ताजा खबर
Loading...
'यही हो हाम्रो रसुवा' को सूचनामूलक यस साइटमा तपाईको वरपरको महत्वपूर्ण स्थल, सम्पदा आदिको बारेमा प्रचार गरी आन्तरिक पर्यटन विकासमा सहयोग पुर्‌याउन त्यस्ता सामग्रीहरू हामीलाई पठाउनु होला । हामी तपाईका सामग्रीलाई प्रकाशन गर्नेछौं । Email : paudelprem@gmail.com (9843508470 Whatsapp)

Saturday, February 22, 2025

डिभिजन स्तरिय वन योजना तर्जुमा गोष्ठी सम्पन्न


रसुवा, डिभिजन वन कार्यालय रसुवाको स्वीकृत वार्षिक कार्यक्रम बमोजिम  डिभिजन स्तरिय योजना तर्जुमा गोष्ठी धुन्चेमा सम्पन्न भयो । 


डिभिजन वन कार्यालयका  डिभिजनल वन अधिकृत शम्भु तामाङको अध्यक्षतामा, बाग्मती प्रदेश सभा सदस्य ईन्द्रप्रसाद गोतमेको प्रमुख आतिथ्यमा जिल्ला समन्वय प्रमुख अशोककुमार घिमिरे, उपप्रमुख बिजय लामा, गोसाईकुण्ड गाउँपालिकाको अध्यक्ष कैसाङनुर्पु तामाङ, आमाछोदिङमो गाउँपालिका उपाध्यक्ष चण्डिका तामाङ, उत्तरगया गाउँपालिका उपाध्यक्ष चमेली गुरुङ, नौकुण्ड १ का वडा अध्यक्ष कान्छा लामा, जिसस प्रमुखका स्वकीय सुरेश अधिकारी, आशिस लामा, सामुदायिक वन उपभोक्ता महासंघका रसुवाका अध्यक्षलगायतको उपस्थितीमा भएको थियो । 

सहभागी सरोकारवालाहरूले डिभिजन स्तरिय योजना तर्जुमा गोष्ठी सहभागीहरूको सल्लाह सुझाब दिएका थिए  । 



डिभिजनल वन अधिकृत शम्भु तामाङले प्रस्तावित बजेट तथा कार्यक्रम प्रस्तुत गरेपछि सहभागीहरूले थप सुझाव दिएका थिए । प्रमुख अतिथी गाेतामेले थप कार्यक्रमहरू समेटेर पेस गर्न सल्लाह दिनुभयाे । जिल्ला समन्वय प्रमुख घिमिरेले याेजना तर्जुमा गरेर सराेकारवालाहरूकाे सुझाव लिनु धेरै राम्राे काम भएकाे बताउनुभयाे ।

वन डँढेलाे नियन्त्रण तथा वन्यजन्तुका लागि वनमा पानी पाेखरी निर्माण, सहभागीहरुले सामुदायिक वनमा आधारित उद्यमी तथा उद्योग स्थापना गर्नुपर्ने, सामुदायिक वन उपभोक्ता समूहलाइ सक्रिय बनाउन तथा अनिवार्य प्यानको काम अघि बढ्न नसकेको इको क्लब तथा विद्यालयमा बाल उद्यान निर्माण गर्नु पर्ने जस्ता सुझाव दिएका छन् । 

No comments:

Post a Comment