ताजा खबर
Loading...
'यही हो हाम्रो रसुवा' को सूचनामूलक यस साइटमा तपाईको वरपरको महत्वपूर्ण स्थल, सम्पदा आदिको बारेमा प्रचार गरी आन्तरिक पर्यटन विकासमा सहयोग पुर्‌याउन त्यस्ता सामग्रीहरू हामीलाई पठाउनु होला । हामी तपाईका सामग्रीलाई प्रकाशन गर्नेछौं । Email : paudelprem@gmail.com (9843508470 Whatsapp)

Wednesday, February 19, 2025

रसुवामा ८३ जनाले गरे रक्तदान


रसुवा, रसुवा, प्रजातन्त्र दिवसमा अवसरका नेपाल स्वयंसेवी रक्तदाता समाज रसुवा शाखा र कालिका हिमालय एसएलसी २०५६ ब्याचको संयुक्त आयोजनामा भएको पाँचौ खुल्ला रक्तदान कार्यक्रममा ८३ जनाले रक्तदान गरे । 

नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष प्रेमसागर कर्माचार्य, कालिका गाउँपालिका अध्यक्ष हरिकृष्ण देवकोटा, उत्तरगया गाउँपालिका अध्यक्ष माधबप्रसाद अर्याललगायत तहका वडा अध्यक्ष तथा जनप्रतिनिधिहरू सहभागी थिए । 

रगत अभावमा बिरामीलाइ हुने रगत अभाव हुन नदिन नियमित रक्तदान गरेको रक्तदाता समाज रसुवाकी उपाध्यक्ष तारा  कार्कीले बताइन् । दुइ संस्थाले नियमित रूपमा पाँचाै पटक रक्तदान आयोजना गरेका हुन् । 





नेपाल बुद्धिजीवी परिषद्मा विष्णु पाैडेल


रसुवा, नेपाल बुद्धिजीवी परिषद्, जिल्ला समिति रसुवाको सातौं जिल्ला अधिवेशन कालिकास्थानमा सम्पन्न भयो । अधिवेशनले आगामी ३ वर्षे कार्यकालको लागि विष्णुप्रसाद पौडेलको अध्यक्षतामा ९ सदस्यीय जिल्ला समिति चयन गरेको छ । 

जिल्ला समितिको उपाध्यक्षमा बालकृष्ण श्रेष्ठ, सचिवमा झंकनाथ न्यौपाने, कोषाध्यक्षमा शम्भुप्रसाद न्यौपाने, उपसचिवमा गोमा पौडेल न्यौपाने र सदस्यहरुमा भरतप्रसाद न्यौपाने, प्रफुल्ल देवकोटा र निमा रेन्जेन तामाङ चयन भएका छन् । 

नेपाल बुद्धिजीवी परिषद् केन्द्रीय सदस्य तथा बागमती प्रदेश नीति आयोगका डा दिपेन्द्र श्रेष्ठकाे प्रमुख अतिथ्यमा तथा नेकपा एमाले केन्द्रीय सदस्य तथा उत्तरगया गाउँपालिका अध्यक्ष माधबप्रसाद अर्यालकाे बिशेष अतिथ्यमा भएकाे थियाे । अधिबेशनमा पूर्व अध्यक्षहरूलाइ सम्मान गरिएकाे थियाे । 

नेपाल किसान महासघंमा देवकोटा


रसुवा, नेपाली काँग्रेस निकटको नेपाल किसान महासघं जिल्ला समिती रसुवाको चौथो जिल्ला अधिबेशनबाट चोप प्रसाद देवकोटाको अध्यक्षतामा जिल्ला समिति गठन भयो । 

समितिको उपाध्यक्ष (श्यर्पा थोक्रा, तिल कुमारी न्यौपाने,(प्रेमनाथ न्यौपाने, सचिव भेषराज न्यौपाने, सह सचिब बृन्दा न्यौपाने, सदस्यहरुमा, योगबहादुर तमाङ, भीमबहादुर तमाङ, केदारनाथ घिमिरे, हरिप्रसाद पौडेल, मीननाथ खतिवडा, निमबहादुर तितुङ, मङगले थोक्रा, तुलसा नेपाल, कमला ग्लान, पार्बतीदेवी भट्ट, सरिता न्यौपाने , प्रदेस प्रतिनिधि , इस्वर देबकोटा, नवराज आचार्य, दुर्गा खतिवडा, केन्द्रीय प्रतिनिधि माधब प्रसाद न्यौपाने , सावित्री केसी, कमला ग्लान रहेका छन् । 

नेपाली काँग्रेस रसुवाका पूर्व सभापति एबम् सगठन बिभाग प्रमुख जनक जीवन उपाध्ययको प्रमुख अतिथ्यतामा तथा नेपाल किसान महासघंका केन्द्रीय सदस्य तथा रसुवा प्रतिनिधि विजय भण्डारीकाे अतिथ्यतामा साे कार्यक्रम सम्पन्न भएको थियो ।


रक्तदाता समाज रसुवामा गजुरेल


रसुवा, नेपाल स्वयंसेवी रक्तदाता समाज, रसुवाकाे दास्राे जिल्ला अधिबेशन कालिकास्थानमा सम्पन्न भयाे । अधिबेशनले रामशरण गजुरेल निशान काे अध्यक्षतामा १३ सदस्य रहेकाे समिति गठन भयाे । 

समितिकाे उपाध्यक्ष तारा कार्की, सचिव हेमनाथ खतिवडा, कोषाध्यक्ष सुमित्रा सापकोटा, सदस्य सविना घिमिरे, प्रेम प्रसाद पौडेल, रामप्रसाद ढकाल, गोविन्द प्रसाद घिमिरे, उमेश डंगोल, बिराज तामाङ, हरि प्रसाद देवकोटा, भरत प्रसाद न्यौपाने र लालबहादुर आचार्य रहेका छन् । 

जिल्ला अध्यक्ष प्रमिला लामाकाे अध्यक्षतामा भएकाे अधिबेशनमा केन्द्रीय अध्यक्ष तथा सर्वाधिक स्वयंसेवी रक्तदाता प्रेम सागर कर्माचार्य, स्थानीय तहका जनप्रतिनिधिहरू समेत सहभागी  थिए । नयाँ नेतृत्वलाइ  केन्द्रीय अध्यक्ष कर्माचार्यले खादा लगाएर  शुभकामना दिएका थिए । 



Monday, February 10, 2025

वनमा डँढेलो नियन्त्रणका लागि समुदायको महत्वपूर्ण भूमिका हुने


रसुवा, सामुदायिक वन डँढेलो नियन्त्रणका लागि समुदायको महत्वपूर्ण भूमिका हुने जिल्ला समन्वय समितिका उपप्रमुख विजय लामालगायतका सरोकारवालाहरूले बताएका छन् । 


डिभिजन वन कार्यालयको आयोजना तथा राष्ट्रिय प्रकृति संरक्षण कोष गण्डकी जलाधार जलवायु उत्थानशील आयोजनाको सहकार्यमा भएको अन्तक्रियामा जिल्ला समन्वय समितिका उपप्रमुख विजय लामाले साुदायिक वनमा हुने आगलागी नियन्त्रण तथा व्यवस्थापनमा स्थानीय समुदायको महत्वपूर्ण जिम्मेवारी हुने भएकोले गम्भीर सवै सरोकारवालाहरू भएर लाग्नुपर्ने बताए । 

आमाछोदिङमो गाउँपालिका उपाध्यक्ष चण्डिका तामाङले वडा नं ३ को ज्यार्सा गोठेन र बोङजोमाने सामुदायिक वनको क्षेत्रमा २०६५ सालतिर ठुलो डँढेलो लाग्दा झण्डै ६ सय हेक्टरमा जलेर नष्ट भएको बताए । उनले भनिन् ’मेरो मन र वन दुवै जलेको जस्तो भयो लामो समयहुँदा पनि वन हरियाली बनाउन सकिएन ।‘ आगलागीले ध्वस्त भएको उक्त वन क्षेत्रमा अझै पनि बोटबिरुवाहरु हुर्किन नसकेर पुरै कालो र नाङ्गो अवस्थामा रहेको छ । 

उक्त वन क्षेत्र पुनःस्थापनाको लागि डिभिजन वन कार्यालय रसुवाले पटक पटक प्रयास गर्दा पनि सफल हुन नसकेको डिभिजन वन कार्यालय रसुवाका प्रमुख शम्भु तामाङले बताउनुभयो । स्थानीयले चरिचरण्को रुपमा प्रयोग गर्न नछाडेसम्म पुनस्थापना गर्न कठिन हुने देखिन्छ । 

डिभिजन वन कार्यालयका प्रमुख शम्भु तामाङले वन डँढेलो नियन्त्रणका लागि समुह, वडा, गाउँपालिका तथा सवै सरोकारवालाहरुको हातेमालो गर्नु पर्ने बताए । अनियन्त्रित रुपमा लाग्ने डँढेलोले आमाछोदिङ गाउँपालिका ३ मा रहेको सामुदायिक वनमा ठूलो क्षति भएको, गोसाइकुण्ड गाउँपालिका र लाङटाङ राष्ट्रिय निकुञ्जले डोनबाट वन डँढेलो तथा वन्य जन्तुको अनुगमन गर्ने योजना बनाएको सरोकरवालाहरुले बताए । 


डढेलोले नष्ट गरेको सो वन क्षेत्र अवलोकनको लागि बागमती प्रदेशका वन तथा वातावरण मन्त्री कृष्णप्रसाद सिलवाल गाउँमै पुगेपछि उक्त क्षेत्रका स्थानीय जनता, जनप्रतिनिधि, सामुदायिक वनका पदाधिकारीहरुले समेत वन पुनःस्थापनाका लागि माग पत्र पेश गरेका छन् ।


खुला छलफलमा सहभागीहरूले सामुदायिक वनमा डँढेलाे लगाउने ब्यक्ति पत्ता लगाएर कानूनी कारवाहीकाे दायरामा ल्याउनु पर्ने बताए ।  राष्ट्रिय प्रकृति संरक्षण कोषका सुनिल सापकोटा, गोसाइकुण्ड गाउँपालिका १ का वडा अध्यक्ष उर्केन छिरिङ तामाङ, उत्तरगया गाउँपालिका स्वास्थ्य तथा विपद शाखा प्रमुख बलराम न्यौपाने, गोसाइकुण्ड गाउँपालिका विपद शाखा प्रमुख कृष्ण बिकलगायतले गाउँ तहमा छलफल, सडक नाटक, बृत्तचित्र प्रर्दशनलगायत सचेतना मुलक कार्यक्रम गरे वन डँढेलो नियन्त्रण तथा व्यवस्थापन गर्न सघाउ पुग्ने बताएका थिए । 






मोटरसाकल दुर्घटनामा लामिछानेको मृत्यु


रसुवा, नुवाकोटको लिखु गाउँपालिका–५ अमिलबोटे स्थित टाेखा-छहरे-त्रिशूली सडकमा इभी गाडी र मोटरसाकल ठक्कर खाँदा मोटरसाइकलमा पछाडि बस्ने युवकको मृत्यू भएकाे छ भने मोटरसाइकल चालक घाइते भएका छन्।

बा प्र०६००१ ज ०४३९ नम्बरको गाडी र बागमती प्रदेश ०२–०२३ प २४६४ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाई सोमबार बिहान दुर्घटना हुँदा मोटरसाइकलमा सवार रसुवा उत्तरगया गाउँपालिका–५ का ३८ वर्षीय पुरूषोत्तम लामिछानेको मृत्यु भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको चिरायु नेसनल अस्पताल बसुन्धारा काठमाडौंमा उपचारको क्रममा मृत्यु भएको हो। साथै दुर्घटनामा घाइते भएका मोटरसाइकल चालकको सोही अस्पतालमा उपचार भइरहेको छ। गाडी चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

घटनाकाे जिम्मेवारी नलिइ टिमुरे यातायात समितिका अध्यक्षले आलटाल गरिदिदा लासलाई हस्पिटलको बेडमा छाडेर हिड्नु परेकाे र पीडित परिवारलाई उचित क्षतिपूर्ती र घाइतेको उपचार सुनिश्चित गराउन नभएकाे उत्तरगया -५ का बासुदेव लामिछाने बताए । समयमा पीडितलाइ न्याय प्राप्तिका लागि पहल लिन अनुराेध गर्दै ५ बुँदे माग राखेकाे र माग पुरा नगरी अन्यथा भएमा रसुवा नुवाकाेट सिमाना बेत्रावती पुलबाट कुनैपनि किसिमका यातायातका साधन अबरूद्ध गराउने कुरा मृतकका लामिछानेले  एक पत्र मार्फत जानकारी दिएका छन् । 

Sunday, February 9, 2025

उत्तरगया गाउँपालिका-५ काे भवन निर्माण सुरू



रसुवा,  उत्तरगया गाउँपालिका ५ नं वडा कार्यालयको निर्माण हुन लागेको  कार्यालय भवन सुरू भएकाे छ  ।

गाउँपालिका अध्यक्ष श्री माधव प्रसाद अर्याल, प्रमुख प्रशासकीय अधिकृत होमनाथ दाहाल, ५ नं वडाका अध्यक्ष यमनाथ आचार्यलगायत गाउँपालिका विषयगत शाखा प्रमुखहरू लगायत जनप्रतिनिधि तथा कर्मचारीहरुको उपस्थितिमा विधिवत पुजापाठ गरी विधिवत रुपमा शिलान्यास भयाे । 

भवन बनेपछि सेवा प्रबाहमा सहज हुने देखिन्छ ।