ताजा खबर
Loading...
'यही हो हाम्रो रसुवा' को सूचनामूलक यस साइटमा तपाईको वरपरको महत्वपूर्ण स्थल, सम्पदा आदिको बारेमा प्रचार गरी आन्तरिक पर्यटन विकासमा सहयोग पुर्‌याउन त्यस्ता सामग्रीहरू हामीलाई पठाउनु होला । हामी तपाईका सामग्रीलाई प्रकाशन गर्नेछौं । Email : paudelprem@gmail.com (9843508470 Whatsapp)

Monday, February 2, 2026

स्थानीयकाे जीविकोपार्जनका अवसर सिर्जना गर्ने उद्देश्यले सीपमूलक तालिम सुरू


रसुवा , जिल्लामा निर्माणाधीन २१६ मेगावाट जडित क्षमताको माथिल्लो त्रिशूली आयोजनाले आयोजना प्रभावित क्षेत्रका घरपरिवारका सदस्यहरूको स्वरोजगार, अभिवृद्धि गर्दै स्थानीय जीविकोपार्जनका अवसर सिर्जना गर्ने उद्देश्यले सीपमूलक तालिम प्रदान गरेको छ ।

आयोजनाबाट पहिलो चरणमा रसुवाको राम्चे, कालिकास्थानलगायतका गाउँका आयोज जनालाई तालिम सुरु गरिएको छ । आयोजनाको प्रवद्धक नेपाल वाटर एन्ड इनर्जी डेभलपमेन्ट प्रालिले कालिका गाउँपालिकासँगको सहकार्यमा सञ्चालन गरेको उक्त तालिम  सुरू भएकाे छ । 

आयोजना प्रभावित घरपरिवारको आवश्यकता, माग तथा सम्भाव्यताव जनालाई केयरगिभर र २० जनालाई होटेल सञ्चालनसम्बन्धि तालिम सुरु गरिएको हो । आयोजनाबाट प्रभावित पालिकाका अन्य वडामा समेत क्रमशः तालिम कार्यक्रम विस्तार छ । 

समग्रमा यस कार्यक्रममार्फत आयोजना प्रभावित समुदायका करिब तीन सीपमूलक तालिम दिने लक्ष्य राखिएको छ । उद्घाटन कार्यक्रममा कालिका गाउँपालिका १ का बडा अध्यक्ष दावा तामाङले मागमा आधारित र वडास्तरमै सञ्चालन गरिएको तालिमबाट स्थानीयलाइ सहज बनाएको बताए । 

तालिमले दक्ष जनशक्ति विकासमा महत्त्व योगदान पु¥याउने बताउँदै उनीहरूले तालिम अवधिभर सक्रिय सहभागिता जनाई सिकेको सिपलाइ व्यवहारमा उतार्न सहभागीलाई गरे । कार्यक्रममा नेपाल वाटर एन्ड इनर्जी डेभलपमेन्ट कम्पनी प्रालिका प्रमुख सञ्चालन अधिकृत संघी माले सीपमूलक तालिममार्फत आयोजना प्रभावित घरपरिवार सामाजिक तथा आर्थिक अवस्था सुदृढ बनाउनेतर्फ कम्पनी प्रतिबद्ध रहेको बताए । 

Sunday, February 1, 2026

अपांगता भएका भएका लागि क्षमता विकास तालिम सम्पन्न

 


रसुवा, रसुवा अपाङ्ग पुनस्थापना केन्द्रकाे आयोजना  बागमती प्रदेश सामाजिका विकास मन्त्रालयकाे सहयाेगमा अपांगता शसक्तिकरण तालिम सम्पन्न भयाे । 

बागमती प्रदेश सामाजिक विकास शाखा अपांगता शसक्तिकरण कार्यक्रम अन्तर्गत १ महिने तालिम समापनमा प्रमुख अतिथि कालिका गाउँपालिका अध्यक्ष हरिकृष्ण देवकाेटा रहेका थिए । कालिका ३ का वडा अध्यक्ष एव कानुनी स्राेत ब्यक्ति फणिन्द्र प्रसाद न्याैपाने , एसिया नेपालका निर्देशक  नबराज आचार्यले  शुभकामना दिएका थिए । 

अपांगता भएका र उनिहरूका परिवारका सदस्यहरूलाइ क्षमता विकास तालिम प्रदान गरिएकाे हाे । रडिआरसी कालिका गापा र आरडिआरसीको सहकार्यमा अपाङगता ग्राम निर्माण परियोजना निर्माणको लागि लेखाजोखा केन्द्र स्थापना गर्ने निर्णयका साथ , रसुवा अपाङ्ग पुनस्थापना केन्द्रका अध्यक्ष गोरमेन तममङको अध्यक्षतामा स्रोत शिक्षक बिष्णु आचार्यले ५ वटा पालिकाका २१ जना सहभागी थिए । 

कार्यक्रममा  आधारभुत तालिम , सुचना प्रवृधि ,कृषि  र पर्यटन ,नेत्रृतव विकास , ब्यवसाय सुरु तालिम , उद्घोषण कला , कलाकारिता नृत्य वाध्यवादन लेखपढी , जीवन बीमा ,सहकारीता प्रस्तावना लेखन , माला बुनाइ ढक्की वुनाइ कोदो सङ्कलन र कोदो र फापर करु को  सर्वोतम पिठो , तोरिको तेल , तथा सामुदायमा आधारित कृषि उपज केन्द्र स्थापना र अपांगता भएको ब्यक्ति का बाझो जग्गामा  कफि कागती अनिवार्य ,फलफूल रोपण अभियान बारे 


गैसस महासंघ रसुवाका अध्यक्ष तथा पत्रकार  हेमनाथ खतिवडा ,इन्दिरा शर्मा , वरिष्ठतम् उधम विकास सहजकर्ता रामहरि देवकोटा ,गम्भीर मान लो , पुर्व अध्यक्ष  गोरमेन तमाङ, स्रोत शिक्षक बिष्णु आचार्य र गरिना आचार्यले  सहजिकरण गरेका थिए । 

रसुवा जिल्लाको जनसंख्या ४६ हजार ६ सय


रसुवा,  राष्ट्रिय जनगणना २०७८ अनुसार रसुवा जिल्लाको जनसंख्या ४६ हजार ६ सय ८९ सार्वजनिक भएकाे छ । 

राष्ट्रिय जनगणना २०७८ जनगणना अनुसार रसुवा जिल्लामा पुरुषको संख्या धेरै देखिएको छ । जस मध्ये पुरुषको संख्या २४ हजार ३५ र महिलाको संख्या २२ हजार ६ सय ५४ रहेको छ । 

राष्ट्रिय तथ्याङ्ग कार्यालयका अनुसार सवै भन्दा बढी जनसंख्या नौकुण्ड गाउँपालिकामा १२ हजार ३ सय ४४ र सवै भन्दा कम आमाछोदिङ्मो गाउँपालिकामा ६ हजार ६ सय ७३ रहेको देखिएका छन् । त्यस्तै कालिका गाउँपालिकामा १० हजार १ सय १५ उत्तरगया गाउँपालिका ८ हजार ५ सय ५५ र गोसाईकुण्ड गाउँपालिमा ७ हजार ७ सय ८८ जनसंख्या रहेको तथ्याङ्ग नतिजा सार्वजानिक गरिएको छ ।

राष्ट्रिय लोकतान्त्रिक अपाड्ग संघ रसुवामा गाेरमेन


रसुवा, राष्ट्रिय लोकतान्त्रिक अपाड्ग संघ रसुवाको अघ्यक्षमा गोर्मेन तामाड सर्वसम्मत निर्वाचित भएका छन् ।
जिल्ला कार्य समितिमा

एक सय ८८ जनामात्र महिलाको घर जग्गामा स्वामित्व



रसुवा, राष्ट्रिय जनगणना २०७८ अनुसार जिल्लामा एक सय ८८ जनामात्र महिलाको घर र जग्गामा स्वामित्व रहेकाे छ । 

राष्ट्रिय जनगणना २०७८ काे तथ्यांक अनुसार  घर र जग्गामा महिलाको स्वामित्वलाई हेर्दा रसुवामा घर मात्रै आफ्नो नाममा भएका महिला १८८ जना, जग्गा मात्र नाममा भएका महिला ६३८ जना, घर र जग्गा दुवै नाममा भएका महिला ९५० जना रहेका छन् ।

महिला सशक्तीकरणको सोचले नै सरकारले महिलाको नाममा जग्गा पास गर्दा राजस्वमा छुट दिने नीति ल्याएको हो, यसबाट महिलाको नाममा जग्गा पास गर्ने  देशभर महिलाdf उल्लेख्य वृद्धि भए पनि रसुवामा सन्ताेषजनक भएकाे देखिदैन । 

रसुवाबाट अक्सर विदेशमा बस्ने २ हजार जना


रसुवा, राष्ट्रिय तथ्याङ्ग कार्यालय,  राष्ट्रिय जनगणना २०७८ अनुसार अक्सर विदेशमा बस्ने २ हजार जना रहेका छन् ।

राष्ट्रिय जनगणना जसमध्ये २ हजार ३ सय २ जना रहेका छन् । पुरुष १ हजार ३ सय २९ जना, महिला ९ सय ७३ जना रहेका छन भने जिल्ला छोडी अक्सर नेपालकै अन्य ठाँउमा बस्ने ४ हजार ८ सय ३६ जना रहेका छन ।

खानेपानीको श्रोतलाइ मध्यनजर गर्दा रसुवामा ४ हजार १ सय ३५ परिवारको घर परिसर भित्र धारा रहेको छ, घर परिसर वाहिर धारा रहेका ६ हजार ३ सय परिवार, ७८ परिवारले खुला ईनार, १० परिवारले ढाकेको ईनार, ५ सय ३७ परिवारले मुल धारा, ६४ परिवारले खोलाको पानीलाई पिउन र खाना पकाउन प्रयोग गरेको पाईयो ।


रसुवामा २ सय ८५ परिवारको घरमा चर्पी विहीन


रसुवा, राष्ट्रिय तथ्याङ्ग कार्यालय, राष्ट्रिय जनगणना २०७८ अनुसार रसुवामा २ सय ८५ परिवारको घरमा चर्पी विहीन रहेका छन् । 

राष्ट्रिय जनगणना २०७८ काे तथ्यांक अनुसार रसुवामा  १ सय ३४ परिवारसंग फ्लस सार्वजनिक ढलमा जोडिएको चर्पी रहेको, ७ हजार ४ सय ८५ परिवारसंग, फ्लस सेफ्टी टेङ्ग भएको चर्पी रहेको, ३ हजार १ सय ६८ परिवारको खाल्टे चर्पी रहेको, ५९ परिवारले सार्वजनिक चर्पी प्रयोग गर्ने गरेको र २ सय ८५ परिवारको घरमा चर्पी नरहेको जनाइएकाे छ ।  ११ हजार १ सय ४० घरधुरी रहेकाे छ ।

 २०७२ सालकाे भूकम्प अघि नै सरकारी तथा बिभिन्न दातृ संस्थाले शाैचालय रहेकाे भन्दै  खुला दिशा मुक्त घाेषणा गरेपनि अझ २.५ प्रतिसत बढि घरमा चर्पी नभएकाे देखिन्छ ।