रसुवा, गोसाइँकुण्ड गाउँपालिका, रसुवाअन्तर्गत वडा नम्बर ३ र वडा नम्बर ४ का लाङटाङ क्षेत्रका लामो होटल, घोडातबेला र रिभरसाइड होटल लगायतका होटल व्यवसायहरू पछिल्लो समय विभिन्न समस्याबाट प्रभावित हुँदै आएका छन्।
एकातर्फ विपद्को अवस्था छ भने अर्कोतर्फ वन क्षेत्रबाट आउने भालुजस्ता वन्यजन्तुहरूले होटल तथा घरभित्रै पसेर क्षति पुर्याउने गरेका छन्। भालुले खानेकुरा तथा सामान नष्ट गर्ने अवस्था बढ्दै गएकोले, स्थानीय बासिन्दा तथा होटल व्यवसायीहरूलाई आफ्नो जनधनको सुरक्षा कसरी गर्ने भन्ने गम्भीर चिन्ता बढेको छ।
केही दिनदेखि उक्त वडा अन्तर्गत पर्ने लामा होटल, घोडाताबेला, थाङस्याब र रिभरसाइड लगायतका स्थानीयका घर तथा होटलहरूमा भालु पसी उपद्रो मच्चाउने गरेकाे स्थानीयले बताएका छन् । वन क्षेत्रबाट गाउँ तथा होटल परिसरमा प्रवेश गर्ने भालु लगायतका वन्यजन्तुले सीधै घर र होटलभित्रै पसेर ठूलो क्षति पुर्याउने गरेकाे गोसाइँकुण्ड गाउँपालिका–४ का वडाध्यक्ष डिण्डुप तामाङले बताए ।
यस्तो अवस्थामा, सम्बन्धित निकायले वन्यजन्तुबाट हुने क्षति न्यूनीकरणका लागि आवश्यक सुरक्षा तथा व्यवस्थापनका उपायहरू तत्काल अवलम्बन गर्नु आवश्यक देखिन्छ।”

No comments:
Post a Comment