार तथा क्षमता अभिवृद्धि सम्बन्धी कार्यक्रम सुरु भएको छ ।