रसुवा, गोसाइँकुण्ड गाउँपालिका-५ मा बाढी प्रभावित स्थानीय बासिन्दाहरूका लागि गैर-खाद्य सामग्री वितरण कार्यक्रम सम्पन्न भएको छ।
गोसाइँकुण्ड गाउँपालिकाको कार्यालयको समन्वयमा 'रसुवा भोटेकोसी बाढी प्रतिकार्य कार्यक्रम' अन्तर्गत उक्त राहत सामग्री वितरण गरिएको हो।
प्राकृतिक विपद्को समयमा नागरिकहरूलाई तत्काल राहत र सहयोग पुर्याउने उद्देश्यले आयोजना गरिएको यस कार्यक्रममा केयर नेपाल (CARE Nepal), लाकाेस (LACCoS) तथा अस्ट्रेलियन एड (Australian Aid) ले आर्थिक तथा प्राविधिक सहयोग प्रदान गरेका छन्।
उत्तरदायित्व र गुनासो सुनुवाइ संयन्त्र राहत वितरण कार्यलाई पारदर्शी र व्यवस्थित बनाउन सहयोगी संस्थाहरूले "हामी सुन्छौँ तपाईंका कुरा, साथै भन्छौँ हाम्रा कुरा" अभियान समेत सञ्चालन गरेका छन्।
राहत वितरणका क्रममा कुनै पनि गुनासो, सुझाव वा दुर्व्यवहार सम्बन्धी जानकारी भएमा स्थानीय नागरिकले निम्न माध्यमबाट सीधा सम्पर्क गर्न सक्ने व्यवस्था मिलाइएको छ।यस्तै उहाँ हरू एलपी सिलिन्डर १०० पिस,डवल बर्नर स्टाेभ १०० पिस,पाईप १०० पिस, रेगुलेटर १०० पिस, क्लिप २०० सय पिस प्रत्येक सेटकाे लागि ,लाईटर १०० पिस वितरण गरिएकाे छ ।

No comments:
Post a Comment