रसुवा, नौकुण्ड गाउँपालिकाले दशैंको मुखमा राहतको नाममा सङ्घीय सरकारसँग मिलेर प्रति शिक्षक र कर्मचारीकाे तलब काट्ने भएकाे सूचना प्राप्त भएकाे छ ।
शिक्षक शंकर अधिकारी सामाजिक संजालमा लेख्छन् देशकै नमुना नौकुण्ड गाउँपालिका विपतमा बेपत्ता १ दशैंको मुखमा राहतको नाममा सङ्घीय सरकारसँग मिलेर प्रति शिक्षक र कर्मचारी २० औं हजार तलब काट्दै। सही ठाउँमा सदुपयोग भइदिए हुन्थ्यो। भर पर्ने या नपर्ने सही या गलत छुट्याउनै गाह्रो भो।
आफ्नो घरबाट २० औँ हजार भाडा तिरेर बिरानो ठाउँमा आफ्नो बालबच्चा आमाबुबा श्रीमती इष्टमित्र घरगाउँ सबैलाई छोडेर बिरानो ठाउँमा भविष्य केही गरौँला भनेर जागिरको लागि एउटा सानो कोठामा बस्दै आएका शिक्षक कर्मचारीहरूको र पालिका भित्रका सम्पूर्ण विपतमा परेका र नपरेका जनताहरूको अवस्था के छ पालिकाले बुझ्न सकेन।
मैले सुनेको छु, केही ग्यास र केही राहतका सामानहरू अझै पनि एउटा बन्द कोठामा थुनिएका छन्। किन होला यस्तो हाहाकारको बेलामा त बाँडिदिनुस्। मेरो अनुभवमा कतिपय बाहिरबाट जागिरै खान भनेर आएका जागिरेहरू सानो नानीसहित कोठामा बसेका छन्। कोठामा ग्यास छैन खाने चामल छैन।
मैले प्रत्यक्ष देखेर भोगेको समस्या हो यो । बिचरा आँसु निस्कन्छ बिरानो ठाउँमा सर्वसाधारण जनतामा दशैंको मुखमा खाद्यान्न यातायात अत्यावश्यक बस्तुको त्यस्तै हाहाकार छ। विपतमा परेकाको त कुरै छोडौं नपरेकाको पनि यहाँ हालत खराब भइसक्यो। यस प्रति स्थानीय जनप्रतिनिधिहरूको कुनै चासो छैन।
विपदको बेला स्थानीय प्रतिनिधिहरू कुन दुलामा बसिरहेका छन् पत्तै भएन । अहिले आएर निर्णय गर्छन् कर्मचारीको शिक्षकहरूको यति तलब काट्ने, उति तलब काट्ने भन्नु कहीँ नभएको नौटंकीपन हाे । राहतको नाममा उठाइएका रकम कतै दुरुपयोग हुने त होइन ? चिन्ता लाग्छ। यस्तो निर्णय गर्नुपूर्व केही कुरा सोच्नुपर्ने हो ? सरसल्लाह पनि हुनु पर्ने हैन र ?
यदि कुनै घरको परिवारको सदस्य गुमाएको छ र त्यही घरमा अर्को कुनै जागिरे होला अब उसको तलब काट्ने कि नकाट्ने होला । सिंहदरबार जस्तो गाउँपालिका सरकारले गरेकाे अनौठो लाग्छ । गाउँपालिकाको व्यवहार र निर्णय देख्दा पनि आफ्ना राष्ट्रसेवक कर्मचारीहरूको तलब काट्नुभन्दा पहिला ती राष्ट्र सेवक कर्मचारीहरुको पनी यो विपतको अवस्था कस्तो होला भनेर पनि पालिकाले एकपटक सोच्ने हो कि ? अधिकारीले स्थानीय सरकार प्रति चासाे र चिन्ता ब्यक्त गरेका हुन् ।

No comments:
Post a Comment