०८३ असोज ८ गते रसुवा । नेपाल चीन सिमानाको लेन्दे खोला हुँदै भोटकासीमा आएको बाढीका कारण ५ गाउँपालिका रहेको रसुवामा दलित समुदायका ६२ जना बढि बेपत्ता भएका छन् ।
स्थानीय तहले संकलन गरेको प्ररम्भीक तथ्यांकका आधारमा नौकुण्डमा ३, कालिका १०, आमाछोदिङमो ९, गोसाइँकुण्ड २२ र उत्तरगया गाउँपालिका क्षेत्रका १६ जना गरी ६२ जना बेपत्ता रहेका छन् ।
बेपत्ता भएका युवाहरु धेरै रहेका छन् । तगत संकलन भइरहेको हुनाले अझै संख्या थपिन सक्ने गोसाइँकुण्ड गाउँपालिका स्वास्थ्य शाखा प्रमुख बिमल घिमिरेले बताए ।

No comments:
Post a Comment