यसै क्रममा बागमती प्रदेशकाे रसुवा र नुवाकोट जिल्लाका लागि पनि नयाँ जिम्मेवारी तोकिएको हाे । प्राप्त जानकारी अनुसार रसुवा जिल्लाको संयोजकको जिम्मेवारी प्रभावशाली नेता तथा नेपाली कांग्रेस बागमती प्रदेशका सदस्य उप्रेन्द्रराज लम्साललाई दिइएको छ । लम्साल उत्तरगया गाउँपालिकामा निर्वाचित पूर्वअध्यक्ष समेत हुन् ।
हाल रसुवा बाढीको विपद्मा परेको र आम रसुवावासी शोकमा डुबेको कारण, रसुवाको अधिवेशन निर्धारित समयभन्दा केही पछि सारिने रसुवा संयोजक लम्सालले बताए ।
त्यस्तै, नुवाकोट जिल्लाको संयोजकमा कांग्रेस नुवाकोट जिल्ला सचिव श्रीराम श्रेष्ठलाई जिम्मेवारी तोकिएको छ। देउवा समूहले पूर्वमहामन्त्री डा. शशांक कोइरालाको संयोजकत्वमा महाधिवेशन आयोजक समिति गठन गरेको छ ।
हाल संयोजक कोइरालाले नै सम्बन्धित जिल्ला संयोजकहरूलाई नियुक्ति पत्र प्रदान गरिरहेका छन् । देउवा पक्षले आगामी असोज १५ गते वडा अधिवेशन गर्ने र मंसीर २१ देखि २३ गतेसम्म केन्द्रीय महाधिवेशन गर्ने कार्यतालिका सार्वजनिक गरेको छ।
देउवा समूहले देशभरका ५५ जिल्लामा संयोजक तोक्ने योजना अनुसार हालसम्म कोशी प्रदेशमा आठ, बागमतीमा ११, गण्डकीमा आठ, लुम्बिनीमा १२, कर्णालीमा आठ र सुदूरपश्चिम प्रदेशमा आठ वटा जिल्लामा संयोजकहरू तोकिसकेको जनाएको छ।
तोकिएका संयोजकहरूले सम्बन्धित जिल्लामा देउवा पक्षका तर्फबाट गर्नुपर्ने सम्पूर्ण संगठनात्मक गतिविधिहरू तथा आगामी अधिवेशनसम्बन्धी आवश्यक कामहरू अब द्रुत गतिमा अघि बढाउने छन्।

No comments:
Post a Comment