ताजा खबर
Loading...
'यही हो हाम्रो रसुवा' को सूचनामूलक यस साइटमा तपाईको वरपरको महत्वपूर्ण स्थल, सम्पदा आदिको बारेमा प्रचार गरी आन्तरिक पर्यटन विकासमा सहयोग पुर्‌याउन त्यस्ता सामग्रीहरू हामीलाई पठाउनु होला । हामी तपाईका सामग्रीलाई प्रकाशन गर्नेछौं । Email : paudelprem@gmail.com (9843508470 Whatsapp)

Monday, March 31, 2025

धुन्चेमा गणतन्त्रका लागि जागरण सभा सम्पन्न


रसुवा, नेकपा एमालेकाे आयोजना भएको धुन्चेमा  गणतन्त्रका लागि जागरण सभा धुन्चेमा सम्पन्न भयाे । 

सभामा नेकपा एमाले केन्द्रीय सदस्य तथा प्रमुख अतिथी साेम मिश्रले अब ज्ञानेन्द्रले १५ गते जस्ताे पुन टाउकाे उठाए जेल पठाउने बताए । राजतन्त्रकाे सिनाे बाेक्नेहरूलाइ समाजले दुत्कार्ने बताए । हजाराैंकाे रगत, पसिना र बलिदानीले ल्याएकाे गणतन्त्र जाेगाउन सबै पक्षधरहरू स-साना कुरा छाडेर राष्ट्रिय मुद्दामा लाग्न अनेराेध गरे । 



लोकतान्त्रिक गणतन्त्रको पक्षमा र प्रतिगामी हिंसात्मक प्रवृत्तिको विरुद्ध सवै गणतन्त्र पक्षधरहरू एक हुनुपर्ने बताए ।

केन्द्रीय सदस्य प्रेम तामाङले राजावादीहरूकाे १५ गतेकाे राजावादीहरूकाे दुस्सहास मात्र भएकाे बताए । उनले गणतन्त्रका पक्षमा युवा तथा सबै गणतन्त्र पक्षधरहरू एकजुट हुनुपर्ने बताए । सभामा पाँच गाउँपालिकाबाट कायकर्ताहरू सहभागी थिए । 





१२ औं राष्ट्रपति रनिङ शिल्ड तथा खेलकुद महाेत्सव धुन्चेमा हुने


रसुवा,  चैत्र २६-२८ गतेसम्म सञ्चालन हुन लागेकाे १२ औं राष्ट्रपति रनिङ शिल्ड तथा खेलकुद महाेत्सव धुन्चेमा हुने  भएकाे छ । 

जिल्ला खेलकुद विकास समितिद्धारा आयोजित शनिबार पत्रकार सम्मेलनमा अध्यक्ष बिराज लाेप्चनले धुन्चेमा हुने खेलकुद महाेत्सवले राैनकता दिने  जानकारी दिएका हुन् । कार्यक्रममा पत्रकारहरूले सुझाव तथा  प्रश्न पनि गरेका थिए । 

उद्घाटन कार्यक्रममा  प्रमुख अतिथी बागमती प्रदेशका मुख्य मन्त्री बहादुरसिंह लामा रहने र समापनमा पुर्व राष्ट्रपति विद्या भण्डारी रहने अध्यक्ष तामाङले बताए । 

पत्रकार सम्मेलनमा जिल्ला समन्वय प्रमुख अशाेक घिमिरे, गाेसाइकुण्ड गाउँपालिका अध्यक्ष कैसाङनुर्पु तामाङ लगायतका अतिथीहरूले मन्तब्य दिएका थिए । 

उद्घाटन समाराेहमा बागमती प्रदेशका मुख्यमन्त्री माननीय बहादुरसिंह तामाङ र प्रतियोगिताको समापन भने पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको प्रमुख आतिथ्यमा सम्पन्न हुने छ।

 जिल्लाका पाँचवटा गाउँपालिका गोसाईकुण्ड, कालिका, उत्तरगया, नौकुण्ड, र आमाछोदिङ्मोबाट छनोट गरिएका उत्कृष्ट खेलाडीहरूले सहभागिता जनाउने छन्। प्रतियोगितामा भलिबल, तेक्वान्दो, कराते तथा एथलेटिक्सजस्ता विभिन्न खेलहरू समावेश गरिएकाे सम्मेलनमा जानकारी दिइएकाे थियाे । 

जिल्ला खेलकुद विकास समितिका अध्यक्ष लोप्चनका अनुसार प्रतियोगितामा ३०० भन्दा बढी खेलाडी सहभागी हुनेछन्। साथै, प्रतियोगिता अवधिभर खेलाडीहरूको  ५ लाख रूपैयाँ बराबरको बीमा गरिनेछ। निष्पक्षता र उच्चस्तरीय प्रतिस्पर्धाका लागि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय निर्णायकहरू नियुक्त गरिनेछन्। 

प्रतियोगितामा विजेता पालिकालाई २२ हजार २ सय २ रुपियाँको साथमा रनिङ शिल्ड, ट्रफी, मेडल र प्रमाण-पत्रद्वारा पुरस्कृत गरिने अध्क्षय बिराज लोप्चनले जानकारी दिए ।  

दोस्रो र तेस्रो हुने विद्यालयलाई क्रमशः नगद ११ हजार १ सय १ रुपियाँ र ५ हजार ५ सय ५ रुपियाँको साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ । प्रत्येक खेलमा छात्र र छात्रातर्फ उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई नगद १ हजार १ सय १ रुपियाँ समेत प्रदान गरिने छ।



अनेमसंघ रसुवा अध्यक्षमा कार्की


 रसुवा, अखिल नेपाल महिला संघ रसुवा जिल्ला कमिटीको अध्यक्षमा तारा कार्की निर्वाचित  भएकी छिन् । 

अखिल नेपाल महिला संघ जिल्ला कमिटी अध्यक्ष कार्की कालिका २ निवासी हुन् । उपाध्यक्षमा सिमा डिएम, शारदा गुरूङ, सचिव मनिता ग्यावा, उपसचिव सावित्री घिमिरे, काेषाध्यक्ष बुद्धमाया तामाङ सहित ३९ जना सदस्य रहेका छन् । 

निर्वाचित पदाधिकारी तथा सदस्यहरूले सपथ ग्रहण गरेका छन् ।  सपथ ग्रहण तथा प्रमाणपत्र प्रदान  कार्यक्रममा नेकपा एमालेका नेताहरू केन्द्रीय सल्लाहकार छाेवाङ तेन्जिङ तामाङ, पार्टीकाे बागमती प्रदेश कमिटी सदस्य तथा अनेमसंघ इन्चार्ज सरिता लम्साल, जिल्ला कमिटी उपसचिव चमेली गुरूङलगायतका नेताहरूले सम्बाेधन गरेका थिए । 


आपतकालीन उपचारका लागि एम्बुलेन्स प्रदान


रसुवा, आमाछोदिङमो गाउँपालिका–१ हाकुस्थित हाकु सामुदायिक स्वास्थ्य इकाईमार्फत आपतकालीन उपचारका लागि सेवा पुर्याउन सामुदायिक सहयोग कार्यक्रमअन्तर्गत  एम्बुलेन्स हस्तान्तरण भएकाे छ । 

निर्माणाधीन २१६ मेगावाट क्षमताको माथिल्लो त्रिशूली १ जलविद्युत आयोजनाले प्रभावित क्षेत्रको गाउँलाई एम्बुलेन्स प्रदान गरिएको हाे । विपद्, दुर्घटना एवं गम्भीर प्रकृतिका रोगबाट प्रभावित घाइते, सुत्केरीलगायत आयोजना प्रभावित क्षेत्रका बासिन्दालाई मानवीय सेवा पुर्‍याउने उद्देश्यले गाउँपालिकालाई आधुनिक सुविधा सम्पन्न एम्बुलेन्स प्रदान गरेको हो ।

आयोजना प्रभावित अर्को उत्तरगया गाउँपालिकालाई पनि छिट्टै एम्बुलेन्स प्रदान हुने जनाइएकाे छ । आयोजनाको प्रवर्धक नेपाल वाटर एण्ड इनर्जी डेभलप्पमेन्ट कम्पनी प्रालिका प्रमुख कार्यकारी अधिकृत  बायोङ सु मिनलले हाकुमा आयोजित एक कार्यक्रमकाबीच एम्बुलेन्सको साँचाे आमाछोदिङमो गाउँपालिकाका अध्यक्ष बुचुङ तामाङलाई हस्तान्तरण गरे । 

कोरियन कम्पनीको अगुवाइमा प्रत्यक्ष वैदेशिक लगानीमा रसुवाको आमाछोदिङमो गाउँपालिका–१ हाकुमा आयोजनाको बाँधलगायतका संरचना र उत्तर गया गाउँपालिका–१ मा भूमिगत विद्युत् गृहलगायतका संरचना निर्माणाधीन छन् ।



नेसिङ र ग्रे गाउँमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न


रसुवा, आमाछोदिङमो गाउँपालिका - २ अन्तर्गत नेसिङ र ग्रे गाउँमा आयोजित निःशुल्क स्वास्थ्य शिविर  सम्पन्न भएको छ। 

दोबो तेम्बा फुर्पु आधारभूत अस्पतालको आयोजनामा पहिलो पटक सञ्चालन गरिएको यस शिविरमा १ सय  ५० जनाले स्वास्थ्य सेवा प्राप्त गरेका छन्। दुर्गम क्षेत्र र यातायात असुविधाका बाबजुद स्थानीयबासीको उल्लेखनीय सहभागिता रहेको उक्त शिविरमा मधुमेह, दम, उच्च रक्तचाप, भाइरल ज्वरोजस्ता रोगहरूको परीक्षण गरिएको थियो। ज्येष्ठ नागरिक, गर्भवती महिला र बालबालिकाको स्वास्थ्य जाँचसमेत गरिएको थियो।

स्वास्थ्य परीक्षणका क्रममा ११ जना दम, ४ जना मधुमेह र ८ जना उच्च रक्तचापका बिरामी फेला परेका छन् भने ४ जना गर्भवती महिलाको पनि स्वास्थ्य परीक्षण गरिएको अस्पतालका डाक्टर सरोज श्रेष्ठले जानकारी बताए ।  

डा श्रेष्ठका अनुसार गाउँघरमा प्रयोग गरिने तमाखु, धूम्रपान तथा खाना पकाउँदा निस्कने धुवाँका कारण दमको समस्या बढ्ने भएकाले सचेत रहन आवश्यक छ। साथै, उच्च रक्तचाप नियन्त्रण गर्न नुनको मात्रा सीमित ९ प्रति दिन ५ ग्राम राख्न र नियमित शारीरिक व्यायाम गर्न सुझाव दिए । 

स्थानीयबासीले यस शिविरलाई उपयोगी भएको भन्दै यस्ता कार्यक्रम आगामी दिनमा पनि निरन्तर आयोजना गर्नुपर्ने बताएका छन्।

Saturday, March 29, 2025

धैबुङ्ग कालिका साना किसान सहकारीद्वारा वित्तिय शाक्षारता सञ्चालन


रसुवा, धैबुङ्ग कालिका साना किसान सहकारी संस्था लि काे आयोजनामा सहकारीले वित्तिय शाक्षारता कार्यक्रम भूमिघर कालिकास्थानमा सञ्चालन भयाे । 

कालिका गाउँपालिकाभरबाट सहभागीहरूलाइ साना किसान सहकारीका ९४ जना सहभागी सेयर सदस्यहरूलाइ वित्तिय शाक्षारता कार्यक्रम बारे जानकारी दिदैं साना किसान विकास बैक गजुरीका सूर्य अधिकारीले सहजिकरण गरेका थिए । 

कार्यक्रममा सहजकर्ताले समुह गठन, कार्यबिभाजन, बैठक सञ्चालन, समुह तथा अन्तर समुहकाे काम, कर्तब्य र अधिकार , सञ्चालक समिति, लेखा समिति र कर्मचारीकाे काम , कर्तब्य, सहकारी सम्बन्धि विद्यमान नियम कानुन , कसुर र दण्ड सजायकाे बारेमा प्रस्तुती गरेका थिए । 

सहकारीले वित्तिय शाक्षारता कार्यक्रम सवै अन्तर समुहसम्म लैजाने जनाएकाे छ । 




धुन्चेमा गणतन्त्र पक्षमा जागरण सभा हुने

 


रसुवा, नेकपा एमाले रसुवाकाे आयोजनामा लोकतान्त्रिक गणतन्त्रको पक्षमा र प्रतिगामी हिंसात्मक प्रवृत्तिको विरुद्ध  चैत १८ गते धुन्चेमा जनजागरण सभा हुने भएकाे छ । 

लोकतान्त्रिक गणतन्त्र पक्षहरुमा हुने जागरणा सभामा पार्टी नेताहरू सम्बाेधन गर्ने कार्यक्रम रहेकाे छ । पाँचवटै गाउँपालिका कमिटीकाे बैठक बसेर १८ गते सदरमुकाममा हुने सभामा  उपस्थितिको लागि सवै कार्यकर्तामा हार्दिक अनुरोध गरिएकाे नेकपा एमाले बागमती प्रदेश कमिटी सदस्य उद्धव प्रसाद रिजालले बताए । 

जागरण सभामा केन्द्रीय नेताहरू तथा प्रदेश कमिटी नेताहरू र जिल्ला नेताहरूले सम्बाेधन गर्ने पार्टी जिल्ला कमिटी रसुवाका उपाध्यक्ष कैसाङनुर्पु ताामाङले जानकारी दिए  । जागरण सभाका लागि सवै गाउँपालिकाबाट पार्टी कार्यकर्ताहरूकाे सहभागिता रहने बताइएकाे छ ।