रसुवा , विज्ञान र परम्परागत स्थानीय ज्ञानको सम्मिलन : स्थानीय जलवायु उत्थानशील कार्यको सुदृढीकरणका लागि प्रशिक्षक प्रशिक्षण तालिम (TOT) कार्यक्रम धुन्चेमा सम्पन्न भयाे ।
Sunday, April 13, 2025
जलवायु उत्थानशील कार्यको सुदृढीकरणका लागि प्रशिक्षक प्रशिक्षण तालिम (TOT) सम्पन्न
रसुवा , विज्ञान र परम्परागत स्थानीय ज्ञानको सम्मिलन : स्थानीय जलवायु उत्थानशील कार्यको सुदृढीकरणका लागि प्रशिक्षक प्रशिक्षण तालिम (TOT) कार्यक्रम धुन्चेमा सम्पन्न भयाे ।
रसुवामा ७० प्रतिशत स्थानका पिउन पानी दुषित
रसुवा, केही दिन अघि जिल्लाको सदरमुकामलगायत पचहत्तर स्थानमा गरिएको पानी परीक्षणमा ७० प्रतिशत स्थानका पानी सिधै पिउन अयोग्य रहेको जनस्वास्थ्य कार्यालय रसुवाले जनाएको छ।
जिल्लाको नौकुण्ड, उत्तरगया, कालिका तथा गोसाईंकुण्ड गाउँपालिकाका विभिन्न क्षेत्रका इनार, ढुंगेधारा, धारा तथा मुहानहरूको पानीको नमुना संकलन गरी परीक्षण गर्दा अधिकांश स्थानमा पानीमा दूषित पदार्थ भेटिएको हो।
गर्मी याम सुरु भएसँगै सरुवा रोगहरू फैलन सक्ने जोखिमलाई मध्यनजर गर्दै परीक्षण गरिएको जनस्वास्थ्य कार्यालयका प्रमुख झम प्रसाद आचार्यले जानकारी दिए ।
प्रमुख आचार्यका अनुसार, धेरै स्थानमा पानीको स्रोतमा पानी पिउन योग्य भए पनि वितरण प्रणाली जस्तै पाइपलाइन, ट्यांकी वा धारामा पुग्दा फोहरिने भएकाले पानी पिउन अयोग्य हुने गरेको छ। उपभोक्ताहरूले पानीको स्रोतहरूमा सरसफाइको उचित ध्यान नदिँदा दूषित भएको पनि बताइएको छ।
केही स्थानमा पानी फिल्टर गरेपछि मात्र पिउन योग्य देखिएको छ भने अधिकांश स्थानमा प्रशोधन नगरी पानी पिउन नहुने अवस्था देखिएको कार्यालयले जनाएको छ।
जनस्वास्थ्य कार्यालयले जिल्लावासीहरूलाई पानी उमालेर वा क्लोरिन प्रयोग गरी मात्र सेवन गर्न अनुरोध गरेको छ। साथै, पानीका स्रोतहरूको संरक्षण तथा सरसफाइमा सामुदायिक ध्यान दिनु पर्ने आवश्यकतामा पनि जोड् दिएको छ।
Thursday, April 10, 2025
१२ औं जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि कालिकालाइ
रसुवा, १२ औं जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि कालिका गाउँपालिकाले हात पारेको छ।
कालिका गाउँपालिकाले शिल्डसँगै नगद रु २२,२२२, प्रमाणपत्र र मेडल प्राप्त गरेको हो। दोस्रो स्थानमा उत्तरगया गाउँपालिका रहँदा, उसले ट्रफी, प्रमाण-पत्र, मेडल तथा नगद रु ११,१११ प्राप्त गर्यो। तेस्रो स्थानमा गोसाईकुण्ड गाउँपालिका रह्यो, जसले नगद रु ५,५५५ सहित ट्रफी, प्रमाण-पत्र र मेडल पायो। चौथो र पाँचौं स्थानमा क्रमशः नोकुण्ड र आमाछोदिङ्मो गाउँपालिका रहे, जसलाई प्रमाण-पत्र प्रदान गरिएको थियो।
रसुवाको सदरमुकाम धुन्चेमा चैत २६ देखि २८ गतेसम्म सम्पन्न १२ औं जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको पुरस्कार वितरण कार्यक्रम जिल्ला खेलकुद विकास समिति अध्यक्ष बिराज लोेप्चन, प्रतिनिधिसभा सदस्य मोहन आचार्य, जिल्ला समन्वय समिति प्रमुख अशोककुमार घिमिरे र गोसाईकुण्ड गाउँपालिका अध्यक्ष कैसाङ नुर्पु तामाङ लगायतको उपस्थितीमा सम्पन्न भयो।
प्रतियोगितामा रसुवाका पाँच वटै गाउँपालिकाबाट छनोट भएका तीन सय छात्रछात्राहरू सहभागी थिए। भलिबल, कबड्डी, कराँते, तेक्वान्दो तथा एथ्लेटिक्सका हाई जम्प, लङ जम्प, सट पुट, त्रिपल जम्प, ज्याभलिन थ्रो, दौड, रिले दौडलगायत ५४ विधामा प्रतिस्पर्धा गरिएको थियो
जिल्ला खेलकुद विकास समिति रसुवाका अध्यक्ष बिराज लोप्चनले “स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद” भन्ने मूल नारासहित आयोजना गरिएको यो प्रतियोगिता खेलकुदमार्फत जिल्लालाई चिनाउन र कुना काप्चामा रहेका प्रतिभाशाली खेलाडी उत्पादन गर्ने उद्देश्यले आयोजना गरिएको जानकारी दिए ।
प्रतियोगिता सम्पन्न गर्न करिब १३ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ। साथै, विभिन्न विधामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरू प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताका लागि छनोट हुनेछन्।
प्रतिनिधिसभाका सांसद मोहन आचार्यले प्रतियोगिताले जिल्लाको पर्यटन प्रवर्द्धनमा सहयोग पुग्ने विश्वास व्यक्त गरे । उनले जिल्लाको पूर्वाधार विकासमा प्रदेश सरकारबाट सहयोगको अपेक्षा गरिएको पनि बताए । याे कार्यक्रमले सदरमुकाम धुन्चेमा चहलपहल निकै बढेकाे थियाे ।
Tuesday, April 8, 2025
रसुवामा जलवायु परिवर्तन बारे प्रशिक्षक प्रशिक्षण सुरू
रसुवा , विज्ञान र परम्परागत स्थानीय ज्ञानको सम्मिलन : स्थानीय जलवायु उत्थानशील कार्यको सुदृढीकरणका लागि प्रशिक्षक प्रशिक्षण तालिम (TOT) कार्यक्रम धुन्चेमा सुरू भयाे ।
१२औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता तथा खेलकुद महोत्सव शुभारम्भ
Saturday, April 5, 2025
रसुवाका सवै वडामा एमालेकाे जरा अभियान सम्पन्न
रसुवा, नेकपा एमाले यतिबेला वडा केन्द्रित अभियानमा जुटेको छ । वडा र टाेल कमिटीसम्म सञ्चालन हुने उक्त अभियानलाई एमालेले ‘जरा अभियान’ भनेको छ ।
नेकपा एमाले रसुवाले सम्पूर्ण पार्टी पंक्ति परिचालन गरी २०८० वैशाखसम्म सञ्चालित तीन महिने मिसन ग्रासरुट अभियानबाट एमालेले पार्टीको कमजोरी पहिचान गरेको थियो ।
उक्त मिसन ग्रासरुट अभियानको समीक्षाका आधारमा एक वर्षे सुदृढीकरण कार्यक्रम सञ्चालन गर्यो । २०८० सालभर सञ्चालित एक वर्षे अभियान अन्तर्गत एमालेले मध्यपहाडी लोकमार्ग केन्द्रीय संकल्प अभियान चलायो ।
अहिले वडाकेन्द्रित अभियान सञ्चालन गरिरहेको छ । यो अभियान आगामी १५ वैशाखसम्म सकिने छ । रसुवाकाे पाँचवटै गाउँपालिकाले २७ वटै वडामा सक्ने लक्ष्य अनुसार कालिका गाउँपालिका ३,४,५ वडामा सम्पन्न भयाे ।
उत्तरगया गाउँपालिकाकाे २ नं बाहेक सवै वडामा अभियान सम्पन्न भएकाे छ । त्यसैगरी नाैकुण्ड गाउँपालिकामा ६ वटै वडामा एकैसाथ अभियान सम्पन्न भएकाे नेकपा एमाले सचिवालय सदस्य डिल्लीराज तामाङले बताए ।
त्यसैगरी गाेसाइकुण्डकाे ५ नं बाहेक सवै वडामा जरा अभियान सम्पन्न भएकाे छ । आमाछोदिङमो गाउँपालका १ र २ वडामा जरा केन्द्रित अभियान सम्पन्न भएकाे छ ।
अबकाे निर्वाचन ०८४ मा एमालेलाइ पहिलाे दल बनाउने लक्ष्यका साथ अभियान सञ्चालन गरिएकाे जिल्ला कमिटी उपाध्यक्ष कैसाङनुर्पु तामाङ बताउछन् । बाकी वडामा पनि चाँढै अभियान चलाउने र टाेल कमिटी बनाएर नयाँ सदस्यता खुलाउनु तथा सदस्यता नविकरणकाे काममा जाेड्दिने जनाइएकाे छ ।
Tuesday, April 1, 2025
अर्गानिक तरकारी खेतीमा देवकी
रसुवा, उतरगया गाउँपालिका- ४ कर्मिडाडामा ५२ वर्ष अगाडि जन्मिएकी चम्सुरी उपनामले परिचित देवकी न्यौपाने गजुरेलको १३ वर्षको उमेरमा कालिका -५ जिवजिवेमा विवाह गरेर गएदेखि नै दु:खका दिन सुरू भए ।
समाजमा उतिबेला छोरीलाई पढाउन हुँदैन भन्ने चलन थियो । रजस्वला नहुँदै अन्माएर पठाउने चलनले उनको बिबाह सानैमा भयाे । केही वर्षमा छोरी जन्माइन छोरी जन्मिएको केही महिनामा मृत्यू भयो र पछिल्लो वर्ष छोरा जन्मिएको थियो छोरा जन्मिएपछि पति सौता राखेपछि उनको जीवन झनै पीडादायक वन्यो तर पनि उनको मनमा कहिले पनि हरेस् भन्ने चिज आएन र छोरो च्यापेर गोसाइकुण्ड गाउँपालिका-६ सोलेमा अर्काको वारी अधियाँ कमाउन थालनी र तरकारी खेती गरेर जिविकोपार्जन गर्न थालिन ।
छोरा थियो साहारा उनको दैवको लिला छोरा पनि आज भन्दा १५ वर्ष अगाडि १८ वर्षको उमेरमा जङ्गलमा दाउरा काटन जादा पासोमा परेर मृत्यू भयो त्यो पछि झनै उनमा बज्रपात नै भयो । उनी आफै समालिएर अगाडि वढेकी उनी ताजा तथा अर्गानिक तरकारी रायाे, ताेरी, न्युराे, चम्सुर, पालुङलगायत अन्य तरकारी बेच्दछिन् र मानिसहरूले चम्सुरी दिदी भनेर वोलाउथे र वोलाउछन् पनि उनलाई वास्तविक नाम भन्दा पनि चम्सुरी नामले चिन्दछन् । उनि एकदमै मिहिनेती कृषक हुन् । उनको मिहेनत देखेर सोलेका तामाङहरू पनि दङ्ग पर्छन ।
उनी ६ महिना काम गर्छिन र ६ महिना घुम्ने र दिन दुखीहरूको सेवामा लाग्दछिन उनको भनाई रहेको छ कि मैले कमाएको केही पैसा दिन दुखीलाई सहयोग गर्छु तर सवै लाई सुनाउदिन् जब मैले दु:ख भोगेको छु र त दुखीहरूको सेवामा पनि समर्पित हुन्छु । मलाई अहिले कुनै पछुतो छैन वाचुन्जेल दु:ख गर्छु मरेपछि जेसुकै होस ।














