ताजा खबर
Loading...
'यही हो हाम्रो रसुवा' को सूचनामूलक यस साइटमा तपाईको वरपरको महत्वपूर्ण स्थल, सम्पदा आदिको बारेमा प्रचार गरी आन्तरिक पर्यटन विकासमा सहयोग पुर्‌याउन त्यस्ता सामग्रीहरू हामीलाई पठाउनु होला । हामी तपाईका सामग्रीलाई प्रकाशन गर्नेछौं । Email : paudelprem@gmail.com (9843508470 Whatsapp)

Saturday, November 21, 2026

बालबालिकालाई झोला तथा शैक्षिक सामग्री वितरण

 

​रसुवा-रसुवाको नौकुण्ड गाउँपालिका भित्र रहेका २९ वटा सामुदायिक विद्यालयका १ हजार ८ सय ६२ जना बालबालिकाहरूलाई झोला तथा शैक्षिक सामग्री वितरण गरिएको छ ।

हेलम्बु एजुकेसन एन्ड लाइभ्लीहुड पार्टनरसिप (HELP) को सहयोगमा विद्यार्थीहरूको पठनपाठनलाई सहज बनाउने उद्देश्यले उक्त सामग्री प्रदान गरिएको हो ।

झोला तथा शैक्षिक सामग्री वितरण ​कार्यक्रममा बोल्दै संस्थाका संस्थापक तथा निर्देशक जिम्मी लामाले ग्रामीण भेगका सामुदायिक विद्यालयमा अध्ययनरत बालबालिकाहरूलाई सहयोग गर्न पाउँदा अत्यन्तै खुसी लागेको बताए ।

विपन्न तथा ग्रामीण क्षेत्रका विद्यार्थीहरूको शैक्षिक गुणस्तर सुधारका लागि आगामी दिनमा शैक्षिक छात्रवृत्ति लगायतका अन्य क्षेत्रहरूमा समेत निरन्तर सहयोग गर्दै जाने प्रतिबद्धता व्यक्त गरे । शैक्षिक सामग्री प्राप्त गरेपछि विद्यार्थी तथा अभिभावकहरू उत्साहित भएका छन्

No comments:

Post a Comment