ताजा खबर
Loading...
'यही हो हाम्रो रसुवा' को सूचनामूलक यस साइटमा तपाईको वरपरको महत्वपूर्ण स्थल, सम्पदा आदिको बारेमा प्रचार गरी आन्तरिक पर्यटन विकासमा सहयोग पुर्‌याउन त्यस्ता सामग्रीहरू हामीलाई पठाउनु होला । हामी तपाईका सामग्रीलाई प्रकाशन गर्नेछौं । Email : paudelprem@gmail.com (9843508470 Whatsapp)

Sunday, April 13, 2025

जलवायु उत्थानशील कार्यको सुदृढीकरणका लागि प्रशिक्षक प्रशिक्षण तालिम (TOT) सम्पन्न


रसुवा , विज्ञान र परम्परागत स्थानीय ज्ञानको सम्मिलन : स्थानीय जलवायु उत्थानशील कार्यको सुदृढीकरणका लागि प्रशिक्षक प्रशिक्षण तालिम (TOT) कार्यक्रम धुन्चेमा सम्पन्न भयाे ।

०८१ चैत २६ देखि चैत ३० गतेसम्म सञ्चालन भएकाे तालिम डिभिजन वन कार्यालय रसुवा , राष्ट्रिय प्रकृ‌ति संरक्षण कोष गण्डकी जलाधार जलवायु उत्थानशील आयोजना तथा सामुदायिक वन उपभाेक्ता महासंघ रसुवाकाे समन्वयमा सुरू भएकाे हाे ।

तालिममा डिभिजनल वन अधिकृत शम्भु तामाङ, लाङटाङ राष्ट्रिय निकुञ्जका बरिष्ठ प्रमुख संरक्षाण अधिकृत श्यामकुमार शाह, राष्ट्रिय प्रकृ‌ति संरक्षण कोष गण्डकी जलाधार जलवायु उत्थानशील आयोजनाका तालिम संयाेजक सुनिल सापकाेटालगायतले सहजिकरण गरेका थिए ।

समापन कार्यक्रममा सहभागीका तर्फबाट डुण्डु तामाङ र पुतलीमाया लाे, प्रमुख अतिथी गाेसाइकुण्ड गाउँपालिका अध्यक्ष कैसाङनुपु तामाङ, प्रशिक्षाक शम्भु तामाङ र सुनिल सापकाेटाले मन्तव्य दिए ।

समापन कार्यक्रम प्रमाण-पत्र प्रदान गर्दै प्रमुख अतिथी गाेसाइकुण्ड गाउँपालिका अध्यक्ष तामाङले सहभागीहरूलाइ प्रमाणपत्र प्रदान गर्दै तालिममा सिकेका सीपहरू समुदायमा ब्यहवहारमा उतार्नुपर्ने बताए । उनले स्थानीय तहसँग समन्वय गरेर काम गर्न समेत अनुराेध गरेका थिए । तालिममा पाँच वटै गाउँपालिकाबाट गरी २१ जना सहभागी थिए ।



No comments:

Post a Comment