ताजा खबर
Loading...
'यही हो हाम्रो रसुवा' को सूचनामूलक यस साइटमा तपाईको वरपरको महत्वपूर्ण स्थल, सम्पदा आदिको बारेमा प्रचार गरी आन्तरिक पर्यटन विकासमा सहयोग पुर्‌याउन त्यस्ता सामग्रीहरू हामीलाई पठाउनु होला । हामी तपाईका सामग्रीलाई प्रकाशन गर्नेछौं । Email : paudelprem@gmail.com (9843508470 Whatsapp)

Monday, February 10, 2025

वनमा डँढेलो नियन्त्रणका लागि समुदायको महत्वपूर्ण भूमिका हुने


रसुवा, सामुदायिक वन डँढेलो नियन्त्रणका लागि समुदायको महत्वपूर्ण भूमिका हुने जिल्ला समन्वय समितिका उपप्रमुख विजय लामालगायतका सरोकारवालाहरूले बताएका छन् । 


डिभिजन वन कार्यालयको आयोजना तथा राष्ट्रिय प्रकृति संरक्षण कोष गण्डकी जलाधार जलवायु उत्थानशील आयोजनाको सहकार्यमा भएको अन्तक्रियामा जिल्ला समन्वय समितिका उपप्रमुख विजय लामाले साुदायिक वनमा हुने आगलागी नियन्त्रण तथा व्यवस्थापनमा स्थानीय समुदायको महत्वपूर्ण जिम्मेवारी हुने भएकोले गम्भीर सवै सरोकारवालाहरू भएर लाग्नुपर्ने बताए । 

आमाछोदिङमो गाउँपालिका उपाध्यक्ष चण्डिका तामाङले वडा नं ३ को ज्यार्सा गोठेन र बोङजोमाने सामुदायिक वनको क्षेत्रमा २०६५ सालतिर ठुलो डँढेलो लाग्दा झण्डै ६ सय हेक्टरमा जलेर नष्ट भएको बताए । उनले भनिन् ’मेरो मन र वन दुवै जलेको जस्तो भयो लामो समयहुँदा पनि वन हरियाली बनाउन सकिएन ।‘ आगलागीले ध्वस्त भएको उक्त वन क्षेत्रमा अझै पनि बोटबिरुवाहरु हुर्किन नसकेर पुरै कालो र नाङ्गो अवस्थामा रहेको छ । 

उक्त वन क्षेत्र पुनःस्थापनाको लागि डिभिजन वन कार्यालय रसुवाले पटक पटक प्रयास गर्दा पनि सफल हुन नसकेको डिभिजन वन कार्यालय रसुवाका प्रमुख शम्भु तामाङले बताउनुभयो । स्थानीयले चरिचरण्को रुपमा प्रयोग गर्न नछाडेसम्म पुनस्थापना गर्न कठिन हुने देखिन्छ । 

डिभिजन वन कार्यालयका प्रमुख शम्भु तामाङले वन डँढेलो नियन्त्रणका लागि समुह, वडा, गाउँपालिका तथा सवै सरोकारवालाहरुको हातेमालो गर्नु पर्ने बताए । अनियन्त्रित रुपमा लाग्ने डँढेलोले आमाछोदिङ गाउँपालिका ३ मा रहेको सामुदायिक वनमा ठूलो क्षति भएको, गोसाइकुण्ड गाउँपालिका र लाङटाङ राष्ट्रिय निकुञ्जले डोनबाट वन डँढेलो तथा वन्य जन्तुको अनुगमन गर्ने योजना बनाएको सरोकरवालाहरुले बताए । 


डढेलोले नष्ट गरेको सो वन क्षेत्र अवलोकनको लागि बागमती प्रदेशका वन तथा वातावरण मन्त्री कृष्णप्रसाद सिलवाल गाउँमै पुगेपछि उक्त क्षेत्रका स्थानीय जनता, जनप्रतिनिधि, सामुदायिक वनका पदाधिकारीहरुले समेत वन पुनःस्थापनाका लागि माग पत्र पेश गरेका छन् ।


खुला छलफलमा सहभागीहरूले सामुदायिक वनमा डँढेलाे लगाउने ब्यक्ति पत्ता लगाएर कानूनी कारवाहीकाे दायरामा ल्याउनु पर्ने बताए ।  राष्ट्रिय प्रकृति संरक्षण कोषका सुनिल सापकोटा, गोसाइकुण्ड गाउँपालिका १ का वडा अध्यक्ष उर्केन छिरिङ तामाङ, उत्तरगया गाउँपालिका स्वास्थ्य तथा विपद शाखा प्रमुख बलराम न्यौपाने, गोसाइकुण्ड गाउँपालिका विपद शाखा प्रमुख कृष्ण बिकलगायतले गाउँ तहमा छलफल, सडक नाटक, बृत्तचित्र प्रर्दशनलगायत सचेतना मुलक कार्यक्रम गरे वन डँढेलो नियन्त्रण तथा व्यवस्थापन गर्न सघाउ पुग्ने बताएका थिए । 






No comments:

Post a Comment