उत्तरगया गाउँपालिकाका बाढी प्रभावितहरूको संघर्ष समितिले ०८३ मंसिर १ गते गाउँपालिका अध्यक्ष माधवप्रसाद अर्याललाई ज्ञापनपत्र बुझाएको छ।
भोटेकोशी–त्रिशूली नदीमा ०८३ भदौ १० गते आएको बाढीबाट प्रभावित नागरिकका समस्या, अस्थायी बसोबासको व्यवस्था तथा दीर्घकालीन पुनर्स्थापनाका विषयमा ज्ञापनपत्र बुझाएपछि संघर्ष समिति र गाउँपालिका पदाधिकारीबीच छलफल भएको संघर्ष समितिका संयोजक विप्लप खड्काले बताए ।
छलफलका क्रममा गाउँपालिका अध्यक्ष अर्यालले बाढी प्रभावितका समस्या समाधानका लागि गाउँपालिका सदैव प्रतिबद्ध रहेको बताए ।
छलफलमा उत्तरगया गाउँपालिका–५ का अध्यक्ष यमनाथ आचार्यलगायत सरोकारवालाहरूको सहभागिता रहेको थियो।

No comments:
Post a Comment